Posts

Showing posts from April, 2020

लेख

कोरोना(Covid-19) ले सिर्जित विश्व परिवेश र यसका अबसरहरु  कृषा के.सी कोटेश्वर, काठमाडौ   चिनको युवान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेलासम्म बिस्वब्यापी बनेको छ। यसले दुई लाख ३ हजार मानिसको ज्यान लिइसकेको छ भने करिबकरिब २९ लाख मानिसहरू संक्रमीत भएका छन। ६ लाख निको भएको तथ्य पनि आएका छन। WHO ले अनुसार यो पुर्ण रूपमा निको हुने र संक्रमण नदोहोरिने ग्यारेन्टी नभएको रिपोर्ट पनि सार्वजनिक गरेको छ। कोरोनाले विश्वलाई यसरी आक्रान्त पारिरहदा मानव जातिको अस्तित्व बचाउनको लागि पनि फरक ढंगले सोच्नुपर्ने बाध्यता सिर्जना भएको छ। भविष्यमा पनि यस्तै समस्या र यो भन्दा पनि डरलाग्दा संक्रमण नआउलान भन्ने कुराको कुनै सुनिश्चितता छैन। मानवताले प्रकृतिलाई मात्र जित्न सक्दैन त्यसैले परिस्थिति होस वा प्रकृति होस, मावन सधै प्रकृति र परिस्थितिको दास बनिरहेकै हुन्छ। यो तथ्यलाई तपाई हामी सबैले सबृस्थित र गम्भीर ढंगले समिक्षा,विश्लेषण र कार्यान्वयन गर्नुपर्ने अवस्था अझ टड्कारो रूपमा हाम्रो अघि आइपुगेको छ। अब धन सम्पत्ति र विकसित प्रबिधि सबैथोक हो भन्ने तर्कलाई पुनःस्थापित गर्न असजिलो भएको छ। यस्तो भय
गजल त्यो खराव छ है बिहे नगर छोरी भन्दैथे बाले त, यद्यपि पछाडी हटिन आफैले गरेको निर्णयबाट! बेलामा बुझ्न सकिन तिम्रो आनी बानी व्यबहार, र त पटक~ पटक धोका भो आफ्नै रोजाइवाट! त्यो यस्तो, उस्तो छ भन्नेहरुको मुख थुने कै थिए, स्वार्थ पुराई धकेली दियो उसैले अग्लो खाइबाट! कती थियोे माया अनि सुनौलो जीवनका सपना, कठै क्षेत बिक्षत मुटु मेरो आज उसैको प्रहारबाट! नजरमा नजर मिलाइ गल्ती सच्याउ माफी गर्छु, ठिक उल्टो छुरी रोप्न खोज्छ उसैले पछाडिबाट! मार्ने सिध्याउने ताना बाना बुनिराको थ्यो बिचरो, म जिउदो छु कसरी जवाफ मागिरहेछ समयबाट! कृषा के. सी कोटेश्वर,काठमाडौ 

कविता

नयाँ बर्षको शुभकामना  शिशिरमा पातहरु झरेर नाङ्गिएका रुखहरु! बसन्तको आगमन सङगै उस्तै गरि पलाएका छन। जस्तो पोहोर पोहोर सालमा पलाउने गर्थे, वातावरणमा रोपिएको फुलहरु फुलेर सुगन्ध छरेका छन। इलामको अन्तु डाडा शन्य छ मिल्के डाडाका लालिगुरास फुलेर बन नै ढकमक्क देखिएको छन हरियालीसंगै गर्मिलो मौसमलाई स्वागत गर्दै बोलाई लिएर, आयो नयाँ बर्ष!! नेपाली को नयाँ बर्ष!! मनको खुशी बिना फुलेका ती फुलहरु, प्लास्टिकका फुल जस्तै सुगन्धहिन लागेका छन। समय उहीँ उस्तै आफ्नै गतिमा दगुरी रहेको छ, जस्तो उत्पत्ति देखि उस्को गति थियो। बारीमा गहु पाकी झरेर जानै लागेको बेला, यता चैते धानको बीउ बारीमै सुकेर जान लाग्यो। हिजोको त्यो ब्यस्त कोलाहल,धुवा,धुलो उडेको, चोक गल्ली पसल सडक जताततै सुनसान छ। मान्छेको चिच्याहट,जमघट र भिडभाड थियो जहाँ, आज शान्त छ चुपचाप बसेको छ!! आज आवत जावत प्राय ठप्प छ, उड्ने देखि गुड्ने प्रतिबन्धित छन। घर बाहिर निस्किने जमघट गर्ने काम गर्ने, खेलकुद, मनोरञ्जनका गतिविधि प्रतिबन्धित छन। वातावरण सुन्य प्राय छ सडक लमतन्न सुतेका जस्तै, आराम गरेका छन मान्छे

