कविता

तिमी 

धेरैपछि अाज फेरी सपनीमा देखे तिमीलाई,
अत्तालिदै ब्युझिएर यताउता खोजे तिमीलाई
थाहा छैन तिमी कसैको भैसक्यौ वा छैनौ खै
तर पनि यो मनले किन किन खोज्छ तिमीलाई!!

यस्तै छु म तिमीलाई भुल्न खोजेर पनि सकिन
सम्झनाका तरेलीमा आइरहन्छौ रोक्न सकिन
बिस्तारै टाढा टाढा हुँदै धेरै टाढा पुगिसकेका छौ
तर पनि यो मनले हरपल चाहिरन्छ तिमीलाई!!

आँखाले तस्बिर सजाइ मुटुमा तिम्रो नाम कोरिएछ
मनमा सजाउनु मात्र भयो जीन्दगीमा आउन सकिन
थाहा छ यो जुनीमा तिमी मेरो म तिम्री हुन सक्दिन
तर पनि यो मनबाट तिमीलाई हटाउन सकिन 

Comments

Popular posts from this blog

कथा

लघु उपन्यास

बिचार