Posts

Showing posts from 2019

कविता

तिमी बिर्सिन चाहेर पनि सम्झिए तिमीलाई कतै सम्झिन चाहेर पनि सम्झिए तिमीलाई चाहेर पनि बिर्सन नसकेको मान्छे तिमी हौ बिर्सिन खोज्दा खोज्दै सम्झिएको तिमी हौ। तिमीलाई सम्झन कुनै समयलाई पर्खनु पर्दैन ब्यस्त हुँदा हुँदै पनि सम्झने मान्छे हौ रत सम्झन्छु फेरि ब्यस्त हुन खोज्दा पनि सम्झिने मान्छे हौ हरेक पल तिमीलाई सम्झिन्छु खै किन थाहा छैन। तिमीलाई अनलाइन देखे पनि तिमीलाई सम्झिन्छु अफलाइन छौ तिमी र पनि तिमीलाई नै सम्झिन्छु मोबाइलमा फोन बज्दा पनि तिम्रै हो कि झस्किन्छु नबज्दा फोनको रिङ पनि हेर तिमीलाई नै सम्झिन्छु। लाग्दा बाडुली पनि तिमीलाई तिम्रै झल्को आउँछ बाडुली नलाग्दा तिमीलाई सम्झिन्छु बिर्सियौ कि भनी सम्झिन नचाहदा नचाहादै पनि सम्झिन्छु मात्र सम्झिन्छु भुल्न बानी पार्नुछ तिमीले जस्तै भन्छु फेरि पनि सम्झिन्छु हिजो थियौ साथमा थिएन केहिथेन यादमा मात्र तिमी थियौ छैनौ आज नजिक बसेको दुरी टाढा छ यादमा सम्झिन्छु अचानो बनी चोट सहनुको पिडा वास्तविक बुझ्नुपर्दा हेर यादको उपहार दियौ नमेटिने गरि रत तिमिलाई सम्झिन्छु। भुल्नु भन्दा सम्झनै लत लागेछ मलाई हरपल सम्झिन्छु यात्रामा निस

गजल

यी आँखाले हेर! लाखौ सपनाहरु सजाएको छ, यो मन रहरहरु बोकी त्यतै त्यतै कल्पिएको छ!! तिमीलाई पाउन सक्दिन त्यो चाल पाउँदा पनि, चाहाना यो फेरि पनि तिमी तिरै ढल्किएको छ!! तिमी आफ्नै पुर्ण त्यो दुनियाँमा रमाइरहेको छौ, मेरो सपनाको महल हेर टुक्रा टुक्रा टुक्रिएको छ!! मायाको विमान यसरी डुब्यो बयान कसरी गरु, पिडा हेर आखाबाट थोपा थोपा छल्किएको छ!! माया भन्ने तिम्रो शब्दकोशमै नभएको शव्द रहेछ, मलाई तिम्रो अभाव पल पलमा खड्किएको छ!! ✍️कृषा के.सी कोटेश्वर, काठमाडौ

