Posts

Showing posts from February, 2020

लघु उपन्यास

टुटेको सपना जन्म ठाउँ सुगम होस वा दुर्गम सुबिधासम्पन्न होस वा बिपन्न किन नहोस तराईको समथर भुभाग होस वा पहाडको अनाकन्टार किन नहोस बिजुलीबत्ती पुगी उज्यालोले धपक्क बलेको होस वा टुकी मुनिको उज्यालो नै किन नहोस् सुबिधाको लागि गाडी प्रयोग गर्ने होस पनि खुद ज्यानले भरीयाको काम गर्दै भारी बोक्ने ठाउँ नै भए पनि वरिपरिको समाज शिक्षित भए पनि अशिक्षित नै भए पनि खेल्नका लागि पुतली होस वा गाडी होस वा माटोको भाडाकुडा नै किन नहोस तर सबै सबैको लागि जुन ठाउँमा जन्मियो त्यो ठाउँ प्राण भन्दा प्यारो हुन्छ। आफू जन्मिएको ठाउँलाई माया नगर्नेहरुले देशलाई नै माया गर्न सक्दैनन यो प्राय लागू हुन्छ जस्तो लाग्छ। मलाई मेरो गाउँ ठाउँ मुटुको टुक्रा जस्तो प्रिय् लाग्छ। मान्छे जन्मनु पनि समयको खेल हो, चक्र हो त्यसलाई प्रकृतिको नियम भन्नेहरु पनि छन यहि भनाइलाई सत्य माने हो हामी पनि प्रकृतिको उपज हौ। सबैले भन्ने गरेको बाल्यकाल रमाइलो भन्छन मेरो पनि रमाइलो थियो। काहीँ कतै गल्ती गर्दा कुटाइ नै भेटे पनि चोट शरीरमा लाग्थ्यो लाग्दैनथ्यो मनमा। कल्पिदा पनि कति रमाइलो थियो बालापन ! आहा बालापन ! लोभलाग्दो बालापन!! सुर्य उदाउने