कथा

भोगाइ प्रदेशीको  कृषा के.सी  कोटेश्वर,काठमाडौ  बिदेश आएको पनि आज झन्डै दस वर्ष भएको छ। भुलिए होलान गाउका केही यादहरु। बिर्सिएछु गाउमा साथीसँग खेलेका रमाएका ती कुराहरु तर डिउटी जाने आफ्नो काम गर्ने त्यो दैनिकी बिर्सिएको छैन। बिगतका केही बर्ष देखि त्यसैलाई निरन्तरता जो दिइरहेको छु। म कसरी बिर्सन सक्छु। यो बिरानो मुलुकमा दिलो ज्यान लगाएर बटुलेका केही तितामिठा यादहरु। हो बिरानो भएको छ आफू जन्मिएको गाउँ ठाउँ पनि। धन कमाउने सपनाले बिरानो भएका छन ती आफन्तका माया अनि सहानुभूतिहरु पनि । सबैको बेफुर्सद र ब्यस्तताले गर्दा फलानो फलानी भनी कुरा गर्नपनि कम भएको छ। हुन त म पनि कोहिसङ्ग कुरा गर्ने समय पाउदिन। खायो सुत्यो डिउटी गर्‍यो यत्तिकैमा बितेका छन दिनहरु। जीवनले सिढी चढेको छ। एउटा कोठा अनि एउटा अफिस भित्र कैदी जस्तै गरि बितेका छन आफ्नै जीवनका अमुल्य क्षणहरु। यहीँ कोठामा सङगै बस्ने, खाने एकै ठाउँ डिउटी गर्ने साथीहरू नेपाल गए आफ्नो आफ्नो दुनियाँमा हराए। हराए पनि के भनौं आफ्नै दुनियाँमा ब्यस्त भए। नयाँ जिन्दगी सुरु गरे। त्यतै तिर ब्यस्त भए। यता आफ्नो बसीबसाउको त्यो दुनियाँ उजाडिएको पनि बर्सौ भएको

कविता

गुलाब पनि गुलाब जस्तै लाग्दैन आजभोलि  मुखियाकोमा सयकडा पाँचमा, ऋण काढेर श्रीमान बिदेशीएको दिनदेखि, मेरो ओठको मुस्कान खोसिएको छ। ओठ कलेटी परेको छ आफ्ना रहरहरु पैतालाले, कुल्चिएरै आफ्नो जिम्मेवारी पूरा गर्नुछ। बुढा भएका सासू ससुरा बढ्दै गरेको छोरा, सपना पूरा गर्नुपर्ने बाध्यताबाट गुज्रिएर हिडिरहेकी छु। यसैगरी हिडेको पनि आज बर्षौ भएको छ!! छोरी पराइको घर जाने जात न हो, जति सक्यो त्यति छिटो बिहे गरिदिएर। जिम्मेवारीबाट पन्छिन पाए हुन्थ्यो भन्ने बाबू आमा, यता घरब्यबहार सम्हाल्ने बाहानामा छोराको बिहे। गरि तह लगाउने समाज बिहे नै एक मात्र कडी, देखेका बुद्धिजीवी/बाबू आमा,बच्चामा खाने खेल्ने। रमाउने स्वच्छन्द उड्ने उमेरमा बाध्यताले बाधिएका, थियौ हामी त्यो बिहेरुपी सामाजिक बन्धनमा। बन्धनका सिक्रीहरुले बाधिराख्न परम्पराको हवाला दिदै, बीस मन्त्र रच्न उद्गिग्न यो समाज। त्यहीँ गित गाउन उनकै लय समाउनु पर्छ मैले, लाचार बनी भोग्न बिबश हुनुपर्छ म। यस्तै त चलेको छ समाजमा बर्सौ देखि!! बिहे भनेको सम्म नबुझ्ने त्यो १६ बर्षे, कलकलाउदो उमेरमा बिहे गरेका हामी। १७ बर्ष लाग्दै गर्दा आमा बुवाको,