गजल

मैले दिएको माया भन्दा बढी माया दिएछ कसैले, बाकी भएको माया पनि तिमी तिरै सारेछ कसैले!! जुनले जस्तो शितलता कहाँ दिन्छ खै त्यो घामले, मेरो याद नआउने दबाइ तिमीलाई दिएछ कसैले!! बनाएकीछु आज अचानो आफुले आफ्नै मुटुलाई, रेट अझै रेट भन्दै खुकुरी हातमा थमाएछ कसैले!! मायामा मेरो वषौको लगानीलाई किनारा लगाएर, मायामा रुपी सागरको गहिराइमा डुबाएछ कसैले!! भर्खर सारेको मायाको त्यो बिरुवालाई निमोठेर, तिम्रो लागि मायाको ताज महल सजाएछ कसैले,, आफ्नो लास बोकेर हिडिरहेकी छु मलामी बनेर, जानी जानी चिता बिनानै दागबत्ती दिएछ कसैले!! ✍️कृषा के.सी कोटेश्वर,काठमाडौ 
आजकालका सम्बन्धहरु भाग एक उस्ले मलाई तिम्रो लेखाइका शब्द मन पर्छ भन्छ मैले खास केही छैन कतै देखाइ कतै भोगाइका उपज हुन भन्छु उसले शब्दमा गहिरिएर हेरे भाब छ भन्छ मैले वास्तविक कुरा गहिराईबाट निस्किन्छन भन्छु मलाई लेख्न सिकाइदेउ भन्छ मैले पनि त कखराबाट सुरु गरेको प्रतिक्रिया जनाउछु अरे वा गज्जब भन्दै ताली बजाउछ।उसले तिम्रो यस्तै लेखाइको फ्यान हु प्रसम्सक हु भन्छ म बोल्नको लागि शव्द भेटाउदिन मौन छु निशब्द छु। कतै समाजका कुरा गर्दा तिमी राजनीतिज्ञ हौ भन्छ मैले कतै त्यसको छनक पाउनु भयो भन्छु यस्ता शब्द त्यसैको उपज हुन सक्छन भन्छ्न भन्छ कहिले मायाको कुरा गर्दा तिमी कसैकी प्रेमिका हौ भन्छ कसरी भन्दा मायाको गहिराईका शब्द यत्तिकै आउदैनन भन्छ मैले प्रतिक्रिया जनाउन सक्दिन कहिले बिछोडिएका कहानी लेख्छु तिमिलाई उस्ले छोड्यो है भन्छ मैले छोड्नको लागि मैले कहिले माया गरेको छैन भन्छु तिम्रा यी शब्दले मन छोयो तिमीले मलाई बुझ्ने कोशिश गरिनौ भन्छ । कतै मलाई पनि बिश्वास गरेको भए आज यो दिन आउदैन्थ्यो भन्छ। मैले तिमिसङग बहस गर्नु छैन र सक्दिन भन्छु म तिमिलाइ एकोहोरो माया गर्ने प्रेमी हु भन्छ मैले सवाल गर
भनुभुती भाग 2 अनुभुतीको अन्तिम भाग एकपटक टुटिसकेको ऐना फेरि जोडिन सक्छ भने सोचाइ राख्नु नै गलत रहेछ। हुन त मान्छे जब सफलताको सिढी चढेको हुन्छ तब असफलता कहाँ महशुस गर्छ र टिन टिन गरि समय आफ्नै गतिमा अगाडि रहेको छ त्यसले मान्छेले चाहेर भनौ वा नचाहेर पनि पछ्याएको छ होइन भने त बूढो हुन कस्लाई रहर थियो र? यो प्रकृतिको नियमलाई कस्ले उलंघन गर्न सक्छ र यहीँ मनले बच्चा बेलामा सोच्थ्यो कहिले ठूलो भइन्छ भनी अहिले त्यसको बिबरित सोच्दा सम्भव कसरी हुन्थ्यो र समय त निरन्तर चल्ने कुरा हो। यो त आफ्नै गतिमा चलिरहन्छ न त यसलाई रोक्न खोजी कहाँ सकिन्छ र रोक्न खोज्नु आफैमा मुर्खता हो। बुद्दिमानी त त्यो हो जो समय सङगै हिड्न सक्छ समयलाई चिन्न सक्छ समयबाट केही लिन सक्छ। जीवन समयसङग हिड्न सकेमा उपलब्धिमुलक हुन्छ समयसङगै हिड्न नसके हामीलाई जहाँको त्यहीँ छोडेर धेरै अगाडि जान्छ मात्र हाम्रो शरीरलाई जिर्ण र बूढो बनाउन यो बनाउन सक्दैन कि हामीलाई बुद्धिमान बनाउन। जब जिवनबारे सोच्छु जीवन गर्भिलो लाग्छ ओझिलो लाग्छ।केहि पाइन्छ कि पाइदैन थाहा त छैन तर पाइन्छ र पुर्ण बन्छ भन्ने आशाको त्यान्द्रोमा लहरिएर चलिरहेको छ बस

