कथा

आखिर यो सब किन 
                                             ✍️कृषा के.सी 
                                          कोटेश्वर, काठमाडौ 
आकर्षक ब्यक्तित्व, सेतो फिटिङ सर्ट, निलो फिटिङ जिन्स पाइन्ट अग्लो ब्लक हिल, हल्का हाइलाइट गरिएको सिल्की कपाल, चुच्चो परेको नाक त्यसैमा सानो पत्थर भएको फुली, पावरवाला कालो फ्रेम भएको चस्मा भित्र कालो आँखा त्यसैमा पोतिएको कालो गाजल गहुगोरो मिलेको लाम्चो आकारको फेस, गुलाबी ओठ उमेरमा १८/१९ बर्षकी हुदी हो हाइट पनि ५.२ जति थियो होला। मैले त रुम पाट्नर खोजेको होइन कि लागिरहेछ लाइफ पार्टनर खोजिरहेको छु। यस्तै गरि सिर देखि पाउ सम्म नियाली रहेको रहेछु। मैले यती सार्‍हो गरि अहिलेसम्म कसैलाई नियालेको थिएन सायद । त्यो कोठा खोजिदिने एजेन्टले मेरो सर्त अनुसार जो कोहि होस मतलब नहुने तर कोठा भाडामा पाट्नर गरि बस्न सक्ने हुनुपर्‍यो भन्दै दिएको जानकारी अनुसार त्यो केटी कोठा अनि त्यहाँ बस्ने पाट्नर बुझ्न एजेन्टको कार्यालय आएकी थिइ। मलाई पनि एजेन्टले पाट्नर छान्न बोलाएको थियो। मैले ती महिलालाई हेरेको देखेर ती महिलाले अलि असजिलो महशुस गर्दै भनिन उहाँ नै हो मेरो रुम पाट्नर भनी कुरा सुरु गरिन। हो भन्ने एजेन्टको दोहोरो सम्बाद पछि म झसङ्ग हुँदै भने हो अनि तपाईंको नाम मेरो प्रश्न सोधाईको जवाफमा केही सेकेन्डमा रेजिना अनि घर धरान मात्र भनेकी थिइ । अनि एजेन्टले उहाँको बायोडाटा हामीले तपाईंको इमेल आइडीमा मेल गरिदिएका थियौं हेर्नू भएन र? मैले टाउको कन्याउदै हेरेको थिए भन्दै कुरा मोडे। रुममा पार्टर बनी बस्न आवश्यक केही सर्तहरू थिए त्यसमा तपाईं मन्जुर हुनुहुन्छ भने अब हामी रुम तिर लाग्न सक्छौ। उनले सबै कुरामा सहमति जनाएर सिग्नेचर गरिसकेको छु अब हामी जान्छौं भन्दै रेजिना एजेन्टलाई रुम खोजिदिनु भएकोमा मुसुक्क हास्दै एजेन्टको लागि दिनुपर्ने पैसा बुझाइ मैले पनि रुप पाट्नर खोजिदिनु भएकोमा धन्यवाद भन्दै हामी त्यहाँबाट निस्केर कोठातिर लाग्यौ।

मैले कोठा पुगेर यो मेरो रुम अनि त्यो तिम्रो रुम अनि कमन त्यो किचेन जुन हामी सेयर गर्छौ। हामी कोठामा एक अर्काले डिर्स्टब हुने कुनै काम गर्दैनौं। किचन अनि किचनका सामान हामी प्रयोग गर्न सक्छौ प्राय म बिहानको खाना बाहिर खान्छु बेलुकाको खाना मिलेर बनाउने अहिले सामान मिलाउन हेल्प गर्नुपर्छ भने म गर्छु भोक लागेको छ भने किचनमा सामान छ बनाएर खान सक्छौ मैले त्यहाँको रुल्स एण्ड रेगुलेसन बताइरहदा उ शान्त भएर सुनी अनि भनि सामान खासै केही छैन अब किनेर सेटिङ गर्ने हो अहिले सामान यसैमा रहने हुँदा अहिले सहयोग आवश्यक छैन बरु म खाजा बनाउछु खाएर सामान किन्न जादा हेल्प गर्नुन , के कता पाउछ केही थाहा छैन उस्ले भनी मैले सहमति जनाए।

रेजिना पहिले बाथरुम गइ फ्रेस भएर भइ अनि किचेनमा चाउचाउ अनि अण्डा थियोे। अण्डा चाउचाउ फ्राइ गरेर खाजा खान किचन बोलाई म रुममा बुक हेरेर बसेको थिए। म खाजा खान गए। पहिलो पटक किचनमा कोहि पराइ मान्छेले खाजा बनाइ खान दिएको थियो म स्वाद मानेर खाइरहेको थिए। खाजा खाएर फ्रेस भइ बजार तिर लाग्यौ उस्ले सामान किन्ने लिस्ट बनाएकी थिइ । बेड बिस्तारा ,सोकेस, ड्रेसिङ, हेङ्गर, किचनका सामान किनेर हामी कोठामा फर्कियौ। उ सामान मिलाउन लागि म भने किचन छिरे खाना बनाउन।

साझ खाना खाएर म आफ्नो रुम गए। कलेजको टर्मिनल एक्जाम नजिकै आएको थियोे। राती अबेरसम्म तयारी गरे। बिहान कलेज लागे त्यतै होस्टेलमा खाना खाएर बैंकको जागिरमा हाजिर हुन्थे। साझ थाकेर कोठामा पुग्थे। उ भने एक दुइदिन कोठामै आराम गर्छु, कलेज लागेपछि कलेज जान्छु साथमा डिउटी जोइन गर्छु। उ दुई तीन दिन घरमा बस्ने भइ खाली फुर्सदिलो बसेकोले खाना बनाएर रेडि राखेकी हुन्थि । मलाई पनि केही सजिलो भयो। मेरो एक्जामको तयारी गर्न समय मिल्यो। एक हप्तामा उ कलेज जान लागि र डिउटी गर्न पनि सुरु गरिसकेकी थिए। हाम्रो भेट सनिवार हुन्थ्यो त्यसैमा पनि कहिले म अफिसको मिटिङ जानुपर्थ्यो त कहिले उ पनि गैरहेकी हुन्थी। सधै काम कलेज यस्तै यस्तै काममा ब्यस्त हुँदा बाहिरी दुनियाँ तिर के भैरहेको छ थाहा हुदैन्थ्यो। फुर्सदको दिन हप्ता भरीको कपडा धोयो नुहायो सोसल मिडिया हेर्यो एसै गैहाल्थ्यो। दिनहरु बित्दै गए। कुनै दिन संगै खान्थ्यो त कहिलेकाही म छिटो खान्थे कहिले उ खाना बनाइ खाएर नाइट डिउटी गैसकेकी हुन्थी। यत्तिकैमा BBS सेकेन्ड इयरको एक्जाम नजिक आयो मैले जागीरबाट एक हप्ताको बिदा लिएर तयारी गरिएको थिए। उस्ले दिनभरी बुक हेर्दा निद्रा लाग्छ अल्छी लाग्छ भन्दै फलफूल चकलेट लिएर राखिदिएकी थिए।

दिउँसो डिउटी परे पनि खाना नबनाउ तिमी पढ म साझ आएर खाना बनाउछु। पढ्दै त छौ नि अल्छि लागेको बेला चकलेट खाउ फलफुल खाउ अनि पढ्न मन लाग्छ भनी फोनमा सिकाउथी। कहिले फलफुल खान बिर्से खान पनि बिर्सिने तिमी मान्छे अचम्मको छौ भनी कराउदै लिएर आउथी। मेरो एक्जाम सकियो। म अलि फुर्सदिलो बने। बिहान कलेज जानू परेन म खाना बनाउने खाने राखिदिने खाने अफिस जाने गर्थे उ आएर खान्थी कहिलेकाही उ आज मेरो नाइट डिउटी परेको छ खाना नबनाउ तिमी बनाएर खाउ भन्थी। मलाई अल्छि लागेर बाहिर खाइ कोठामा फर्किन्थे। बिहान आउथी अनि खै त तिमीले हिजो खाना खाएनौ। भाडा त जस्ताको तस्तै छ भनी आउ चिया बिस्कुट खाउ भनी बोलाउथिन। म चिया खाएर भएको काम गरि खाना बनाएर खाइ राखिदिएर अफिस जान्थे। रातभरि अनिदो बसेकीलाई बोलाएर खाउ भन्न म सक्दैनथे। एक्जाम सकिएको १५/२० पछि कलेज लाग्यो। दिनहरु बित्दै गए।

दशै आउन लाग्यो। घर जाने अग्रिम टिकट खुल्न थाल्यो। म बसपार्क गएर टिकट लिए। फुलपातीको दिन उपत्यका छोड्ने गरि टिकट लिए। फुलपातीको दिनबाट बैंकको जागिरबाट पनि औपचारिक बिदा हुने भएकोले म टिकट लिएर फर्किए। रेजिना भने दसैमा गए तिहारमा जान पाइदैन कनफ्युज भएको छ भन्दै टिकट लिन आनाकानी गरिरहेकी थिइ। दशैमा जाउ तिहारमा भाइलाई यतै बोलाउन त ,मैले सल्लाह दिए। उनले त्यसै गर्नुपर्ला भन्दै कलेज गइन। मेरो कलेकमा टर्मिनल एक्जाम सकेर बिदामा बसेको थिए। जागिरको बिदा मिलेपछि घर जाने कुरा मनमा थियो। एकदिन सनिवार सपिङ जाने तयारी गरेको थिए रेजिना पनि कोठामा आएर आज मेरो बिदा छ सपिङ जाउ न है भनिन मैले हुन्छ भने हामी न्युरोड पुग्यौ आफुलाई र परिवारको लागि केही सामान किन्यौ। सानोमा गाउमा हुँदा दशै आउदा कति रमाइलो हुन्थ्यो त्यही सम्झिएर सानो भाइ अनि बहिनीलाई कपडा किनीदिए। बुबालाई आफ्नै साइजको नाप लिएर कोट सिलाउन दिएको थिए हाम्रो नाप मिल्थ्यो। आमालाई सारी किने। रेजिना भने आफुलाई अनि बहिनी र भाइलाई सामान किनेकी थिइ। अधिकाम्स सामान खानेकुरा अनि मेकअपका थिए। हामि खाजा खाएर फर्कियौ।

