गजल

कृषा के.सी
कोटेश्वर,काठमाडौ 
कपडा छोटो लगाउनुहोस वा लामो त्यो आकर्षक हुनुपर्छ,
आखिर पहिरन न हो त्यो छनोट लगाउनेको निजी हुनुपर्छ!!

छोटो लगाउदा बिग्रिएकी कस्ती रैछ त्यो उत्ताउली भन्नेहरु,
के राम्रो के नराम्रो भन्ने कुरा त मान्छेको बिचारमा हुनुपर्छ!!

छोटो लुगा लगाएर बलात्कार बढ्यो भन्नेलाई एक सवाल,
सय बर्षकी आमाले के लगाइकी थिइन बलात्कृत हुनुपर्छ!!

महिलाहरु तपाईंको आमा दिदिबहिनी जस्तै हुन महोदय,
महिलालाई यौनजन्य खेलौना सम्झेर खेल्न बन्द हुनुपर्छ!!

छोरीचेली देख्दा दामी माल त्यो क्या च्याक छ भन्नेलाइ,
खराब मान्छे एकएक गरि ठेगान लगाउने कानुन हुनुपर्छ!!

एक्लो पाए अरुलाई नानाथरी भन्दै जिस्काउदै हिड्नेहरु,
छन होला आफ्ना पनि दिदीबहिनी त्यति ज्ञान त हुनुपर्छ!!

Comments

Popular posts from this blog

लघु उपन्यास

कथा