कथा

महशुस  भाग 1 दिन दिनै फेसबुकमा sms हुन्थ्यो जब छुटिने बेला हुन्थ्यो कतिबेला अनलाइन आउने सोधपुछ हुन्थ्यो। आफुलाई फुर्सद हुने समयमा यतिबेला अनलाइन आउछु भन्थे। कहिलेकाही उनैले यतिबेला अनलाइन आउ है भन्ने sms छोडेर अफलाइन भएका हुन्थे । एक अर्काको अनलाइन आउने समयको प्रतीक्षा खुब हुन्थ्यो। यसरी महिनौं बितायौ । अझ भनौ गफ गरि दिनहरू बिताएको पत्तै भएन । यदि हामी मध्ये कोहि तोकिएको समय भन्दा अनलाइन आउन ढिला गर्‍यो भने फोन गर्ने कहिले मिस्कल गरेर अनलाइन बोलाउने काम हुन्थ्यो । कति रमाइला र यादगार थिए ती दिन आज पनि ती दिन यादगार बनी अमिट छाप बनेर बसीरहेका छन । यादहरु बटुल्नु पनि जिउने आधार रहेछ । यादमा कसैको लागि मेरो मन अनि मस्तिष्क भरिपूर्ण छ। यसरी चलिरहेको हाम्रो दैनिकी विस्तारै बिस्तारै अनलाइन आउने sms गर्ने क्रम पनि पातलिन थाल्यो। बाक्लिएको कुराकानी पातलिनुलाई मैले स्वभाविक रुपमा लिएकी थिए । जब समयसङग देखिएका एकएक गतिविधिहरुलाई नियाल्दा अस्वभाविक साबित गरिदियो । अनलाइन आउने र sms को आदान प्रदान गर्ने समय बिस्तारै पातलिनुलाई नवुझेकी मलाई बुझ्न बिवस बनायो। किन होला के भयो होला भन्ने खुल्दुली हर

गजल

सहर छोडेछौ भेट्ने आशा मारियो मनलाई मारियो! दियोलाई फन्को लगाउदै पुलतीको जीवन सकियो!! भन्नेले गाउको बिकास भयो गाडीको ताती भन्छ्न! कसरी उत्सब मनाउनु आफ्नो यता आगन सकियो!! तिमीले पनि ताकेका रहेछौ पछाडिबाट दुश्मनले झै! दुश्मनसङ्ग पनि दुश्मनी तोडियो जब मिसन सकियो!! धन कमाउछु महल ठड्याउछु भन्ने सपना देखेको उ! त्यही सपना साकार पार्दैगर्दा बिचरा जीवन सकियो!! खाटा बस्ला समयले घाउ निको बनाउला भन्दाभन्दै! सपनासङगै उसको मुर्दा चितामा जलीजली सकियो!! घरको आगन जोडी परिवारसङगै रमाउने चाहानाकठै! मृत्युसम्म देशमा भएनयता परिवार बियोगले सकियो!! ✍️कृषा के.सी कोटेश्वर,काठमाडौ

गजल

मलाई यो कुरा भन प्रियतम यो कसरी हुन्छ! तिमीलाई देखेपछि खुल्दुली यो कसरी हुन्छ।। साथी खबरै नगरी बिहे गरिछौ बढाई पनि छ! तर मेरै प्रेमिका तिम्रो श्रीमान यो कसरी हुन्छ।। जिन्दगीलाई दाउमा लगाई मायामा लगानी गरे! सोच्दैछु यसको अशुली तिमिबाट कसरी हुन्छ।। हिजो तिमी मात्र तिमी भनी बाचाकसम दिन्थ्यो! भमरा रहेछ उस्ले फुलमा नडुले यो कसरी हुन्छ।। ✍️कृषा के.सी कोटेश्वर,काठमाडौ

गद्य कविता

गद्यकविता "युवक" बाटोमा हिड्दै थिए एकजना युवा हातमा केही कागजात बोकेर हिडिरहेको थियो। एक्कासि आएर मसङ्ग ठोकियो उसले समाएका कागजातहरु भुइभरी छरिए। बिस्तारै बसेर टिप्यो अनि आक्रोशित हुँदै 2/4 थान गाली दियो अनि हतार हतार लम्कियो। यति सानो कुरामा यति धेरै आक्रोश कसरी आउन सक्छ मान्छेमा सोच्न बिवस बनायो। कतै त्यो एक्जाम हलबाट बाहिरिदै थियो एक्जाम बिग्रीएकोमा आक्रोश थियो कि? त्यो कतै रोजगारको लागि कागजात पुर्‍याएर त्यसमा सेलेक्ट नभएको आक्रोश थियो कि? काम गर्दा गर्दै बोसले आफ्नो मान्छे राख्न उसलाई निकालेको पो थियो कि? पैसा नपाएरै पो कामबाट निकालिएको थियो र आक्रोश थियो कि? घरमा बिरामी आमाको औसधिको लागि समयमै पैसा पठाउने चटारो पो थियो कि? कतै घरभेटीले समयमा भाडा दिएन भन्ने बाहानामा निकाल्न खोजेको थियो कि ? रुम खोज्न भौतारिनु पर्ने हतारो थियो कि? पढेर पनि जागीर नपाएर बिदेश जान मेन पावर धाउदाको आक्रोश थियो कि? नेताहरूले ठुला ठुला आश्वासन दिने तर बेरोजगार बस्नुपर्ने कुरामा आक्रोशित थियो कि? सम्पुर्ण राज्यसत्तासंगै कुरा आदर्शका गर्ने तर काम भने बिलकुल फरक गर्ने हुँदा सरकार सङग