उस्ले भने नवमीको दिन बिहानको डिउटी सकेर ३ बजेको बसको टिकट लिएकी थिइ। म फुलपातीको दिन १ बजे बजेको गाडी चढेर बुटवल हिडे। उस्ले फोन गरेर कहाँ पुग्यौ हालखबर सोधिरहन्थी। नाइट डिउटीमा थिए भन्दै उ म घर पुग्ने बेला राती दस बजेसम्म फोन गरिरहेकी थिइ मैले घर पुगेको जानकारी गराए उस्ले ओके भन्दै फोन राखि। ममी बाबा भाइ बहिनी सबैजना मलाई नै हेरी रहनु भएको थियो।म पुग्नासाथ भाइ ढोकामा लिन आएपुग्यो। बहिनीले हेर न दाजुले के ल्याइदिनु भएको छ भन्दै दौडेको भनी व्यंग्य कस्तै थिइ। ममी आउन पाएको छैन तिमीहरूलाई के ल्याएको छ भन्ने हतार भन्दै किचनतिर लाग्नु भयो। मैले भाइलाई अनि बहिनीलाई सामान निकालेर दिए। उनीहरु खुशी हुन लागे। मैले ममीलाई सारी निकालेर दिए बाबालाई कोट निकालेर दिए। ममीले यहि कति थिए कपडा किन ल्याउनु भन्दै राख्नु भयो खाना खाएर सुत्दा झण्डै एक बजेको थियो।

म बिहान ८ बजेसम्म सुतेको थिए। बहिनी दादा कति अल्छी भएको चिया पिउनु पर्दैन भनी चिया लिएर आइ म उठेर हातमुख धोए चिया चिसो भएको थियोे। चिया चिसो भैसक्यो अब अर्को कप तातो पनि चाहिन्छ है भने बहिनी भैहाल्छ नि भन्दै भित्र पसि। एकछिनमा अर्को कप चिया आयो मैले चिया पिएर बसे। रोजिनालाई फोन गर्न मन थियो नाइट डिउटी गरेकी बिचरी सुतेकी होला भनेर फोन गर्न सकिन। म खाना खाएर साथीहरू भेट्न बाहिर निस्किए। बसपार्क छेवैमा रोशनको घर थियो उ तीन बर्ष अगाडी बिदेश गएको थियो दसै मनाउन घर आएको रहेछ हामी भेट भयौ । अनि बाइक लिएर चौराहातिर घुम्न गयौ।
खाजा खायौ स्कुल पढ्दाका बिजय दिपकसग पनि भेट भयो सङगै खाजा खायौं साझ हामी घर फर्कियौ। दशैमा साथीहरू भेट हुँदा रमाइलो नहुने कुरै थिएन। हामी भेट हुने कुरा फेसबुक मार्फत मिलाएका थियौ। यहीँ त एक माध्यम छ साथीहरू भेट हुने कुरा हुने। साझ म घरमा फर्किदा कहाँ जानू भएको दादा मोबाइल पनि नबोकी कस्को फोन आएको थियो भनेर बहिनिले भनेपछि बल्ल मोबाइलको याद आयो। मैले मोबाइल हेरे।

रेजिनाले ४ कल फोन गरिछ। मैले कल ब्याक गरे घरमा पुगेपछि त फोन रिसिभ गर्न नि कति गाह्रो है भनी कुरा सुरु गरि मैले होइन साथीहरू भेट भए घुम्न गएका थियौ मोबाइल घरमा छुटेछ भने उस्ले को साथी भनी म स्कुल पढ्दाका साथी हुन हामी कोहिसङग ३ बर्ष कोहिसङ्ग ४ बर्ष पछि भेटिएका भने। उ मलाई बोइ फ्रेन्डलाई जस्तै गरि कुरा बुझिरहेकी थिए। मैले भोलि त तिमी पनि जान्छौ नि राम्रोसँग जाउ म फोन गर्दै गर्छु चाबी राम्रोसँग बन्द गरेर जानु पुन फोन गर्दै गर्छु भन्दै हामी छुटियौ। अर्को दिन उ हिड्ने बेला भयो राम्रोसँग जाउ घरमा पुगेर फोन गर अनि छिटो काठमाडौ फर्क भने मैले हुन्छ भन्दै फोन राखि। अर्को दिन घरमा कतिबेला पुग्यौ फोन गर्नु पर्दैन भन्दै फोन गरे म भर्खर गाडीबाट झरेको छु घरमा पुगेको छैन। भनी ल राम्रोसँग जाउ अनि टीका लगाउ भन्दै फोन राखे। टीका लगाइयो दशै पनि सकियो। आफ्नो आफ्नो कर्मथलो फर्किने बेला भयो। टिकाको अर्को दिन साथीहरू मिलेर घुम्न गयौ।

साथीहरू लुम्बिनी जाने भनिरहेका थिए आफुलाई त्रयोदशीको दिन नै काठमाडौ फर्किनु पर्ने थियो। म जान नसक्ने भनेपछि प्लान क्यान्सिल भयो। खायौ घुम्यौ रमायौ। दिन बित्न के बेर फर्किने दिन आयो। बाबाले मलाई सरकारी जागीर तिर ट्राइ गर बाबू प्राइभेट जागिरको के बिश्वास आज छ भोलि छैन भन्नू भयो मैले हुन्छ भन्दै आश्वासन दिए अनि यस्तै कुरा गरि सुत्यौ। खाना खायौं भन्दै मैले रोजिना कहिले फर्किने भनी फोन गरे उस्ले म काठमाडौमा छु। टिकाको भोलिपल्ट फर्केको हिजोदेखी डिउटी जोइन गरे भनी म आज रातीको टिकट छ भोलि बिहान कोठामा आउछु। उस्ले शुभयात्रा अनि मलाई कोशेली के ल्याइदिन्छौ भनी मैले भन न म के ल्याउ तिम्रो लागि उस्ले मैले यत्तिकै भनेको भन्दै फोन राखी। म बेलुका बस चढ्न बसपार्क पुगे। त्यहाँका पसलमा बेच्न राखिएको थियो खुवा। पुरानो अनि राम्रो भनी नाम चलेको पसलबाट खुवा किने रोजिनालाई कोशेली। म बेलुकी ८ बजे काठमाडौ जाने बस चढे। भोलिपल्ट बिहान म कोठा पुग्दा उ डिउटीबाट कोठा पुग्दै थिइ। हामी सङगै रुम पुग्यौं।

फ्रेस भएर भएर बाहिर निस्किदा चिया बनेर टेबलमा थियो साथमा बिस्कुट पनि। म पहिला कोठामा पुगे अनि खुवा निकालेर दिए उस्ले तिमीलाई कसरी थाहा भयो। मलाई खुवा मन पर्छ भन्दै सोधी अनि २/४ स्पुन खायौं अनि उ आफ्नो रुममा म आफ्नो रुममा सुत्यौ उस्को नाइट डिउटी थियोे त मेरो रातभरि बसको यात्रा थकाइ लागेको थियो सुत्यौ करिब साढे बाह्र बजे आँखा खुल्यो म हात मुख धोएर खाना बनाए। नुहाई कोठामा पसेको थिए उ उठेर आँखा मिच्दै बाथरुम पसी पछि हामीले सङगै खाना खायौं। उ डिउटी जाने तयारी गर्दै थिइ। म कोठामा पसे। भोलि डिउटी जानू छ केही सामान मिलाए। बुक नछोएको १०/१२ दिन भएको थियो पाना पल्ट्याए। किचनमा सामान सकिएको चिजको लिस्ट बनाए अनि किने हप्ता भरीलाई पुग्ने गरी। ताकी दिनकै निस्कनु नपरोस। खाना खाए बुक हेरे बाबाले सरकारी जागिरको लागि ट्राइ गर भनेको सम्झिए राती निन्द्रा परेन दिउँसो सुतेकोले पनि होला। अर्को दिन अफिस पुगे दिन भरी काम गरे साझ निजामती सेवाको नासुको बुक किनेर फर्किए। तर मेरो पढाइ भने ब्यवस्थापन सन्काय को थियो । कलेज बिदामा त्यहीँ बुक हेर्दै दिन बित्न थाले। तयारी गरेनि फर्म भरेर एक्जाम दिइन।

दिन बित्दै गए। मेरो कलेजको एक्जाम सकिएको थियो रेजिना अब कलेज पनि सकियो के गर्छौं त कि बिदेसको लागि ट्राइ गर फिउचर ब्राइट हुन्छ म हेरौ अब कोशिश गर्छु भन्थे अनि तिमी के गर्छौ त उस्ले म नर्सिङको लागि अस्ट्रेलिया ट्राइ गरिरहेको छु हेरौ के हुन्छ अझै कोर्स सकिन ५/६ महिना बाकी छ रिजल्ट आउदा एक वर्ष छ हेरौ के हुन्छ भन्थी। उस्ले आफुसङग भएका स्पष्ट योजना सुनाउथी। मसङग यहि गर्छु भन्ने स्पष्ट धारणा अनि निर्णय पनि थिएन। उस्ले जिन्दगीमा आफ्नो लक्ष्य स्पस्ट हुनुपर्छ त्यसैबाट अगाडि बढ्न सजिलो हुन्छ भन्दै सिकाउथी।

