Posts

Showing posts from May, 2020

गजल

तिमी भैदिए           "तिमी भैदिए" मेरो जिन्दगीको कथा सुनिदिने तिमी भैदिए गहमा भरिएका आँसु पुछिदिने तिमी भैदिए।। आफ्नाले लत्याएर बिरानो सम्झिएको बेला हौसला दिदै साथमा बसीदिने तिमी भैदिए।। म बिदेशीएको छु चुहिने घरको छानो टाल्न संघर्षका ती इतिबृती सुनिदिने तिमी भैदिए।। ढुक्कले काम गर्नेछु यता भबिष्य कल्पिदै उता बा~आमालाई पुजीदिने तिमी भैदिए।। म डडेर उठ्छु लड्दै हिड्न तयार हुन्छु सधैं गल्ती कहाँ थिए म बुझिदिने तिमी भैदिए।। ✍️कृषा के.सी कोटेश्वर, काठमाडौ

कविता

सलामी  समयको आफ्नै चक्र आज अर्को नयाँ दिन। बिहानको मिर्मिरे उज्यालो पुर्वतिर आगो बल्न लागेको । त्यो अद्भुत दृश्य खुलेको पुर्व हेर्न म ब्युझिन्छु ओछ्यानबाट उठ्छु। ब्युझिएर मृत घोषित हुनबाट जोगाउछु आफू एक्लै भएर पनि स्वच्छन्द महशुस गर्छु।। परेवाको आवाज सुन्छु, चराचुरुङ्गीको आवाज गुन्जिन्छ्न। आखिर नरक हुनबाट जोगाउनु न रहेछ, हो आफुलाई नरक हुनबाट जोगाई रहेछु। बिहान धुवा धुलो कोलाहल कम छ, आफू पनि वातावरण जस्तै शान्त छु। नुहाउछु पुजा गर्छु जीवन माग्छु, मानौ माग्नु मेरो दैनिकी हो मागिरहन्छु। भववानसङ्ग उभिएर मेरो इच्छालाई चाङ, लगाएर मागिरहन्छु। कुनै दिन तिम्रो ब्युझन बिर्सेछु भने, मलाई समाजले मृत घोषित गर्नछ। यहाँ म आफैलाई ढाट्न सक्तिन, छल्न सक्दिन, ठग्न पनि सक्तिन। समयको त्यो क्रुरतामा भित्र बाधिएर, भाग्यको कमारो म कहाँ भाग्न सक्छु। छ जलि रहेको सन्सार मेरो पनि !! न्यानो स्पर्शले सायद बिझेछ क्यारे, सुमधुर सम्बन्धबाट धेरै टाढा पुगेछौ। मेरो भावना कुल्चेर मुटुमा हिर्काउदै, छौ आफ्नै बेगमा,दुनियाँमा,सन्सारमा। म तिमीलाई भेट्न दौडि रहेको थिए, जस्तो खोला बहन्छ समुद्रलाई

कथा

पश्चातापको भुमरी सुरज र अस्मिता एउटै स्कुलको एउटै क्लासमा पढ्ने क्लासमेट हुन। ऊनीहरु प्रत्येक दिन एक घण्टा हिडेर स्कुल पढ्न आउने र फर्किने गर्दथे। उनीहरू स्कुलको क्लासका साथी मात्र नभई आउदा जादा बाटोका पनि साथी थिए। उनीहरुको घर २०/२५ मिनेटको दुरीमा थियोे। त्यसो त तिनीहरू छिमेकी पनि हुन। सुरज पुराना परम्परा र सस्कारको निरंतरता दिने क्रममा जातिगत विभेद गर्नु हुँदैन भन्ने बिचार राख्थ्यो। त्यसो त सुरजका हजुरबुबा पुजा आजा गर्ने बाह्मण हुन। पुर्ख्यौली काम जजमानीलाई सुरजका बाबुले पनि निरंतरता दिएकै छन। छोरा सुरज जात भातमा विश्वास गर्दैन। जात छ भने महिला र पुरुष दुई जात छ। उच्च जात र निम्न जात छैन भन्ने सोच्थ्यो। आफू बाहुनको छोरा भए पनि क्लासका दलित साथीको खाजा खाने गर्दथ्यो। कहिलेकाही खाजा साटेर बाडेर पनि खान्थ्यो। अस्मिता जातले तल्लो जात सुनार (कामी) को छोरी थिइन। उनका बुबाले पेशाले सुन चादिको काम अर्थात ब्यापार गर्ने काम गर्थे। जात सानो भए पनि आर्थिक हैसियत भने उच्च नै थियो। सुकिला मुकिला पहिरनमा सजिएर ब्यापार गर्थे। अस्मिता परम्परा बचाउनु पर्छ परम्परा पहिचान हुन भन्ने बिचार राख्थिन। बैचा