Posts

Showing posts from 2020

कविता

मैले जीवन देखेकी छु           ✍️कृषा के.सी. कथा सबैको हुन्छ भोगाइ आफ्ना आफ्नै ब्यथा सबैको हुन्छ कोहि बोल्छ भन्छ सुनाउँछ कोहि चुपचाप रहन्छ!! म भन्छु आफ्नै कथा सपना सजाएको आरती गर्छु जीवनको साम्राज्यमा रमाएको परिवर्तनै परिपर्तनको!! कयौँ भोटाहरु च्यातिएर गए कयौँ हन्डर भित्र हराइयो तर मनले सजाएका आशाका त्यान्द्रोहरुले जीवनलाई उर्जावान बनाई रह्यो!! साचो झुटोको सफाई पनि दिनु पर्दैन कसैले सपनाको हत्यारा भनी कारागार लैजादैन मलाई भाग्यले ठगेको एक बिवश कमारो भन्न मलाई लेख्न लाज मान्नु पर्दैन!! पलपलमा म टुटेको छु क्षणक्षणमा म रोएको छु!! सपनालाई आँसुले बगाउदै यहाँ म स्वयमलाई ढाट्न सक्दिन छल्न सक्दिन ठग्न त झनै सक्दिन!! म हाँस्छु त केवल आफैलाई गिज्याएर!! सारा सपनाहरु बकमफुसे रहेछन् आफैलाई भुल्याउने खेल रहेछन् मनले सजाएका गुलाफका फुलेथे खुशीका झिल्का निमेष भरमै हराए फुल ओइलाए खुशीको दिप निभ्यो रङ्गहिन गुलाफ सुक्दै झर्दै गए सपना आँखाबाट बगिरहेछन बस बगिरहेछन!! थाकिसकेका पैतालालाई गति दिदै लडेको महल उठाउन खोज्छु सारा दुख भुलेर नाच्न खोज्दै कुनै दन्तेकथाको कथा जस्त

बिचार

Image
धैर्य गरौं , आत्माबल बढाऔ र कोरना भगाऔ ! संसारमा आपत्ति,बिपत्ति र महामारी धेरै पटक आएको इतिहास छ।जस्तोसुकै विषम परिस्थितिमा पनि आत्माबल बढाएर काम गर्न सकेमा मानिस आफ्नो लक्ष्यमा पुग्दछ।निराशा र डर मानिसको सबभन्दा ठूलो शत्रु हो।आशा र धैर्यताले नै मानिसलाई ठूलो भन्दा ठूलो सफलताको सिढीमा चढाउदछ।बेलायतका जोन किट्सको १८ बर्षमा प्यारालाइसिस भएर घरको आँगनसम्म पनि हिड्न सक्दैनथे।१९ बर्षमै उनको निधन भयो। यो १ बर्षको अपांग अबस्थामा उनले घरभित्रै बसेर "ode to the Nightingle" नामको कविता लेखेर बिश्वलाई चकित पारे,सो पुस्तकले त्यही साल साहित्य तर्फको नोबेल पुरुस्कार प्राप्त गर्‍यो।एक बर्षको अशक्त र विषम परिस्थितिमा समेत उनले यस्तो ठूलो सफलता हाँसिल गरेकाछन। त्यस्तै Charls Lambको "A Disertation upon Rost Pig"नामको चाइनिज सभ्यतालाई व्यंग्य गरि लेखेको लेख पनि त्यो बेला बिश्व प्रसिद्ध भएको थियोे।रसियन लेखक Anton chekov को "Darling"william Goldsmith, Thomas Hardy लगायत दर्जनौं युरोपेली र अमेरिकी लेखक र साहित्यकारहरुले प्रतिकुल र विषम अबस्थामा नै आफ्नो कला र क्षमताको बिका

कविता

तिमी  धेरैपछि अाज फेरी सपनीमा देखे तिमीलाई, अत्तालिदै ब्युझिएर यताउता खोजे तिमीलाई थाहा छैन तिमी कसैको भैसक्यौ वा छैनौ खै तर पनि यो मनले किन किन खोज्छ तिमीलाई!! यस्तै छु म तिमीलाई भुल्न खोजेर पनि सकिन सम्झनाका तरेलीमा आइरहन्छौ रोक्न सकिन बिस्तारै टाढा टाढा हुँदै धेरै टाढा पुगिसकेका छौ तर पनि यो मनले हरपल चाहिरन्छ तिमीलाई!! आँखाले तस्बिर सजाइ मुटुमा तिम्रो नाम कोरिएछ मनमा सजाउनु मात्र भयो जीन्दगीमा आउन सकिन थाहा छ यो जुनीमा तिमी मेरो म तिम्री हुन सक्दिन तर पनि यो मनबाट तिमीलाई हटाउन सकिन 

