लेख
कोरोना(Covid-19) ले सिर्जित विश्व परिवेश र यसका अबसरहरु
कृषा के.सी
कोटेश्वर, काठमाडौ
मानवताले प्रकृतिलाई मात्र जित्न सक्दैन त्यसैले परिस्थिति होस वा प्रकृति होस, मावन सधै प्रकृति र परिस्थितिको दास बनिरहेकै हुन्छ। यो तथ्यलाई तपाई हामी सबैले सबृस्थित र गम्भीर ढंगले समिक्षा,विश्लेषण र कार्यान्वयन गर्नुपर्ने अवस्था अझ टड्कारो रूपमा हाम्रो अघि आइपुगेको छ। अब धन सम्पत्ति र विकसित प्रबिधि सबैथोक हो भन्ने तर्कलाई पुनःस्थापित गर्न असजिलो भएको छ। यस्तो भयावह स्थिति ल्याउने कोरोना भाइरसको नकारात्मक पक्ष मात्र तिर भन्दा पनि सकारात्मक पाटोलाई बढी ध्यान दिन जरुरी छ। आज देखि हामी यसका सकारात्मक पक्षलाई उजागर गर्न तिर लागि परौ। यसले मानव जीवन र विश्वलाई पनि सकारात्मक दिशा तिर उन्मुख बनाउने छ भने विश्वास लिन लागौं ।
देशहरूले लिटल ब्वाए फ्याट म्यान लगायतका बम बनाए यतिमात्र होइन केही सेकेन्ड मै विश्वलाई ध्वस्त पार्न सक्ने क्षेप्यास्त्र निर्माणमा तछाड मछाड गर्दै लागि परेका छन। एक अर्कामा प्रबिधिको प्रतिसोध साध्दै दशकौं सम्म बोटबिरुवा उम्रन नसक्ने गरि ध्वस्त पारे।सन्सारलाई ध्वस्त पार्ने प्रविधिमा एकपछि अर्कोले गरि लगानी गरिरहे। यतातिर एक गरी फड्को मारे सफल भएको उत्घोस गरिरहेकै छन। चन्द्रमालाई पानी पधेरो बनाइरहे। पृथ्वी मात्र होइन बिश्व ब्रह्माण्डलाई नै तेरो मेरो गरि भाग लगाउन तल्लीन छन नाम कहलिएका अमेरिका,इटली,बेलायत,स्पेन लगायतका विकसित देशमा त केहि स्वास्थको बारेमा बारेमा केही पुर्व तयारी रहेनछ। न त स्वास्थ सम्बन्धि कुनै चिकित्सा बिज्ञानलाई नै मजबुत पारिएको रहेछ। विकसित कहलिएका देशहरुमा त पि पि इ माक्स लगायत सामान्य औसधि समेतको कमी भएको खबर सुनिन्छ। यसबाट पनि थाहा हुन्छ कि स्वास्थका लागि कुनै किसिमबाट सामान्य भन्दा पनि सामान्य तयारी गरिएको रहेनछ। सम्बन्धि चिकित्सक जोसङ्ग ज्ञान छ सीप छ त्यहीँ प्रयोग गरिरहेका छन उनीहरू आफै असुरक्षित हुँदै कार्यक्षेत्रमा त खटिएका छन तर उनीहरूलाई आफ्नै ज्यान जोगाउन समेत हम्मेहम्मे परेको छ। अर्थिक रुपमा सफल र सम्पन्न मानिएका मुलुकको यो गति भएको छ भने हाम्रो जस्तो मुलुक जहाँ न प्रबिधि छ न आर्थिक रुपमा सबल नै छौ।
बर्सौदेखी ओजनतहमा परेका प्वालहरुले टालिने अबसर पाएका छन यसबाट लाखौं मानिसहरुको आगामी भबिस्यलाइ सुरक्षित राख्ने महत्त्वपूर्ण अबसर पनि कोरोनाकै कारण सिर्जना भएको छ कार्बन उत्सर्जनका साथै धुलो धुवा प्रदुषणमा उल्लेख्य कमि आएको छ दुसित शहरहरु बस्न योग्य बनेका छन। आज बिज्ञान र प्रबिधिको प्रतिस्पर्धात्मक २१औं शताब्दीको पुर्वार्धमा मानिस केवल भौतिक बिकास निर्माण र ब्रह्माण्डको खोज अनुसन्धानमा मात्र निर्लिप्त भैरहेको अवस्थामा एकपटक कोरोना भाइरसले बिश्वलाई नै ब्युताइदिएको छ, झस्काइदिएको छ। यसलाई गम्भीर रूपमा सश्लेषण, विश्लेषण अनि खोज र अनुसन्धान गर्नुपर्ने समय आएको छ। अहिलेको यो भयावह स्थितिबाट ज्ञान लिएर विश्वमा धेरै सकारात्मक पक्षको विकास गर्न सकिने छ। उक्त सकारात्मक पक्ष नै आजको मानव जीवनलाई एक खुड्किलो माथी उठ्ने अवसर सिर्जना हुनेछ।