मैले लोकसेवामा ट्राइ गर्छु भन्थे त्यतातिरको काम ठिक त ठिकै हो नाम भने हुन्छ। सरकारी कर्मचारी पनि हुन्छौ सेवा सुबिधा पनि हुन्छ तर दुई नम्बरी नगरी काम गर्ने हो भने नेपालको जागीरले खानसम्म पुग्दैन। मेरो सल्लाह मान्छौ भने छोड त्यो लोकसेवा बरु राम्रो कन्ट्री खोजेर एप्लाइ गर लाइफ बन्छ भन्थी। उस्का कुरा ठिकै जस्तो लाग्थ्यो। मलाई अब झन यहि क्षेत्रमा लाग्ने, लोकसेवाको एक्जाम पास गर्ने र नेपालमै काम गर्ने मनले अठोट गरिसकेको थियो। म एक्जाम पछिको समय लोकसेवा तयारी गरिरहेको थिए। अब खुल्ने बिज्ञापनमा फर्म भर्ने निधो गरेर। उ कलेज अनि डिउटी गरिरहेकी थिए। हामी एकअर्काका काममा के किन भन्ने सवाल कहिल्यै गर्दैन्थ्यौ। हामी हाम्रो एग्रीमेन्टको पालना गर्थ्यौ। एक्जाम पछि रेजिना धरान गइ म भने काम अनि घर गरि रहेको थिए।

मलाई त्यति बेलासम्म कोठामा रेजिनालाई भान्सामा देख्ने बानी परिसकेको थियो। उ नहुदा सुन्य सुन्य लाग्थ्यो। मैले पटक पटक फोन गरि हाल खबर सोधिरहन्थे। के छ किन गरेको म आउछु अब केही दिनमा भन्थि। मलाई भने उ बिनाका दिन कटाउन मुस्किल भैरहेको थियोे सायद आखालाइ उसको बानी परि सकेको थियोे क्यारे ! उ करिब एक हप्ता धरान बसेर काठमाडौ फर्कि। उ आइसकेपछी मैले सोधे तिमी किन घर गएको? म अस्ट्रेलियाको लागि ट्राइ गरिरहेको छु पासपोर्ट बनाउन गएको। मेरो सर्टिफिकेट मार्कसिट साथमा आबस्यक कागजात पनि बुझाएकी थिए अनि मैले पढ्ने कलेज छनोट गरिसकेकी थिए कन्सलटेन्सीले अब भिसा लाग्ला जर्स्तो छ पासपोर्ट बनाउन भन्यो त्यसैले । उस्ले कुरा सकाई मलाई तिमी नहुदा सुन्य लाग्यो तिमीलाई देख्ने यी आँखा लाई बानी जो परेछ लाग्छ अब तिमी बिना बस्नै नसक्ने भएको छ मन खै के गर्ने रेजिना? भने उ एकछिन मौन बसि अनि भनी यति लामो समय सङ्गै बसियो मलाई पनि बानी परिसक्यो। मैले अगाडि थपे तिम्रो हरेक चिज आफ्नो जस्तो लाग्छ। तिमी आफ्नो जस्तो लाग्छ। सोच्छु तिमी बिना मेरो जिन्दगी पनि पुर्ण छैन ...

मैले अधिकृतको एक्जाम दिएको थिए। पहिलो पेपरमा नाम निस्किएको थियो दोस्रो पेपर पनि दिएर बसेको थिए यत्तिकैमा उस्को अस्ट्रेलियाको भिषा एप्लाई गरेको करिब छ महिनामा भिषा पनि लाग्यो। उस्ले कलेजका साथीहरू बोलाएर होटल एभरेस्टमा पार्टी दिएकी थिए मलाई पनि पार्टीमा बोलाएकी थिए। उस्ले उ अन्जना मेरो मिल्ने साथी उ सन्जु उ कबिता उ प्रतिमा उ सुनिता भन्दै नाम लिइरहेकि थिए। मलाई पनि उ मेरो साथी भन्दै चिनाइरहेकी थिइ। पार्टी सकेर साथीहरू एक एक गरि घर फर्किसकेका थिए। नाइट पार्टी भएकाले अनि साथीहरू पनि फर्किसकेपछी हामी राती एक बजे ट्याक्सी चढेर कोठामा पुग्यौ। नयाँ बर्षको त्यो पार्टी यादकार बनेर बसेको छ मनमा उस्को दस गते फ्लाइट थियो। सपिङ भन्दै सपिङमा ब्यस्त थिइ। म पनि उसलाई साथ दिइरहेको थिए। तिमी फर्किने बेलासम्म म कुरेर बस्छु अनायसै मेरो मुखबाट निस्कियो। उस्ले भनी त्यति धेरै माया गर्छौ र मलाई ? केही शंका छ ? मैले भने। उस्ले भनी त्यस्तो त होइन तर मैले तर के भने उस्ले केहि होइन भन्दै कुरा मोडि अनि भनी म यता आउने बेला सम्म कुर्ने होइन तिमी उतै आउ अनि उतै बस्ने उतै बिहे गर्ने उस्ले यति भन्दा मलाई पनि माया गर्दिरहिछ भन्ने लाग्यो। दिन बित्दै गए। उस्को बिदेशीने दिन नजिकै आइरहेको थियो मलाई उ बिना कसरी बस्ने होला भन्ने चिन्ता लागिरहेको थियो।

दिदि अस्ट्रेलिया जाने भएपछि बहिनी र भाइ भेट्न भनि आएका थिए उनीहरू फर्किएपछि ममी ड्याडी उसलाई बिदा गर्न आउनु भएको थियो। उस्को १० गते बेलुका ट्याक्सी चढेर हामी साझ सात बजे त्रिभुवन विमानस्थल पुग्यो एकछिनमा अस्ट्रेलियाको लागि .....
रेजिना ममी बाबालाई अङ्गालोमा कसी अनि मलाई पनि अब राम्रोसँग बस तिमी पनि उतै आउने तयारी गर है भन्दै लाइनमा बसी मलाई भने मुटु नै टुक्रिएर आफुबाट टाढिएको छ जस्तो लाग्यो आँखाले सिसा भित्र सम्म चिहाइ चिहाइ हेरे जब देखिन छोडी म प्रतीक्षालयमा राखिएका बेन्चमा बसे। अन्कल आन्टी प्लेन उडेपछी कोठा फर्किने भन्दै हुनुहुन्थ्यो म पनि उस्को प्लेन उड्ने समय हेरेको थिए। उस्ले बिमानस्थलको भित्र प्रतीक्षालयमा बसेको छु अब कोठामा फर्किदा हुन्छ भन्दै फोन गरेकी थिइ। तिम्रो प्लेन उडेपछी मात्र हामी फर्किन्छौ भने उस्ले फोन राखि। हेर्दाहेर्दै १० बज्न लाग्यो अन्कललाई फोन गरि अब म प्लेन भित्र बसे फोन अफ हुन्छ। अब हजुरहरु रुममा जानू भन्दै फोन राखी ।एकैछिनमा ठूलो आवाजले प्लेन उड्यो। उ मबाट टाढा भैरहेकी थिइ। मन भारी गराउदै हामी कोठा फर्कियौ।

कोठा पुग्दा सुन्य लागिरहेको थियो। त्यो दिन अन्कल आटी रेजिनाको रुममा बस्नु भएकोले उस्को कमी महशुस कम भएको थियो। सुत्यौ निन्द्रा परेन। मेरो निन्द्रा पनि रेजिनाको प्लेनजस्तै गरि टाढा टाढा भैरहेको थियो। तीन बर्ष देखि सङगसङगै थियौ पछिल्लो ५/६ महिना देखि अझ नजिक भएका थियौ। मनले सपना सजायको थियो। जीवन जीवन जस्तै लाग्न थालेको थियो। रङ्गिन सपना सजाएको थियो। कोल्टे फेर्दाफेर्दै जुन डाडामा पुग्यो अनि शितका थोपाहरु खस्न थाले घाम लाली छर्दै डाडामाथीबाट उदाउँदै थियोे। म उठे हातमुख धोए फ्रेस भएर चिया बनाए अनि अन्कल आन्टि र म बसेर पियौ। आन्टीले घर लाने सामान रेजिनाले दिउँसो आफ्नै हातले प्याक गरिदिएकी थिइ। एक कुनामा ठडिएको थियो झोला। चिया पिए पछि अन्कल आन्टी घर हिड्न हतार गरिरहनु भएको थियो। म खाना बनाए अनि खाएर सङगै निस्क्यौ न त म अफिस जान्छु हजुरहरु घर जानू कि अझ एक दुई दिन बसे पनि हुने भन्न भ्याए । उहाँहरु जित गर्दै हुनुहुन्थ्यो मैले अझ जिद्दी गरेपछि म खाना बनाउछु बाबू भन्दै आन्टी किचन जानू भयो मैले सघाए। म अफिसको लागि रेडि भए उहाँहरुको सामान भएकोले ट्याक्सी चढेर उहाँहरुलाई गाडी चढाई बिदा गरे म अफिस लागे।