कथा

Image
ओइलाएको रहर  ✍️ कृषा के. सी  कोटेश्वर, काठमाडौ  सामान्य परिवारमा जन्मिएको एक्लो छोरा म। त्यसो त म एक्लो होइन बहिनी पनि छ। हामी दाजु बहिनी हाम्रो बाल्यकाल हास खेल दुख सुखको बिच बित्यो। गाउँको स्कुलबाट +२ सकिएपछि उच्च शिक्षाको लागि काठमाडौ झरेको म पढाई सङगसङगै काम गर्नु मेरो बाध्यता थियो। बर्षदिन काम गरेर खान पुग्ने मेरो परिवारले काठमाडौमा बसीबसी पढाउन सक्ने हैसियत थिएन। जागीर पाए जिन्दगीमा नयाँ बिहानीको सुरु हुनेछ। जिन्दगी नै एउटा नयाँ मोड आउनेछ यस्तै सोचेथे। जागीरको खोजीमा भौतारिदा भौतारिदा बल्लतल्ल जागीर मिलेको थियो। अब जागीर मिल्यो पढ्न बस्न समस्या हुँदैन भन्ने सोचाइले रमाइरहेको थिए। खुशीले रातभरि निद्रा परेन। छट्पटीमा बिहानीको चिसो हावा चल्यो वरपरको घरमा भाले बासेको पनि सुनियो। उठे कलेज जाने तयारी गरे। खाजा बनाए खाए खुशी हुँदै कलेजको झोला बोकेर हिडे। समय समयमा टाइम हेरिरहे। कलेज सकियो त्यतैबाट अफिस तिर लागे। काम खोजेर काम गर्न थाले। +२ म्यानेजमेन्ट बाट सकेर बि.बि.एस पढ्दै गरेकोले जसोतसो फाइनान्समा काम मिलेको थियो। काम गर्न थाले। बिहान कलेज दिउँसो अफिस यत्तिकैमा दिनहरू बित्दै गए। ह

प्रेरक कथा

Image
एकजना १५ बर्षीय बालकलाई एउटा डिपार्टमेन्टल स्टोरबाट केही सामान चोरी गरेको अभियोगमा एक  अदालतमा उपस्थित गराइयो। चोरी मुद्दामाथि अदालतमा बहस हुँदै गर्दा न्यायाधिसले ती बालकसँग प्रश्न गरे, के तिमीले साँच्चै स्टोरबाट सामान चोरी गरेका हौ? बालकले ,”भन्यो हो, मैले चोरि गरेकै हो! एक प्याकेट ब्रेड र एक प्याकेट पनिर! “ न्यायाधिसले प्रतिप्रश्न गरे, “किन चोर्यौ?”बालकले भन्यो ,”मलाई आवश्यक थियो! “ । न्यायाधिसले फेरी सोधे ,”किन्नुपर्ने थियो नि”? उक्त बालकले भन्यो ,”मसंग पैसा थिएन! “ न्यायधिसले भने “घरमा माग्नुपर्ने थियो त”। बालकले जवाफ दियो -  “घरमा मेरी आमा र म मात्रै बस्छौँ! आमा बिरामी हुनुहुन्छ, काम गर्न सक्ने अवस्थामा हुनुहुन्न! म एउटा मोटर वर्कसपमा काम गर्थेँ र जसोतसो आमालाई खुवाउँथे! तर आमाको स्वास्थ्य बिग्रँदै गयो, आमाको हेरविचार गर्नका लागि मैले मालिकसँग छुट्टी मागेँ, तर उसले मलाई कामबाट नै निकालिदियो! “  न्यायाधीशले भने ,”तिमीले अरुसँग पैसा मागेर ब्रेड किन्नु पर्थ्यो नी”? बालकले भने मैले ,”बिहानै देखि, ब्रेड चोरी गर्नु भन्दा अगाडिसम्म करिब ५० जना मानिससँग पैसाको लागि सडकमा उभिएर हात थापेँ!