बिश्वमा १३ करोड मानिस भोकमरीको जोखिममा छन वर्तमान महामारी पछि करिब २५ करोड मानिसहरू भोकमरीको सिकार बन्न सक्ने तथ्यहरु बाहिरिएका छ। लाखौंको रोजगारी गुम्ने छ।मुल्य वृद्धि आम उपभोक्ताले थेग्न नसक्ने गरि बढ्ने छ भन्ने आकलन र अड्कलबाजि विभिन्न आधिकारिक निकायहरूले सार्वजनिक गरिएको अवस्था छ। यति हुदाहुदै पनि कोरोना भाइरसले उब्जाएका सकारात्मक विभिन्न पक्ष र प्रश्नहरूलाई सरसर्ती हेरौं त । के अब मानिसले भौतिक निर्माण र प्रबिधिको विकासका साथसाथै स्वास्थ कृषि विकासमा जोड दिन सकिदैन त ? के हामीले अब परम्परागत कृषि प्रबिधिलाई आधुनिक कृषि प्रबिधि रुपान्तरण गर्न सकिदैन त? के हामीले परम्परागत प्राकृतिक जडिबुटीहरुलाई आधुनिक औसधिको रूपमा बिकास गर्न सकिदैन त ? के हामी पृथ्वी र ब्रह्माण्डको खोजीमा लगाउने समयलाई पृथ्वीकै प्राकृतिक वस्तुहरुको खोज अनुसन्धान र बिश्लेषणबाट नयाँ तथ्यहरु पत्ता लगाउन सक्दैनौं त? के हामीले हात हतियार अणु प्रमाणु निर्माणमा लगाउने पैसा चिकित्सा बिज्ञानको बिकासमा लगाउन सकिदैन त? के हामी ठुला ठुला स्कुल कलेज विश्वविद्यालयको सट्टा e-class , e-teach, e-read,e-use समग्रमा e-learning र e- library का सफ्टवेयरहरुको विकास गर्न सकिदैन त? यो सबै सम्भव छ। सबै आआफ्नो क्षेत्रबाट दत्तचित्त भएर लागि पर्न जरुरी छ। हामी सबै जना यी माथिका बिषयहरुमा गम्भीर भएर लागि परेको खण्डमा सभ्यता अनि सस्कृतिका साथसाथै स्वास्थ र शिक्षाको बिकास अहिले भन्दा दोब्बर बनाएर घरमै बसीबसी प्राप्त गर्न सकिन्छ र यो दर ज्यामितिय ढंगले विकशीत हुँदै जानेछ। यदि यस्तो वातावरणको सिर्जना गर्न सकियो भने कोरोनाको कारण सम्भव बनेको यो एउटा सबैभन्दा राम्रो र सबल पक्ष बन्नेछ ।
सर्वप्रथम कृषिमा उत्तम आधुनिक प्रबिधिको प्रयोग र विकासलाई ध्यान दिन जरुरी छ। जस्ले गर्दा भोकमरीको सिकार बन्नु नपरोस्। वास्तवमा भन्ने हो भने आज हाम्रो जस्तो देशका परम्परागत कृषि प्रबिधिबाट मानिसको जीवन सम्भव छैन। यहि सोचेर युवाहरू बिदेशीने क्रम बढ्दो छ। अब वैदेशिक रोजगार कटौती हुने तथ्यका बिच स्वदेशमै बसेर बाझो जग्गा जमिनको उपयोग गर्दै कृषिमा निर्मलीकरण प्राकृतिकरण र आधुनिकीकरणमा ध्यान दिन सकियो भने यसबाट नै सुनिस्चित भविष्यको कल्पना गर्न सकिन्छ। भोकमरी हटाउने नेपालको लक्ष्य तथा बिस्वबाट भोकमरी हटाउन हामीले पनि केही योगदान गर्नेकि ??
