लघु उपन्यास

टुटेको सपना

जन्म ठाउँ सुगम होस वा दुर्गम सुबिधासम्पन्न होस वा बिपन्न किन नहोस तराईको समथर भुभाग होस वा पहाडको अनाकन्टार किन नहोस बिजुलीबत्ती पुगी उज्यालोले धपक्क बलेको होस वा टुकी मुनिको उज्यालो नै किन नहोस् सुबिधाको लागि गाडी प्रयोग गर्ने होस पनि खुद ज्यानले भरीयाको काम गर्दै भारी बोक्ने ठाउँ नै भए पनि वरिपरिको समाज शिक्षित भए पनि अशिक्षित नै भए पनि खेल्नका लागि पुतली होस वा गाडी होस वा माटोको भाडाकुडा नै किन नहोस तर सबै सबैको लागि जुन ठाउँमा जन्मियो त्यो ठाउँ प्राण भन्दा प्यारो हुन्छ। आफू जन्मिएको ठाउँलाई माया नगर्नेहरुले देशलाई नै माया गर्न सक्दैनन यो प्राय लागू हुन्छ जस्तो लाग्छ। मलाई मेरो गाउँ ठाउँ मुटुको टुक्रा जस्तो प्रिय् लाग्छ।

मान्छे जन्मनु पनि समयको खेल हो, चक्र हो त्यसलाई प्रकृतिको नियम भन्नेहरु पनि छन यहि भनाइलाई सत्य माने हो हामी पनि प्रकृतिको उपज हौ। सबैले भन्ने गरेको बाल्यकाल रमाइलो भन्छन मेरो पनि रमाइलो थियो। काहीँ कतै गल्ती गर्दा कुटाइ नै भेटे पनि चोट शरीरमा लाग्थ्यो लाग्दैनथ्यो मनमा। कल्पिदा पनि कति रमाइलो थियो बालापन ! आहा बालापन ! लोभलाग्दो बालापन!! सुर्य उदाउने र निश्चित बिन्दुमा पुगि डुब्ने उसको त्यो दैनिक गतिले नजानिदो पाराले आफुलाई पनि उमेरको सिढी चढाउदै लगेको भने पत्तो नहुने। बालापन बढ्दै जादा उमेर भोगाइ अनुभव अलि परिपक्क र पाको बन्दै जादो रहेछ्न।

बि स २०५२ सालमा तत्कालीन सरकार विरुद्ध आबाज उठाएको बिद्रोही समुहले सरकार रोल्पाको हलेसी, रुकुमको आठबिसकोट, सिन्धुलीगढिमा रहेको प्रहरी चौकी गोरखाको ङ्यालिङमा रहेको बैंक लगायतलाई आफ्नो नियन्त्रणमा लिए सकेका थिए। याेजनावद्व ढङ्गले युद्धको सुरुवात गर्ने पार्टीको निर्णयलाई स्थानिय तहसम्म पुर्‍याइएको थियो।गाउँ गाउमा सरकार र बिद्रोही पक्ष बिचमा सामान्य मुठभेट हवाइ फाइरिङ दोहोरो भिडन्त लगायतका कुरा सामान्य भैसकेको थिए। गाउमा प्रहरी चौकी नजिकमा थिएनन। थोरै प्रहरी भएका स्थानका स्थानीय प्रहरी चौकी सदरमुकाम केन्द्रित भएका थिए। कहिलेकाही गाउँ गाउमा गस्ती गर्ने बिर्द्रोहीलाई सघाउनेहरुलाई कार्बाही गर्ने पक्रने लैजाने यस्ता घटना सामान्य भैसकेका थिए सरकारी पक्ष तथा तत्कालीन बिद्रोही पक्ष दुबैबाट भैरहेका थिए।

गाउगाउबाट सरकारी सेना र बिरोही बिचमा सर्बसाधारण थिए। पुलिस प्रसासन टाढा थियो। बिद्रोही पक्षलाई नसघाई गाउलेहरूलाई धरै थिएन। कोहि बिरोधि बनी निस्कियो भने ज्यान बचाउनै गाह्रो थियो। निम्न बर्ग मध्यम बर्ग अनि धनी बर्ग त्यसमा धनी बर्ग सामन्ती बर्ग भन्दै धेरै जसो उनीहरुको आँखाको कसिङगर (तारो) बन्थे। पुरानो राज्यसत्ता चकनाचुर पार्नुपर्छ र ध्वस्त बनाउनुपर्छ। नयाँ राज्यसत्ताको स्थापना गर्नुपर्छ भन्ने मुल नारा लिएर हिडेका थिए तत्कालीन बिद्रोही समुह
गाउगाउमा आफ्नो उपस्थिति बलियो बनाउने अर्थात गाउँ कब्जा गर्ने रणनीति अगाडी ल्याएर अगाडी बढिरहेका थिए।

गाउँघरबाट छोराछोरीलाई स्कुल पठाए स्कुलबाट कहाँ पुर्‍याइन्छन सकुशल फर्किन्छ्न वा फर्किदैनन। त्यो तनाव बाबू आमाको (अभिभावक) मनमा थियो। घर बाहिर अर्थात खेतीबारीमा काम गर्न कोहि घर बाहिर निस्किन्छ भने साझ घर फर्किन्छ फर्किदैन त्यो निश्चित थिएन। स्कुलमा पढ्ने वातावरण भन्दा पनि बिद्रोहीहरुले आफ्नो जनशक्ति निर्माण गर्ने थलो बनाएका थिए। स्कुलमा विविध कार्यक्रम निरंतर भैरहन्थे। यद्यपि लोकतन्त्रक प्राप्त भए पछि भने बिधालयलाई शान्ति क्षेत्र घाेषणा गरिएको छ।

मानिसहरूलाई कतै सेनाको निशानामा परिन्छ कि? कतै बिद्रोहीको पो निशानामा परिन्छकी त्यो कसैलाई पत्तो थिएन। गाउँमा एक सानो प्रहरी चौकि थियो। त्यसलाई पनि बिद्रोहीहरुले आगजनी गरि ध्वस्त बनाएका थिए नजिकमा प्रहरी प्रशासन थिएन। गाउमा ढुक्कसँग बस्न सकिने माहोल सकिदैछ भन्ने महशुस हुँदै थियो। बिद्रोहको सुरुवात भलै पश्चिम नेपालबाट भएको थियो तर त्यसको बिस्तार के पुर्ब के पश्चिम चारैतिर फैलिएको थियो। हाम्रो घर पाँचथर सम्म पनि पुगेको थियो।

मानिसहरू त्यो अवस्थाबाट आक्रान्त भैसकेका थिए। सक्नेहरु रातारात गाउँ छोडेर सहर पसेका थिए वा सदरमुकाममा सैनिक क्याप तिर गएका थिए। मानिसहरू जहाँ रहदा आफु सुरक्षित छु भन्ने महसुस गर्थे त्यहाँ पलायन भएका भनौ वा विस्थापित भएका थिए। सरकारी पक्षको पनि बिद्रोही पक्षको पनि निशानीमा थिए गाउले सोझा सिधा मानिसहरू। द्वन्द्वको चपेटामा परेका थिए भनौ वा मारमा। बिद्रोही पक्षले आफ्नो संगठन बिस्तार गर्ने र कब्जा गर्ने पार्टीको रणनीति अनुसार बिबिध कार्यक्रम गर्ने त्यसमा स्थानीय बासी जानुपर्ने जादा पनि ज्यान जोखिममा नजादा पनि त्यस्तै थियो। समय वातावरण परिस्थिति मानिसहरूको मनस्थितिमा झन नुन चुक लगाउने भैरहेको थियोे।

बैशाख लागेको थियो मेरो स्कुल भर्ना गर्ने बेला भएको थियो ड्याडी स्कुल भर्ना गर्न होइन सर्टिफिकेट मार्कसिट लिन साथमा टार्सफर गर्न अर्कै स्कुल भर्ना गर्ने सिफारिस लिन जानू भयो। आफुलाई र आफ्नो परिवारलाई सुरक्षित गर्ने उहाँहरुको यहि योजना बन्यो। त्यसको दुइचार दिन पछि ममी ड्याडी बहिनी म बिहान अध्यारोमा नै कोहि सामान बोक्यौ घरको ढोकामा चाबी लगायौ अनि लाग्यौ आफ्नो गन्तब्य तिर। उज्यालोमा निस्किन डर थियो किन गाउछोडेको भनी कोहि आएर केही गर्ने होकी भन्ने त्रासको बाबजुत आफ्नो जन्मभुमी छाडियो। मनमा डर त्रासको ठूलो भारी बोकेर। बाध्यता र विवशताको बिचमा फसेकाहरुले गर्ने भनेको नै त्यही थियो। हामी पनि कायर बनेर भनौ वा बहादुर बनेर त्यो भोगाइबाट भाग्न खोज्यौ र भाग्यौ पनि त्यही बिकल्प देख्यौ।

जब बाध्यताले छाउछ अझ भनौ कुरा मर्ने स्थितिको सामना गर्ने कुरा आउँछ तब मानिसले हर सम्भवका प्रयास गर्छ गर्छ र बाच्ने कोशिश गर्छ। हामी पनि बाच्नको लागि आफ्नो घर छोड्यौ बाँस छोड्यौ हामी यात्रामा निस्केका थियौ तर यात्राको गन्तव्य थिएन। हुन त मान्छे आफ्नो परिस्थितिको उपज हो भन्छन् हो पनि। दाजु काठमाडौमा डेरा गरि बस्ने पढ्ने जागीर गर्ने गर्नुहुन्थ्यो हामी त्यही कुरालाई आघार बनाएर घर छाड्यौ।

दाजु slc पछी काठमाडौ छिर्नुभएको थियो। साथमा सरकारी जागिर पनि थियोे हामी घरमा ताला चाबी लगाएर २०५३ साल बैशाख २ गते आफुलाई गाँस दिएको जग्गा बाँस दिएको घर छोड्यौ के का लागि केवल ज्यान बचाउनको लागि। त्यो पनि ठुलै उपलब्धि सम्झियौ हामी काठमाडौमा आयौ। ड्याडीले ममीले काठमाडौ बस्ने खाने ब्यबस्था मिलाउनु भयो। म कक्षा १० को परिक्षा दिएर बसेकि थिए र बहिनी ८ कक्षामा भर्ना भयौ। जेनतेन म कलेज अनि बहिनी स्कुल गयौ पढाइलाई पनि राम्रोसँग कबर गर्न सक्यौ। देश पुरै युद्ध पुगेको भान हुन्थ्यो। हामी काठमाडौको वातावरणमा दुख सुख घुलमिल हुँदै थियो। रेडियो सुनाउदै थियो आज यो ठाउँमा मुठभेड दोहोरो फायरिङ यति जना सेना यति जना बिद्रोही मारिए भनिरहन्थ्यो। मनमा त्रास कायमै थियो। यसरी हामी बसाइँसराइ गरि काठमाडौ आएको थियौ। गाउमा भन्दा केही बढी सुरक्षित महशुस भने भएको थियो।

दाजुको जागिरको कमाई ड्याडीको जिन्दगीभरको कमाई साथै पेन्सनको पैसाले काठमाडौंमा जग्गा किनी घर बनायौ। देश,काल, परिस्थिति ब्यक्तिको सुरक्षा भन्दा बाहिर गहिरहेको थियोे सरकार पक्ष बिद्रोही तथा सरकारी दुबै पक्षबाट मानिसहरू बेपत्ता पारिएको मारिएको कुरा समाजमा फैलिएको थियो। गाउँमा भन्दा केही सुरक्षित महशुस पक्कै सहरले गराएको थियो। दिनहरु बित्दै गए। मेरो +२ सकियो। बहिनीको slc पनि

स्कुलका दिनहरू जिन्दगीका उत्कृष्ट दिनहरू थिए अनि कलेजका दिनहरु पनि कम थिएनन। भलै ती दिनका कथाहरु नलेखिएलान, कहानीहरु नलेखिएलान काहिँ कतै लेखिए पनि छापिएलान वा नछापिएलान तर ती दिनहरूले वा कहानीहरुले काहीँ न काहीँ जीवनमा हामीहरूलाई घचचच्याइ भने रहन्छन्। मेरो पनि यहि कतै रुमलिएको स्कुले जिन्दगीले समयसङगै मलाई कलेजतिर हुत्यायो। हामी कलेज त्यो पनि ब्याचलर लेभलमा पुगिसकेको थियो।

भर्खर +२ सकिएको थियो। कलेज त्यो माथी पहिलो दिन सबैको लागि खास थियो। मेरो लागि पनि खास नहुने कुरै थिएन। कलेजको पहिलो दिन किताब कापी बोकेर कलेज पुग्दा आफुले आफैलाई जितेको जस्तो महशुस हुने नयाँ बिद्यार्थीहरुको स्वागतको लागि वेलकम प्रोग्राम राखिएको थियो। कलेजको प्रोग्राममा एक जना केटासाथी सङग भेट भएको थियो। सामान्य गफगाफ भयो उनी पश्चिम पहाडी जिल्ला गुल्मी घर भन्दै आफुलाई चिनाउदै थिए। सामान्य गफगाफसङ्गै कार्यक्रमको समाप्ति पछाडी हामी आफ्नो आफ्नो घर फर्कियौ।

म स्कुल देखि नै फर्स्ट बेन्छ लभर भएर पनि होला अर्को दिन क्लासमा पनि फस्ट बेच्चमै बसियो। कलेजको त्यो प्रोग्राममा भेटिएको त्यो केटा आफ्नै क्लासमा भेटियो। कलेजको पहिलो दिन औपचारिक पढाई त भएन शिक्षक विद्यार्थीको बिचमा परिचयात्मक क्लास भयो। एक किसिमको खुशी लाग्यो। कोहि पुर्ब घर भएका त कोहि पश्चिम् घर भएका साथीहरू थियौ क्लासमा। जिन्दगी, क्लास अनि समय त्यो सङगै साथीहरू रमाइलो थियो। त्यो रमाइलो म बर्णन गर्न सक्दिन।

कलेज स्कुल भन्दा फ्री स्वतन्त्र महशुस गर्ने ठाउँ कलेज १० देखि ४ बजेसम्म कक्षामा बस्नुपर्ने तनाव कम स्वतन्त्र पन्छी जस्तै उडेका सपना अनि रहर ठुला सपना केही बचपन पनि यहि समिश्रण रमाइलो दिन कलेज दिन। बचपनमा जस्तै रुदा खान पाइने रुदा लाउन पाइने त्यही बालापनबाट एक स्टेप अगाडी आएको अनुभव हो। केही अनुभव केही बचपनले +२ को यात्रा सकियो। समय आफ्नै गति र लयमा अगाडि बढिरह्र्यो।

रोए ममी ड्याडी आवश्यकता पूरा गरिदिने ब्यबस्था भएकोले होला जिम्मेवारी बोध खासै थिएन अझ छदै थिएन। जब क्यासको एक फड्को मारेर ब्याचलर लेभल पुगियो बिस्तारै आफुलाई पनि जिम्मेवारी बोध हुन थाल्यो। कलेज जाँदै गर्दाका दिनमा पनि जिम्मेवारी महशुस भएको जस्तो लाग्न थाल्यो। कलेजको पहिलो दिनमा भेटिएका कृपेष अलि ब्यबहारिक र बुझ्ने खालका थिए। हामी बिच मित्रता बलियो बन्दै गहिरहेको थियो।

उनीले मलाई पढाइसङगै जिम्मेवारी बन्नुपर्ने सिकाउथे। उनी म भन्दा बढी बुझेका अनि समझदार थिए। उनले मलाई सम्झाउथे सिकाउथे बुझाउथे साथै उनी मेरो बचपन नगएको सुनाउथे। तिमी सहरबासी भएकोले होला जिम्मेवारी बोध नभएको भन्थे। सायद तिमीले गाउँबाट सहर झरेर काठमाडौंमा कोठा खोज्दाको दुख नबुझेर होला भन्थे। त्यो दुख तिमीले आफू भन्दा ठूलो मान्छेले पूरा गरिदिदा ज्ञान नभएको होला। आफुले केही कमाउन नसक्दा घरबाट खर्च पठाएर आवश्यक टार्दाको पीडा तिमीलाई के थाहा भन्थे तिमी काठमाडौंको घरभेटी एकदिन भाडा ढिलो हुँदा निस्केर जा भन्ने मान्छे भन्थे।

त गए अर्को आउँछ भन्दै ध्वास दिने मान्छे भन्थे...तर म भनेको बेला पैसा नभएपछी निरीह बनी सुन्नु सिवाय विकल्प नभएको मान्छे... भन्थे म उनको कुरा ध्यान दिएर सुन्थे। आफुले नभोगिए पनि भोगाइ यो पनि हो भन्ने महशुस गर्थे...उनी आफू गाउको अनि म सहरको भएकोमा कटाक्ष गर्थे बिरोध गर्थे म उनको दुख महशुस गरोस भन्ने सुनाउथे। हामी बिचमा दुरी बनोस यहि चाहन्छु भनी कुरा टुङ्याउथे....मलाई उनको हरेक कुरा महशुस हुन्थ्यो। साचो बोल्ने मान्छे जस्तो लाग्थ्यो मलाई आफ्नो भान हुन्थ्यो।