गजल

तिमी भैदिए           "तिमी भैदिए" मेरो जिन्दगीको कथा सुनिदिने तिमी भैदिए गहमा भरिएका आँसु पुछिदिने तिमी भैदिए।। आफ्नाले लत्याएर बिरानो सम्झिएको बेला हौसला दिदै साथमा बसीदिने तिमी भैदिए।। म बिदेशीएको छु चुहिने घरको छानो टाल्न संघर्षका ती इतिबृती सुनिदिने तिमी भैदिए।। ढुक्कले काम गर्नेछु यता भबिष्य कल्पिदै उता बा~आमालाई पुजीदिने तिमी भैदिए।। म डडेर उठ्छु लड्दै हिड्न तयार हुन्छु सधैं गल्ती कहाँ थिए म बुझिदिने तिमी भैदिए।। ✍️कृषा के.सी कोटेश्वर, काठमाडौ

कविता

सलामी  समयको आफ्नै चक्र आज अर्को नयाँ दिन। बिहानको मिर्मिरे उज्यालो पुर्वतिर आगो बल्न लागेको । त्यो अद्भुत दृश्य खुलेको पुर्व हेर्न म ब्युझिन्छु ओछ्यानबाट उठ्छु। ब्युझिएर मृत घोषित हुनबाट जोगाउछु आफू एक्लै भएर पनि स्वच्छन्द महशुस गर्छु।। परेवाको आवाज सुन्छु, चराचुरुङ्गीको आवाज गुन्जिन्छ्न। आखिर नरक हुनबाट जोगाउनु न रहेछ, हो आफुलाई नरक हुनबाट जोगाई रहेछु। बिहान धुवा धुलो कोलाहल कम छ, आफू पनि वातावरण जस्तै शान्त छु। नुहाउछु पुजा गर्छु जीवन माग्छु, मानौ माग्नु मेरो दैनिकी हो मागिरहन्छु। भववानसङ्ग उभिएर मेरो इच्छालाई चाङ, लगाएर मागिरहन्छु। कुनै दिन तिम्रो ब्युझन बिर्सेछु भने, मलाई समाजले मृत घोषित गर्नछ। यहाँ म आफैलाई ढाट्न सक्तिन, छल्न सक्दिन, ठग्न पनि सक्तिन। समयको त्यो क्रुरतामा भित्र बाधिएर, भाग्यको कमारो म कहाँ भाग्न सक्छु। छ जलि रहेको सन्सार मेरो पनि !! न्यानो स्पर्शले सायद बिझेछ क्यारे, सुमधुर सम्बन्धबाट धेरै टाढा पुगेछौ। मेरो भावना कुल्चेर मुटुमा हिर्काउदै, छौ आफ्नै बेगमा,दुनियाँमा,सन्सारमा। म तिमीलाई भेट्न दौडि रहेको थिए, जस्तो खोला बहन्छ समुद्रलाई

कथा

पश्चातापको भुमरी सुरज र अस्मिता एउटै स्कुलको एउटै क्लासमा पढ्ने क्लासमेट हुन। ऊनीहरु प्रत्येक दिन एक घण्टा हिडेर स्कुल पढ्न आउने र फर्किने गर्दथे। उनीहरू स्कुलको क्लासका साथी मात्र नभई आउदा जादा बाटोका पनि साथी थिए। उनीहरुको घर २०/२५ मिनेटको दुरीमा थियोे। त्यसो त तिनीहरू छिमेकी पनि हुन। सुरज पुराना परम्परा र सस्कारको निरंतरता दिने क्रममा जातिगत विभेद गर्नु हुँदैन भन्ने बिचार राख्थ्यो। त्यसो त सुरजका हजुरबुबा पुजा आजा गर्ने बाह्मण हुन। पुर्ख्यौली काम जजमानीलाई सुरजका बाबुले पनि निरंतरता दिएकै छन। छोरा सुरज जात भातमा विश्वास गर्दैन। जात छ भने महिला र पुरुष दुई जात छ। उच्च जात र निम्न जात छैन भन्ने सोच्थ्यो। आफू बाहुनको छोरा भए पनि क्लासका दलित साथीको खाजा खाने गर्दथ्यो। कहिलेकाही खाजा साटेर बाडेर पनि खान्थ्यो। अस्मिता जातले तल्लो जात सुनार (कामी) को छोरी थिइन। उनका बुबाले पेशाले सुन चादिको काम अर्थात ब्यापार गर्ने काम गर्थे। जात सानो भए पनि आर्थिक हैसियत भने उच्च नै थियो। सुकिला मुकिला पहिरनमा सजिएर ब्यापार गर्थे। अस्मिता परम्परा बचाउनु पर्छ परम्परा पहिचान हुन भन्ने बिचार राख्थिन। बैचा