लामो समय सम्मको राजनैतिक अस्थिरता अस्थिर सरकार र राजनीति खिचातानी खेपेका हामी केही बर्ष देखि राजनीतिले गति लिन लागेको अनुभव पक्कै गरेका छौ। राजनैतिक अस्थिरता संगै देशले गति लिन नसके पनि अहिले अवस्था परिवर्तन भएको छ। अहिले हामीले देशले नेताले यो गरेन त्यो गरेन भनेर दोष थुपार्नु भन्दापनि आफुले गर्न सक्ने कामहरु गर्न लागि परौ आफुलाई घर भित्र राखेर कोरोना बाहिर भगाउने काम गरौ।
यस्तो अवस्थामा हामीले आफुले आफुलाई बचाउनको लागि ब्यक्तिगत सावधानी अपनाउन आवश्यक छ। सामाजिक दुरी कायम गर्ने अनावश्यक बाहिर ननिस्किने गरौं। सरकारको लकडाउनलाइ पुर्ण रुपमा पालना गरौ यो हाम्रै लागि हो ।आफू बाच्नु नै ठुलो कुरा भएको छ।आफू बाच्न हर प्रयास गरौं। आफू बाचेर नै जित हुन्छ। पक्कै पनि अबका दिनमा बिस्वले स्वास्थ्य क्षेत्रमा राम्रै लगानी गर्नेछ यस्ता समस्याहरु चाडै समाधान भएर जानेछ्न हामी सकारात्मक भएर यहि प्राथना गरौ।
चिनको युवान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेलासम्म बिस्वब्यापी बनेको छ। यसले दुई लाख ३ हजार मानिसको ज्यान लिइसकेको छ भने करिबकरिब २९ लाख मानिसहरू संक्रमीत भएका छन। ६ लाख निको भएको तथ्य पनि आएका छन। WHO ले अनुसार यो पुर्ण रूपमा निको हुने र संक्रमण नदोहोरिने ग्यारेन्टी नभएको रिपोर्ट पनि सार्वजनिक गरेको छ। कोरोनाले विश्वलाई यसरी आक्रान्त पारिरहदा मानव जातिको अस्तित्व बचाउनको लागि पनि फरक ढंगले सोच्नुपर्ने बाध्यता सिर्जना भएको छ। भविष्यमा पनि यस्तै समस्या र यो भन्दा पनि डरलाग्दा संक्रमण नआउलान भन्ने कुराको कुनै सुनिश्चितता छैन।
मानवताले प्रकृतिलाई मात्र जित्न सक्दैन त्यसैले परिस्थिति होस वा प्रकृति होस, मावन सधै प्रकृति र परिस्थितिको दास बनिरहेकै हुन्छ। यो तथ्यलाई तपाई हामी सबैले सबृस्थित र गम्भीर ढंगले समिक्षा,विश्लेषण र कार्यान्वयन गर्नुपर्ने अवस्था अझ टड्कारो रूपमा हाम्रो अघि आइपुगेको छ। अब धन सम्पत्ति र विकसित प्रबिधि सबैथोक हो भन्ने तर्कलाई पुनःस्थापित गर्न असजिलो भएको छ। यस्तो भयावह स्थिति ल्याउने कोरोना भाइरसको नकारात्मक पक्ष मात्र तिर भन्दा पनि सकारात्मक पाटोलाई बढी ध्यान दिन जरुरी छ। आज देखि हामी यसका सकारात्मक पक्षलाई उजागर गर्न तिर लागि परौ। यसले मानव जीवन र विश्वलाई पनि सकारात्मक दिशा तिर उन्मुख बनाउने छ भने विश्वास लिन लागौं ।
