कविता

नयाँ बर्षको शुभकामना 

शिशिरमा पातहरु झरेर नाङ्गिएका रुखहरु!
बसन्तको आगमन सङगै उस्तै गरि पलाएका छन।
जस्तो पोहोर पोहोर सालमा पलाउने गर्थे,
वातावरणमा रोपिएको फुलहरु फुलेर सुगन्ध छरेका छन।
इलामको अन्तु डाडा शन्य छ मिल्के डाडाका लालिगुरास फुलेर बन नै ढकमक्क देखिएको छन
हरियालीसंगै गर्मिलो मौसमलाई स्वागत गर्दै बोलाई लिएर, आयो नयाँ बर्ष!! नेपाली को नयाँ बर्ष!!

मनको खुशी बिना फुलेका ती फुलहरु,
प्लास्टिकका फुल जस्तै सुगन्धहिन लागेका छन।
समय उहीँ उस्तै आफ्नै गतिमा दगुरी रहेको छ,
जस्तो उत्पत्ति देखि उस्को गति थियो।
बारीमा गहु पाकी झरेर जानै लागेको बेला,
यता चैते धानको बीउ बारीमै सुकेर जान लाग्यो।
हिजोको त्यो ब्यस्त कोलाहल,धुवा,धुलो उडेको,
चोक गल्ली पसल सडक जताततै सुनसान छ।
मान्छेको चिच्याहट,जमघट र भिडभाड थियो जहाँ,
आज शान्त छ चुपचाप बसेको छ!!

आज आवत जावत प्राय ठप्प छ,
उड्ने देखि गुड्ने प्रतिबन्धित छन।
घर बाहिर निस्किने जमघट गर्ने काम गर्ने,
खेलकुद, मनोरञ्जनका गतिविधि प्रतिबन्धित छन।
वातावरण सुन्य प्राय छ सडक लमतन्न सुतेका जस्तै, आराम गरेका छन मान्छे घरभित्र कैदी जस्तै बनेको छ।
मान्छे कति बेला रोगको सिकार बनिन्छ भन्न नसकिने अवस्थाबाट गुज्रिएको छ भिडभाड हटाई सामाजिक दुरी बनाउदै छ। मान्छेहरु तड्पिएर, छट्पटीएर भए पनि घरभित्रै चुपचाप बाचौ,बचाउ स्वास्थ सङ्गठनको मुलमन्त्र आत्मसाथ गर्दैछ!!

कामको रफ्तारले कुदिरहेको दुनियाँ,
परिस्थिति आत्मसाथ गर्दै बन्द परिवेशमा कैद छ।
शान्त बाताबरणकै बिच रोग भने बुलेट ट्रेनको,
गतिमा दौडिएरै समग्र बिश्व स्तब्ध बनाइरहेको छ। बैज्ञानिकहरुलाइ जड नै पत्ता लगाउन मुस्किल परेको, रोगले विश्व आक्रान्त हुँदा के होला भन्ने त्रास यथावत छ।
हिजो अस्ति बिमानस्थलमा ल्यान्डिङ्को समय पर्खिदै,
आकाशमै घुमिरहने जहाजहरु लामबद्वभइ बसेको देख्छु।
देश कतै रोकिएको जस्तो लाग्छ यदाकदा कोसौ टाढा, सडकमा गुडेका गाडीको आवाज कानमा ठोकिन आइपुग्छ अस्तितिर घरको बाहिरबाट रिङ बजेको सुनिदैन्थ्यो। छतमा बसेर आँखाले देख्न सक्ने जति दृश्य नियालेर हेर्छु शान्त छ तर छट्पटी लाग्छ सुनसान वातावरण नियालीरहेछु!!

घरभित्रको लामो बसाइले छट्पटी हुँदा यता उता,
भौतारी छतबाट आखाले देख्न सकुन्जेल चियाउछु। भतभत पोलेको मनलाई शान्त पार्न खोज्छु,
हेर्छु टोलाउछु, बहलाउछु पुन कैद हुन्छु बन्द कोठामा।
अर्को साल साटौला खुशीका कुरा अहिले कसरी आफू बाच्ने आफ्ना कसरी बचाउने सोचौ।
अर्को साल गरौंला बिदेशको यात्रा अनि टुर,
अहिले आफू बाच्ने उपाय खोज्न गर्ने कि सुर।
हो मैले पनि पुरानो सालको बिदाइमा भित्तामा
झुन्डिएको क्यालेन्डरलाई निकालेर नयाँ राखे।।

बिश्वबाट कोरोनाको कहर हटोस,
सबै-सबैको स्वास्थमा सुधार होस।
बिज्ञान र चिकित्सा क्षेत्रको चुनौती बन्दै गरेको,
यसको औसधि बनोस त्यसैको कामना गरौं।
आफुले सक्दो सहयोग आफ्नो ठाउँबाट गरौं
केही नसक्नेहरुले कमसेकम आफुलाई आफ्नालाई
सुरक्षित गरौ आजको रात आँखा चिम्लियौ ब्युझिदा रातदिन खटिरहएका चिकित्सकहरुले गरेको ओखतीको परिक्षणले काम गरेको सञ्चारमाध्यममा समाचार आउनेछ!!

अनिकालमा बीउ जोगायौ हुलमुलमा जिउ जोगायौ
बाचौ पहिला आफु अर्कोसाल नयाँ बर्ष मनाउला हुदैन?
मानवताको सुरुवात हामीले गर्ने प्रण गरौं
कोरोनाको सिकार भएकाहरुको नाममा दिप
प्रज्वलन हामी मिलेर गरौं!!
संकटको घडीमा मानवताको खडेरी नपरोस,
बिश्वले बिपत्ति भोग्न नपरोस् मिलेर कामना गरौं।
नयाँ बर्षले हामी सबैलाई सकारात्मक शक्ति प्रदान
गरोस् साथमा सफलता सुख शान्ति र समृद्धिको
कामना गर्दै नयाँ बर्षको सबैलाई शुभकामना,
फेरि पनि सबैलाई नयाँ बर्षको शुभकामना !!

Comments

Popular posts from this blog

लघु उपन्यास

कथा