काठमाडौंमा घर हुनेहरूमा अहमता छ। तिनीहरुलाई बाहिरका मान्छे आएर बसेका छन कोठा भाडामा लागेका छन तिनीहरूलाई गर्जो टार्ने माध्यम बनेको छ तर त्यो नसम्झिएर आफुलाई दुर्ववहार गरेकोमा बिरोध गर्थे। एकदिन यो सहर महङगाइको मारमा हुनेछ सबै गाउँ फर्किन्छन अनि बल्ल सहरबासीलाई पछुतो हुनेछ बताउथे म किन यति धेरै आक्रोशित छ्न त्यो बुझ्न कोशिश गर्थे उनका हरेक शब्दमा सागर भब्दा गहिरो अर्थहरु भेट्थे।

उनका बिरोधका शब्द उनको आनीबानी मन पर्थ्यो । माया गर्न काठमाडौमै घर हुनुपर्छ त ? जहाँ भए पनि बाँस छदै छ जस्तो लाग्थ्यो। समय आफ्नो गतिमा हिड्नु स्वभाबिक थियो। हामीलाई पनि केही सिक केही अनुभव दिएर। कलेज अनि कलेजको शिक्षा मेरो लागि एक ठूलो सपना थियो। गाउमा जन्मीएर म हुर्किएको पक्कै हो मलाई गाउको हर काम हर समस्या हरेक भोगाइबाट परिचित थिए र छु तर भोगाइ र गराइको अनुभव म मा बिल्कुलै छैन म ती काम गर्न सक्दिन म सहरिया भनी घमण्ड देखाउन खोजेको होइन।

अनुभव बिनाको शिक्षाले खासै असर पर्दैन भन्छ्न। पौडी खेल्न घरमा बसी सिक्नुमा भन्दा पानीको दहमा वा पोखरीमा पसी तैरन प्रयास गर्नुपर्छ भनेर सिकाइनु र आफू यसरी कोशिश गर्नुपर्छ भनेर पोखरीमा पस्नुमा धेरै फरक महशुस मैले गरेको छु। मेरो दिनहरू बित्दै गए हाम्रो माया पनि बढ्दै गयो। कलेजको पढाइ पनि अन्तिम अन्तिम हुन लाग्यो। हामी हाम्रो मायालाई एक नाम दिन चाहान्थ्यौ।

उनले घरमा मेरो बारेमा सुनाएका थिए। उनको परिवार बाह्मण थिए म भने क्षेत्री अनि शहरको केटीले गाउघरको काममा सघाउदैनन हामीलाई हाम्रो काममा सघाउने बुहारी चाहिएको छ। त एक मात्र छोरा त्यही पनि हाम्रो इच्छा बिपरित सहरको केटी अनि आफू भन्दा तल्लो जातको केटीसङ्ग बिबाह नगर भनी कराउनु भएछ।

उनले त्यही सुनाए। मैले बिबाह हामी दुई लगायत दुई परिवार जोड्नको लागि बिबाह गर्ने हो आपसी मनमुटाव हुन्छ भने हामी यो सम्बन्धलाई पुर्ण बिराम लगाउ यहि भने उनी केही नबोली आफ्नो रुम तिर लागे। मलाई पनि यो सम्बन्ध अगाडी बढ्न सक्दैन त भने तर मन भने भतभती पोलिरहेको थियो।

घरमा आए खाना खाए सुते त्यती बेला हात हातमा मोबाइल थिएन। मेरो घरमा ल्याण्डलाईन थियो। उनको घरभेटीको नम्बर त दिएका थिए फेरी ममी ड्याडीले थाहा पाउनु होला भन्ने डर मनमा छदै थियो फोन गर्न सकिन रात छट्पटीमा बित्यो। म बिरामी नै हुँदा पनि उनीसँग भेट हुन कलेज पुग्थे उनी पनि यस्तै सुनाउने।

एक्जाम नजिक आइरहेको थियो। कलेजको पठाई लगभग पूरा भैसकेको थियो। कलेज नियमित नभपछी हाम्रो भेटघाट पातलिदै गएको थियोे। उनी कलेज समयमा एक्जाम तयारी गरिरहेको अनि दिउसो अफिस गैरहेको भनी सुनाउथे। यत्तिकैमा ब्याचलर थर्ड इयर्को एक्जाम नजिकियो। हामी प्रवेशपत्र लिन कलेज गयौ। अनि सेन्टर चाबहिल स्थित पुस्पलाल मेमोरियल कलेज
कलेजमा परेको रहेछ बुझ्यौ अनि एक्जामको दिन उतै कलेज भेट हुने एकले अर्कोलाई एक्जामको तयारी राम्रोसँग गरौ भन्दै छुटियौ।

पर्सिपल्ट हामी एक्जाम दिन पुग्यौ। एक्जाम दिइसकेको पछि भेट भयो। एक्जाम राम्रो भएको भन्दै हामी फैकियौ अनि अरु सब्जेक्टको तयारी गर्‍यो एक्जाम राम्रो भयो। एक्जाम सकिएपछि झन्डै एक महिना हाम्रो पत्रकारीताका बिद्यार्थीहरुले प्रकाशन गर्ने जर्नलको लागि रिपोटिङ गर्ने समाचार बनाउने अनि एडिटिङ गर्ने काममा लाग्यौ अफिस गर्नेहरुले समाचार संकलन गरेपनी काट्छट लगायतमा समय दिन सकेनन् म भने त्यो कार्यमा खटिए। जर्नल बन्यो अनि प्रक्टिकलमा सबै हाजिर भयौ।

अब भने मेरो दिन पुर्ण फुर्सदिलो बन्यो। मलाई रिजल्ट आउने समय झन्डै बर्ष दिन लाग्छ भन्ने थाहा थियो। सानोठिमी कलेजमा बुझ्न गए। क्लास दिदै गरे रिजल्ट आउदा बित्तिकै फर्म भर्ने र एक्जाम दिने मन भयो मैले त्यसै गरे भदौमा एन इएर बिएडको एक्जाम भयो। यो बिचमा भेटघाट पातलिएको थियो। उनी एक्जाम सकेर घर गएर कुरा गरेर आएका थिए। आमाबुबाले मेरो कुरा मान्नु भयो भनी सुनाउदा खुशी लाग्यो तर त्यो खुशी धेरै बेर टिकेन मैले घरमा ममी ड्याडी दाजु कसैलाई सुनाएकी थिइन मन डराउन लाग्यो अब तिम्रो घरमा त मान्नुभयो मेरो घरमा कसरी भन्नू समस्या पर्‍यो।

घरमा गए अनि ममीलाई सुनाए। ममीले केटो कहाँको हो र के गर्छ भनी सोध्नुभयो मैले संगैको क्लासमेट हो सानोतिनो जागिर गर्छ घर उस्को ताप्लेजुङ हो भनेकी मात्र के थिए कड्किनु भयो। तिमीहरुलाई माया प्रेम भन्ने यो भुत चढेको छ नी त्यो सब गाउको दुःखले सब बिर्साइदिन्छ अनि पछुतो हुन्छ।

तिमीहरुले भोगेका छौनौ र गाउँ के हो र त्यहाँ कस्तो हुन्छ थाहा छैन भन्दै आफ्नो बिगतमा फर्किनु भयो। बिहान भाले नबास्दै उठ्नुपर्ने कुट्ने पिस्ने गर्नुपर्ने पधेरोबाट पानी ल्याउने बस्तुभाउलाई पानी तताउने दिने गोबर सोत्तर गर्ने लिपपोत गर्नुपर्ने घरका सदस्य उठ्दा आधा काम सकाउनु पर्थ्यो त्यसमाथि सासुको कचकच यसैगरी बित्छ्न गाउघरका दिन अनि दैनिकी। आमाले दिनभरी मेलाको काम साझ घरमा पुग्दा तिमीहरुले दुख दिन्थ्यो खुवाउन त सासुले खुवाउने गर्नुहुन्थ्यो सासू मलाई खान त पेटभरि नै दिनुहुथ्यो तर साजी खाना खान मेलोपेसो आउनु पर्थ्यो।

रुच्ने र नरुच्ने मन पर्ने र नपर्ने भन्ने कुरै थिएन मीठो भए खायो नमिठो भए दिनभरी भोकै काम गर्नु पर्थ्यो त्यसमाथि बिहान देखि कामको काम राती भएपछी मध्यरात सम्म कोदो मकै पिद्ने अनि भर्खरै ओछ्यानमा पुगी सुत्यो निद्राको बीस आँखाले नमार्दै उठ्नुपर्छ। अनिदै उठ्नुपर्ने त्यसैमाथी तिमीहरु सानोसानो रातभरी दुधमै झुन्डिरहने निद्रा नपुग्दै आँखा मिच्दै भालेको डाकोमा उठ्नुपर्ने जमाना थियो र छ पनि तिमीहरूले त्यो दुख कहानी लागेर सुन्छौ त्यो हकिकत हो वास्तविक हो। पहिला धेरै सम्पत्ति हुनेलाई धेरै दुख थियो र छ पनि ।

तिम्रो हजुरआमा घरभित्र सम्हाल्नु हुन्थ्यो। खानदिन त दिनुहुथ्यो साजी र मीठो खान पाइएन न त पेटले मागेको बेला नै खान पाइयो। त्यो जमाना नै त्यस्तै थियोे त्यो आमाको मात्र दोष होइन। बिहान शुक्र उदाउँदा घरको आधा काम सकाउनु पर्थ्यो। जति सम्पत्ति भए पनि उन्नत मल बीउ बिजन थिएनन उब्जनी खानको लागि प्रयाप्त हुन्थ्यो तर बेच बिखन भने हुदैन्थ्यो।

पहिला नजिकमा धारो थिएन करिब आधा घण्टा हिडेर पधेरोमा पानी लिन जानुपर्थ्यो। छरछिमेकका सबैले प्रयोग गर्ने पधेरो एउटै थियो कुनै दिन ढिलो उठेर पधेरा पुग्यो भने लिएर फर्किने पानी हुदैन्थ्यो। अहिले जस्तो गाउमा मिल थिएनन अब बर्खा लाग्दैछ धान रोप्ने कोदो रोप्ने बेला आउदैछ भने देखि चैत तिरबाटै राशन पानीको जोहो गर्न भन्दै जातोमा पिन्ने अनि ढिकीमा कुटी खर्च जोहो गर्नु पर्थ्यो। बिजुली बत्ती पुगेको थिएन। जे काम गरेपनि टुकी बत्ती बालेर कि तेल सकिएको रहेछ भने अध्यारोमै सम्पूर्ण काम गर्नु पर्थ्यो सुन्दा तिमीहरुले नै पत्त्याउन मुस्लिम पर्छ अहिले।

मैले हिजो जे भोगे तिमीहरूले पनि त्यही भोग्नुपर्छ भन्ने छैन। तिमीहरुले गाउमा सिन्को नभाची हुर्किएका हौ अब त्यो काम कसरी गर्न सक्छौ र छोरी नहुने कुरामा जिद्दी नगर गाउँमा बिहे गर्ने कुरा नगर त्यो तेरो ड्याडी अनि दाजु बहिनी कसैले सहमति दिदैनन त्यो कुरालाई यहीँ रोकिदे भन्दै सम्झाउनु भयो। मलाई ममीको भोगाइको कुरामा भन्दा बढी ध्यान मेरो कुरा नमानिदिनु भएकोमा दुख लागेको थियो।

ममीको त यो कुरामा स्वीकृत भएन भने ड्याडी अनि दाजुको झन के स्वीकृति होला र बहिनीले पनि मेरो साथ दिन्छे कि बिरोध गर्ने हो भन्ने लागिरह्यो। बेलुकी खान खान मन लागेन सुते निद्रा पनि परेन उता उनको घरमा कुरा मिल्यो यता मेरो घरमा भने मेरो कुरा सम्म सुनिदैन। मन निराश भयो। एदाकदा सजायको महल पनि गरल्याम्गुर्मुम लड्यो। मैले यहीं कुरा उनलाई सुनाउदा के भन्लान् भन्ने कुराले छट्पटी भैरह्यो।

अर्कोदिन पनि ममीलाई आट गरेर सुनाए ममी पिलिज ड्याडी र दाजुलाई भन्नू न भनी रहे। ममीले ड्याडीले उट्टो मलाई कराउनु हुन्छ के भन्ने भनी डराउनु भयो। एकछिन पछि के सोच्नु भयो कुन्नि रुममा जानुभयो। सायद भन्नू भएछ क्यारे ड्याडीले ममीलाई के भन्छेस त ठिक त छस भन्दै हकारेर पठाउनु भएछ ममी कालो अनुहार बनाएर म भएको ठाउँमा आउनु भयो। ममी मैले भनेकी त हु नि जिद्दी नगर भनेर ड्याडीले मलाई कराएर पठाउनु भयो अब के होला त डर लाग्यो।

अर्कोदिन दाजु अफिसबाट आएर बस्नु भएको थियो मैले दाजु म बिहे गर्छु त्यो पनि मैले माया गरेको केटासँग भनी सुनाए। म बाहिर कतै निस्केको बेला ममी ड्याडी र दाजुको कुरा भएको रछ क्यारे त मान्छेको बानी व्यबहार थात थलो नबुझी बिहे गर्छु भन्छेस भन्दै कराउनु भयो अनि म तेरो खुशीको लागि ड्याडीलाई मनाउछु भन्दा मनमा खुसीको किरण पलायो।

केही दिनमा त्यो केटा अनि त्यो परिवार बोला हामी बसेर कुरा गर्छौ अनि निर्णय गर्छौ दाजुले भन्नुभयो। मैले हुन्छ भने खाना खाएर दाजु अनि ड्याडी अफिस हिड्नु भयो ममी किचन सम्हाल्न लाग्नु भयो मैले कृपेषलाई अफिसको ल्याण्डलाईनमा फोन गरे र भने मेरो परिवारमा हाम्रो बारेमा कुरा राखे तिमीलाई अनि तिम्रो परिवार भेटेर कुरा गरि निर्णयमा पुग्ने भन्नुभएको छ।

तिम्रो परिवारको कोहि सदस्य लिएर आउ भने प्रतिउत्तरमा एक हप्ताको टाइम देउ म घरबाट बुबालाई बोलाउछु भने यदि तिम्रो परिवारले मानेन भने के गर्छौ? भन्दै प्रस्न तेर्साए मैले परिवार म मनाउछु नमाने भाग्छौ मैले जवाफ दिए भाग्नु नै थियो त यति पापड बेल्नु किन पर्थ्यो मैले यत्तिकैमा फोन राखिदिए। ठिक एक हप्ता पछाडि ल्याण्डलाईन बज्यो रिसिभ गरे आज बिहान बुबा आउनु भएको छ कलन्की रिसिभ गर्न गएर आएको आज साझ घरमा आउछौ हामी।

मलाई कता कता डर लागिरहेको छ भने किन डराउनु केही हुँदैन म छु त कुरा मिलाउने भनी डर मत्थर पार्न खोजे यता आफ्नै मुटु डरले बाहिर आउला जस्तै गरि धड्किरहेको थियो। दिन कोल्टे फेर्नै लाग्दा कृपेष अनि बुबा घरमा टुप्लुक्क देखिनु भयो परिवारमा कुरा भयो ठिकै छ भन्नू भयो त्यसको करिब एक हप्ता पछि गुहेश्वरी मन्दिरबाट दुबै परिवारको उपस्तिथिमा सामान्य रुपमा बिहे गर्‍यौं। कोठामै बसियो अर्को दिन साझ माइती पुग्यो।

उनको जन्मथलो मेरो कर्मथलो गुल्मीतिर। मलाई लामो बस यात्रा अनि केही घण्टा पैदल हिडेर जानू पर्छ भन्ने थाहा थियो। घरमा नयाँ बुहारी पहिलो पटक जादा केही सामान लैजानु पर्ने मान्यता थियो केही किनेर लगेको थियो। हरेक ठाउमा बसमा सुरक्षाकर्मीले खान तलास गरिरहन्थे। बस थानकोट नागढुङगा नौबिसे हुँदै अगाडी हुकिरह्यो मलाई भने घर कति बेला पुगिएला जस्तो भएको थियो।

बसले गति लिदै गयो बस नारायणघाट पुग्यो सहर पस्दा अझ भनौ झण्डै ५ बर्ष अगाडी आएको बाटोको ठिक बिपरित दिशातिर मोडियो त्यतिबेला चितवन नवलपरासीको फाटका तराइका समथर भुभागमा लहहहाउदा धानका बाला झुलेका थिए। पाचथर जन्मिएर काठमाडौमा हुर्किएकी म टेलिभिजनको पर्दामा मात्र तराइलाई राम्रोसँग देखेकी थिए। साच्चै तराइको ती दृश्यले आँखा लोभिरहे हेरिरहे रमाइलो लाग्यो। बिस्तारै बस बुटवलको बस स्टेशन पुगेर रोकियो। खाना खानको लागि खाना खायौं बस पुन आफ्नो गतिमा अगाडि बढ्यो। त्यहाँ सम्म समथल भुभाग थियो। टाढा टाढा सम्मको दृश्य आँखा मा कैद हुँदै थिए। अब सुरु भयो पहाड अनि घुम्ती काट्दै डाडा काट्दै बसको गति केही धिमे भयो। गुम्तीहरुले गर्दा जे होस नयाँ ठाउँ नयाँ अनुभव रमाइलो लागेको थियो। बेलुका सात बजे बस सदरमुकाम तम्घास पुगेर रोकियो। त्यहाँबाट घर जान अर्को बसको टिकट काट्नु पर्त्यो कित पैदल हिडेर जानू पर्थ्यो साथमा सामान अनि रातीको समय भएकोले हामी बसपार्कको नजिकैको होटलमा बस्यौं।


गाउँमा जादा रमाइलो पनि लागेको थियो कतै सुरक्षाकर्मीको निशानी बनिन्छ कि कतै बिद्रोही समुहको बनिन्छ कि भन्ने डर थियो। उनी गाउको पुरानो भए पनि म नयाँ थिए कतै जासुसी लिएर गाउ आयो भनेर बिद्रोहीले नियन्त्रणमा लिने हुनकी भन्ने डर पनि थियो। बिहान ७ बजे सिमल्टारी जाने गाडीको टिकट थियोे हामी तयार भए बस स्टेशन गयौ। सुरक्षाकर्मीले यात्रु सबैको चेकजाँच गरि ७ बजे तम्घासबाट सिमल्टारीको लागि बस छुट्यो १० बजे घरमा पुग्यौ। बसले गति लिदै गयो मनमा नयाँ बुहारी घरमा कसरी प्रस्तुत हुने के होला कसो होला घरमा पुग्ने बेलासम्म बाटोमा कति सास्ती होला जस्तो लागिरहेको थियो। धन्य बाटोमा कुनै समस्या भएन। स्थानीय प्रहरी चौकी सदरमुकाम केन्दित भैसकेको रहेछन सास्ती खेप्नु परेन।

अर्कोदिन उनी मलाई बुहारीले घरमा यो यो काम गर्नुपर्छ भन्दै सिकाएका थिए। बिहानै उठ्ने घरलिपपोत गर्ने, गोबरसोत्तर गर्ने गाइबस्तुलाई पानी तताएर दिने घाँस काट्ने थप्दै थिए। मनमा कतै ढिलो सम्म सुतिएला र कस्ती अल्छि रछे बुहारी भन्ने हुने हो कि यसै त बिहे गर्न सहमति नदिएका आमा बुबा झन मैले जानिन भने के भन्नुहोला मनमा डर लागिरह्यो। निद्रा पनि खासै परेन। बिहान सबेरै उठे लिपपोत गरे बस्तुलाई पानी दिए कोहि उठेका थिएनन्। गोबर फ्याल्न मन लागेको थिएन हेरिरहे नजिकै कोदालो देखे कोदालोले फ्याल्दै थिए। बहिनी उठेर आँखा मिच्दै हेर भाउजुलाई घिन लागेको भन्दै गुज्याउन थालिन। मैले जेनतेन गोबर फ्याले। त्यसपछिका दिनमा भने म बहिनीलाई केही पैसा दिएर फ्याल्न लगाए पैसा पाउने भएपछि बहिनीले बिरोध गरिनन।

असोजको दिन घमाइलो थियो नजिकै खेतहरुमा धानको बाला झुलिरहेका थियो तर काट्ने भैसकेको भने थिएन। बारीभरी कोदो लगाइएको थियो। बस्तुलाई घाँस काट्न नन्द भाउजू गयौ। मलाई घाँस काट मन पर्थ्यो। दिन यसरी नै बित्न थाले। करिब १५ दिनपछि दशैले गाउँ लाई छोयो। प्रदेशिएकाहरु पढ्न गएकाहरु दशै मनाउन गाउँ आइपुगे। नयाँ ठाउँ नयाँ दशै रमाइलो लागिरहेको थियो। पुरानो घर पाचथर बसाइँसराइ गरेको ठाउँ काठमाडौमा पुर्णिमा सम्म दशैको टीका लगाउने रमाउने गरेकि म दशैको दिनमात्र टीका लगाउने चलन रहेछ। घरमा अन्कलहरुको घरमा टीका लगायौ अर्कोदिन माइतीघर (काठमाडौ) फर्कियौ। दशैको टीका लगायौ २/३ दिन काठमाडौ बसेर हामी पुन घरमा फर्कियौ।

कत्तिक महिना लाग्यो धान पाकेर भित्र्याउन चटारो भएको थियोे। काममा बिजि हुनैपर्‍यो। बारीमा कोदो थियोे कोदो टिप्ने चुट्ने कामको चटारो थियो। गाउमा काममा फुर्सद कतिबेला पनि हुदैन भन्थे हो जस्तो पनि लाग्ने। बिस्तारै कामबाट केही राहत मिलेको थियो। उनी अब बिदेश जान्छु पासपोर्ट बनाउन तम्घास जानू गाउँ बसेर काम छैन गाउँमा कोहि केटा मान्छे पनि छैनन कतिबेला के हुन्छ भन्न सकिने अवस्था पनि रहेन भन्दै सिफारिस बनाउन बिजि भए। त्यही बेलामा बुबाले सिफारिस सहित बिहे दर्ता पनि गर भन्नू भयो हामी सिफारिस लगेर जिल्लामा पुग्यौ र पासपोर्ट बनायौ बिहे दर्ता गरि घरमा फर्कियौ।

भदौको अन्तिम मेरो एक्जाम भएको थियो दशै तिहार लगत्तै मेरो ४५ दिन टिचिङ प्राक्टिस थियो काठमाडौमा आए। करिब एक महिनापछि उनी भिसा एप्लाई गर्न काठमाडौ गए। म घरको काममा बिजि भए हेर्दाहेर्दै चैत लाग्यो मेरो एक बर्षे बि एडको रिजल्ट आएको थियो। रिजल्ट राम्रो भएको थियो। म गाउँ फर्किए। नयाँ शैक्षिकसत्र सुरु भएसङगै म नियुक्ति लिएर सरकारी बिधालयमा कक्षा १० सम्म पढाउन थाले। दिनहरू सहज बित्दै थिए। उनको पनि बैशाख अन्तिममा दुबईको लागि भिसा लाग्यो।

देशमा डर तथा भएको बाताबरण ताजै थियो अझ भनौ दन्द झनै उत्कर्षमा पुग्दै थियो। यत्तिकैमा उनी काठमाडौ जाने अनि उहिबाट बिदेश जाने भन्दै हिडे। बिहेको झन्डै ६/७ दिनपछि उनी दुबई गए। दिनहरु बित्दै गए उनको मायाको चिनो पेटमा हुर्किदै गहिरहेको थियो। २०५८ साल मंसिर २६ गते छोरालाई जन्म दिए। त्यतिबेला म स्कुलमा टिचिङ गरिरहेकी थिए। करिब २ महिनाको सुत्केरी बिदा पछि म पुन स्कुल गए।

त्यो दिन पनि सधैझै म स्कुल गएकी थिए। स्कुलमा अघिल्लो दिनमा नै कार्यक्रममा उपस्थित हुनु पर्ने बेहोराको चिठी आएको थियोे। हामी सबै स्कुल गएका थियौ। बिहानै देखि स्कुलमा कोहि अपरिचित र नयाँ अनुहारका मानिसहरू स्कुलका वरिपरि देखिन्थे। हामी स्कुल त गयौ प्राथना सकियो, क्लास गयौ, हाजिरीसम्म गर्यौ अनि आज कार्यक्रममा जाने भएकोले पढाइ हुदैन। अब स्कुलका शिक्षक बिद्यार्थी सबै जाने तिमीहरूलाई लैजाने र ल्याउने जिम्मेवारी हाम्रो भन्दै क्लासबाट निस्किए। मनमा डर त लागिरहेको थियो तर के गर्नु बाध्यता थियो।

एकछिनमा कक्षा ६ देखि १२ सम्मका सम्पूर्ण विद्यार्थी तथा शिक्षक कार्यक्रममा जाने भनी लाइन लागेर ब्याग स्कुलमै राखेर निस्कियौ। मनमा डर थियो साझ घरमा त आइन्छ कि कतै आइएन भने के होला बा आमाले के सोच्नुहोला मन डराइरह्यो। छोरा सानो छ घरमा छ आमाले कसरी सम्हाल्नु होला जस्तो लागिरह्यो। करिब आधा बाटो हिडिसकेपछी बिच बाटोमा जम्मा भयौ। करिब ३ घण्टाको पैदल यात्रा पछि हामी उक्त कार्यक्रम स्थालमा पुग्न सकिन्थ्यो बिचमा थकाइ लागेकोले हामी सबै बस्यौ। त्यही बसाइमा सानो र हिड्न नसक्नेलाई फर्काउने कुरा शिक्षक अनि ती अपरिचित ब्यक्तिहरुले गरिरहनु भएको थियो। पछि सरले आफ्नो आफ्नो क्लास टिचरलाई सानो हाइट हुनेलाई विद्यार्थीलाई फर्काउन सुझानु भयो। केही साना र हिड्न नसक्नेहरुलाई समयले साथ दियो। सानो हाइट हुने र हिड्न नसक्नेहरुलाई हिड्न सक्दैनन भन्दै फिर्ता गरियो।

मनमा अलिकति भए पनि आशा पलायो। केही विद्यार्थी कम भए थोरै भए पनि सम्हाल्न सजिलो हुने भयो। सरहरु र बाकी सबै सबैलाई कार्यक्रममा लगियो। गाउघरमा अनि परिवारमा बालबच्चा सुरक्षित छैनन भन्दै चिन्ताको बादल हरेकको मनमा मडारिन लाग्यो। कार्यक्रम सफल बनाउन भन्दै लगिएका वा जबर्जस्ती पुर्‍याइएका बालबालिका कतिबेला फर्किन्छ्न वा के होला भन्ने चिन्ता अभिभावकको भइ नै रह्ह्यो। साझ अबेर स्कुल आइपुगियो। मेरो भने घर नजिकै थियो सानो छोरा थियो। सरहरुले तपाई घर जानुहोस सानो बच्चा पनि छ हामी विद्यार्थी सम्हाल्छौ भन्नू भयो म हतार हतार घरमा पुगे।

त्यसदिन साझ स्कुलमै सर तथा विद्यार्थीहरुले बिस्कुट चिया खाई रात कटाउनु भयो। बिहान म पनि घरबाट आए बालालिकाहरुलाई त्यो दिनको पठनपाठन बन्द गर्ने सरहरुको निर्णयमा सघाउदै बिद्यार्थीहरुलाई घर पठाइदियौ। यो घटनाले शिक्षक बिद्यार्थी अभिभावक लगायतको मनमा कहाँ कति बेला के हुन्छ भन्ने चिन्ताले सताउन लाग्यो।

कतिपय स्कुले बिद्यार्थीहरु बन्दुक उठाउने निर्णयमा पुगेछ्न। कहिपय नाचगानमा मात्र सरिक हुने भन्दै नाम टिपाएर फर्किएका थिए। उनीहरूको इच्छा नगर वा गर भनी बोल्न मिल्दैन्थ्यो। त्यस्ता कार्यक्रम बिधालय र विद्यालय बाहिर चारैतिर हुन लाग्यो। विद्यार्थीहरुको स्कुल आउने संख्या कम हुन थाल्यो। नियमित कार्यक्रम गर्ने स्कुल अनि बिद्यार्थी कार्यक्रममा लैजाने कार्य झन झन बढ्दै गयो। त्यसैको डरले अभिभावक बच्चालाई स्कुल पठाएनन।

स्कुल आउने बिद्यार्थी संख्या घट्न थाल्यो। गाउमा त्रासै त्रासमा दिन बित्न थाल्यो। मरेपनी सब परिवार सङगै मर्ने भन्ने मानिसहरूले सोच्न थाल्यो। दिनप्रतिदिन गाउमा मान्छेहरु कम हुन थाले। स्कुल गएका बालबालिका मात्र होइन गाउमा युबा बृदा लगायतका मानिसहरूलाई पनि कार्यक्रममा लैजाने गर्न थाले। एकदिन गाउमा कटुवाल दाइले कराए घरको मुल ब्यक्ति फनानो दिन फलानो ठाउँको कार्यक्रममा अनिवार्य उपस्थित हुनुहुन अनुरोध साथै उक्त कार्यक्रममा नजानेलाई पार्टीले कार्बाही गर्ने जानकारी पनि संगै गराइन्थ्यो। उनीहरूको यहीँ उर्दीलाई मान्न सर्बसाधरणलाई त्यस्तो उस्तो कार्बाही हुन्छ भनी सिकाइन्थ्यो।

कहिले जिल्ला त कहिले जिल्ला बाहिरका कार्यक्रममा सर्बसाधरण सहभागी बन्नै पर्ने बाध्यात्मक अवस्थाको शिर्जना गरिन्थ्यो वा वातावरण तयार हुन्थ्यो। कटुवाल दाइले गरेको उर्दी मान्दै टोल छिमेक कार्यक्रम स्थल जान तयार भयो। घरका बलिया बाङ्गा पुरुषहरु छिमेकी जिल्ला अर्घाखाँचीको शक्तुमारे जाने निश्चित भयो। त्यो छिमेकी पाँच जिल्लाका ब्यक्तिहरुलाई सहभागी गराइ विशाल कार्यक्रम थियो भन्ने जानकारी आएको थियो। त्यतिबेला बाटो त पुगेको थियो तर गाडीमा जाने नभई हिडेरै कार्यक्रम स्थलमा जाने उर्दी थियो। कार्यक्रम एक दिनको भए पनि जान एक दिन एक दिन फर्किने समय लाग्थ्यो। मेरो घरबाट बुबा कार्यक्रममा जानू भएको थियो। गाउँका सबै पुरुषहरु प्राय थिएनन् अझ भनौ छदै थिएनन। गाउँ पुरै महिलामय भएको थियो। उता गएकाहरु सकुशल फर्कन्छन कि फर्किदैनन भन्ने चिन्ताले गाउँमा सन्नाटा छाएको थियो डर फैलिएको थियो। कतै सरकारी सेना र बिद्रोही पक्ष बिचमा भिडन्तको खबर आउने हो कि भन्ने डर थियो।

एकदिनको होइन ३ दिनको लागि गएका थिए मानिसहरू ज्यानको बाजि लगाएर गएका थिए उनीहरू। भनिन्छ नि जे नहोस भनिन्छ भैदिन्छ त्यही भनेझै बुबाहरु कार्यक्रममा पुग्ने दिन त्यो स्थानमा कार्यक्रम हुने सुराकी पाएर सेनाको हवाइ गस्ती र स्थलबाट पनि हजारौं सेना खटाइएको रहेछ। त्यसको मुख्य उद्देश्य कार्यक्रम भाड्नु वा बिथोल्नु नै थियो। कार्यक्रमको जमघट बढ्न लाग्दा सेनाले हवाइ फायरिङ गरिएको समाचार रेडियो नेपालबाट बज्यो। कार्यक्रम बिथोलियो बिद्रोही पक्षको भागाभाग भयो भन्ने समाचार सुनेका गाउबासीहरुमा चिन्ताको कालो बादल छाउन लाग्यो।

आतालिएका मानिसहरू एकै ठाउँमा भेला भएर कतिबेला आउछन के भएको छ भन्ने छलफल गर्न लागे। जबसम्म उनीहरू फिर्ता आउदैन तबसम्म गाउमा बसेकाले गर्ने अनुमान मात्र हो। साझ कार्यक्रममा गएका हिड्न सक्ने बलिया मानिसहरू आफ्नो घरमा आइपुगे। उनीहरुले गाउले कोहि पनि केही नभएका सक्नेहरु आइपुग्यौ नसक्नेहरु भोलि बिहानसम्म आउछ्न चिता नगर्न भने मानिसहरु केही शान्त बने। तर यो पटक केही नभएपनी अर्कोपटक के हुन्छ त्यो निश्चित न त गाउलेलाई थियो न त बिद्रोही समूह न त सरकार वा सरकारी सेनालाई नै थियो। एकदिन कटाउन मुस्किल थियो।