दिनभरी काम गर्न मन लागेन। उ पुगे नपुगेको खबर पनि गरेकी थिएन। अफिस सकेर घर निस्किदै थिए। घर हिड्नु भएका अन्कल आन्टी कता पुग्नु भयो भनी फोन गरे उहाँहरु अझै एक डेढ घण्टा लाग्छ बाबू रेजिनाले बाबुलाई फोन गरि आइपुगे भनेर भनी प्रस्न गर्नु भयो मैले छैन के तपाईलाई गरिन र भने छैन उनी साझसम्म खबर गर्छिन होला भन्दै फोन राखे कोठा फर्किए। सरासर कोठामा पसे आफ्नो त जस्ताको तस्तै थियो। अर्को कोठा खोले बिना सामान खाली रित्तो रित्तो थियो बोल्दा आफ्नै बोली फर्काउथ्यो। यसो हेरे बस्न मन लागेन। कोठा बन्द गरेर आफ्नो कोठामा पुगे। खान मन लागेन बेडमा पल्टीए हिजो सम्म यहि थि आज कहाँ होली भन्ने प्रश्न आँखा वरिपरि नाचिरह्यो। अन्कलले घर पुगेको जानकारी फोन गरेर गराउनु भएको थियो। चिन्ता थियोे त उस्को मात्र। जता हेर्‍यो उस्कै अनुहार देखिए जस्तो लाग्थ्यो सुन्य एक्लो जस्तो लाग्यो। मैले नेट खोले फेसबुकमा आँखा पुर्‍याए उस्को २४ घण्टा अगाडि एक्टिभ भनी देखाएको थियो।

मैले नेट अन राखेर पल्टिएको थिए। म्यासेन्जरमा फोन आयो हतार हतार फोन रिसिभ गरे रेजिना बोली म पुगे अहिले रुममा wifi कनेक्ट गरेर फोन गरेको तिमी अझै सुतेका छैनौ। म तिमी छैनौ म नितान्त एक्लो छु निद्रा तिमीसङगै टाढा गयो। खै के भयो अन्कल आन्टी घरमा पुगेर कल गर्नु भएको थियो। मैले भने उस्ले ममी बाबालाई फोन गरेर म पुगेको जानकारी गराउ है मैले सिम लिएपछि फोन गर्छु घरमा भन्दै चिन्ता नगर जति सक्यो छिटो यतै आउ है भन्दै फोन काटी मैले धरान अन्कललाई फोन गरे एक रिङ मै फोन रिसिभ गर्नु भयो। सुत्नु भाछैन अझैसम्म? छैन निद्रा परेन बाबू रेजिनाले मलाई म्यासेन्जरमा फोन गरेकि थिइन कोठामा पुगिन रे सिम लिएर फोन गर्छु भनेकी छन ढुक्क भएर सुत्नुहोस भन्दै फोन काटिदिए। अरुलाई सम्झाउन तयार यो मन आफै सम्झिन मानिरहेको थिएन। यता उता कोल्टिदा कोल्टिदै रात गयो।

बिहान् उठे किचनमा पुगे चिया बनाए। जता हेर्दा पनि उस्कै याद मात्र आइरह्यो। मैले अब कोठा सर्ने निर्णय गरे। मैले साथीहरू लगाएर ठूलो भए एक रुम सानो भए एक किचन एक रुम बुझ्न लगाए। साथीले कोठा भएको बतायो ठिकैको कोठा एक किचन सहितको रुम भेटियो। म रुम सरे। म उस्को याद कम आओस भन्ने चाहान्थे। यत्तिकैमा मेरो अधिकृतको तृतीय पेपरमा नाम निस्कियो अन्तरबार्ता मिति तोकियो। म अन्तरबार्ताको तयारी पनि गर्दै थिए। आफुलाई ब्यस्त राख्न चाहान्थे। मेरो अन्तरवार्तामा नाम निस्कियो। म अधिकृत बनेर सेवा गर्न पाउने भए मन खुशीले चङ्गा भएको थियो। मैले म्यासेन्जर खोलेर उस्लाई अधिकृतमा नाम निस्किएको सुनाए। उ पनि खुशी नै देखिएको देखाइ। यद्यपि उ मलाई अस्ट्रेलिया आओस यहि चाहान्थी । मैले घरमा फोन गरेर सुनाए। ममी ड्याडी भाइ बहिनी सबै खुशी भए। समयले आफ्नै गतिमा चक्कर काटिरहेको थियो दिनहरु बित्दै गए।

त्यति बेला बहिनी पढ्न भनी काठमाडौ आएकी थिइ उस्ले नर्सिङ पढ्ने चाजोपाजो मिलाइदिए। बहिनी कलेज जान लागि। म अब कोठामा एक्लै बस्नु परेन। दाजु बहिनी भयौ। अर्को बर्ष भाइ पनि slc पछी काठमाडौ आयो। भाइ बिज्ञान बिषय लिएर 11 भर्ना भएको थियो। समय रोकेर कहाँ रोकिन्छ र त्यो आफ्नै गतिमा अगाडि बढिरहेको थियो। कहिलेकाही रेजिनासङ्ग धेरै लामो समयसम्म हाम्रो प्रेमिल गफ हुन्थ्यो त कहिलेकाही सामान्य गफगाफ हुन्थ्यो। अलि लामो कुरा भयो कि तिमी पनि अस्ट्रेलिया आउ दुई जना सङगै कमाउने रमाउने भन्दै उ मलाई हौसाउथी। उस्को कुराले मेरो मनलाई पनि छुन्थ्यो। आफू पनि जाउ जस्तो लाग्थ्यो। जागीरको करिब बर्ष पछि अफिसमा ४ दिनको बिदा लिए। घर गए अनि पासपोर्टको सिफारिस लिए पासपोर्ट चाहिँ काठमाडौबाट लिने भन्दै आए म पुन अफिसमा फर्किए। एक हप्तामै पासपोर्ट हात लाग्यो।

मलाई जसरी भए पनि अस्ट्रेलिया जानू थियो रहर अनि उस्को कहर पनि यहि थियो कन्सलटेन्सी धाए। करीब छ सात महिनाको रस्साकसी पछि अन्तत एम्बेस्सीले मलाई पत्यायो। अस्ट्रेलिया जाने भिसा थमायो। मेरो खुशीको सिमा रहेन। खुशीले बुरुक्क बुर्खुसी मारे। अब जीवन अनि मैले सजाएका सपना रङ्गिन हुने भए यस्तै सोचेर खुशीले निद्रा परेन। जीवनमा पहिलो पटक म खुशी हुँदा पनि निदाउन सकिन। मैले भिसा हातमा आइसकेपछि घरमा बाबा ममीलाई सुनाए भएको जागीर छोडेर न बरालिए है न यताको न उताको होलास भनेको मान भन्दै रिसले फोन काट्नु भएको थियो। मैले सबै राम्रो हुन्छ चिन्ता नगर्नु भनी सम्झाएको थिए। बिस्तारै हुन्छ सम्म भन्नुभएको थियो। अस्ट्रेलिया जान हतार थियो यो मनलाई केही सपिङ गरे दिन बित्दै गयो। ममी बाबा मलाई बिदाई गर्न काठमाडौसम्म आउनु भएको थियो। म सोच्थे आकाशमा देखिने बादल आज आफू उडिरहेको प्लेनको तलबाट लखेटिएको थियो। कुनै दिन म त्यही कालो बादल हेरेर बस्थे आज त्यो आफू भन्दा तल कुदिरहेको थियो। मन रमाइरहेको थियो।

म अस्ट्रेलिया जानको लागि प्रोसेसमा हुँदा देखि नै आफ्नै जिल्ला निबासी रबिन दाजुले सहयोग गर्नु भएको थियो। मलाई बिमानबाट ओर्लने बित्तिकै अगाडि तिमीलाई देख्न आँखा आतुर थिए तर त्यहाँ आउन सक्दिन म डिउटीमा हुन्छु त्यो समय म आउन सक्दिन पछि आउछु भन्ने तिम्रो sms आँखा मा ठोकिन आइपुग्छ। आउन नसक्ने भने पनि तिमीले कतै सरर्प्राइज पो दिन्छौ कि जस्तो पनि लागेको थियो। म सिड्नी बिमानस्थलबाट बाहिर निस्कदा दाजु लिन आउनु भएको थियो। दाजुले ट्याक्सी लिएर आफू जाने ठाउँको बारेमा ड्राइभरलाई गाडी मोड्न्न निर्देशन दिइरहनु भएको थियो। हामी मुख्य सडकको केही दाया मोडिएर एक अग्लो घर बाहिर पुगेर ट्याक्सी रोक्न निर्देशन दिनुभयो रबिन दाजुले। ट्याक्सी भाडा दिनुभयो। म झोला निकाले अनि लिफ्ट चढ्दै हामी चौधौं प्लोरको कोठामा पुग्यौ ठिकैको कोठा दुइ बेड एक छेउमा टि.भी अर्को छेउमा फ्रीज बहिर सानो कुर्सी राखेर बस्न मिल्ने कौसी थियो। हामी दाजुभाइ बस्ने कोठा एउटै थियो दाजुको डे डिउटी अनि मेरो नाइट डिउटी पुर्ब निर्धारित थियो। दाजुले मलाई थकाइ लागेको होला भन्दै फ्रेस हुन आग्रह गर्नु भयो म बाथरुम लागे म बाहिर निस्किदा दाजु कफी अनि बिस्कुट थालीमा राखिसक्नु भएको थियो। हामी खाजा खाएर सुत्यौ ब्युझिदा साझको आठ बजिरहेको थियो। दाजुले घरमा फोन गर आएको जानकारी गराउ भन्दै फोन थमाउनु भयो मैले बहिनीलाई फोन गरे म नयाँ सिम लिएर फोन गर्छु राम्रोसँग पुगे अनि म पुगेको ममी बाबालाई जानकारी गराउ है भन्दै फोन काटिदिए। हुँदा खादाको सरकारी जागीर छोडेर अस्ट्रेलिया जाने भन्ने मेरो निर्णय विरुद्ध हुनुहुन्थ्यो ममी बाबा उहाँहरुलाई फोन गर्न सकिन। अर्कोदिन दाजुको दिउँसो डिउटी अनि मेरो नाइट डिउटी भएकोले किनमेल गर्ने समय नमिल्ने निश्चित थियो दाजु र म साझ बजार निस्कियौ।

