ओइलाएको रहर ✍️ कृषा के. सी कोटेश्वर, काठमाडौ सामान्य परिवारमा जन्मिएको एक्लो छोरा म। त्यसो त म एक्लो होइन बहिनी पनि छ। हामी दाजु बहिनी हाम्रो बाल्यकाल हास खेल दुख सुखको बिच बित्यो। गाउँको स्कुलबाट +२ सकिएपछि उच्च शिक्षाको लागि काठमाडौ झरेको म पढाई सङगसङगै काम गर्नु मेरो बाध्यता थियो। बर्षदिन काम गरेर खान पुग्ने मेरो परिवारले काठमाडौमा बसीबसी पढाउन सक्ने हैसियत थिएन। जागीर पाए जिन्दगीमा नयाँ बिहानीको सुरु हुनेछ। जिन्दगी नै एउटा नयाँ मोड आउनेछ यस्तै सोचेथे। जागीरको खोजीमा भौतारिदा भौतारिदा बल्लतल्ल जागीर मिलेको थियो। अब जागीर मिल्यो पढ्न बस्न समस्या हुँदैन भन्ने सोचाइले रमाइरहेको थिए। खुशीले रातभरि निद्रा परेन। छट्पटीमा बिहानीको चिसो हावा चल्यो वरपरको घरमा भाले बासेको पनि सुनियो। उठे कलेज जाने तयारी गरे। खाजा बनाए खाए खुशी हुँदै कलेजको झोला बोकेर हिडे। समय समयमा टाइम हेरिरहे। कलेज सकियो त्यतैबाट अफिस तिर लागे। काम खोजेर काम गर्न थाले। +२ म्यानेजमेन्ट बाट सकेर बि.बि.एस पढ्दै गरेकोले जसोतसो फाइनान्समा काम मिलेको थियो। काम गर्न थाले। बिहान कलेज दिउँसो अफिस यत्तिकैमा दिनहरू बित्दै गए। ह...
Comments
Post a Comment