त्यो घटनाको करिब एक महिनापछि पुन अर्खवाङ्मा कार्यक्रमको लागि कटुवाले खबर पुर्‍याएका थिए। उक्त कार्यक्रम महिला लक्ष्यित थियो। त्यसको लागि आमा लगायत सम्पुर्ण आमा दिदिबहिनीहरु कार्यक्रम स्थलमा जान बिहानै उकालो लाग्दै हुनुहुन्थ्यो। मेरो यता स्कुल भएकोले कार्यक्रममा जाने समय हुदैन्थ्यो। करिब कार्यक्रम स्थल नजिक पुग्दा सेनाको हवाइ फाइरिङ सुरु भयो। ममीहरु कार्यक्रम स्थलमा नपुगी बाटोबाटै फर्किनु भयो त्यो ठाउँमा फायरिङले बम पड्केको आवाज कानै नजिकै सुन्न सकिन्थ्यो त्यो पछि भने गाउँमा सन्नाटा छायो। मानिसहरू पलायन हुने वा के गर्ने भन्ने चिन्ताले भित्राभित्रै खान लाग्यो। त्यस दिन हामीले पनि गाउँ छोड्ने सदरमुकाम जाने योजना बनायौ फेरि होस जे हुन्छ गाउमै बस्ने निधो गर्‍यौ। दिन बित्दै गए मनमा त्रास कायमै थियो।

केही दिनमै सङगै पढाउने सरको घर जग्गा कब्जा गरिएको जानकारी सहितको सुचना टासी घरमा झण्डा फहराइएको थियो सर रातारात मेरो घरमा आउनु भएको थियो बिरोध गर्न सकिदैन सदरमुकाम वा सुरक्षित ठाउमा जान सल्लाह दिए सर रातारात हिडेर सदरमुकाम पुगेको जानकारी स्कुलमा गराउनु भएको थियोे। सरले जिल्लाबाट सरुवा मिलाई काठमाडौ जानू भएको हल्ला पनि यदाकदा सुनिन्थे। पछि सरले काठमाडौमा बोर्डिङ स्कुल खोल्नु भएको छ रे अहिले बिधालय निरीक्षक समेत हुनु भएको छ रे भन्ने सुनिन्थो। दन्दले देशब्यापी हल्लिएको थियो। कहाँ कतिबेला के हुन्छ भन्न सकिने अवस्था थिएन।

दिन डरै डर त्रासै त्रासको बिचमा समय गुज्रिएको थियो। कृपेषले कहिलेकाही नजिकैको ल्याडलाइनमा फोन गर्थे सन्चोबिसन्चो र देशको हालचाल सोद्थे। कमाइ खासै राम्रो छैन म यतैबाट अर्को कम्पनीमा ट्राइ गर्छु अनि नेपाल आएर फेरि यतै आउछु भन्थे देशको हालत ठिक छैन। तिमीलाई जे ठिक लाग्छ त्यही गर म के भनौ भनी सल्लाह दिन्थे। नभन्दै उनी तीन बर्षमा काठमाडौ आए गाउमा आउने माहोल राम्रो थिएन म भेट्न काठमाडौ आए हामी केही दिन यतै बस्यौ। बुबा आमा पनि छोरा भेट्न काठमाडौ आउनु भयो केही दिनमै फर्किनु भयो। म काठमाडौ आए उनी करिब १ महिना मा पुन फर्किए। म गाउँ फर्किए।

गाउमा फर्किए उहीँ उकाली ओराली उहीँ दैनिकी स्कुल अनि घर गरि दिन बित्न थाल्यो। दिन बित्दै गयो मलाई भने शरीरमा आलस्यता छाउदै थियो। उनको मेरो मायाको निशानी पेटमा पढ्दै थियो। छोरा अब चार बर्षको नजिक पुग्न लागेको थिए म कहिलेकाही स्कुल लगेर बानी पार्दै थिए उ आफू जस्तै साथीहरू सङ्ग खेल्ने उप्रीने गर्न थाल्यो। म स्कुल जादा नियमित जसो छोरा स्कुल जान्थ्यो तर म भने छोरीको जन्म पश्चात् सुत्केरी बिदामा घर बसे उ पनि स्कुल गएन। नयाँ शैक्षिकसत्र सुरु भएपछि भर्ना गरिदिए। मेरो पनि बिदा सकियो। म पनि स्कुल जान लागे।

बाबू स्कुल जान्थ्यो। सानो क्लासका विद्यार्थीको छिटो बिदा हुन्थो म भने उस्को बिदा भएपछि पनि एउटा क्लास लिनुपर्थ्यो। कहिलेकाही छिमेकी दाजु दिदिको जिम्मा लगाएर पुराउन लगाउथे। कहिले नजाने तपाई सङ्ग जाने भनी ढिपी गर्थ्यो। फिल्डमा एक्लै खेल्थ्यो। कहिलेकाही खेल्दाखेल्दै त्यही निदाउथ्यो पनि।

त्यतिबेलाको समय मान्छेले बिद्रोही सामु एक अर्काको पोल लगाउने गर्थे। मलाई पनि फलानिले स्कुलमा पढाउन भन्दा पनि छोरा खेलाउन मात्र आउछे भनी पोल लगाएका रहेछ्न भन्ने जे सुकै भन्दै गरून् भनी वास्ता नगरी म पढाउन ध्यान दिए। त्यसको दुई चार दिन पछि स्कुलमा दुई बिल्कुलै नयाँ अनुहारले आफुलाई फलो गरिएको जस्तो लाग्यो म क्लास लिएर अफिस जाँदै थिए। प्राध्यानध्यापकले मलाई आफ्नो रुममा बोलाएर तपाईंको पोल कसैले लगाइदिएको रहेछ तपाईंको गतिविधि नियाल्न नयाँ मान्छे आएका छन अलि सचेत हुनु भन्ने सुझाव दिनु भयो। मैले ओके सर भन्दै बाहिर निस्किए। म माथी जासुसी गरिए पनि मैले थाहा नपाएको जस्तै गरि आफ्नो कामलाई अगाडि बढाए।


मैले पढाउने आफ्नो कामलाई निरन्तरता दिए आफ्नो समयसम्म क्लास लिए। छोरा घर जान नमानी बाहिर फिल्डमा एक्लै खेलिरहेको हुन्थ्यो। म क्लास सकिएपछि बाबू डोहोर्‍याउदै घर जान्थे। करिब एकहप्ता मेरो अनुगमन गरेकी एक बहिनीले तपाईंको बारेमा कसैले गलत जानकारी गराएको थियो हामी चेक गर्न आएका थियो तपाई सहि र सूचना गलत भयो धन्यवाद तपाईलाई भन्दै बिदा भइन। मैले के सूचना अनि कसरी गलत भनी बुझ्न खोजे उनी केही नबोली टाढा भइन। मलाई खास कुरा त थाहा थियो तर पोल लगाउने को थियो बुझ्नु थियो तर उनी केही नबताई टाढा भइन।

द्वन्द्वले उत्कर्षको रुप लिदै थियो। हरेक कुराको सुरुवात संगै अन्त्य पनि जोडिएको हुन्छ। ५८ सालको साउनमा सरकार र बिद्रोही समुह बिचमा पहिलो बार्ता भएको थियोे। बिद्रोही समुहको नेतृत्व कृष्ण बहादुर महाराको नेतृत्वमा आज वार्ता हुदैछ रेडियो नेपालको उद्घोषसङगै मानिसहरूको मुहारमा आशा अनि उज्यालो देखिन्थे अनि विफल भयो। भन्दा अनुहारमा उहीँ त्रास उहीँ भए उहीँ त्रास देखिन्थ्यो। द्वन्द्व सुरु हुनासाथ डरले आत्मा समर्पण गरेको भनौ वा भागेको भनौ काठमाडौमा बसिरहेको छ म यता कतिबेला के हुन्छ भन्ने स्थितिबाट गुज्रिएकि छु। त्यो उहाँहरुको जबर्जस्ति थिएन मेरो रहरले चुनिएको चालिएको कदम थियो।

सधैं समय उस्तै कहाँ रहन्छ र बिद्रोही समुहलाई अन्य राजनैतिक दलहरुले पनि साथ दिएका थिए। वि.स २०६२ मंसिर ७ गते सात राजनैतिक दल र तत्कालीन जनयुद्ध गरिरहेको माओवादी बिचमा ७ बुदे शान्ति सम्झौता भयो। त्यही सालको चैत २४ गतेबाट सात दल र माओवादी मिलेर शान्तिपूर्ण आन्दोलन सुरु गरे। वि. स २०६३ साल बैशाख ११ गते मन्त्री परिषदको बिगठन गरि आन्दोलन पक्षको आवाजको सुनुवाइ भएको थियो। देशमा हत्या हिंसा कम भएको थियो। देश केही शान्त भएको थियो।

बिदेशबाट कृपेषले बेला बेलामा फोन गरिरहन्थे। उनले केही बर्ष दुख गरेको पैसा जम्मा भएको छ। तिम्रो बुबा अनि दाजुलाई भन भन्दै थिए मैले हुन्छ भने। मैले ड्याडीलाई फोन गरे आफ्नो पैसा अनुसारको जग्गा मिल्यो भने भन्नू म आएर किनौला भने हुन्छ जग्गा पाएपछि खबर गर्छु भन्नू भयो मैले माइती तिर के हुदैछ ममीसङग बुझे ठिकै छ भन्नू भयो मैले फोन काटिदिए।

दिन बित्दै गए दशै लाग्यो। यो साल दशै मनाउन घर फर्किनेहरु बढेका थिए देशमा शान्ति सम्झौता जो भएको थियो। हत्या हिंसाको राजनीति कम भएको थियो। दशैमा टीका लगाउन माइत जान मन थियो टाढाको माइती साना साना छोराछोरी कहाँ भने जस्तो थियो र यो बर्ष मनि मामी ड्याडीको हातको टीका लगाउन जुरेन। दशै पछि ममीले फोन गरेर ड्याडी जग्गा मिलेको छ भन्दै हुनुहुन्छ तिहारमा दाजुलाई टीका लगाउन आउ जग्गा हेर्ने मन परे किनेर जाने भन्दै बोलाउनु भयो मैले हुन्छ भने।

दशै पछि केही दिन सुन्य भयो फेरि तिहारले रमाइलो भयो। मन धेरै लामो समय पछि माइती जान लागेकोमा फुरुङ्ग भएको थियो। स्कुल पढाएर बचत गरेको पैसा अनि बुबाको पेन्सनको पैसा लिएर म जग्गा किन्न तिहार मनाउन काठमाडौ हिडे। नानी बाबु दुबैलाई लगेर जान टाढाको बाटो सम्भव थिएन म छोरी मात्र लिएर काठमाण्डौ गए। तिहार सकियो रमाइलो भयो। दुई चार ठाउँ जग्गा हेरी पास गरेर म घर फर्किए उनको अनि मेरो बुबाको कमाइलाई माटोमा लगानी गरेकी थिए मन खुशीले फुरुङग थियो।

घरमा पुगे छोरो एक्लै छोड्दा पनि आमासँग रमाइरहेको थियो। घरमा धान पाकेको थियो काट्ने बेला हुँदै थियो। कामको सिजन सुरु भएको थियो। आफू जागीरे भएकोले घरको काममा प्रसस्त समय मिलाउन सक्दिनथे सनिश्वार अनि फुर्सत हुँदा काम गर्थे। दिन बित्दै गए अब छोराछोरी पनि ठुला हुँदै गए। छोरी पनि दाजुको पछि लागेर स्कुल जान लागि अबको शैक्षिकसत्र देखि भर्ना गरिदिने सोच बनाए। गाउको काम फुर्सद खासै नहुने। दिन बित्दै गए। हाम्रो सम्बन्ध ठिक ठाक चलिरहेकै थियो।

नानी बाबू स्कुल जान लागे आमालाई छोरी भुलाउने कामबाट छुटकारा मिल्यो। आमा आफ्नो काम गर्न ढुक्क भएर लाग्न लाग्नु भयो। बहिनीले पनि +२ को एक्जाम दिएर बस्नु भएको थियो। ब्याचलर नजिकै थिएन कि सदरमुकाम कि काठमाडौ जानुपर्ने बाध्यता थियो। मैले सदरमुकाम भन्दा काठमाडौ बसेर पढ्नु भने हुन्छ भन्नू भएको थियो। बहिनीले कहिले आफू कसैको प्रेममा रहेको कुरा बताएकि थिएनन्। एकदिन बहिनीले मसङ्ग मेरो लभ परेको छ उ बिहे गरि इन्डियन आर्मीमा ट्राइ गर्न जान्छु भन्छ मलाई तनाव भएको छ। तपाईंले ममी बाबालाई भनिदिनु न भन्न् लागिन।

अनि बिहे पछि पढ्ने कि घरब्यबहारमा झुल्ने के भनेका छन त भने त्यो कुरा भएको छैन दशैमा बिहे गर्ने भनेका छन कुरा गर्नु न पिलिज भनिन। मैले केटा भेटाउनु आनीबानी बुझ्छु अनि कुरा अगाडि बढाउला भने बहिनी हुन्छ भनिन। हेर्दा केटा ठिकै थियो सङगै पढेका एकार्कालाई बुझेका मैले आमा बुबालाई भने उहाँहरुले सहमति जनाउनु भयो। कृपेषलाई भने बहिनीको बिहे सामान्य रुपमा गर्ने कि एक बहिनी धुमधामसङ्ग गर्ने हो? अनि बिहेमा तिमी आउछौ कि भनी सोधे अहिले बिहे सामान्य गरिदिउ उसलाई आवश्यक पर्दा सहयोग गरौंला। मलाई उनको भनाइ ठिकै लाग्यो। अहिले मेरो काम राम्रो चलिरहेको छ आउन पाउदिन भने। त्यो सालको दशैको दिन बहिनीलाई टीका लगाइ मन्दिरबाट बिहे गरिदियौ।

बहिनी बिहेपछी घरमा गइन घर सुन्य सुन्य भएको थियो। बहिनी घरमा आउने जाने गरिरह्न्थिन। ज्वाइँ इन्डियन आर्मी बन्ने सपना बोकेर इन्डिया छिरेका थिए। दिनहरु सामान्य थिए। बहिनीको बिहेको एक बर्ष पछि ज्वाइँको इन्डियन आर्मी बन्ने सपना पूरा भयो। केही महिनामै बहिनीहरु बसाइँसराइ गरि रुपन्देही तिर झर्नु भयो। बिहेमा सामान्य बिहे गरिदिएका थियौ। बसाइँसराइ सर्न लाग्दा बहिनीको खातामा केही पैसा बचत गरिदियौ ताकी भोलिको दिनमा आवश्यक पर्दा खर्च होस भन्ने चाहाना राखेर। बहिनीहरु तराई झरेको पनि लगभग छ महिना भैसकेको थियो।

कृपेषसङग कहिलेकाही फोनमा कुरा हुन्थ्यो। छोरा अब ३ क्लासमा पुग्दै थियो छोरी १ कक्षामा थिइन। सबै ठिकै चलिरहेको थियो। स्कुल जाने पढाउने घरको काम गर्ने दिनहरु बित्दै थिए। कहिलेकाही घरपरिवारका सामान्य कुरा हुन्थे। कहिले फर्किने गएको पनि ४/५ बर्ष भैसक्यो। भन्थे कमाइ राम्रो छ तिमीले लिएको जग्गामा एक झुपडी बनाउन सक्ने गरि फर्किन्छु भन्थे। म अब जे भए पनि एकपटक घरमा आउ भन्थे आउछु नि घर नआएर कहाँ जानू भन्दै फोन राखिदिए।

छिमेकी जेठाजु जो उनीसँगै बिदेश बसेर आउनु भएको थियो। उहाँहरुले काम गर्ने कम्पनी पनि एउटै थियो। जेठाजु घरमा आउनु भयो तर कृपेष आएनन। सोध्दा ठिकै छ अर्को बर्ष भिसा सकिन्छ अनि आउछु भन्ने खबर पठाएको छ भन्नुहुन्थ्यो। समय बित्दै गयो उहाँले लक्ष्मी दिदिसङ्ग कृपेशको छोरा छ छोरी छ सहरबाट गाउँमा आएर घर धानेर बसेकी पढेकी, बुझेकी अनि शिक्षित श्रीमती छ तर कृपेशको उता अर्को केटीसङग चक्कर चलाएर बसेको छ भन्दै सुनाउनु भएको रहेछ।

एकदिन बिहान बारीमा घाँस काट्न भनी गएकी थिए। लक्ष्मी दिदि पनि आइन अनि भनिन सरला के छ तिम्रो खबर ? घाँस पुग्यो ? भन्दै छेबैमा आइन। म छैन दिदी म भर्खरै आएको अनि भनिन सरला तिम्रो र बाबू कृपेसको सम्बन्ध कस्तो छ ठिकै छ नी म हतारिदै सोधे किन दिदि उनलाई केही त भएको छैन नी बिहान सम्म त फोनमा कुरा भएको म आत्तिएर सोधेको देखेर त्यस्तो त केही होइन सन्जयले कृपेषको अरु कोहि केटीसङ्ग चक्कर चलेको कुरा गर्दै थिए।

