बिचार

धैर्य गरौं , आत्माबल बढाऔ र कोरना भगाऔ !
संसारमा आपत्ति,बिपत्ति र महामारी धेरै पटक आएको इतिहास छ।जस्तोसुकै विषम परिस्थितिमा पनि आत्माबल बढाएर काम गर्न सकेमा मानिस आफ्नो लक्ष्यमा पुग्दछ।निराशा र डर मानिसको सबभन्दा ठूलो शत्रु हो।आशा र धैर्यताले नै मानिसलाई ठूलो भन्दा ठूलो सफलताको सिढीमा चढाउदछ।बेलायतका जोन किट्सको १८ बर्षमा प्यारालाइसिस भएर घरको आँगनसम्म पनि हिड्न सक्दैनथे।१९ बर्षमै उनको निधन भयो। यो १ बर्षको अपांग अबस्थामा उनले घरभित्रै बसेर "ode to the Nightingle" नामको
कविता लेखेर बिश्वलाई चकित पारे,सो पुस्तकले त्यही साल साहित्य तर्फको नोबेल पुरुस्कार प्राप्त गर्‍यो।एक बर्षको अशक्त र विषम परिस्थितिमा समेत उनले यस्तो ठूलो सफलता हाँसिल गरेकाछन। त्यस्तै Charls Lambको "A Disertation upon Rost Pig"नामको चाइनिज सभ्यतालाई व्यंग्य गरि लेखेको लेख पनि त्यो बेला बिश्व प्रसिद्ध भएको थियोे।रसियन लेखक Anton chekov को "Darling"william Goldsmith, Thomas Hardy लगायत दर्जनौं युरोपेली र अमेरिकी लेखक र साहित्यकारहरुले प्रतिकुल र विषम अबस्थामा नै आफ्नो कला र क्षमताको बिकास गरेको देखिन्छ। हाम्रै देशमा पनि जति पनि महत्त्वपूर्ण ब्यतित्वहरु छन उनीहरूको शुरुको अवस्था दयनीय,कम्जोर र प्रतिकुल नै देखिन्छ। बिपत ब्यबस्थापन,महामारी र दैबी प्रकोप ब्यबस्थापनमा आत्तिएर हैन आशावादी र धैर्यताबाट मात्र समस्य समाधान गर्न सकिन्छ।अब हामीले पनि आशावादी र धैर्यताका साथ अघि बढेमा मात्र कोरनालाइ जित्न सक्छौं। मेरो आशय केबल यत्ति मात्र हो कि मानिसले गर्न नसक्ने यो संसारमा केही छैन केबल आशावादी ,र्धैर्यवान र निरन्तरता हुनुपर्छ, यति भएमा आत्माबल स्वत:बढ्ने छ, आत्माबल बढेपछि रोग प्रतिरोधात्मक क्षमता पनि स्वत : बढ्ने नै भयो र रोग प्रतिरोधात्मक क्षमता बढेमा कोरना पनि स्वत : भाग्ने छ , हराउने छ।
कृषा के.सी
कोटेश्वर, काठमाडौ 

Comments

Post a Comment

Popular posts from this blog

कथा

लघु उपन्यास