लेख

कोरोना(Covid-19) ले सिर्जित विश्व परिवेश र यसका अबसरहरु  कृषा के.सी कोटेश्वर, काठमाडौ   चिनको युवान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेलासम्म बिस्वब्यापी बनेको छ। यसले दुई लाख ३ हजार मानिसको ज्यान लिइसकेको छ भने करिबकरिब २९ लाख मानिसहरू संक्रमीत भएका छन। ६ लाख निको भएको तथ्य पनि आएका छन। WHO ले अनुसार यो पुर्ण रूपमा निको हुने र संक्रमण नदोहोरिने ग्यारेन्टी नभएको रिपोर्ट पनि सार्वजनिक गरेको छ। कोरोनाले विश्वलाई यसरी आक्रान्त पारिरहदा मानव जातिको अस्तित्व बचाउनको लागि पनि फरक ढंगले सोच्नुपर्ने बाध्यता सिर्जना भएको छ। भविष्यमा पनि यस्तै समस्या र यो भन्दा पनि डरलाग्दा संक्रमण नआउलान भन्ने कुराको कुनै सुनिश्चितता छैन। मानवताले प्रकृतिलाई मात्र जित्न सक्दैन त्यसैले परिस्थिति होस वा प्रकृति होस, मावन सधै प्रकृति र परिस्थितिको दास बनिरहेकै हुन्छ। यो तथ्यलाई तपाई हामी सबैले सबृस्थित र गम्भीर ढंगले समिक्षा,विश्लेषण र कार्यान्वयन गर्नुपर्ने अवस्था अझ टड्कारो रूपमा हाम्रो अघि आइपुगेको छ। अब धन सम्पत्ति र विकसित प्रबिधि सबैथोक हो भन्ने तर्कलाई पुनःस्थापित गर्न असजिलो भएको छ। यस्तो भय
गजल त्यो खराव छ है बिहे नगर छोरी भन्दैथे बाले त, यद्यपि पछाडी हटिन आफैले गरेको निर्णयबाट! बेलामा बुझ्न सकिन तिम्रो आनी बानी व्यबहार, र त पटक~ पटक धोका भो आफ्नै रोजाइवाट! त्यो यस्तो, उस्तो छ भन्नेहरुको मुख थुने कै थिए, स्वार्थ पुराई धकेली दियो उसैले अग्लो खाइबाट! कती थियोे माया अनि सुनौलो जीवनका सपना, कठै क्षेत बिक्षत मुटु मेरो आज उसैको प्रहारबाट! नजरमा नजर मिलाइ गल्ती सच्याउ माफी गर्छु, ठिक उल्टो छुरी रोप्न खोज्छ उसैले पछाडिबाट! मार्ने सिध्याउने ताना बाना बुनिराको थ्यो बिचरो, म जिउदो छु कसरी जवाफ मागिरहेछ समयबाट! कृषा के. सी कोटेश्वर,काठमाडौ 

कविता

नयाँ बर्षको शुभकामना  शिशिरमा पातहरु झरेर नाङ्गिएका रुखहरु! बसन्तको आगमन सङगै उस्तै गरि पलाएका छन। जस्तो पोहोर पोहोर सालमा पलाउने गर्थे, वातावरणमा रोपिएको फुलहरु फुलेर सुगन्ध छरेका छन। इलामको अन्तु डाडा शन्य छ मिल्के डाडाका लालिगुरास फुलेर बन नै ढकमक्क देखिएको छन हरियालीसंगै गर्मिलो मौसमलाई स्वागत गर्दै बोलाई लिएर, आयो नयाँ बर्ष!! नेपाली को नयाँ बर्ष!! मनको खुशी बिना फुलेका ती फुलहरु, प्लास्टिकका फुल जस्तै सुगन्धहिन लागेका छन। समय उहीँ उस्तै आफ्नै गतिमा दगुरी रहेको छ, जस्तो उत्पत्ति देखि उस्को गति थियो। बारीमा गहु पाकी झरेर जानै लागेको बेला, यता चैते धानको बीउ बारीमै सुकेर जान लाग्यो। हिजोको त्यो ब्यस्त कोलाहल,धुवा,धुलो उडेको, चोक गल्ली पसल सडक जताततै सुनसान छ। मान्छेको चिच्याहट,जमघट र भिडभाड थियो जहाँ, आज शान्त छ चुपचाप बसेको छ!! आज आवत जावत प्राय ठप्प छ, उड्ने देखि गुड्ने प्रतिबन्धित छन। घर बाहिर निस्किने जमघट गर्ने काम गर्ने, खेलकुद, मनोरञ्जनका गतिविधि प्रतिबन्धित छन। वातावरण सुन्य प्राय छ सडक लमतन्न सुतेका जस्तै, आराम गरेका छन मान्छे