गजल

कृषा के.सी कोटेश्वर,काठमाडौ  कपडा छोटो लगाउनुहोस वा लामो त्यो आकर्षक हुनुपर्छ, आखिर पहिरन न हो त्यो छनोट लगाउनेको निजी हुनुपर्छ!! छोटो लगाउदा बिग्रिएकी कस्ती रैछ त्यो उत्ताउली भन्नेहरु, के राम्रो के नराम्रो भन्ने कुरा त मान्छेको बिचारमा हुनुपर्छ!! छोटो लुगा लगाएर बलात्कार बढ्यो भन्नेलाई एक सवाल, सय बर्षकी आमाले के लगाइकी थिइन बलात्कृत हुनुपर्छ!! महिलाहरु तपाईंको आमा दिदिबहिनी जस्तै हुन महोदय, महिलालाई यौनजन्य खेलौना सम्झेर खेल्न बन्द हुनुपर्छ!! छोरीचेली देख्दा दामी माल त्यो क्या च्याक छ भन्नेलाइ, खराब मान्छे एकएक गरि ठेगान लगाउने कानुन हुनुपर्छ!! एक्लो पाए अरुलाई नानाथरी भन्दै जिस्काउदै हिड्नेहरु, छन होला आफ्ना पनि दिदीबहिनी त्यति ज्ञान त हुनुपर्छ!!

बिचार

नयाँ बर्ष र सचेतना कृषा के.सी कोटेश्वर, काठमाडौ न त अहिले अमेरिका,युरोप,यसिया,अस्टे्रलिया, हङकङ,थाइल्यान्ड,सिङगापुर,मलेसिया फेमिली टुर, जाने बिदेश जाने घुम्न जाने वातावरण छ । यस्तै विषम परिस्थितिमा गुज्रिएरै पनि हामी नयाँ बर्ष मनाउन मनाउ बर्ष दिनपछिको नयाँ मनाउ। हुन त सकारात्मक रुपबाट हेर्ने हो भने तपाईं हामी सबैको लागि नयाँ अनुभव बटुल्ने अबसर पनि हो यो सालको नयाँ बर्ष। एक अबसर र प्रशस्त चुनौती बनेर आएको यो नयाँ बर्षलाई स्वागत गर्दै सम्पूर्ण नेपालीहरुलाई नयाँ बर्षको उपलक्ष्यमा हार्दिक शुभकामना।। देश हेर्न मुख फेर्नको लागि बिदेश जानेहरू थिए र छन साथीभाइको बिचमा बिदेशको बर्णन गर्न बिदेश जाने पनि छन। कोहिकोही त फेसबुक,भाइबर,इस्टामा फोटो सेयर गर्न घुम्न जानेहरू छन। सकेपनि नयाँ बर्ष मनाउन बिदेश जाने नसकेपनि घुम्न जानेहरुले पनि छन। कोही छन आफ्नै देशका विविध ठाउँ पोखरा,मुस्ताङ,लुम्ले, इलाम,सिक्किम धुलिखेल नगरकोटतिर जानेहरु। घरमा बसेर हुदैन अरुलाई देखाउनकै लागि जानुपर्छ भन्नेहरु पनि नभएका होइनन्। कोहि युवा ठमेलका रेस्टुरेन्ट होटेल क्लबतिर जमघट हुनेहरु पनि छन। पार्टी प्यालेसमा भरीभराउ