गजल

त्यो खराव छ है बिहे नगर छोरी भन्दैथे बाले त,
यद्यपि पछाडी हटिन आफैले गरेको निर्णयबाट!

बेलामा बुझ्न सकिन तिम्रो आनी बानी व्यबहार,
र त पटक~ पटक धोका भो आफ्नै रोजाइवाट!

त्यो यस्तो, उस्तो छ भन्नेहरुको मुख थुने कै थिए,
स्वार्थ पुराई धकेली दियो उसैले अग्लो खाइबाट!

कती थियोे माया अनि सुनौलो जीवनका सपना,
कठै क्षेत बिक्षत मुटु मेरो आज उसैको प्रहारबाट!

नजरमा नजर मिलाइ गल्ती सच्याउ माफी गर्छु,
ठिक उल्टो छुरी रोप्न खोज्छ उसैले पछाडिबाट!

मार्ने सिध्याउने ताना बाना बुनिराको थ्यो बिचरो,
म जिउदो छु कसरी जवाफ मागिरहेछ समयबाट!

कृषा के. सी
कोटेश्वर,काठमाडौ 

Comments

Post a Comment

Popular posts from this blog

लघु उपन्यास

कथा