कविता

मलाई माफ गर प्रिय् 

मलाई माफ गरिदिनु
मलाई माफ गर प्रिय्
हिजो तिमी बा आमाको
रोजाइमा उहाहरुकै करकाबमा
दवावमा उहाँको मर्जी र खुशीको
लागि मैले तिमीसङ्ग बिबाह गरेको हो
उहाँको खुशीको लागि मैले घुडा टेकेको
हो मैले पनि जान अन्जानमा तिम्रो सिउदो
सजाएको हो त्यो रहरमा होइन दवाबमा गरिएको
सम्झौता हो त्यसैले म त्यो सम्झौताको मिती सकिएको
ठान्छु म यो सम्झौता तोडिदिए तिमी आजाद भयौ तिमी तिम्रो खुशीको लागि जे पनि गर्न सक्छौं म तिमीलाई माया गर्न सक्दिन त्यसैले मलाई माफ गरिदेउ प्रिय् माफ गरिदेउ प्रिय्!!

बा आमाको जितको
अगाडी मैले घुडा टेकेको हो
तिमी घरमा बा आमाको सेवामा
लाग्यो मलाई पढ्नु थियौ तिमी लगायत
बाबू आमाको जिम्मेवारी लिनु थियौ बा आमालाई
सुख कटाउनु थियो जो छोरो भएर निभाउने कर्तव्य निभाउनु थियो त्यो सबका सब निभाउनु थियो। म सहर झरे मेरा रहर मेरा सपना मेरा ख्याब सहर केन्द्रित भए। मेरो माया तिमीतिर सरेन त म के गरौ। हिजो बा आमाको अगाडी घुडा टेक्न बिवश म आज बुझ्ने भए बाध्यता तय गरिएका कुरा म बा आमालाई बुझाउन चाहान्छु र तिमीलाई पनि बुझाउछु। तिमी मेरो लागि लायक बन्न सकिनौ वा म तिम्रो लागि लायक बन्न सकिन मलाई माफ गर प्रिय!!

जब म शहर झरे
म पढाइसङ्गसंगै रहन
सहन बुझे साथीहरुले मैले बिबाह
गरेको भन्ने नै पत्याएनन तिमी अहिलेको
जमानाको मान्छे पुराना जमनाको कुरा नगर
पहिला जस्तो रहेन बाध्यतामा वा अरुको खुशीको
लागि जिन्दगीमा सम्झौता गर्न सकिदैन भन्ने बुझे अरुको खुशीको लागि आफ्नो खुशीको बली चढाउन सकिदैन यो महशुस गरे। म आमा बा लाई सम्झाउछु मेरो रोजाइ उनी थिइनन र छैनन अब तिमीलाई बुझाउदै छु तिमी आफ्नो सुर गर्न सक्छौ। तिमी आफ्नो तरिकाले बाच्न सक्छौ। तिमीलाई जीवन भरको लागि साथ दिन सकिन मलाई माफ गर प्रिय!!

यस्तो भन्यो नबन
तिमी राम्रो घाँस देख्दा काट्न
मन पराउछौ म राम्रो पुस्तक देख्दा
पढ्न रुचाउछु त्यसैले हाम्रो सपना अनि इच्छाको
आकार मिल्दैन सपना मिल्दैन। तिमी असल छौ सस्कारी छौ तर पनि मेरा सपनको उडानमा उड्न सक्दिनौ। मेरा सपना ठुला र बिस्तारित छन। तिम्रो म प्रतिको समर्पण र त्याग बुझ्न र महशुस गर्न सक्छु त्यसको लागि म कुन शव्दले धन्यवाद भनौ तर म तिमीलाई एक श्रीमतीको लागि दिने माया दिन तिम्रो पनि एक असल श्रीमान होस माया गरोस भन्ने रहर थिए होलान तिनै इच्छा जहर भए मेरा कारण तर म तिमीलाई एक असल श्रीमान बनी आफ्नो कर्तव्य निभाउन सकिन मलाई माफ गदिदेउ प्रिय्!!

✍️कृषा के.सी
कोटेश्वर,काठमाडौ 

Comments

Post a Comment

Popular posts from this blog

लघु उपन्यास

कथा