मेरा आँखा हरपल मोबाइलको म्यासेन्जर तिर दगुरिरहन्थे कतै उसले म तिमीलाई भेट्न आउदै छु भनेकी छ कि जस्तो लाग्यो तर न sms आउथ्यो त न फोन नै आउथ्यो म हरपल उसलाई भेट्न हतारिएको थिए। म काठमाडौबाट हिड्दाको दिनसम्म ठिकठाक कुरा गर्ने उ एक्कासी किन यस्तो व्यबहार गर्दैछ मैले केही सोच्न सकेको थिइन। म आएको १२/१३ सम्म पनि उ बेखबर थिइ एकदिन पछि तिमी कता बस्छौ म भेट्न आउछु भनी म्यासेज गरि मैले म बस्ने ठेगाना म्यासेज गरि पठाए। म अस्ट्रेलिया पुगेको १४ दिनमा उ म बस्ने घरमा आएकी थिइ। मैले दिएको लोकेसनको आधारमा उ मेरो घरमा आइ। मैले उसैलाई उस्को त्यहाँ आउने सम्भावित बाटोतिर हेरेर बसेको थिए। उ लिफ्टबाट निस्किएर लामो तर खुल्ला राखिएको कपाल पर्पल कलरको टिसर्ट अनि ब्लाक स्कट अग्लो हिल हातमा ब्याग झुण्डाएर टक टक आवाज सहित मेरो छेउमा आइरहेको थिइ। उस्ले मलाई देख्नासाथ हात हल्लाइ मैले हात उठाए। उ जति नजिक आएकी थिए उस्को अनुहार प्रष्ट देखिथ्यो त्यो खुल्ला कालो कपाल रातो सिंदुरले सजाएकि थिइ। होईन कि भन्ने भएर घाटीमा आँखा पुर्‍याउदा सानो मङ्गलसुत्र झुन्डिएको थियो। म हेरेको हेरै भए उभिएको घर गहिरो समुद्रमा बिलिन भएको जस्तो लाग्यो। म हिजो काठमाडौ छदा सम्म तिमी अस्ट्रेलिया आउ यतै बस्ने यतै बिहे गरौंला भन्ने मान्छे आज सिन्दुर अनि मंगल् शुत्रमा देख्दा मैले चारैतिर अध्यारो देख्न थाले आफू जिउदो छु छैन पत्तो पाउन छातीमा पटक पटक हात पुर्‍याए। छाती भतभती पोल्न थाल्यो, घाँटी अठ्ठिएर खस्रो महशुस भयो, कतै हेर्न खोज्छु सबै दृश्यहरु धमिलो देखिन्छन, रुन खोज्छु आवाज फर्किदैन गलाबाट मलाई टिक्न असजिलो भएको थियो। यो दुनियाँमा एक्लो छु जस्तो लाग्यो त्यो मेरो लागि अपत्यारिलो अनि अप्रत्याशित घटना थियो के गर्ने के नगर्ने मनले निर्णय गर्न सकेन। झगडा गर्न मन थियो त्यो बिरानो ठाउँमा बसेर झगडा गर्न पनि सकिन। मनमा कालो बादल मडारिन लाग्यो। एउटा नजानिदो अपत्यारिलो बिछोडको पीडा जस्ले ठूलो भुकम्पले जस्तै छातिभित्र हलचल शिर्जना गरिदियो शिरदेखी पाउसम्म शरीर काप्न थाल्यो। हामी बिस्तारै कोठामा छिर्‍यौ। अन्यौलताको बिचबाटै मैले नयाँ जीवन को शुभकामना दिए।

उ चुपचाप कोठाभित्र पसी अनि मलाई अङगालोमा कस्दै निधारमा चुम्बन गरिरहेकी थिइ। मैले बिस्तारै मेरो जिउबाट उस्को हात छुटाए अनि शरिरको अङ्गालो पनि हटाउदै उसलाई छेउको कुर्सीमा बस्न लगायर भने रेजिना तिमीलाई हात लगाएर छुन पनि डर लाग्छ तिमी अर्कैको श्रीमती कतै मलाई मिस बिहेभ गर्‍यो भन्दै चिच्यायौ, करायौ भने यो बिरानो मुलुकमा मैले जेल जीवन बिताउनु पनि पर्न सक्छ। मेरो कुरा सकिन नपाउदै उ बोली तिमीले यतिसम्म पनि सोच्न सक्छौ है? जवाफ दिने पालो मेरो थियोे म त तिमीलाई पूरा पुर बिश्वास गरेर यहाँ सम्म यो ज्यान लिएर आएको। यो ज्यान तिमीलाई राजीनामा गर्न आएको थिए। तिमी अर्कैको भैसकेछौ। के थाहा तिमीले नगरे पनि तिम्रो श्रीमानले मलाई पुलिस केस गर्‍यौ भने म जेलको हावा खान बाध्य हुनेछु तिमी त्यसो गर्दिनौ र गर्न सक्दिनौ भनेर कसरी बिश्वास गरु त्यसको लागि तिमीले आधार प्रसस्त बनाइदिएकी छौ। तिमीलाई भेट्न भनी आए चिया कफी केही खुवाउदैनौ? मलाई म तिमी आउली अनि सामान किन्न जाउला यो सोचेर बसेको थिए तिमी त आयौ तर यो रूपमा आउछौ त्यो कल्पना सम्म गरेको थिएन सरी म तिमीलाई चिया कफी खुवाउन सक्दिन। ढोका खुल्ला छ तिमी जान सक्छौ। म यति बोलिसक्दा पनि उ चुपचाप मौन बसिरहेकि थिइ। म आवाज ठूलो बनाउदै बोले रेजिना तिमी मेरो कुरा सुनिरहेकी छौ। तिमी जान सक्छौ लिभ मि एलोन पिलिज भगवानको लागि मलाई एक्लै छाडिदेउ। उ उठी ब्याग टिपी मलाई नजर लगाउदै बिस्तारै बाहिर निस्की म चुपचाप हेरिरहे पुर्‍याउन बाहिर निस्किन मन लागेन उ लिफ्टमा तल झरी म छेउमा उभिएर उ रोडमा आँसु पुछ्दै हिडेको देखिरहेको थिए। कोठाको झ्याल खोले बाहिर निस्कन मिल्ने सानो कुर्सी अट्ने कौसी थियो म त्यहीँ बसिरहे, यताउता हेरिरहे। मलाई लाइफमा पहिलोपल्ट केहि कुलतका नै सहि लत भैदिएको भए हुन्थ्यो जस्तो लाग्यो तर आफुसङ्ग लत नभएकोमा रिस उठ्यो। मान्छेले पीडा भुल्न कसैलाई बिर्सिन पनि चुरोट तान्ने ड्रीङग्स लिने गर्छ्न भन्ने सुनेको थिए तर आफुलाई त्यसतर्फ ध्यान कहिले गएन आज उसलाई भुल्न पनि के गरौ भन्ने छट्पटी भैरहेको थियो।
हामी सवार प्रेमरुपी मायाको त्यो जहाज कुन बेला कुन भुमरीमा डुब्ने हो कि जस्तो लाग्थ्यो यसरी डुब्ला यो थाहा थिएन। जीवन मा धेरै कुराहरू त्यस्ता पनि हुने रहेछन जस्को बारेमा आफुलाई पनि थाहा नहुने रहेछ।

केही दिन पछि रेजिनाले म्यासेन्जरमा म्यासेज पठाएकी रहेछ हेरे लेखिएको थियो। सानो उमेर देखि नै अस्ट्रेलिया मेरो सपना बनेर आएको थियो म त्यही सपना पछ्याउदा पछ्याउँदै यहाँ आए। यहाँ आएपछि pr प्राप्त गर्नु मेरो अर्को सपना बन्यो त्यसैमा भौतारिदा भौतारिदै नेपाली मुलका पि आर भएका एक ब्यक्ति मेरो जीवनमा आए मैले मेरो सपना पूरा गर्न बिहे गरे। मलाई माफ गर मैले तिमीलाई साथ दिन सकिन। यस्तै म्यासेज आएको थियो। हेरे छोडिदिए। के लेखौ के नलेखौको दोसाँधमा नै रिप्लाई गरे ओके ठिकै त भयो। यो सब अहिले आएर मलाई किन भन्दै छौ तिमी तिम्रो कुरा अनुसार त तिम्रो जो इच्छा थिए ती सब एकएक गरि पूरा भएका छ्न। अरुका सपना, चाहना, रहरहरुले तिमीलाई के छुन सक्थ्यो। अरु बाचोस वा मरोस त्यो तिम्रो सरोकारको बिषय पनि त भएन कि कसो? कास यहि कुरा म नेपाल छदै बताएको भए म यहाँ सम्म आउने कष्ट त गर्दैनथे। तिमीलाई पाउन र साथ बसी समय अनि बाकी जिन्दगी बिताउन यति लामो यात्रा तय गरेको थिए। खेर केही छैन ढिलो नै भए पनि सच्चाइ बतायौ खुशी लाग्यो।

