Posts

Showing posts from March, 2020

कथा

आखिर यो सब किन                                               ✍️कृषा के.सी                                            कोटेश्वर, काठमाडौ  आकर्षक ब्यक्तित्व, सेतो फिटिङ सर्ट, निलो फिटिङ जिन्स पाइन्ट अग्लो ब्लक हिल, हल्का हाइलाइट गरिएको सिल्की कपाल, चुच्चो परेको नाक त्यसैमा सानो पत्थर भएको फुली, पावरवाला कालो फ्रेम भएको चस्मा भित्र कालो आँखा त्यसैमा पोतिएको कालो गाजल गहुगोरो मिलेको लाम्चो आकारको फेस, गुलाबी ओठ उमेरमा १८/१९ बर्षकी हुदी हो हाइट पनि ५.२ जति थियो होला। मैले त रुम पाट्नर खोजेको होइन कि लागिरहेछ लाइफ पार्टनर खोजिरहेको छु। यस्तै गरि सिर देखि पाउ सम्म नियाली रहेको रहेछु। मैले यती सार्‍हो गरि अहिलेसम्म कसैलाई नियालेको थिएन सायद । त्यो कोठा खोजिदिने एजेन्टले मेरो सर्त अनुसार जो कोहि होस मतलब नहुने तर कोठा भाडामा पाट्नर गरि बस्न सक्ने हुनुपर्‍यो भन्दै दिएको जानकारी अनुसार त्यो केटी कोठा अनि त्यहाँ बस्ने पाट्नर बुझ्न एजेन्टको कार्यालय आएकी थिइ। मलाई पनि एजेन्टले पाट्नर छान्न बोलाएको थियो। मैले ती महिलालाई हेरेको देखेर ती महिलाले अलि असजिलो महशुस गर्दै भनिन उहाँ नै हो मेरो रुम पाट्नर भ