देशहरूले लिटल ब्वाए फ्याट म्यान लगायतका बम बनाए यतिमात्र होइन केही सेकेन्ड मै विश्वलाई ध्वस्त पार्न सक्ने क्षेप्यास्त्र निर्माणमा तछाड मछाड गर्दै लागि परेका छन। एक अर्कामा प्रबिधिको प्रतिसोध साध्दै दशकौं सम्म बोटबिरुवा उम्रन नसक्ने गरि ध्वस्त पारे।सन्सारलाई ध्वस्त पार्ने प्रविधिमा एकपछि अर्कोले गरि लगानी गरिरहे। यतातिर एक गरी फड्को मारे सफल भएको उत्घोस गरिरहेकै छन। चन्द्रमालाई पानी पधेरो बनाइरहे। पृथ्वी मात्र होइन बिश्व ब्रह्माण्डलाई नै तेरो मेरो गरि भाग लगाउन तल्लीन छन नाम कहलिएका अमेरिका,इटली,बेलायत,स्पेन लगायतका विकसित देशमा त केहि स्वास्थको बारेमा बारेमा केही पुर्व तयारी रहेनछ। न त स्वास्थ सम्बन्धि कुनै चिकित्सा बिज्ञानलाई नै मजबुत पारिएको रहेछ। विकसित कहलिएका देशहरुमा त पि पि इ माक्स लगायत सामान्य औसधि समेतको कमी भएको खबर सुनिन्छ। यसबाट पनि थाहा हुन्छ कि स्वास्थका लागि कुनै किसिमबाट सामान्य भन्दा पनि सामान्य तयारी गरिएको रहेनछ। सम्बन्धि चिकित्सक जोसङ्ग ज्ञान छ सीप छ त्यहीँ प्रयोग गरिरहेका छन उनीहरू आफै असुरक्षित हुँदै कार्यक्षेत्रमा त खटिएका छन तर उनीहरूलाई आफ्नै ज्यान जोगाउन समेत हम्मेहम्मे परेको छ। अर्थिक रुपमा सफल र सम्पन्न मानिएका मुलुकको यो गति भएको छ भने हाम्रो जस्तो मुलुक जहाँ न प्रबिधि छ न आर्थिक रुपमा सबल नै छौ।
बर्सौदेखी ओजनतहमा परेका प्वालहरुले टालिने अबसर पाएका छन यसबाट लाखौं मानिसहरुको आगामी भबिस्यलाइ सुरक्षित राख्ने महत्त्वपूर्ण अबसर पनि कोरोनाकै कारण सिर्जना भएको छ कार्बन उत्सर्जनका साथै धुलो धुवा प्रदुषणमा उल्लेख्य कमि आएको छ दुसित शहरहरु बस्न योग्य बनेका छन। आज बिज्ञान र प्रबिधिको प्रतिस्पर्धात्मक २१औं शताब्दीको पुर्वार्धमा मानिस केवल भौतिक बिकास निर्माण र ब्रह्माण्डको खोज अनुसन्धानमा मात्र निर्लिप्त भैरहेको अवस्थामा एकपटक कोरोना भाइरसले बिश्वलाई नै ब्युताइदिएको छ, झस्काइदिएको छ। यसलाई गम्भीर रूपमा सश्लेषण, विश्लेषण अनि खोज र अनुसन्धान गर्नुपर्ने समय आएको छ। अहिलेको यो भयावह स्थितिबाट ज्ञान लिएर विश्वमा धेरै सकारात्मक पक्षको विकास गर्न सकिने छ। उक्त सकारात्मक पक्ष नै आजको मानव जीवनलाई एक खुड्किलो माथी उठ्ने अवसर सिर्जना हुनेछ।
बिश्वमा १३ करोड मानिस भोकमरीको जोखिममा छन वर्तमान महामारी पछि करिब २५ करोड मानिसहरू भोकमरीको सिकार बन्न सक्ने तथ्यहरु बाहिरिएका छ। लाखौंको रोजगारी गुम्ने छ।मुल्य वृद्धि आम उपभोक्ताले थेग्न नसक्ने गरि बढ्ने छ भन्ने आकलन र अड्कलबाजि विभिन्न आधिकारिक निकायहरूले सार्वजनिक गरिएको अवस्था छ। यति हुदाहुदै पनि कोरोना भाइरसले उब्जाएका सकारात्मक विभिन्न पक्ष र प्रश्नहरूलाई सरसर्ती हेरौं त । के अब मानिसले भौतिक निर्माण र प्रबिधिको विकासका साथसाथै स्वास्थ कृषि विकासमा जोड दिन सकिदैन त ? के हामीले अब परम्परागत कृषि प्रबिधिलाई आधुनिक कृषि प्रबिधि रुपान्तरण गर्न सकिदैन त? के हामीले परम्परागत प्राकृतिक जडिबुटीहरुलाई आधुनिक औसधिको रूपमा बिकास गर्न सकिदैन त ? के हामी पृथ्वी र ब्रह्माण्डको खोजीमा लगाउने समयलाई पृथ्वीकै प्राकृतिक वस्तुहरुको खोज अनुसन्धान र बिश्लेषणबाट नयाँ तथ्यहरु पत्ता लगाउन सक्दैनौं त? के हामीले हात हतियार अणु प्रमाणु निर्माणमा लगाउने पैसा चिकित्सा बिज्ञानको बिकासमा लगाउन सकिदैन त? के हामी ठुला ठुला स्कुल कलेज विश्वविद्यालयको सट्टा e-class , e-teach, e-read,e-use समग्रमा e-learning र e- library का सफ्टवेयरहरुको विकास गर्न सकिदैन त? यो सबै सम्भव छ। सबै आआफ्नो क्षेत्रबाट दत्तचित्त भएर लागि पर्न जरुरी छ। हामी सबै जना यी माथिका बिषयहरुमा गम्भीर भएर लागि परेको खण्डमा सभ्यता अनि सस्कृतिका साथसाथै स्वास्थ र शिक्षाको बिकास अहिले भन्दा दोब्बर बनाएर घरमै बसीबसी प्राप्त गर्न सकिन्छ र यो दर ज्यामितिय ढंगले विकशीत हुँदै जानेछ। यदि यस्तो वातावरणको सिर्जना गर्न सकियो भने कोरोनाको कारण सम्भव बनेको यो एउटा सबैभन्दा राम्रो र सबल पक्ष बन्नेछ ।
सर्वप्रथम कृषिमा उत्तम आधुनिक प्रबिधिको प्रयोग र विकासलाई ध्यान दिन जरुरी छ। जस्ले गर्दा भोकमरीको सिकार बन्नु नपरोस्। वास्तवमा भन्ने हो भने आज हाम्रो जस्तो देशका परम्परागत कृषि प्रबिधिबाट मानिसको जीवन सम्भव छैन। यहि सोचेर युवाहरू बिदेशीने क्रम बढ्दो छ। अब वैदेशिक रोजगार कटौती हुने तथ्यका बिच स्वदेशमै बसेर बाझो जग्गा जमिनको उपयोग गर्दै कृषिमा निर्मलीकरण प्राकृतिकरण र आधुनिकीकरणमा ध्यान दिन सकियो भने यसबाट नै सुनिस्चित भविष्यको कल्पना गर्न सकिन्छ। भोकमरी हटाउने नेपालको लक्ष्य तथा बिस्वबाट भोकमरी हटाउन हामीले पनि केही योगदान गर्नेकि ??
लामो समय सम्मको राजनैतिक अस्थिरता अस्थिर सरकार र राजनीति खिचातानी खेपेका हामी केही बर्ष देखि राजनीतिले गति लिन लागेको अनुभव पक्कै गरेका छौ। राजनैतिक अस्थिरता संगै देशले गति लिन नसके पनि अहिले अवस्था परिवर्तन भएको छ। अहिले हामीले देशले नेताले यो गरेन त्यो गरेन भनेर दोष थुपार्नु भन्दापनि आफुले गर्न सक्ने कामहरु गर्न लागि परौ आफुलाई घर भित्र राखेर कोरोना बाहिर भगाउने काम गरौ।
यस्तो अवस्थामा हामीले आफुले आफुलाई बचाउनको लागि ब्यक्तिगत सावधानी अपनाउन आवश्यक छ। सामाजिक दुरी कायम गर्ने अनावश्यक बाहिर ननिस्किने गरौं। सरकारको लकडाउनलाइ पुर्ण रुपमा पालना गरौ यो हाम्रै लागि हो ।आफू बाच्नु नै ठुलो कुरा भएको छ।आफू बाच्न हर प्रयास गरौं। आफू बाचेर नै जित हुन्छ। पक्कै पनि अबका दिनमा बिस्वले स्वास्थ्य क्षेत्रमा राम्रै लगानी गर्नेछ यस्ता समस्याहरु चाडै समाधान भएर जानेछ्न हामी सकारात्मक भएर यहि प्राथना गरौ।
अहिले देशका नेताले केहि गरेनन भनेर दोष थुपार्नु भन्दा पनि आफुले गर्न सक्ने कामहरु प्रति लागि परौ।घर भित्र बसेर आफुलाई कोरोनाबाट बचाउन सकिन्छ भने पनि भित्रै बसौ। एकदमै ज्ञानबर्धक लेख्नु भएको रहेछ। एकदमै राम्रो लाग्यो। चेतना मूलक शब्दहरु सबै युवाहरुले मनन गर्न आवश्यक छ।🤘🤘🙏🙏
ReplyDelete