मलाई दिन कतिबेला बित्ला भन्ने कुराले मात्र सताउथ्यो।दिने बित्दै गर्दा म घर फर्किने दिन नजिकै आउथे। म अस्ट्रेलियाको भिषा लागेर उत्ताउलो भएको थिए। अब सबै भने जस्तो हुन्छ भनी रमाएको थिए। मैले अफिसमा दुई महीनाको बिदाको लागि निवेदन दिन्छु स्वीकृत नभए जागिर नै छोडेर गैदिन्छु सोचेर निवेदन लेखे हाकिम साबले किन यति लामो बिदा भन्दै सोध्नु भयो काम परेर हो पिलिज सर भनेपछि स्वीकृति मिल्यो। धन्न अस्ट्रेलिया जाने उत्ताउलो बनेको म जागिर छोड्नु भने परेन अब यहाँबाट फर्केर गएर के गर्थे हुला धन्न भगवानले मलाई त्यति बुद्धि कसरी दिएछन् जस्तो लाग्यो। अरु त डुब्यो डुब्यो आउने जाने प्लेन भाडा त कमाउनु पर्‍यो यसै पनि अफिसबाट दुई महिनाको बिदा स्वीकृत छ भनी काममा खटिए। करिब आएको ५५ दिनमा अफिसमा काम गर्न नसक्ने एक लेटर लेखेर दिए स्वीकृत भयो। मलाई त्यहाँ पुग्न काम खोज्न सघाउने रबिन दाजुलाइ सुनाए। मैले अस्ट्रेलिया छोड्ने निर्णय दाजुलाइ सुनाउदा दाजु मलाई सम्झाइरहनु भएको थियो। धेरैले सोचेको मात्र हुन्छ्न कसैले मात्र वास्तविक रुपमा यो देश अस्ट्रेलियाको दर्शन पाउँछन् तिमी यहाँसम्म आइपुगेको छौ जागीर छ राम्रो तलब पनि छ अब निर्णयबाट पछाडि नहट त्यो ठाउँमा काम नगरे अर्कोठाउमा बुझ्छु म भन्दै हुनुहुन्थ्यो। दाजु म यो ठाउँमा जुन आशा लिएर जुन सपना लिएर आएको थिए त्यो टुट्यो चक्नाचुर भयो मलाई यहाँ बस्न फोर्स नगर्नु म नेपाल फर्किन्छु। म यति बोलिसकेपछी दाजु प्रतिक्रिया बिहिन हुनुभयो। म नेपाल फर्किन टिकट काट्न दाजुको सहयोग मागे।

साझ नेट खोले अन्तिम पटक उसलाई म्यासेज लेखे म अब काठमाडौ फर्किन लागेको छु रेजिना म जे उद्देश्य लिएर आएको थिए त्यो पूरा हुन सकेन म यहाँ बस्न सकिन मलाई माफ गर भोलि बिहान १० बजे मैले सिड्नी एर्पोट छोडिसकेको हुनेछु। तिमी सदैब खुशी हुनु भनी म्यासेज गरे उ अनलाइन रहिछ तिम्रो भविष्य उता भन्दा यता ब्राइट देखेर मैले बोलाएको किन जानू राम्रो जब छ दुखले आएका छौ यतै बस पछि फर्क हुदैन मैले रिप्लाई गरे जबबाट रेजिनेसन लेटर लिएको छु भोलिको टिकट हातमा छ मलाई रोक्न नखोज भन्दै म्यासेज गरे जे तिम्रो इच्छा भन्दै रिप्लाई गरि म मनमनै आजसम्म तिम्रो इच्छा अनि इशारामा तिम्रै निर्देशनमा हिडिरहेको थिए आज पहिलो पटक म आफ्नो इशारामा हिड्न खोज्दैछु लेख्दै मेटाउदै अन्तत मोबाइल बन्द गरे सुते तर निदाउन सकिन पुन फेसबुक खोले।

केही गर्न पनि सकिन निदाउन पनि सकिन। छटपट- छटपट, असपट- असपट भयो त्यस रात ओछ्यान पनि बिझाउदै बिझाउदै गयो। फेसबुकमा अनायासै स्टाटस लेख्न मन लाग्यो मनमा जे आयो त्यही लेखे अनि पोस्ट गरिदिए। जीवनका वर्तमान देखि आगामी दिनसम्मका हरेक क्षणहरु मेरो निम्ति (सम्पुर्ण) जीवन नै एउटा दोबाटोको रूपमा देखापर्‍यो। सायद मायामा बिछोडिएका हरेक जोडीलाई यस्तै हुन्छ कि? यस्तो लाग्छ जीवनमा आइपर्ने दोबाटो एउटा प्रश्न हो जीवनलाई कता लैजाने भन्ने जटिल प्रश्न यो जति भयानक छ त्यति गम्भीर पनि छ यसले गम्भीरतापुर्वक सोच्न बिवश बनाउछ म पनि जीवनलाई गम्भीर समस्याको रूपमा लिदै त्यसको हल खोज्ने प्रयास गर्दैछु। एउटा थाकेको बटुवा भएको छु। मलाई अझ धेरै चुनौतीका पहाड पनि उक्लनु छ बास पनि खोज्नु छ त्यो पहाड उक्लन सक्ने साहस छैन तर यात्रा तय गर्नु छ लेखे अनि पोस्ट गरे केही आफुलाई सहज महसुस गरे। मेरो स्टार्टस हेर्नेहरु र मलाई प्रत्यक्ष चिन्नेहरुले के भयो किन स्याड स्टार्टस भनी कमेन्ट गरेका थिए रिप्लाई गर्न मन लागेन। फर्किने निर्णय लिइ सकेपछि अरु ध्यान केही आएन।

मैले हामी छुटिनको लागि प्रेम गरेकै होइन तिम्रो अनि मेरो साथ जीवन भरीको लागि होस यो चाहना थियोे तर तिमी आफ्नो मेरो खुशीको लागि उक्त काममा म दख्खल दिन चाहिन होइन भने आफ्नो प्रेमीका अरुको नामको सिन्दुर पहिरिदा कुन प्रेमीले सहन सक्थ्यो र म त्यो पनि चुपचाप स्वीकार गरेर तिम्रो खुशीको लागि टाढा बन्ने निर्णय पनि लिए। मायामा झुक्न मैले जिन्दगीमा तिमीलाई माया गरेर सिकेको छु। त्यो कुनै बिश्व विद्यालयको ज्ञानबाट सिकिएको ज्ञान होइन। त्यो तिम्रो तिरस्कारबाट सिके जुन मेरो लागि ज्ञान बन्यो साहास बन्यो उर्जा बन्यो र बन्यो प्रेरणा पनि। सबैभन्दा स्थिर चिज रहेछ आशा सबथोक गुमाउदा पनि अझै मेरै हुन्छौ कि कतै भनी आशा सङगाल्छ यो मनले खै यो कस्तो पागल पन हो तर तिमी मेरो हुन्छौं भन्ने तिमीले नामोनिशान समेत मेटाएर अगाडि बढिसकेकी छौ। तिमीलाई गरेको माया मैले त आफ्नै समयको बर्बादी मात्र गरेको रहेछु। आफ्नै खुट्टामा बन्चरो हानेको रहेछु। आँखा चिम्लेर बिश्वास गरेको रहेछु त्यो कुराको प्रमाण तिम्रो सिउदो सजिएको देखेका छु अब त्यो भ्रमबाट आफुलाई बाहिर निकाल्दै छु तर कसरी? आफ्नै मनलाई आफ्नै नियन्त्रणमा राख्न सकिएन भने आफ्नै विरुद्धमा लाग्न थाल्दो रहेछ। आफ्नो मन सम्हालेको भए न आज घरपरिवार टाढिन्थे न त एक्लो हुनुपर्थ्यो। मैले यो सोचिरहेको छु।

मैले उस्को लागि परिवारसँग बिद्रोह गरे। उसैले मुख मोडेपछी भने म जीवनका अन्यौलपुर्ण पिडादायी क्षणहरुमा हिडिरहेको थिए। दोबाटोमा चुडिएको चङ्गा जस्तै अस्थिर थिए, साझको छाया जस्तै निस्तेज हुँदै थिए अनेक प्रश्न जो मनमा समुद्रको छालहरु जस्तै उठ्थ्यो अनि सागरको गहिराइमा गइ बिलिन हुन्थ्यो। मेरो लागि कति पिडादायी थियो होला त्यो क्षण जब जागीर छोडेर तिम्रो साथ पाउनको लागि बाटो तय गर्दै गर्दा मलाई सम्पुर्ण आफ्नाहरुले अपराधीलाई जस्तो व्यबहार गरेका थिए। ममी बाबाले हातको माछा छोडेर कुरीमा हात हुँदा खादाको सरकारी जागिर छोडेर अब बिदेश भन्दै गाली गर्नु भएको थियो त्यसलाई बेवास्ता गर्दै आएको थिए। भुइको टिप्न खोज्दा पोल्टाको पनि गुमाउछ अनि चाल पाउछ त्यस्ले भनी ममी बाबाले भाइ बहिनीलाई मेरो बारेमा सुनाउनु भएको रहेछ। भाइ बहिनी म काठमाडौ फर्किएपछि सुनाउदै थिए मैले ठिकै त भन्नू भएको छ आफूलाई चोक्टा खान गकी बुढी झोलमा डुबेर मरी भनेझै भएको छ भन्थे तर मनमनै सबै कुरा खुलेर गर्न मैले सकिन। म दुई महिना बिदेश बस्दा भाइ बहिनी कता जाने कसरी पढ्ने दोधारमा रोमलिदै बहिनीले त प्राइभेट जब सुरु गरेकी रहिछ। मेरो एक निर्णयले परिवार बिखण्डीत जस्तै भएको थियो।

