गजल

झुल्किन्न घाम आज भोलि बसाई पो सर्‍यो की,
मायालाउ कि नलाउ भई दोधारमा पो पर्‍यौ की!!

खुल्दैन मन अचेल तिम्रो मुहार पनि छ अध्यारो,
मेरो जिन्दगीको ज्योति नै अन्त कतै सर्‍यो की!!

मायाको उचाई भेट्न धराप झेल्दै हिड्नुपर्छ यहाँ,
देखेर छालहरु आखै अगाडि त्यसैत्यसै डर्‍यौ की!!

आँसु पिएर यता तिम्रो प्रेमिका अझै पर्खि रहेकिछ,
त्यो सच्चा प्रेम पुजारी माथी अन्याय पो गर्‍यौ की!!

✍️ कृषा के.सी.
कोटेश्वर, काठमाडौ

Comments

Popular posts from this blog

कथा

लघु उपन्यास

कथा