आत्महत्या रोकथामको लागि हाम्रो प्रयास

कृषा के.सी कोटेश्वर, काठमाडौ आफैंले आफ्नो हत्या गर्नु आत्महत्या हो। बिश्वमा सबैभन्दा बढी मृत्यु सडक दुर्घटनाको कारणले हुन्छ अनि आत्महत्याको कारणले मृत्यु हुनेलाई दोस्रो स्थानमा रहेको छ। सडक दुर्घटना पछि अकाल मृत्यु आत्महत्याको कारणले हुन्छ।नेपालमा पनि आत्महत्या गर्नेहरूको संख्या बर्सेनि बढेको छ। गत बर्ष मात्रै 5785 जनाले आत्महत्या गरेका छन । आधिकारिक तथ्यांकले पनि नेपालमा दैनिक 16 जनाले आत्महत्या गर्छ्न भन्ने रिपोर्टहरु सार्बजनिक गरेका छन। 15-45 बर्ष उमेर समुहका मानिसहरूले बढी आत्महत्या गर्ने गरेको पनि एक तथ्यांकले देखाएको छ। सामान्यतया यो उमेरलाई जिम्मेवारी बोध गर्ने उमेरको रूपमा लिइन्छ जब जिम्मेवारीले मान्छेलाई झकझक्याउन थाल्छ मान्छेलाई स्टेस पर्न जान्छ आफुले समस्या समाधान गर्न नसक्ने बुझ्छ तब आफैले आफ्नो हत्या गर्न उद्द्त हुन्छ भनिन्छ। एउटा ब्यक्ति कसरी आफ्नो हत्या गर्न उद्द्त हुन्छ। साथै बिबिध तत्वहरुले पनि महत्त्वपूर्ण रोल खेलेका हुन्छ्न। biological, social, physical तत्वको समिश्रणको कारणले मान्छेले आत्महत्या गर्छ। जब मान्छेले helpless, worthless, hopeless सोचाइ राख्न थाल्यो

डिभोर्सको बारेमा सामान्य जानकारी

महिला होस वा पुरुष दुबैलाई डिभोर्स (सम्बन्ध बिच्छेद) बाध्यात्मक अबस्था हो। कतिपय अवस्थामा रहरमा डिभोर्स गर्नेहरू पनि नहोलान भन्न सकिदैन। धेरैमा यस्तो हुदैन उनिहरुलाई डिभोर्स एक बाध्यता बन्दछ अझ महिलाको लागि डिभोर्स एउटा त्यस्तो दाग हो। जसमा डिभोर्स गर्नेहरूले पुराना कुरा, दिन गल्तीहरु बिर्सिएर नयाँ सुरुवात गर्न खोज्छन् तर समाजले त्यस्ता कुरा बिर्सन दिदैन। महिला घर परिवार समाज सबैलाई बुझ्दै डिभोर्सको निर्णयमा पुग्छिन। उनको त्यो निर्णयमा घरपरिवारले एकिबद्द्ता जनाउनु त कता चियोचर्चा गर्न सुरु गर्छन। महिला हौ बिबाह गरिसके पछि डिभोर्स गर्नु हुदैनथ्यो, केही कुरा सहनु पर्थ्यो भनी घाउमा नुन लगाउछ्न न्यायाधीश बनेर। जुन सम्बन्धले आफुलाई सुख, शान्ति र सन्तुष्टि दिदैन। त्यस्ता सम्बन्धको जालो भित्र रहेर सम्बन्ध अनि जीवन बोजिलो बनाउनु हुदैन भन्ने सल्लाह किन दिन सक्दैन होला समाजले ? त्यही सम्बन्धबाट छुट्टीएर बसेको पुरुषलाई भने समाजले सहज रूपमा लिन्छ तर महिललाई बोझको रूपमा लिइन्छ किन होला? महिलाको लागि पनि डिभोर्स एक अधिकार हो पाप होइन किन बुझ्न सक्दैनन समाजले? श्रीमानसङग छुटिनु दु:खद कुरा हो त्यस