फर्किदा मसङ्ग उत्साह थिएन। बरु जादा बाकी रहेको उत्साह, जोस अनि जागर पनि मरिसकेको झै लाग्थ्यो। मनभित्र कताकता गल्ती गरे भने पश्चाताप भैरहेको थियो। किन फर्किए आफुसङ्ग स्पष्ट जवाफ थिएन। जब म नेपाल एर्पोट ओर्लिए एकातिर आनन्दानुभुती भयो अर्कोतिर मनभित्रको उदासिनताले मर्माहत बनायो। त्यहि पनि म लागे आफ्नो कोठा बानेश्वरतिर। म कोठा फर्केको अर्कोदिन देखि नियमित अफिस गए। कुनै दिन अस्ट्रेलियाको जाने अनि उसङ्ग जीवन बिताउने कुरा म मा नशा जस्तै गरि दिमागमा बसेको थियो उस्को त्यो परिवर्तित रुप अनि ब्यबहारले बिस्तारै हराउदै गयो यद्यपि पुरै बिर्सन सकेको थिएन। मलाई रुन मन लाग्यो तर आँसु बगिरहेको थिएन। चिच्याउन मन लाग्यो घाँटी फेरि किन बन्द थियो। मुखमा थुक सुकिसकेको थियोे। आँखा बन्द गर्छु अन्धकार देख्छु आँखा खोल्छु फेरि पनि अँध्यारो देख्छु। उकुसमुकुस बढ्न थाल्यो छट्पटी बढ्न थाल्यो आँखा अगाडि अबको भबिस्यपनि यस्तै हुन्छ जस्तो दृश्य नाच्न थाल्यो। त्यही रात म एक निर्णय गर्न बाध्य भए अब सबै सकियो भने फेरि नयाँ सुरुवात गर्छु म पछाडि छुटेको जिन्दगी बिर्सेर पनि सम्झिन्न तर त्यति सजिलो पनि थिएन याद भुल्न। कहिले बसन्त छाउथ्यो कहिले हिउद लाग्थ्यो। प्रकृति आफ्नै नियममा चलेको हुन्छ तर मान्छे आफ्नो मुड अनुसार त्यसलाई परिभाषित गर्छ भन्ने त सुनिरहेको थिए आज म पनि त्यसै गरिरहेछु। मलाई पनि मनमा मेरो जीवनमा कालो बादल मडारिरहेको छ जस्तो लाग्थ्यो तर समयसङगै सबै कुरा ब्यालेन्समा मिल्दै थिए।

उ कहिले यादहरुले सुखमय पलको अनुभुती छोडेर जान्थी त कहिले आगोले जस्तै डामेर जान्थी। यो उदास रातमा म जब त्यो पुरानो दिन सम्झिन्छु आगोको भुङग्रो मुटुमा सल्किन्छ पिडामा आत्था सम्म नपाई त्यो जलन त्यो पोलाई सहनु भन्दा अर्को विकल्प मसङ्ग हुदैन। यत्तिकैमा उस्को याद कम भैदिए पनि हुन्थ्यो तर सिङ्गो रातभरिमा पनि मनको कुनै त्यस्तो कुइनेटो बाकी रहेन जहाँ आगो नसल्किएको होस जहाँ जलन महशुस नभएको होस। यादको बिसौनी आएन जति सोच्यो त्यति अनन्त तिर मोडिदै गयो। निष्कर्षबिहिन सोचाइको शृङ्खलाले निराशा बाहेक केही दिदैन भन्ने कुरा पहिलो पटक बुझे।

बहिनीको इन्टर लेभलको पढाइ सकिएपछि बिहेको कुरा आयो। बहिनीको बिहे गरिदियौ। ज्वाइँ सरकारी जागीरे हुनुहुन्छ बहिनी पढाइ अनि जागिर सङ्गै अगाडि बढाइरहेको छ। सबै ठिकै चलेको छ। बेला बेलामा मेरो बिहेको कुरा नचलेको पनि होइन। अहिले मेरो बिहेको मुड छैन योजना पनि छैन भन्दै टार्दै आएको थिए। बहिनीको बिबाहपछि भने ममी बाबा मलाई दबाब दिई नै रहनु भएको थियो। मैले हुन्छ म बिहे गर्छु भनी अनुमति दिए। छरछिमेक इस्टमित्रबाट केटिको नाम फोटो आउन थाल्यो। मैले ममीलाई तपाईंले मन पराएर छानेको केटीसङग बिहे गर्छु भनी छान्न अनुमती दिएको थिए। मलाई पनि अन्तिम निर्णयको लागि बोलाउनु भयो। हेर्दा राम्री थिइ पातली अङ्ली रेजिना जस्तै थिए। परिवारको रोजाइमा परेकी थिइ सरकारी जागिरे थिइ। मैले हुन्छ भनीदिए।


मेरो इन्गेजमेन्टको फोटो बहिनीले सेयर गर्दै मलाई पनि ट्याग गरेकी थिइ। त्यही फोटो मलाई म्यासेन्जरमा पठाउदै रेजिनाले लेखेकी थिइ समीर तिमी बिहे गर्दैछौ? के तिम्रो यो निर्णयमा खुशी छौ? भनी म्यासेज आएको रहेछ हेरे लेख्न मन थियो म धेरै खुशी छु तर लेख्न मन लागेन अनि लेखे किन? म खुशी भए पनि म दुखी भए पनि मेरो कुराले तिमीलाई कहिले देखि छुन थाल्यो र ? पुन लेखे म आफन्तबाट धेरै टाढा पुगेको थिए तिम्रो साथ रहनको लागी तिमीसङगको साथ रहने त्यही बाचा निभाउनको लागि तर मैले कसम निभाउदा न आज तिम्रो साथ मिल्यो न त आफ्नाहरुको म प्रतिको बिश्वास नै बाकी रह्यो। बल्लतल्ल धेरै साल लगाएर उहाँहरुको मन जित्दै बिश्वास जगाएको छु त्यसलाई धमिलो पार्न नखोज। म जे छु ठिक छु, एक निर्णय परिवारको खुशीलाई मध्यनजर गरेर लिएको छु। इन्गेजमेन्ट भयो अब केही दिनमा हामी बिहे गर्दैछौं। जुन निर्णय तिमीले बर्षौ पहिला लिएकी थियौ म आज लिदै छु पिलिज मेरो निर्णयमा तिमीले दख्खल नदेउ। जसरी मैले तिम्रो निर्णयलाई चुपचाप स्वीकार गरि फर्किएको थिए के म मा त्यति बेला तिमीलाई सोध्न सवाल थिएनन् होला त? त्यस्तो होइन मलाई तिम्रो खुशीमा ग्रहण बनेर लाग्नु थिएन त्यसैले म बिनाकुनै सवाल फर्किएको। के मैले अब यसो गर्दैछु भनेर तिम्रो अनुमति लिनु पर्ने थियो र ? सवाल मसङ्ग पनि छन तर म चुप छु। मेरो निर्णयमा तिमीले सवाल नगरेकै बेश मैले फेसबुक बन्द गरे।

अर्को दिन पनि फेसबुक खोल्नासाथ म्यासेन्जरमा रातो बत्ती देखीएको थियो। खोलेर हेरे म्यासेज उसैको थियो। मेरा बिगतका गल्तीहरुलाई माफ गरिदेउ। म अस्ट्रेलिया अनि पि.आर यो आलिसान जिन्दगी छोडेर बाकी जीवन तिम्रो जीवनसाथी बनेर तिमीसङ्ग बिताउन चाहान्छु भनी म्यासेज आएको रहेछ हेरे कास यो कुराको हेक्का त्यो बेला राखेको भए जुन बेला म तिम्रो मायामा पागल बन्दै अस्ट्रेलिया पुगेको थिए। तिमीलाई अरुको साथमा देख्दा कसरी सम्हालिएर फर्केको थिए होला त्यो पल त्यो क्षण सम्झ त त्यो पछिका यति बर्ष मैले कसरी बिताए त्यो तिमीले न हिजो महशुस गर्‍यौ न आज गर्न सक्छौ बरु तिमी शत्रु नै भएको भए माफी दिएर अगाडि बढ्थे होला तर तिमी जिन्दगीभर साथ निभाउने साथ चल्ने जीवनसाथी बन्ने बाचा गरेर अर्कैको भयौ भन म कसरी माफ गरौ र गर्न सक्छु म जेछु ठिक छु जस्तो लाग्छ तिमी पनि आफ्नो सपनाको उचाइमा स्वतन्त्र उडिरहेकी छौ अझै उड मेरो सुभेक्षा छ। तिमीले भन्थ्यौ नि पढेका अनि बुद्धि नभएका मान्छेहरु बस्छन नेपालमा हो म पढेको अनि बुद्धि नभएको मान्छे जो नेपाल बसेको छु। तिम्रो सपनाको सहरमा जस्तो छिनमै बिबाह गर्ने अनि छिनमै डिभोर्स गर्ने चलन न थियो न अहिलेसम्म छ। फेरि भुपु प्रेमीका जो बर्षौ अर्कैको अङगालोमा बाधिएकी थियौ र बाधिएकै छौ । उसलाई श्रीमती बनाउने कुरा म सोच्न पनि सक्दिन म तिम्रो लायक छैन भनी म्यासेज गरे त्यसपछिको दिनमा न उस्ले म्यासेज गरि न त मैले नै।जिन्दगीमा नआएकी उ मेरो कल्पना यादमा अनि सपनामा भने नआएकी होइन आउथी मेरो एकाग्रता ध्यान अनि निद्रा सम्म भंग गरेर जान्थी।

त्यो प्रेममय क्षण शधैको निम्ति एउटा रोमाञ्चकारी अनुभुती बन्न सकेन जस्तो हामीले त्यतिबेला सोचेका थियौ। बरु प्रेम जिन्दगीभर बिझाइरहने मुटुको खिल बन्यो। अब त्यो प्रेमको चिन्तन गर्ने ठाउँ पनि छैन औचित्य पनि छैन। सबै कुरा टाढा टाढा भएका छन क्षितिज भन्दा पनि टाढा। हरेक चिज समय सापेक्ष हुँदा रहेछन। हिजो तिमी साथमा थियौ आज यादमा छौ।आफुसङ्ग भएको मन नै सबैभन्दा नजिकैको साथी हो त्यहीँ मन नै अपांग बनाएर गयौ। बाकी छ त स्मृतिको नागबेली यात्रा मात्र...यो मन निलो आकाश जस्तै शान्त छ, गम्भीर छ र स्वच्छ छ।

कठोर पिडामय क्षण जसलाई म कहिल्यै भुल्न सक्दिन, मेरो मुटुमा निलकाडा बिझे झै चर्किन्छ, अहिले पनि त्यो क्षण त्यो पल सम्झन्छु अझै पनि मुटुमा गाठो पर्छ र आँखा मा आँसु छचल्किएपछी मात्र मन शान्त हुन्छ। बितेका दिनहरूका घटनाहरु सम्झेर बाच्नु पर्ने बाध्यता आफैमा पिडामय अनुभुती हो।
आजभोलि जब म बाटोमा युवा युबतीको जोडी कोहि लजाउदै कोहि हास्दै कोहि अलि दुरी बनाएर कोहि हात समाएर हिडेको देख्छु त्यतिबेला मेरो अतितको त्यो रङ्गिन याद एकाएक यो दिमागमा नाच्न आइपुग्छ। कुनै दिनको हाम्रो रङ्गिन र प्रेममय यात्रा जहाँ हामी पनि यसरी नै हिड्थ्यौ बाटोमा त्यो केवल स्मृतिमा नाचिरहेका छन। जिन्दगीमा आउन नसकेकी उ सपना बनेर आँखामा आउछे किन आखिर यो सब किन ?