कथा

भोगाइ प्रदेशीको  कृषा के.सी  कोटेश्वर,काठमाडौ  बिदेश आएको पनि आज झन्डै दस वर्ष भएको छ। भुलिए होलान गाउका केही यादहरु। बिर्सिएछु गाउमा साथीसँग खेलेका रमाएका ती कुराहरु तर डिउटी जाने आफ्नो काम गर्ने त्यो दैनिकी बिर्सिएको छैन। बिगतका केही बर्ष देखि त्यसैलाई निरन्तरता जो दिइरहेको छु। म कसरी बिर्सन सक्छु। यो बिरानो मुलुकमा दिलो ज्यान लगाएर बटुलेका केही तितामिठा यादहरु। हो बिरानो भएको छ आफू जन्मिएको गाउँ ठाउँ पनि। धन कमाउने सपनाले बिरानो भएका छन ती आफन्तका माया अनि सहानुभूतिहरु पनि । सबैको बेफुर्सद र ब्यस्तताले गर्दा फलानो फलानी भनी कुरा गर्नपनि कम भएको छ। हुन त म पनि कोहिसङ्ग कुरा गर्ने समय पाउदिन। खायो सुत्यो डिउटी गर्‍यो यत्तिकैमा बितेका छन दिनहरु। जीवनले सिढी चढेको छ। एउटा कोठा अनि एउटा अफिस भित्र कैदी जस्तै गरि बितेका छन आफ्नै जीवनका अमुल्य क्षणहरु। यहीँ कोठामा सङगै बस्ने, खाने एकै ठाउँ डिउटी गर्ने साथीहरू नेपाल गए आफ्नो आफ्नो दुनियाँमा हराए। हराए पनि के भनौं आफ्नै दुनियाँमा ब्यस्त भए। नयाँ जिन्दगी सुरु गरे। त्यतै तिर ब्यस्त भए। यता आफ्नो बसीबसाउको त्यो दुनियाँ उजाडिएको पनि बर्सौ भएको

कविता

गुलाब पनि गुलाब जस्तै लाग्दैन आजभोलि  मुखियाकोमा सयकडा पाँचमा, ऋण काढेर श्रीमान बिदेशीएको दिनदेखि, मेरो ओठको मुस्कान खोसिएको छ। ओठ कलेटी परेको छ आफ्ना रहरहरु पैतालाले, कुल्चिएरै आफ्नो जिम्मेवारी पूरा गर्नुछ। बुढा भएका सासू ससुरा बढ्दै गरेको छोरा, सपना पूरा गर्नुपर्ने बाध्यताबाट गुज्रिएर हिडिरहेकी छु। यसैगरी हिडेको पनि आज बर्षौ भएको छ!! छोरी पराइको घर जाने जात न हो, जति सक्यो त्यति छिटो बिहे गरिदिएर। जिम्मेवारीबाट पन्छिन पाए हुन्थ्यो भन्ने बाबू आमा, यता घरब्यबहार सम्हाल्ने बाहानामा छोराको बिहे। गरि तह लगाउने समाज बिहे नै एक मात्र कडी, देखेका बुद्धिजीवी/बाबू आमा,बच्चामा खाने खेल्ने। रमाउने स्वच्छन्द उड्ने उमेरमा बाध्यताले बाधिएका, थियौ हामी त्यो बिहेरुपी सामाजिक बन्धनमा। बन्धनका सिक्रीहरुले बाधिराख्न परम्पराको हवाला दिदै, बीस मन्त्र रच्न उद्गिग्न यो समाज। त्यहीँ गित गाउन उनकै लय समाउनु पर्छ मैले, लाचार बनी भोग्न बिबश हुनुपर्छ म। यस्तै त चलेको छ समाजमा बर्सौ देखि!! बिहे भनेको सम्म नबुझ्ने त्यो १६ बर्षे, कलकलाउदो उमेरमा बिहे गरेका हामी। १७ बर्ष लाग्दै गर्दा आमा बुवाको,