तिमीलाई कस्तो व्यबहार गर्छन भनेर सोधेको भनीन अहिलेसम्म त त्यस्तो केही छैन दिदी बरु अरु सुनाउनु कता कि रछे अनि के गर्छे रे भनेर सुनाए। दिदी सबै त मलाई थाहा छैन बरु बाबुलाई समयछदै केही कन्ट्रोल गर होइन भने भोलि तिमीलाई पछुतो होला भन्दै गइन। म हतार हतार घाँस काटे अनि घरमा पुगे। मोबाइल लिए म्यासेज बक्समा गइ म्यासेज गरे। त्यतिबेला अहिले जस्तो इन्टरनेटको सुबिधा थिएनन तर एक म्यासेज छोडे मलाई तिमीसङग जरुरी कुरा गर्नु छ म साझ स्कुलबाट फर्केपछि फोन गर है भनी मोबाइल बन्द गरे। म स्कुल गए बाटोमा वन जंगल रुख बिरुवा शान्त थिए तर मेरो मनमा बेगमा आधिहुरी चलिरहेको थियो।

खाना आमाले बनाउनु भाथ्यो छोराछोरीलाई खाना खुवाएर स्कुल ड्रेस लगाइदिनु भएको थियो। आमाले खाना खान बोलाउनु भयो आमा आज खाना खान मन छैन म तयार भएर स्कुल जान्छु भने आमाले खान मन नभए थोरै खा तर तातो खाना खाएर जा भन्नू भयो अनि बुबाले पनि थप्नु भयो। म खाना खाएर छोराछोरीसङगै स्कुल पुगे। दिनभरी मनमा तनाव लाग्यो त्यही पनि नियमित क्लास लिए। साझ स्कुल बिदा भएपछि छोराछोरी लिएर घरमा पुगे।

खाजा खाए भदौको पारिलो घामले पोल्दै थियो त्यो भन्दा बढी त मनमा लागेको आगोले पोलिरहेको थियो। घरमा काम त गर्नै पर्‍यो। मनमा आगो झोसिइसकेको थियो मन जलेर खरानी बनिसकेको थियो साझ खाना खाएपछिको केही समय फुर्सद हुन्थ्यो मैले मोबाइल समाए म्यासेज आएको रहेछ चेक गरे भनिएको थियो किन के भयो र म साझ फोन गर्छु अनि कुरा गरौंला भनी रिप्लाई गरेका रहेछ्न। म साझ अबेरसम्म बसेरै नानीबाबुको होमवर्क सिकाए पढाए।

मलाई कुरिरहेकी छ होला भन्दै उनले कल गरे मैले के छ खबर भनी कुरा सुरु गरे अनि भने के हो मैले तपाईंको बारेमा के के कुरा सुनिराछु के ती साचो हुन ? जवाफमा के कुरा कस्तो कुरा अनि कस्ले सुनायो भन्दै प्रश्नै प्रश्नको चाङ लगाए मैले के तिमी ती सब कुराबाट अनभिज्ञ छौ ? कि मलाई शंका नगरोस भन्दै तिमीले त्यस्तै देखाएका मात्र हौ ? तिम्रो कोहि केटीसङग चक्कर चलेको थाहा पाएको छु के त्यो साचो हो ? तिमी म माथी शंका गर्ने कुरा मात्र गरिरहेकि छौ ? शंका गर्ने बाटो तिमीले नै बनायौ त म के गरौ। मलाई चित्तबुझ्दो जवाफ देउ मैले यत्ति चाहेको छु जवाफ दिए।

मेरा सवालको जवाफ देउ तिमी कुरालाई मोड्ने कोशिश नगर जवाफमा तिमी शहरको म गाउको हाम्रो माया देखेर जल्ने मान्छेहरुले के के भन्छन् तिमी सबैको कुरा पत्याउछौ? दुनियाँको कुरामा बिश्वास गरेर म माथी शंका नगर। मैले हावा नै नचली पात हल्लिदैन भन्ने पनि बुझेकी छु साथै मैले गाउलेले के भन्छन् त्यो तिमीले भन्दा बढी बुझेको छु तिमी बिदेश छौ म यहाँका मान्छे अनि मान्छेको मन भावना बिचार सङ्ग चिरपरिचित छु। उनी झगडा गर्ने मोडमा उत्रिए मैले पनि ठिकै छ कुरा के रछ दुधको दुध र पानीको पानी बनाउछु भन्दै सुरु भयो। तिमीलाई छरछिमेकिको अगाडि कोहि केटीलाई फोन गर्दा त्यही छिमेकीले सुनाउछन भन्ने हेक्का राखेनौ अझ जो चोर उसकै ठूलो स्वर भन्दै जङ्गिए र अनि फोन काटिदिए फोन काटेपछि फोन आयो काटीदिए फेरि फोन आयो रिसिभ गरे।

उनी शंकाको भरमा कुरा नगर कामको लागि कुनै केटीसङ्ग कुरा गरेको थिए त्यही कुरा सुनाएछ्न दाइ तिमी दुनियाँको कुरा नसुन भन्दै थिए। तिमी घरमा घरको जिम्मेवारी सम्हालेर बसेकी श्रीमती अनि २ छोराछोरीको बाउ हु भन्ने पनि नभुल भन्दै रिप्लाई गरे अनि मैले त्यो सब झुट हो भन्दै तिम्रो छोराछोरीको कसम खान सक्छौ त ? जवाफमा तिम्रो छोराछोरीको कसम मेरो कोहिसङग चक्कर चलेको छैन। केही भए पनि मनमा सन्तोष मिल्यो पूरा बिश्वास भने लागेन उनले आफू बचाउमा छिमेकी अनि छिमेकी दाइलाई दोष लगाएका थिए। हो नै भनेर भन्न सकिने आधार त मसङ्ग पनि थिएन।

केटा मान्छे राम्रो केटी देख्यो भने उतै ढल्किने र घरपरिवार छोराछोरी बिर्सिने गरेको घटना समाजमा प्रसस्तै देखिन्छन्। मनमा शंकाको बीउ रोपिएपछी आँखा चिम्लेर बिश्वास गर्न त सकिदैन र मैले सकिन पनि। जसरी एक पटक ठेस लागेको ढुङ्गा फेरि त्यहीँ बाटो हिड्दा याद हुन्छ त्यसै कसैले यस्तै किस्सा सुनाए पनि आफ्नो कुरा पनि याद भैहाल्दो रहेछ। श्रीमान श्रीमती भैसकेपछी सम्बन्धको बिचमा बिश्वास नै नगरे पनि परिवार चल्न सक्दैन। शंकाको बीउ रोपिएपछी पूरा बिश्वास पनि नहुदो रहेछ। रातभरि निद्रा पर्दै परेन। बिहान भयो आमाले के भयो सरला तिमी राती ठूलो ठूलो स्वरले कराइरहेको सुनेको थिए भन्नुभयो मैले आज कृपेषको बारेमा केही हल्ला सुनेको थिए त्यही कुरा गरेको।

आमाले मैले पनि सुनेकी थिए नचाहिने कुरा भनी वास्ता गरिन तिमीलाई पनि भनेको थिएन के रहेछ त ? होईन होला भन्नू भयो भन्न त त्यसै भन्छन आमा भने। बिहान बेलुकी घरको काम गर्‍यो दिउँसो स्कुलमा पढायो १०-४ को समय स्कुलमै बित्छ। जान आउन एक घण्टा यस्तै यस्तैमा दिनहरुले कोल्टे फेरिरहे। दशैले गाउँ रमझम हुन थाल्यो। बिदेश गएका प्रदेशीहरु पनि टीका थाप्न आउने पढ्न गएकाहरुलाई दशैले घर ल्याइ पुर्‍यायो। तर उनी गएको ५ बर्ष भएको थियो दशैमा घर आएनन।

भन्थे प्रदेशीलाई के को दशै के हो तिहार र ? लाग्छ यस्तै त रहेछ त्यसैले त बर्षौदेखि एक्लै बितेका छ्न मेरा चाडपर्वहरु जिवनका अधिकाशं सयम। शंका दुर गर्नको लागि भए पनि उनको फोन आउने क्रम बाक्लिएको थियो। अब म त्यतै आउछु अब बिदेश नजाने अरु त्यतै लगानी गरेर केही गर्नुपर्ला भन्थे। मैले ठिकै छ पहिला तिमी आउ अनि के गर्ने सोचौला भन्थे। अब मेरो भिषा बैशाखमा सकिन्छ त्यहीँ बेला आउछु भन्थे। यति गते आउने भन्ने फिक्स नभएको भन्थे। कुराकानी भैरहदा मेरो शंका पनि किनारा लाग्दै गयो।

उनी माया गरेको देखाउथे। मनको कुनै कुनामा शंका त छदै थियोे शंका नै भए पनि माया लाग्थ्यो उनको । दिन बित्दै गए। पुस मागको कठ्याङग्रीदो जाडोमा सपनाहरू पनि खुन्चदै गयो। घाम लाग्दा कतै फैलिन्थे पनि। शिशिरमा रुखका पात झरी बन नाङिगदा सपना पनि फिका हुँदै गए जस्तो लाग्ने सादा भए जस्तो लाग्ने जस्तो प्रकृति हुन्छ मन पनि त्यतै ढल्किदै जादो रहेछ। दिन लम्बिन लाग्यो बाताबरण तातिन लाग्यो रुखका पालुवा पलाउन थाले सपना पनि पालुवासङगै केही नयाँ बनेर पलाए। अब त नयाँ बर्ष पनि आउन लाग्यो। उनले भनेको घर आउने दिन पनि नजिकै आउन लाग्यो एक किसिमको खुशी थियो। उनी आउनेछन मेरो शंका कम हुनेछ साथै माया नै मायाको बर्षात हुनेछ यहि सोचेर मन रमाइरहेकोे थियो। साथै नानीबाबुको फाइनल एक्जाम पनि चलिरहेको थियो। एक्जाम सकिएपछि कपी जाच्ने काम एकातिर छदै थियो। स्कुलको परिक्षा सकिए पनि +२ को पढाइ चलिरहेकै थियो।

उनीहरुको कोर्स सकाउनु पर्ने, तयारी गराउनु पर्ने थियो। उनी आउछु भनेका थिए तर मैले सोद्दा तिमीलाई लिन काठमाडौ आउछु भन्दा पनि तिमीलाई सरप्राइज भनी टारेका थिए आमा बुबालाई पनि भनेका थिएनन। मैले ठिकै छ नि त भनी सहज र सिधा बुझे। म स्कुलको कपी जाच्ने अनि रिजल्ट बनाउने कामबाट फुर्सदमा थिए अब नयाँ शैक्षिक शत्रको तयारी थियो। म त्यतै ब्यस्त थिए। उनी गाउघरमा आफन्तहरुसङ्ग भेटघाट गर्ने अनि घरको काममा बिजि हुन थाले। म नयाँ शैक्षिकसत्र सुरु भए पछि स्कुल जाने पढाउने काममा बिजि भए।

उनी बैशाखमा आउने भन्थे तर बैशाखको अन्तिममा घरमा आइपुगे। घर लाहुरे आउदा रमाइलो भएको थियोे। दिन बित्दै गए। दुइ चार दिन सजह बिते। उनले काठमाडौबाट नै सिम लिएर आएका रहेछन। घर पुगेको ४/५ दिनमा उनको फोन बज्न थाल्यो तिम्रो नयाँ सिममा पनि कस्को फोन भने उनले उतैको साथीलाई दिएको छु उसैको भन्दै टारे मैले फोन कहिले हेरिन पनि। उनको मोबाइल कति बेलै भोलुममा हुदैनथ्यो मैले सोध्थे छोराछोरीले चलाउदै थिए तिनैले होलान भन्थे हो रहेछ कि जस्तो गरि कुरा गर्थे। उनी आफ्नो गल्ती लुकाउन माहिर नै थिए। हुन त म दिनभरी घरमा शनिबार बाहेक कुनै दिन बस्ने फुर्सद हुदैन्थ्यो। दिनभरी उनी के गर्छ्न नियाल्ने फुर्सद पनि कहाँ थियो र ??

दिनभरी फोन गर्ने च्याट गर्ने जे गरे पनि मैले मेरो नजरले देख्दिनथे। मेरो अगाडि एकदम ठिकठाक देखिन्थे। शंका गर्ने खासै बाटो थिएन। सान्त समुद्रमा ढुङ्गा हानी किन तरङिगत बनाउनु घरमा झगडा किन बढाउनु भनी म चुपचाप रहे। उनी पहिले जस्तो खुशी थिएनन। अब दुबई जादिन म कोरियन भाषा पढ्छु काठमाडौं जान्छु भन्न थाले कति बिदेश जान्छौ यतै केही गरौ। कोरियन भाषा दशैसम्म पढ्छु उनले म काठमाडौ जान्छु केहि गर्ने कि बिदेश जाने म डिसिजन गर्छु भन्न थाले।

बुबा आमाले छोरा काम गर्ने सिजनमा आएको छ अब धान कोदो रोप्न सहज हुने भयो मलाई पनि केही सहज हुने भयो लागेको थियो तर उनले काठमाडौ जाने कुरा गरे मैले घरमा बसी हामीलाई सघाउ भन्न सकिन। उनले काठमाडौमा होटेल रेस्टुरेन्टमा लगानी गरौ कमाइ राम्रो छ भनेको सुनेको छु म बुझ्छु अनि यतै आएर सल्लाह गरौंला भने मैले घरमा डुलेर बस्नु भन्दा ठिकै त छ नी जस्तो सोचे उनी कुरा गरेको पर्सीपल्ट काठमाडौ हिडे।

गाउघर असार साउनमा कामको समयमा बिधालयमा पनि बिदा दिइएको हुन्छ कामको चटारोलाई मध्य नजर गरि स्कुल कलेज बिदा हुन्छ। म पनि असार साउनको काममा बिजि भए उनले कहिलेकाही फोन गर्थे। नेपालमै भए पनि बिदेशमा हुँदा भन्दा पातलो फोन कल गर्थे। काममा ब्यस्त हुने थकाइ लाग्ने केही समय छोराछोरी अनि सासुससुरा स्कुलको मिटिङमा समय दिनु पर्ने भएकोले मलाई समय ब्यबस्थापन गर्न अलि गाह्रो भएको थियो। कहिलेकाही फुर्सद निकाली फोन गर्‍यो सबै ठिकै भएको कोरियन भाषा पढ्दै छु भने म सोझी पत्याइरहे।

उनले पास भए कोरिया जान्छु नभए काठमाडौमा पहिले किनेको जग्गा बेच्ने अनि रेस्टुरेन्टमा लगानी गर्ने भन्थे मैले ठिकै छ भन्थे। दिन बित्न के बेर स्कुलको बर्खे बिदा सकियो, स्कुल नियमित भयो। स्कुल जाने पढाउने फर्किने मै दिन बित्यो। दिन बित्दै गयो दशै पनि आउन लाग्यो अर्थात उनको कोरियन भाषाको एक्जाम हुन लाग्यो। उनले एक्जाम दिएर अर्कोदिन घर फर्किए। उनीसँगै टीका लगाउन मैले चार बर्ष कुरेकी थिए मलाई रमाइलो लागेको थियो।

छोराछोरी पनि मामाघर टीका लगाउन जाने भनिरहेका थिए। उनी र म पनि बिहेपछिको ७ बर्षमा मुस्किलले २ पटक पुगेका थियौ। एकादशीको दिन हामी गाडी चडेर काठमाडौ लाग्यौ। माइती पुग्यौ टीका लगायौ म पनि ममी ड्याडीसङ्ग भेट नभएको ४ बर्षै भएको थियो लामो समयमा भेट हुँदा खुशी लागेको थियो। हामी करिब ४ दिन बस्यौ र गुल्मी फर्कियौ। उनको रिजल्ट आइसकेको थियो तर उनी फेल भएका थिए मसङगै घरमा फर्किए।

दशै तिहारको बिचमा उनी काठमाडौ फर्किए। उनले हामीले दुख सुखले कमाएको त्यो जग्गा बेचौ अनि रेस्टुरेन्टमा लगानी गरौं। मैले लगानी नै डुब्यो भने त न जग्गा न त रेस्टुरेन्ट नै होला नि भने उनले म काठमाडौ गएर जग्गा बेच्ने मान्छे खोज्छु तिमी तिहारमा दाजुलाई टीका लगाउन आउदा आएर पास गरिदेउ भने मैले सहमति जनाए। उनी घरपुगेको करिब १० दिनमा फर्किए। म घरधन्दा मै ब्यस्त भए। उनीले चाहे जसरी नै जग्गा बिक्री गर्ने मान्छे खोजेका रहेछन तिहार लगत्तै पास गरिदिने कुरा भएको रहेछ। मलाई यस्तै सुनाउथे।

