गजल

तिमिलाई माया गरी बिग्रिएकी जस्तो लाग्छ,
सुम्पिएर अस्तित्व नै रित्तिएकी जस्तो लाग्छ।।

यस्तै होकि तिम्रो स्वभाव माया मार्‍यौ थाहा छैन,
तिम्रो यादमा गन्तव्य नै बिर्सिएकी जस्तो लाग्छ।।

हिजो भन्दा आज तिमिलाई फरक पाउदै गाकोछु,
नसमालेर यो मनलाई नै आत्ति~एकी जस्तो लाग्छ।।

हिजो भेट्ने दोबाटो आज मसानघाट जस्तै भाकोछ,
आखिर तिमी टाढा गयौ रत एक्लिएकी जस्तो लाग्छ।।

✍️कृषा के.सी
कोटेश्वर,कोठमाण्डौ

Comments

Popular posts from this blog

लघु उपन्यास

कथा