मेरो मन जति गर्ह्रुङ्गो थियोे त्यति नै हलुङ्गो पनि, जति उत्साही थियो त्यति नै भावुक पनि, जति बेचैन थियो त्यति नै शान्त पनि। पुरानो मायाको आगो निभिरहेको थियो त पुन नयाँ सल्किरहेको पनि थियो। केही याद बग्दै थियो केही मन भित्र सुक्दै पनि थियोे। केही पुरानो यादहरु मर्दै थियो केही नयाँ पुन रोपिदै थियो। नजानिदो पाराले नै सहि मन भित्रको पीडा अनि शुख मिश्रित अनुभूति मनले गरिरहेको थियो। बिहेपछिको जिन्दगी पनि रमाइलो नै भइरहेको थियो। मैले मेरो अतीतको बारेमा श्रीमतीलाई सबै भनेको थिए। जिन्दगीमा आफुलाई सम्हाल्दै श्रीमती घर परिवार सम्हाल्ने अठोट गरे। मेरो बिगत बुझेर पनि उस्ले बिहेको लागि स्वीकार गरि।

दिनहरु बित्दै गए। बिहेको एक वर्ष पछी सन्चिताले छोरालाई जन्म थिइ। उ पनि सुत्केरी बिदा सकिएपछि अफिस जान लागि मेरो ममीले बच्चा हुर्काउन मद्दत गर्नु भयो। म अफिस जाने अनि घर बचेको समय छोरासङ्ग बिताउन थाले। बाबू तोते बोली बोल्दै अनि केही अलिकति हिड्ने गर्छ आजभोलि धेरै समय मेरो छोरासङ्ग बित्छ। जिन्दगी आफ्नै लयमा फर्किएको छ। बिगत म चाहेर पनि भुल्न सकेको छैन तर बिर्सनुको कुनै विकल्प छैन। सन्चिता घर व्यबहारमा अब्बल निस्किइ। उस्ले कसैलाई गुनासो गर्ने गरि कुनै काम गरिन। उस्ले कालो मुख कहिले लगाइन। उसलाई देख्नासाथ मनमा खुशीको सञ्चार हुन्थ्यो।

रेजिना बस्नेत हो उसैकी बहिनी मेलिना मलाई म्यासेज गर्दै लेखेकी थिइ। आफ्ना इच्छा अनि रहरहरु पूरा गर्न यता आए बिहे पनि यतै गरे समीरलाई पनि बोलाए तर उसलाई साथ दिन सकिन। मेरो साथ गुमाएको समीर मलिन चेहरा लिएर नेपाल फर्कियो मैले रोक्न लाख कोशिश गरे तर सकिन आफ्नो कारणले उ फर्कियो भनी चिन्ता गर्थी पछि डिप्रेसनको सिकार बनेकी रेजिना मेडिसिन लिन्थी। दुई महिना अघि सुसाइड गरि। मलाई मेरो गल्तीको पछुतो लागेको छ भन्दै सुनाइकी थिइ। अहिले उ यो सन्सार छोडेर टाढा गैसकी उसलाई माफी गरिदिनु समीर दादा भनेर म्यासेज आएको रहेछ सुसाइड म शब्दले नै अतालिए।

जब आफुलाई प्यारो लाग्ने मान्छेको अकस्मात मृत्यु (आत्महत्या) को खबर सुनिन्छ पहिलो कुरा त त्यसलाई पत्याउन सकिन्दैन अर्को कुरा उस्को तस्वीर आँखामा नाच्न थाल्छ अनि भित्रैदेखी एउटा पीडा मिश्रित माया भक्कानीएर आउँछ। यस्तो बेला उस्को पार्थिव शरीर भए पनि हेर्ने चाहना हुँदो रहेछ। जति भेट्ने चाहना जिउँदो छदाँ कहिले अनुभव भएको थिएन।

मर्नु भन्दा अगाडि एकपल्ट उसलाई भेट्न पाएको भए कस्तो हुन्थ्यो होला! अब त्यो अभिलाषा कहिले पूरा हुने छैन। केही पनि बाँकी थिएन। सबै चिजको अन्त्य भैसकेको थियो। यो चिज यो याद एउटा बिषालु स्मृति बनेर मृत्युपर्यन्त मेरो हृदयमा बिझी रहनेछ, पटक पटक मलाई सताइरहनेछ। एकमनले सोच्छु उस्ले आत्महत्या रोज्नुको पछाडि म पनि जिम्मेवार छु कि जस्तो लाग्छ फेरि अर्को मन सोच्छु मलाई तिरस्कार गरेर आफ्नो बाटो रोज्ने मान्छेले मेरो कारणले त्यस्तो कदम उठाउनै सक्दीन जस्तो लाग्छ। जब कारण म हो जस्तो भावना मनमा उब्जिन्थ्यो अपराधबोधको आतंक मलाई सताउन आइपुग्थ्यो। जमिन भासिए जस्तै आफ्नो हर अङ्ग जस्ले काम नगरे जस्तो लाग्थ्यो। मैले उसलाई बुझ्न सकेको भए हुन्थ्यो तर सकिन भन्ने अपराधबोध लागिरहन्छ। ब्युझिदा शरीर पसिना पसिना भैरहेको थियो।

रेजिनाले आत्महत्या गरी भन्ने सुन्नासाथ दिमाग चैतको भुमरी झै मडारिन लाग्यो। म त्यो सपना केलाउन थाले त्यति कमजोर मन अनि मुटु भएकी केटी पनि त होइन रेजिना फेरि कसरी सुसाइड गरि त उस्ले चाहेका उस्का सबै सपना पूरा भए भन्दै खुसी बाढ्दै थिइ। बिचमा एक पटक म बिगत भुलेर तिमीसङ्ग तिम्रो जीवन साथी बनेर बिताउछु भन्थी। त्यसको तीन बर्ष भैसक्यो आज आएर सुसाइड किन गरि त यी कुराहरू एक एक गरि दिमागमा नाचिरहेका थिए।

आत्तिएको दिमागले हतार हतार फेसबुक खोले हेरे रेजिनाले दुई महिना अगाडी मात्र फोटो राखेकी रहेछ समुद्र किनारमा हिड्दै गरेको फोटो राखेकी थिइ त्यसपछि उस्को कुनै फोटो थिएन। लाग्यो लामो समय उस्ले न कुनै फोटो राखिकी थिए न त कुनै स्टार्टस हेर्दै जादा उस्को फोटो राख्दै श्रद्धाञ्जली दिएको मात्र देखे हातबाट मोबाइल भुइमा झर्‍यो। यो सपना कस्तो सपना! ब्युझिएपछी त्यो रहस्य खुल्यो म सुत्न सकिन। अतितका सुन्दर तथा प्रिय् क्षणहरू कोसौ टाढाका मनोरञ्जनका दृश्य जस्तै आँखा मा नाच्न थाल्यो। नजिक आउदै स्वप्नमयी स्पर्श गर्दै फेरि एक्लो नितान्त एक्लै छोडेर जान लाग्यो। हरेक कुरा मन दुखाउन मात्र आउछन् आफ्नै कल्पनाले सार्है मन दुखाउदो रहेछ। साझमा झुकेको सुर्यमुखी फुलजस्तै टाउको झुकाएर आफैलाई सम्हाल्नु बाहेक मसङ्ग अरु उपाय बाकि रहेन।





Comments

  1. म आजसम्म यति धेरै इमोस्नल त न कुनै फिल्म हेरेर भएको थिए न त सिरियलका घटनाबाट न त म यति धेरै रोएको नै थिए खोइ कुन कुराले मन छोयो भनु अल्मोस्ट सबैकुरा मन पर्यो अनि सायद पहिलो पटक होला मैले लामो समय लगायर ब्लग पढेको ...स्टोरी को पात्र म नै हु जस्तो फिल भयो ।

    साच्चिकै जिन्दगीको अर्को नाम नै सम्झौता हो सायद । जुन कहाँ कति बेला कस्तो अवस्थामा कुन मोडमा गएर कोसंग कसरी गर्नुपर्छ भन्ने कुरा पत्तै नहुने सपना पूरा गर्नकै लागि नै भए पनि खुसी भएको नाटक गर्नु पर्ने आफन्तैका लागि सहि। अक्सर लामो समयसम्म आफैमा रंगिन भएर अल्झेका सम्बन्धहरु नै जिन्दगीभर को लागि याद बनेर बल्झने गर्छ्न।।
    प्रयास राम्रो छ अझै राम्रो लेख्दै जानू 💕💕💕❤️❤️❤️

    ReplyDelete
  2. धेरै धेरै धन्यवाद सिस 😍😍😍

    ReplyDelete

Post a Comment

Popular posts from this blog

लघु उपन्यास

कथा