गाउमा तिहार लाग्यो। छोरा आठ बर्षको छोरी ६ बर्षकी भएकी थिएन मैले घरमा आमाबुबाको साथमा छोडेर काठमाडौ हिडे कहिले साथ नछोडेका छोराछोरी भए पनि म भन्दा बढी आमालाई माया गर्थे म छोडेर आए उनी कोठामा एक्लै थिए बेलुका म त्यतै गए अर्को दिन उनी कोठामा बसे म माइती गए। उनको तिहारमा टीका थिएन बहिनीको ससुरा खसेको बर्ष दिन भनेको थिएन। उनको निधार खाली थियो। म दाजुलाई टीका लगाइ अर्कोदिन फर्किए। माइतीमा ममी ड्याडीलाई दाजुलाई रेस्टुरेन्ट खोल्छु भनेका छन जग्गा बेच्ने कुरा छ म जग्गा पास गरिदिएर अर्कोदिन गाउँ फर्किहाल्छु भनी उनको कोठामा गए। तिहार पछि सरकारी कार्यलय खुलेपछि हामीले जग्गा पास गरिदियौ।

उनले अब म रेस्टुरेन्टमा लगानी गरि ओपनिङमा बोलाउछु। बिस्तारै तिम्रो सरुवा यतै मिलाउला भने मैले हुन्छ भन्दै उता मेरो स्कुल लागिसकेको थियो। अर्को दिन बिहान गाडीको टिकट काटेर लागे कर्मथलो तिर। उनी म घरमा नपुग्ने बेलासम्म फोन गरेर हालखबर बुझिरहेका थिए। म घरपुगेको खबर दिए। अर्को दिन नियमित स्कुल जान लागे। बिस्तारै उनको फोन आउन छाड्यो। फोन गर्‍यो रिसिभ नगर्ने, रिसिभ गरिहाले म काममा छु पछि फोन गर्छु भन्ने र फोन नगर्ने धेरै जसो फोन अफ हुन थाल्यो। मलाई डर लाग्न थाल्यो कतै लक्ष्मी दिदिले कोहि केटीसङ्ग रिलेसनमा छन भन्ने कुरा सम्झिए।

कतै नेपाल आएर त्यही केटीसङ्ग बिहे गरेर बसेका त छैनन जस्तो लाग्यो एकमनले त सोचिहाल्यो अर्को मनले छोराछोरीको कसम खानेले त्यस्तो गर्न सक्दैन होला जस्तो पनि लाग्यो। बिजनेस सुरु गर्दैछन केही तनाव भएर हो कि जस्तो पनि लाग्यो। जग्गा बेचेको पनि दुई महिना भयो उनले रेस्टुरेन्ट किनेको वा लगानी गरेको कुरा गर्दैनन। के हुदैछ भन्दा भन्द भन्दै हुन्छ भनी झर्किने फोन नगर्ने फोन काट्ने गर्न लागे। मैले के हुदैछ भनेर सोध्न नहुने त्यसो भए म फोन नै गर्दिन भन्दै घुर्काउदै फोन काटिदिए।

मैले रिसाएर फोन काटेको पनि १०/१५ दिन भयो तर फोन गर्दैनन् हैन म आफै फोन गर्छु भन्दै फोन गरे किन गरेकी फोन गर्दिन भनेकी होइनस फेरि किन भन्दै कराए म फोनमा थरर काप्दै गङ्गा जमुना बग्यो। मैले पनि जग्गा बेचेर लगानी गर्छु भनेको मान्छे तिमी कहाँ के गर्दैछौ बुझ्नु पर्दैन। त्यो जग्गामा तिम्रो मात्र लगानी होइन मेरो पनि बर्षौको मेहनत पनि परेको छ यो तिमीले नबिर्स ठिक छ म पनि हेर्छु यसरी कति दिन चल्दो रछ पनि हेरौ भन्दै झगडा गरि फोन काटीदिए। बिस्तारै रिस कम होला फोन आउला भनी प्रतीक्षा गरे अह फोन आएन। गाउभर हल्ला फैलियो कृपेष बिहे गरेर काठमाडौमा बसेको छ रे बिदेशबाट घर आउनु भन्दा पहिले नै बिहे गरेको रे अहिले काठमाडौ मै छ भन्ने हल्ला गाउँ भरी फैलियो। मैले फोन गरे रिसिभ भएन। म्यासेन्जरमा म्यासेज गरे सिन भयो तर रिप्लाई आएन।

आमा बुबालाई भने होईन होला रेस्टुरेन्टमा लगानी गर्छु भन्थ्यो त्यतै भौतारिराछ होला चिन्ता नगर बुहारी भन्नू भयो। चिन्ता कसरी हुदैन बुबा फोन नगरेको नै २ महिना हुन लाग्यो फोन गर्दा रिसिभ हुदैन। म्यासेज सिन हुन्छ रिप्लाई आउदैन भनी भने बुहारी हामीलाई केही थाहा छैन छोरा त्यसो गर्दैन हामीलाई बिश्वास छ भन्नू भयो। छोराछोरीको स्कुलमा एक्जामको अन्तिम दिन थियो। मेरो सब्जेक्टको कपि प्रत्येक दिनको एक्जामको राती नै जाचेर तयार गरेको थिए। त्यो दिनको कपी पनि रातभर जाचेर रिजल्ट तयार गरे। त्यो दिन मैले झण्डै ४०/५० कल फोन गरे रिसिभ भएन। निद्रा त गाउमा फैलिएको हल्लाले हराइसकेको थियो।

अर्को दिन मैले जाचेका कपी संबंधित कक्षा शिक्षकको जिम्मा लगाए। मेरो क्लासको कपी पनि दिए म आउन ढिलो भए रिजल्ट बनाउन ढिलो नगर्नु भन्दै दिए। म काम बिशेशले काठमाडौ जाने गाडीको टिकट छ ११ बजे भने। छोरी साथैमा आएकी थिएन छोरा आमा बुबासङ्ग बसेको थियो। म छोरी र सामान सङ्ग आएको देखेर दिपक सरले गाडी चढ्ने ठाउँ सम्म बाइकमा पुर्‍याइदिनु भयो। सदरमुकाम गइ बाँस बस्नु पर्‍यो मेरो लागि नयाँ थिएन त्यो ठाउँ । जादा आउदा बस वस्ने घर जस्तै भएको थियो। फरक यत्ती थियो घरमा बसेको पैसा लाग्दैन्थ्यो। एक होटेलमा बाँस बसियो खाना खान मन थिएन सानो छोरी थिइन। खाना खुवाउने अनि मन नलागेरै खाना खायौ छोरी दिन भरी गाडीमा हिडा थकाइ लागेकोले सुतिन तर मलाई निद्रा लागेन। कोल्टे फेर्दै के भए के गरौंला भन्ने तानाबाना मनले गुन्दै कोल्टे फेरिरहे रात ढल्किदै गयो। एक निद्रा नसुती रात बित्यो। बिहानै उठे चिया बिस्कुट खाएर हामी पुन गाडीमा हिड्यौ काठमाडौ।

बेलुका सात बजे गाडी कोटेश्वर पुग्यो। उनलाइ न मैले फोन गरेकी थिए न त उनले नै। उनले कोठा सरी सकेको भए त्यो राती कता जानू बरु माइती जान्छु भनी माइती पुगे। ममी मलाई एक्कसी घरमा देखेर खुशी हुनुभयो किन फोन पनि नगरेकी एक कल फोन गरेको भए खाना बनाउथे भन्नुभयो मैले के भो त ममी अब बनाउला नि खाना भन्दै भित्र पसे। तन मन थाकेको थियो। ममीले खाना बनाउनु भयो ड्याडी दाजु भाउजू म मिलेर खाना खायौं। निद्रा परेको थिएन।

बहिनी बिहेपछी घरमा थिइ मैले भिनाजु कोहि केटीसङ्ग बिहे गरेर बसेको छ भन्ने हल्ला सुनेर आएको छु मेरो फोन रिसिभ गर्दैन म्यासेज गरे रिप्लाई गर्दैन सो पिलिज त भोलि बिहान घरमा माइती आइजा अनि त र म उस्को कोठामै जाने भने उस्ले हस भनी। राती मनमा कुरा खेल्दै थियो। गाडीको थकाई कामको प्रेसरले कति दिन देखीको अनिदो थिए। कतिबेला भुसुक्कै दिदाएछु थाहा भएन। आँखा खुल्दा ८ बजिसकेको थियो बहिनी छेउमा थिए। म हातमुख धोएर फ्रेस भए कपडा चेन्ज गरे। घरमा ममी ड्याडीलाई नभनौ चिन्ता हुन्छ। के रहेछ बुझौ र दाजुलाई भनौला अहिले कामले बाहिर निस्किने भन्दै जाउ भने उस्ले मौन सहमति जनाइ।

हामी बाहिर निस्केयौ। उनी बस्ने स्थान कोटेश्वर महादेवस्थान... म तिहाइमा आउदा बसेको कोठा मलाई याद थियो बहिनीको स्कुटीमा हामी त्यहाँ पुग्यौ। मैले कोठा ढकढक्याए त्यो कोठाबाट अरु कोहि निस्कियो। मैले सरी पहिला यो कोठामा अर्कै मान्छे बस्थ्यो त्यही भएर भने होला सायद म यहाँ आएको नै तीन महिना भयो उनले त्यति भनिन। मैले घरभेटीसङ्ग केही बुझ्न रिङ बझाए म पहिला जादा आन्टीले केही कुरा गर्नु भएको थियो। मैले रिङ बजाए पछि आन्टी आउनु भयो।

मैले सोधे त्यो कोठामा बस्ने मान्छे कहिले सरेको आन्टी भयो तीन चार महिना किन नानी के भयो र म उस्को श्रीमती हो आजकाल फोन लागेको छैन कता गए होलान केही जानकारी छ कि ?? तिमी श्रीमती हौ ?? उनले त बिशाखमा मात्र बिहे गरेको भन्थे उनी त अर्कै केटीसङ्ग बसिरहेका थिए। पहिला तिमी आउदा को हो भनी सोद्धा त दिदी हो भन्थे खै कता सरे त्यो त थाहा भएन नजिकै हो भन्थे भनी कुरा सकाइन। मैले त्यही बेला सोध्न खोजेकी थिए उनी साथै थिए मैले सोध्न सकिन भन्दै भर्‍याङ चढिन। आफुले टेकोको जमिन भासिएर खाल्डोमा गडे जस्तो भयो आँखा मा आँसु ताल बन्यो तर झार्न सकिन। मैले जे नहोस भनेर सोचेकी थिए भैदियो त्यही मलाई डाको छोडी रुन मन थियो तर सकिन।

हाम्रो कुरा सुनिरहेका थिए त्यो घरमा कोठामा बस्नेहरूले त्यतिकैमा एक जना दिदी हाम्रो कुरा सुनेर यो केटा मान्छेको जातै यस्तै हो एउटी सङ्ग बिहे गरेका हुन्छ्न अर्कोसङ्ग माया प्रेम गरेको नाटक गर्छन भन्दै छेउमा आइन मेरो जस्तै पीडा तिनले पनि भोगेकी छन जस्तो आक्रोश उनको आँखा मा प्रस्टै देखिन्थ्यो तर सोध्न हिम्मत आएन। आफू माथी पीडा परेकोले मात्र बुझ्छ पीडा जस्तो गर्दै नजिकै आइन। तिमीले उनलाइ खोजेकी छौ हो ?? म हो दिदी खोजेर पनि के गर्छौ र हामी महिला जे गरे पनि सहनुको विकल्प छैन।

दिदी के तपाईंलाई थाहा छ भनी सोधे अस्ति तरकारी किन्न चोकमा गएको बेला मेरो त्यो बहिनीसङग भेट भएको थियो। उनी मसङ्ग मिल्थिन कोठामा लगेर चिया खुवाएर पठाएकी हुन मात्र के भनेकी थिएन फेरि बुढा बिहान ८ बजे डिउटी जान्छ्न ३ बजे फर्किन्छ्न भन्थिन पनि थपिन। मैले देखेको त्यो बहिनी त सुत्केरी हुने जस्तो पनि लागेको थियो तर मैले सोध्न चाहिँ सोधिन भनिन । दिदी मलाई उनको कोठासम्म पुर्‍याउने कष्ट गर्नु न पिलिज भनेपछि उनले हुन्छ। तर म कोठामा पुग्दिन बाहिरबाटै घर चिनाएर फर्किन्छु भनिन।

मैले त्यो नै मेरो लागि ठुलो कुरा हो भने हामी तीन जना नै स्कुटीमा बसेर कोटेश्वर तिनकुने हाइट आयौ उनले औलाले घर चिनाइन। उनी फर्केर हिड्दै जान्छु भन्दै थिइन् मैले बहिनीलाई स्कुटरमा पुर्‍याएर आउ म घरमा जान्छु भने बहिनी पुर्‍याएर आइन हामी घरमा पुग्यौ। बहिनी घरमा पुग्दा बित्तिकै सुरु भइन त्यस्को तेत्रो हिम्मत तेरो सोझोपनको फाइदा उठाएको हो त्यसको बदला लिनुपर्छ भन्दै रिसाइरहेको थिए। यता आफुलाई आकाशै खसे जस्तो भएको थियो।

ममी कुरा नबुझेर के भन्छन यी दिदिबहिनी म बोल्न सकिन बहिनी सबै कुरा ममीलाई सुनाइन दाजु अनि भाउजु पनि अफिस जानुभएको थियो। खाना खाएर ममीले बहिनीले दाजुलाई आज छिटो आउनु यस्तो भएको छ भनी सुनाउनु भयो। दाजु अफिसबाट २ बजे घरमा आउनु भयो के भएको हो डिटेल बताउ पहिला मलाई भन्नू भयो मलाई थाहा भए सम्म बताए दाजु र म बाइकमा बहिनी स्कुटी लगेर गइन आवश्यक परे पुलिस केश गर्ने घरमा सल्लाह भएको थियो।

हामी कोठामा पुग्दा झण्डै साढे तीन भएको थियो। मैले ढोका ढकढक गरे को हो भन्दै ढोका खोले हेर्दा भित्र दुबै जना थिए। म रिसमा आँखा देखिन यहि हो तिम्रो ब्यबसाय ? यसैको लागि हो मलाई हुँदा खादाको जग्गा बेच्न लगाएको ? तिम्रो ब्यबसाय त दिन दुगुना रात चौगुना फस्टाएको होला है ? त्यही भएर होला फोन रिसिभ गर्ने समय नमिलेको ? तिमीले एकपटक म तिमीसङ्ग खुशी छैन भनेको भए तिम्रो बाटोमा रोकाबट बन्ने थिइन ? के यहि दिन देखाउन हो तिमीले हिजो मायाको नाटक गरेको ? म रिसमा,आक्रोशमा यति डुबेछु कि म पत्तो पाइन आफुलाई सिकार गर्न तयार बाघिनी जस्तै बनेछु म मा यतिधेरै बल आयो। मैले उनले लगाएको कपडा समाउदै गालामा दुई थप्पड लगाए।

म झगडा गर्दागर्दै कतिबेला भुइँमा लडेछु थाहा नै भएन। दाजु र बहिनीले मलाई मेडिकलमा पुर्‍याउनु भएछ। म ब्युझिदा म मेडिकलको बेडमा थिए छेउमा बहिनी टोलाएर मलाई टुलुटुलु हेरिरहेकी थिएन। मैले बहिनीलाई म यहाँ किन के भयो भनी सोधे तलाई कमजोरीले होला चक्कर लागेको थियोे त्यसैले भनिन एकछिनमा म हिजो उनको कोठामा गएको र उनीसँग झगडा गर्दै गरेको ती सबै कुरा सपना बनी आँखा मा आउदै जाँदै गरिर्ह्यो। मन फेरि आफ्नो नियन्त्रण छोडेर उड्न थाल्यो पोल्न थाल्यो।कतिबेला हस्पिटलबाट डिस्चार्ज भएर जाउ जस्तो लाग्यो। मन अनियंत्रित भए पनि हतारमा आफू तर समय ढिमे गतिमा चल्यो। एकछिनमा अगाडि ममी उभिनु भएको थियो। ममीलाई अङ्गालो हालेर धित मरुन्जेल रोए। दाजुले उनीहरू दुबै जनालाई पुलिस चौकीमा पुर्‍याउनु भएको कुरा ममीले सुनाउनु भएको थियो।


उनी बिदेशबाट आएको पनि मलाई भनेका थिएनन्। उनी बिदेश बाट फर्किएको छ दिनमा घर पुगेका रहेछन घरमा पुगी ब्याग चेक गर्दा थाहा थाहा आए हुन त पहिले थाहा पाएको भए पो सम्बन्ध बचाउन सकिन्थ्यो कि लगन पछिको पोतेको के औचित्य हुन्थ्यो होला र ? मलाई एक प्रश्न सोध्न मन थियो उस्ले तिमीलाई कुन मायाको रङले रङगाएकी थिए जस्को अगाडि मेरो माया फिका हुँदै गयो? बेस्वादको भयो? मेरो मनका भावना अनि सम्बेदनामा टेकेर तिमीलाई पश्चिमी सस्कार र सस्कृती प्रिय् लाग्यो? म तिम्रो महान काममा सलाम नगरि बस्न कहाँ सक्छु र ? मलाई त्यसकै लागि त तिमीलाई भेट्न हतारले उडिरहेको छ मन।

मलाई होस खुले देखि नै कतिबेला हस्पिटलले डिस्चार्ज गर्ला र म जाउला अनि उनीसँगको सम्बन्धलाई पुर्ण बिराम लगाउला जस्तो लाग्यो। बिहान ९ बजे डिस्चार्ज भएर म सिधै तिनकुने प्रहरी चौकी मा पुगे। दाजु त्यही बाहिर बसिरहनु भएको थियो। म पुगेपछि त ठिक छ्स बैनी भन्नू भयो। म ठिक छु दाजु उनी कहाँ छन म भेट्न र कुरा गर्न चाहान्छु भने दाजु हातले इशारा गर्नु भयो। म फटाफट गए। मैले तपाईंलाई आँखा चिम्लेर बिश्वास गरे के यहि दिन देख्नको लागि हो त म झम्टिए उनी मलाई माफ गर म गल्तीको प्रयश्चित गर्छु भन्दै हात जोडेका आँसु झारेका थिए।

मैले मलाई गोहिका आँसु देखाउनु पर्दैन बाहिर उज्यालो छ अन्धकार बनाउन नखोज जवाफ दिएर पाइला मोडे। दाजुले के गर्छेस बहिनी म तेरो कुरा सुन्छु अनि त्यही अनुसार अगाडि बढौला भन्नू भयो माफी दिएर अगाडि बढ्ने कि सम्बन्धमा पुर्ण बिराम लगाउने त्यो निर्णय तेरो भन्नू भयो। मैले दाजु तपाईंहरुले भनेको नमान्दा आज यो दिन देख्नु पर्‍यो म अब यो सम्बन्धलाई टुङगाउछु। नटुङ्गिने त कुरै भएन दाजु उस्को उ अर्को सङग रमाइरहेको छ म किन त्यसको लागि मरिमेट्नु। करिब दिनको एक बजे दाजुले एक वकिल बोलाउनु भयो र सम्बन्ध बिच्छेदको लागि मुद्दा दर्ता गराउने भैयो।

दुबै जनालाई बहुबिबाहाको केशमा ३५ दिन थुनामा राख्ने भन्ने वकिलले सुनाउनु भएको थियो। म हतार हतार चौकी पुगे उनी बन्द कोठामा थिए। म पुगे देख्यौं झुट बोल्दा मेरो पछाडि लिप्त हुदाको परिणाम हो यो। मलाई तिमीलाई देख्दा र आफ्नो भन्दा आफैदेखी घृणा लागेर आउँछ। अब जे हुन्छ राम्रोको लागि हुन्छ तिमीलाई लुकेर बस्नु पनि जरुरी हुनेछैन। तिमी आजाद बनेर प्यारको उडान भर्न सक्छौं। तिम्रो कर्तुत के भनौ तिम्रो बहादुरीको चर्चा गाउमा हुन्थ्यो मैले होइन भनी टारे आज आँखाले देखे तिम्रो घरमा खबर पुगेको छ बुबा आउदै हुनुहुन्छ सायद तिमीलाई स्याबासी दिन भन्दै एकोहोरो सुनाए अनि बाहिरीए।

म त्यहाँ बस्नु कुनै औचित्य थिएन बहिनी म घर फर्कियौ साझ दाजु पनि अनि भाउजू पनि आउनुभयो। दाजुले अब के गर्ने सरला भन्नू भयो ड्याडी दाजु बहिनी भएर गुल्मी जाउ बहिनीको जागिरको सरुवा मिलाउ अनि भान्जालाई पनि लिएर आउ। के गर्छौ अब देख्नु र सुन्नु के छ र अब जे हुन्छ छोरी यतै हाम्रो साथ बस्छे। जागिर छ दुख सुखमा साथ दिने हामी छौ साहारा अनि हौसला मिल्छ। चिन्ता नगर छोरी भन्दै साहस दिनुभयो। दाजुले ड्याडीको कुरा काट्नु भएन म भोलि अफिसको बिदा मिलाउछु अनि बसको टिकट पनि लिएर आउछु अनि उताको ब्यबस्था मिलाउला भन्दै सुत्न जानू भयो।

भोलिपल्ट बुबा आइपुगेर फोन गर्नु भयो। बुहारी म काठमाडौ आएको छु। जे जस्तो भए पनि तिमीले घर छोड्ने कुरा नगर छोरालाई हामी सम्झाउछौ। मैले बुबा सम्झाउन बुझाउन के बाकी छ र बुबा उनको अर्को श्रीमती आमा बन्दैछिन उसलाई छोड भन्न सक्नुहुन्छ?? उ पनि माया देखाएर आएकी होली आमा बन्दैछे अब कसरी पुरानो जस्तै हुन्छ र बुबा अब यस्तो गरेर फाइदा छैन मैले मन बलियो बनाइसके मेरो निर्णय अब बदलिदैन। एकपटक मेरो लागि भएपनि भोलि चौकीमा आउ भेटेर कुरा गर्छु भन्दै रुन पो थाल्नु भयो मैले उहाको कुरा काट्न सकिन म दशबजे आउछु हजुर पनि आउनु भन्दै फोन काटिदिए।

मैले ममीलाई ममी म एकछिन बाहिर गएर आउछु छोरी त्यही छ हेर्नू है भन्दै निस्किए। जादा बेन्चमा बसिरहेको बुबालाई देखे मलाई देख्नासाथ बुबाले आँसु झार्न लाग्नु भयो किन रुनुभएको बुबा छोरा कृपेष जीउँदै छन र अर्को श्रीमतीको साथ छन केही दिन यता बसे पनि उनी पुरानो जिवनमा फर्किन्छ्न। तपाईंहरु पुन नयाँ बुहारी पाउनुहुन्छ किन दुख मान्नुहुन्छ। जति बिगृनु त मेरो पो बिग्रेको छ । बुबा म अहिले फर्किन्छु भन्दै फर्किन लागे।

एकपटक कृपेषले पनि भेट्ने भनेको छ भित्र हिड कुरा गरेर जाउ भन्नुभयो मैले किन र बुबा म उनलाई मेरो अनुहार देख्दा घृणा लाग्छ म जादिन भने मेरो लागि एकपटक भन्दै हात जोड्नु भयो। म लुरुलुरु भित्र गए। मलाई देख्दा हिजोअस्ति उनको अनुहार मलिन थिएन बुबाले कराउनु भयो क्यारे उनी आँखा सुन्नाएर बसेका रहेछन। मलाई देख्नासाथ आँसु पुछ्दै छेउमा आए मेरो गल्ती भयो त्यसको लागि सरी तिमी बुबालाई लगेर घर जाउ । तिम्रो स्कुल पनि लाग्ने बेला भयो रे मैले पनि रिसले आँखा देखिन भने तिमीलाई आज आएर थाहा भयो ? घरको काम गर्ने नोकर हट्न लाग्यो भन्ने चिन्ता लाग्यो ? यहि कुरा गल्ती गर्नुभन्दा पहिला सोचेको भए ? अब त्यो गोहिको आँसु झार्नुको कुनै औचित्य छैन सबकुछ खतम होगया म निस्केर सरासर माइती गए।

ममी खाना दाजु १० दिनको बिदा लिएर दिउँसो छिटो घर आउनु भएको थियो साथमा २ प्लेन टिकट पनि थियो।
अर्को दिन १ बजे हामी बसपार्क गयौ ३ बसको टिकट थियो। हामी भोलिपल्ट बिहान तम्घास सदरमुकाम पुग्यौ। गाडीले ढिलो गर्दा ९ बझिसकेको थियो। नजिकै होटलमा गयौ फ्रेस भइ खाना खाइ शिधै लाग्यौं जिल्ला शिक्षा कार्यलयको भवन तर्फ। त्यहाँ जादा खासै मान्छेको चहलपहल थिएन। दाजु र म सरासर भित्र गयौ हाकिम साब टेबलमै हुनुहुन्थ्यो।

म यहीँ जिल्लाको शिशिका हो मैले पढाउने बिधालयको नाम लिए। ए त्यो बिधालय हो? मैले हो भने मलाई सरुवा लिनु छ त्यसको लागि के गर्नुपर्छ भनी जानकारी लिए अनि तिम्रो घर कता नजिकै हो। ए तिमी सन्तोषकि बुहारी हौ ? मैले हजुर सर हजुरले कसरी चिन्नु भएको ? हामी सङगै पढेका साथी हौ पछि हामी मधेस (कपिलवस्तु) झरेका हौ किन के को लागि सरुवा चाहिएको मैले हामी डिभोर्सको प्रोसेसमा छौ त्यसैले भने ए हो र नानी निवेदन लेखेर ल्याउ म सरुवा दिलाइदिन्छु भन्नू भयो। सकभर तिमीले पढाएको स्कुलको लेटर भए अझ राम्रो हुन्थ्यो भन्नू भयो। हामी आवश्यक सल्लाह पछी गाडी चढी घरमा पुग्यौं।

दाजु नजिकै होटलमा बस्ने भोलि स्कुल खुलेपछि सम्पूर्ण प्रोसेस मिलाएर फर्किने भनी रहनु भएको थियोे मैले छोरा घरमा छ म त्यता जान्छु आवश्यक सरसमान प्याक गर्छु प्रध्यानाध्यापकलाई भेटेर सिफारिस बनाउन लगाउछु भन्दै गए। घरमा जादा छोरा आगनमा खेलिरहेको थियो। मलाई देखेर आमा खुशी हुनुभयो। छोरी खै त किन नलिएर आएको ? सवाल गरिरहनु भएको थियो। बुबा पनि घरमा पुग्नुभएको थियो तिमीले घरमा फर्केर सहि गर्‍यो बुहारी भन्दै खुशी हुनुभयो म केही बोलिन। छोरा पछिपछि लाग्यो म प्रध्यानाध्यापक सरको मा पुगे। सरले कहिले आउनु भयो म्याम काठमाडौबाट म भर्खरै आएको हो अब स्कुल अनि गाउँ छोड्न लागेको सर मलाई सरुवाको लागि स्कुलको लेटर चाहिएको थियो त्यसैले सरले किन के भयो र म गाउमा जे हल्ला फैलिएको थियो त्यो सब साचो रहेछ अब यहाँ नबस्ने निर्णयले आएको।

सरले गम्भीर हुँदै तपाईंको लागि लेटर म बनाइदिन सक्थे तर स्कुलको छाप स्कुल खुलेपछि मात्र हुने भएकोले भोलि स्कुल खुल्ने बेलासम्म प्रतीक्षा गर्नु पर्ने भयो। तपाईंलाई थाहा छ स्कुलबाट बिदाइ हुने सर म्यामलाई स्कुलले मायाको चिनो दिदै बिदा गर्छ कार्यक्रम गर्छ भोलि स्कुलमा बिदाइ समारोह हुन्छ। त्यसैले भोलीको दिन स्कुल आउनुपर्छ भन्नू भयो। म हुन्छ भन्दै फर्किए। घरमा आइ सामान तयार गरे साझ नै निस्किएर दाजु बसेको होटल जान मन थियो। बुबा आमाको जितको अगाडि घुडा टेके। रात गति बेला बित्ला छट्पटी भैरहेको थियो। बिहान उठे सधैंका बिहान जस्तो काम गर्न मन लागेन। अब अर्कि आउछे अनि गर्छे जस्तो लाग्यो। सामान निकाले छोरा लिएर घरबाट निस्किए।

घरबाट निस्किएर हिडे पनि त्यति धेरै समय आफुले बिताएको त्यो घर अनि घरका सबै चिजको याद आँखा वरिपरि आइरहेको थियो। हिड्ने बेलासम्म बुबा आमा नजाउ यतै बस भनी भनिरहनु भएको थियो आँखा रसाएका थिए उहाँहरुका साथमा मेरो पनि तर रोकिनु कस्को लागि र किन भन्ने प्रस्न दिमाग भरी नाचिरहेको थियो। आमा बुबालाई बिदा माग्दै घरलाई एकपटक आँखा भरी सजाउदै घरबाट मेरो दुरी टाढा टाढा बनाउदै लगे। कहाँ जाने के गर्ने र अब के हुन्छ भन्ने कुराले दिमागलाई तन मनलाई तरङिगत बनाएको थियो।

आमा बुबा रोक्दै हुनुहुन्थ्यो तर रोकिन मन लागेन म होटल गए। खाना खायौं अनि म स्कुल गए। सधैं जस्तो स्कुल जादा पनि मन रमाएको थिएन। लेटर तयार रछ लिए सरले बिदाइ समारोह छ पिलिज बसिदिनु भन्नू भयो सर म मनमा खुशी लिएर जान लागेको होइन पिलिज कार्यक्रम नगरिदिनु भने शिक्षक मिलेर स्कुलको तर्फबाट मायाको चिनो प्रदान गर्नुभयो म हातमा समाएर फर्किए।
दाजु कुरिरहनु भएको थियो। छोरा पनि मामाघर जाने भन्दै खुशी थियो हामी गाडी चढयौ सदरमुकामको लागि जिल्ला शिक्षा कार्यलयमा गइ निवेदन पेस गर्‍यौ। सरुवा स्वीकृत भयो। त्यसदिन काठमाडौको लागि छुट्ने ४ बजेको बस छुटेको थियो। हामी बसपार्क नजिकै कोठा लिएर बस्यौं। बिहान ५ बजे टिकट लिएर बस चढ्यौ।

बसले काठमाडौको दुरी छोट्याउदै थियो त घरको दुरी बढिरहेको थियो। जहाँ मैले बर्षौ दुख गरे आज त्यहीँ ठाउँबाट बिस्थापित हुनुपर्‍यो नरमाइलो लागेको थियो तर छुट्नु याद पछाडी नै छोडेर अगाडि बढ्नु जीवनलाई पुन गति दिनु आवश्यक थियो। मनले घरमा जान पाए पनि कृपेष अनि उनको अर्को श्रीमती अनि सम्बन्ध बिच्छेद कल्पना मात्र भैदिए कस्तो हुन्थ्यो सोच्थे तर हकिकत त्यहीँ थियो। आफ्नो अनि छोराछोरीको भबिष्य बनाउन फोकस गर्नुपर्ने दिमाग किन यस्ता तमाम प्रस्नमा अल्झिएको होला जस्तो लाग्थ्यो।

बेलुकी छ बजे कलन्की पुगेर बस रोकियो। हामी पुन गाडी चढेर माइती पुग्यौ। ममी ड्याडी भाउजू घरमा हुनुहुन्थ्यो साथमा छोरी पनि दाजुसङग खेलिरहेकि थिएन। मलाई देख्नासाथ यतिदिन मलाई छोडेर कहाँ गको ममु दादालाई लिन गको हो ? मैले हो त नानू भने मनमा भएको पीडा सुनाउन मन थियो तर सानै थिए। दाजु बहिनी भेट भए खेल्न लागे। दिन बित्न के बेर मैले त्यो सरुवा लिएर सरकारी बिधालय गए। म अब नियमित स्कुल जान लागे। छोराछोरीलाई नजिकै बोर्डिङ स्कुलमा भर्ना गर्न जादा सरकारी स्कुलबाट नानीबाबु आएका रहेछन एक क्लास घटाएर भर्ना गर्न भन्नू भयो नानी बाबू दुबैको पढाइ राम्रो छ फस्ट हुन नसके पनि फेल पक्कै हुदैनन क्लास घटाउने कुरा नगरौं म पनि एक सरकारी स्कुलको शिक्षिका हो घरमा पढाउन म टाइम दिन्छु भनेपछि बाबू ४ अनि नानी २ कक्षामा भर्ना गरिदिए।

थुनिएको ३५ दिन पछि थुनामुक्त भएको कुरा वकिल साबले सुनाउदै हुनुहुन्थ्यो जे गरोस मलाई त्यसको मतलब भएन। मलाई तारीखको बारेमा जानकारी गराउदै गर्नु भने दाजुको साथी भएकोले छिटपुट घरमा आउनुहुन्थ्यो। मैले ममीसङ्ग म अब कोठा खोजेर बस्छु तपाईंहरुलाई धेरै दुख दिन सक्दिन भने ममी ड्याडीले कोठा खोजेर एकसरो सामानको पनि ब्यबस्था गरिदिनु भयो। म छोराछोरी साथमा लिएर कोठामा बस्न सुरु गरे।
कहिलेकाही मुद्दाको पेसी लिन म अदालत जान्छे त अरु दिन स्कुल पढाउन जानू मेरो जागिरको स अनि रोजि रोटी बचाउन ब्यस्त थिए। छोराछोरीको स्कुल फि कोठाभाडा अनि काठमाडौंको महङगाइले आकाश छुन लागेको थियो। त्यो जागीरको पैसाले घर चलाउन हम्मेहम्मे चलेको थिए कतै प्राइभेट कलेजको बिहान वा बेलुकी समयको २/३ वटा क्लास लिन पाए खर्छ धान्न सहज हुने थियो मनले सोचिरहेको थियो।

बेलुका बेडमा पल्टिएर के के कुरा मनमा आएक थिए आँखामा निद्रा आउने छाटकट थिएन। नयाँ नम्बरबाट फोन आयो कस्को रहेछ भनी रिदिभ गरे म्याम नमस्कार। म कृपेषको श्रीमती पिलिज मेरो कुरा सुन्नुहोला फोन नकाट्नु होला भन्दै बोलिरहेकी थिइन। किन मलाई फोन गरेको मैले के गर्नुपर्‍यो मैले सम्बन्ध बिच्छेदको लागि निवेदन दिइसकेको छु तिमीहरु ढुक्कले हिड्न सक्छौ भने सरी म्याम मलाई तपाई अनि छोराछोरी छन भन्ने थाहा थिएन उनले मलाई भनेनन मलाई थाहा भएको भए म यो सब गर्दिन्थे। मैले पनि उनीसँग अलग हुने निर्णय लिए। उनको अन्श मेरो पेटमा हुर्दिदै थियो त्यसलाई यो सन्सारमा आउनु भन्दा पहिले हत्या गरे। यो सब मेरा कारण भएको हो मलाई माफ गरिदिनु भन्दै रुन लागिन। तिमी रुनु पर्दैन बच्चा अभर्सन पनि गर्नु पर्दैन मैले बाटो खाली गरिदिएको छु तिमीहरू अगाडि बढ्न सक्छौ। रिप्लाईमा मैले चौकीमा भएको बेला नै भेट्न खोजेको थिए तपाई भेटिनु भएन। तपाईंको नम्बर पत्ता लगाएर फोन गरेकी हु कुरा रह्यो उनीसँग जिन्दगी बिताउने एक धोकाबाट सुरु भएको सम्बन्धले कहिले सहि रास्ता देखाउदैन। सक्नुहुन्छ भने मलाई माफ गर्नु भन्दै फोन काटिन मैले दोहोर्‍याएर फोन गरिन। काहीं यो दुई जन मिलेर नयाँ चाल पो रचिरहे।

नेपाली उखान छ नी अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा पनि तर्सिन्छ भन्छन म पनि केही ससन्कित र त्रसित भए। जे होस मेरो कामामा लागिनस राडा छोरैछोरा पाएस भन्ने कुरा पनि याद आयो। मेरो काममा नलागेको मान्छे मरोस वा बाचोस जे गरोस मतलब नहुदो रहेछ। हिजोको दिनमा एक पल एक क्षण नहुदा पोल्ने मन आज सधैको लागि छुटिन पनि चाहादो रहेछ। बस यो मन भन्नू पनि समय र परिस्थितिको उपज रहेछ। मनमा एक्लो भए पनि तर्क-बितर्क, सवाल-जवाफ गरिरह्यो। कतै केही गर्ने योजना पो हो कि डर पनि लाग्यो जे हुन लेखेको छ त्यो भएरै छाड्छ मन बलियो बनाए। अनि सुते। बिहान केही चमत्कार हुने आशामा। काम पाइयोस भन्ने सोचे अनि सुते।

म बुझ्न भन्दै २/४ बटा नाम चलेका प्राइभेट कलेज गए दशै पछि कलेज लाग्छन +२ लगायत ब्याचलर लेभलको क्लास पनि नियमित हुन्छन नम्बर छोडेर जानू हामी कल गरेर बोलाउछौ भन्नू भयो म त्यसै गरे। म छोराछोरी पढाउने खान खाने अनि १०-४ स्कुलमा पढाउने गर्न थाले। यसैबीचमा दशै आयो सधैको दशै आउदा जस्तो मनमा खुशी थिएन कहाँ जाने के गर्ने निश्चित थिएन सम्बन्धको भुमिकाबाट टाढा बसे पनि सम्बन्धको छोनोफानो हुन बाकी थियो। वकिल सापले दसै लगत्तै तपाईंको केशमा फैसला हुन्छ ढुक्क हुनु फैसला तपाईंको पक्षमा आउँछ भन्ने जानकारी दिनुभएको थियो। दशै लाग्यो घर हुनेहरू आफ्नो आफ्नो घर फर्किए। आफ्नो न त घर थियो न त कोहि आफ्ना नै थिए मनले यस्तै सोचिरहेको थियो। मेरो दुखमा साथ दिने ममी ड्याडी दाजु भाउजू हुनुहुन्थ्यो उहाँहरुले साहारा अनि हौसलामा म अगाडी बढिरहेकी थिए।

यति समयसम्म चुपचाप बसेका छोराछोरी अब गाउँ आमा बुबा भएको ठाउँ जाने भन्दै जिद्दी गर्न थाले यसपालि होइन अर्कोसाल जाने यसपालि मामाघरमा मात्र टीका लगाउने भनी सम्झाए। स्कुल घटस्थापना देखि बिदा भैसकेको थियो त्यति छोटो देखि माइती गएर पनि के बस्नु के गर्नु भैरहेको थियो। दिनभरी कोठामै बस्ने गरि बिते। दशैको टीका थाप्न माइती गए। दाजु भाउजू ससुराली जाने हतारमा हुनुहुन्थ्यो। हामी केही दिन त्यहीँ बस्यौ। पुर्णिमा पछि प्राइभेट स्कुल कलेज खुल्ने भएकाले म छोराछोरीको स्कुल पुर्याउने ल्याउने गर्न थाले।

दशैपछी वकिल साबले फोन गर्नु भयो पर्सि तपाईंको केशको फैसला हुदैछ तपाईं दिउँसो एक बजे बबरमहलस्थित जिल्ला अदालत आउनु होला भन्नू भयो। मैले दाजुलाई फोन गरेर सुनाए अनि सङ्गै जान भने दाजुले हस भन्नुभयो। एक मनले सोचिरहेको थियो मन डराइरहेको थियो के हुने होला जस्तो लागेको थियो अर्को मनले जे हुन्छ राम्रोको लागि भन्ने सोच्दै म कोल्टे फेरिरहे। उ मेरो जिन्दगीबाट सधैको लागि टाढा जाँदै थियो। यो कुरा त जुन दिन कोठामा दुई जनालाई रङगेहात पक्रिदा नै निश्चित थियो त्यही पनि हृदयको कुनै कुनामा उ फर्केर मेरो जिन्दगीमा आउँछ कि भन्ने आशा पनि मनमा जिवितै थियो। कास त्यस्तो भइदिए तर हकिकत उल्टो भइदियो।

हामी हाम्रो १० बर्षको सम्बन्धलाई पुर्ण बिराम लगाएर अगाडि बढ्यौ। मलाई सम्बन्ध बिच्छेद पश्चात् पहिले बेचेको जग्गाको आधा पैसा अनि छोराछोरी १६ बर्ष नहुने बेला सम्मको सम्पुर्ण खर्चको जिम्मेवारी सन्तानको बाबुले लिनुपर्ने भन्दै पत्र थमाइएको थियो। जग्गा बापत आउने पैसा नआए पुन प्रहरीमा उजुरी गर्न पनि निर्णय पनि सुनाइएको थियो। साथै मेरो खाता नम्बर पनि उनलाई दिइएको थियो। प्रत्येक महिना ४००० को दरले छोराछोरीलाई खर्च पठाउनु पर्ने पनि सुनाइएको थियो। अब म पुर्ण अनि कानुनी रुपमा एक्ली भएकी थिए।

बिबाह मेरो ढिपीको अगाडि मेरो ममी ड्याडीले सम्झौता गरे जसरी मेरो खुशीको लागि स्वीकृति दिनु भएको थियो। मलाई समस्या सेयर गर्न पनि डर लाग्थ्यो। सम्बन्ध बिच्छेदको करिब दस दिन पछि बैंक ब्यालेन्स चेक गरे २० लाख खातामा आएको थियो। दिन रात गर्दै समयले कोल्टे फेर्न थाल्यो। म ममीसङ्ग गए। यति पैसा छ मलाई अलिकति भए पनि टेकिने ठाउँ किनिदिनु पर्यो भने ड्याडी हुन्छ म बुझ्छु भनु भयो म रुम फर्किए। जुन चोट लाग्दा जति दुखाइको नि खाटा बस्दै जादा दुखाइ कम महसुस हुदो रहेछ। मलाई सम्बन्ध नटुङ्गिदा पनि अझै केही आशा थियो बिस्तारै आशा मर्दै गयो। मन केही सम्हालिएको जस्तो लाग्न थाल्यो।


मैले छोडेको बायोडेटाको आधारमा एक कलेजले फोन गर्‍यो र भन्यो हामी यहाँलाई कलेजमा राख्न तयार भयो भोलि बिहान यतै आउनु तलब र क्यासको बारेमा छलफल गरौंला भनी बोलायो केही भए पनि गर्जो टार्न सहज हुनेभयो अलिकति आशाका किरण देखा पर्‍यो। अर्कोदिन बिहान कलेज पुगे। मैले ३ वटा मात्र क्लास लिन सक्ने कुरा गरे मलाई एक क्लासको महिनामा ४५ सयको दरले दिने कुरामा सहमति भयो।अनि क्लास बेलुकीको सिफ्टका विद्यार्थीहरुलाइ दिनुपर्ने भन्नुभयो मैले सहमति जनाउदै कोठा फर्किए।


खाना खुवाए बाबुनानी स्कुल पठाए। साझबाट ममी आउन ढिला हुन्छ आएर होमवर्क गर्दै गर्नु बहिनीलाई सिकाउनु म आजबाट कलेजमा क्यास लिएर आउछु भनी सिकाए चाबी दाजु बहिनीको ब्यागको साइडमा राखिदिए।अनि स्कुल पढाए म पनि स्कुल गए। मलाई कलेजले कोर्सबुक अनि सेलेभर्स उपलब्ध गराएको थियो। स्कुलमा खाली समयमा त्यहाँ आँखा कुदाए। स्कुल सकियो। म साढे चार बजेको क्यास लिन कलेज पुगे। पढाइ क्लास राम्रोसँग लिए साझ रुम फर्किए।छोरा खाटमा बसी होमवर्क गर्दै थियो छोरी छेउमा निदाएकी थिइन। हेरे माया लाग्यो माउले छोडेका चल्ला जस्तो लाग्यो म उनीहरूलाई समय दिन सकिरहेकि थिइन। खाना बनाए खायौं कलेजको क्लासको तयारी गरे।

बिहानमा बाबुनानीलाई पढ्न लेख्न सिकाउने स्कुल पुर्‍याउने साथमा आफ्नो तयारी गर्ने स्कुलको लागि तयार हुने र निस्किने गर्न लागे। समय आफैमा अपुग हुन लाग्यो। माग महिनाको चिसो दिनहरु दिए ब्यस्तताले नजिकैको माइत जान सम्म फुर्सदमा थिएन। ड्याडीले जग्गा किन्न भन्दै हेर्न जान सनिवार घरमा बोलाउनु भयो म छोराछोरी लिएर गए जग्गा मन पर्‍यो तर दाम आफुसङ्ग भएको पैसा भन्दा बढी थियो। जग्गा मन पर्‍यो तर पैसा साढे बाईस भन्छन पास सास गर्दा २३ पुग्छ म सङ्ग मात्र २० छ भने ममीले थोरै सहयोग हामी गर्छौ तलाई दाजुको पनि राम्रो छ बहिनीको पनि राम्रो छ तलाइ हो हेर्नुपर्ने हामी थपेर किनिदिन्छौ भन्नू भयो।

अब त तेरो जिन्दगी राम्रो बनाउने तिर सोच बिहे गर्छेस भने पनि तेरो खुशी भन्दै रुन लाग्नु भयो। ममी अब बिहेको बारेमा कुरा नगरौ छोराछोरी ठुला भए भने केही गर्न सक्ने बनाउन पाए केही जिम्मेवारी घटेको महशुस गर्न मन छ बिहे असल घरपरिवार अनि श्रीमान मेरो भाग्यमा रहेनछ भने। ममी हामी यहि गर भन्दैनौ जे ठिक लाग्छ त्यही गर भन्नुभयो। एक हप्तामा जग्गा लिए। थोरै नै भए पनि खुशी लाग्यो। जग्गा भयो घर बनाउन त सके बनाउला नभए बेचेर भए पनि खर्च चलाउला भन्ने आट आयो।

म स्कुल जाने उतैबाट कलेज जाने फर्किदा ढिलो हुने छोराछोरी स्कुलबाट घरमा आउने खाजा खाने होमवर्क गर्ने गरि बस्थे। कलेजबाट हिड्दै फर्किन ढिलो हुने भएकोले स्कुटर अत्यावश्यक नै भएको थियो। मैले बहिनीलाई फोन गरे। बहिनीले मेरो पुरानो स्कुटी ग्यारेजमा थन्किएर बसेको छ बनाएर चला न त भनी। म गए बनाए अनि चलाउन सुरु गरे यसले मलाई समय बचाउन केही मद्दत मिल्यो साझको क्लास लिएर फर्किदा चोकमा बसेका अल्हारेहरुबाट बच्ने भैयो आज कता होलान भन्दै चियो गर्दै कुन्दु परेन। बाबू नानीको बोड परिक्षा आएको नोटिस आएको थियो उता स्कुलमा पनि पेपर बनाउने काम धमाधम भएको थियो।

मैले छोराछोरीलाई राम्रोसँग पढाएर स्कुल पठाए। परिक्षा सकियो छोरा प्रथम छोरी दितिय भएको रिजल्ट आयो। सुरुका परिक्षामा पास चौथो हुँदै छोरा पहिलो छोरी पास पाचौं हुँदै दोस्रो भएकी थिएन मैले स्याबासी दिए। छोरी मलाई एक जनाले जित्यो भन्थिन म अर्कोसाल तिमी प्रथम हुनुपर्छ राम्रोसँग पढ्नुपर्छ भनी सम्झाए। म स्कुलका कपी जाच्नमा ब्यस्त भए साझ कलेज क्लास लिन पुग्थे। मेरो स्कुलको रिजल्ट हुने दिनबाट छोराछोरीको नियमित स्कुल सुरु भएको थियो।

दिन बित्न के बेर भने झै समय आफ्नै गतिमा अगाडी बढिरहेको थियो। घर,स्कुल, कलेज यतैतिर बितिरहेको थियो मेरो अधिकाम्श समय। एकदिन कलेजमा बिहानमा कार्यक्रम थियो बिहान कलेज पुगेकी थिए शिक्षक तथा गार्जियनसङगको मिटिङ थियो। मैले स्कुल पढाउदा बिस्थापित हुनुभएका सर अर्थात कृष्ण सरलाई देखे। सर हजुर यहाँ कसरी उहाले तपाई कसरी नि भन्नू भयो मेरो कहानी अलि लामो छ फुर्सदमा बताउला अनि हजुर भने उहाले बिहानमा छोरा यहीँ कलेज पढ्दैछ भन्नू भयो।
अहिले कार्यक्रम तिर लागे मिल्छ भने पछि भेटौला भन्दै नम्बर दिएर जानुभयो म पनि त्यतै बिजि भए।
कार्यक्रम सकिएपछि मैले उहालाई हेरे कतै देखिन म फर्किए।

घरमा आएर स्कुलको लागि हतार भयो म स्कुल गए। सरले नम्बर त दिनु भएको थियो फोन गर्न सकिन म आफ्नो बारेमा सुनाउन सकिन। दिन बित्दै गयो। एकदिन म क्लास सकेर बहिर निस्किदै थिए। एकजना बिद्यार्थी मलाई नै कुरिरहेका रहेछन सोधे म्याम हजुर सरला म्याम हो? मैले हो तर किन बाबू भने म कृष्ण सरको छोरा हो उहाले मलाई तपाईंको नम्बर लिन पठाउनु भएको मेरो क्लास बिहानको भएकोले चिनेको थिएन अफिसमा गएर सोधेर तपाईंलाई कुरेको। किन बाबू ? मलाई ड्याडीले तपाईंको नम्बर लिएर आउन म्याम आउनुभयो भने घरमा लिएर आउन भन्नू भएको छ त्यसैले मैले घरमा साना भाइ बहिनी छ्न ती एक्लै छन म अहिले नम्बर दिन्छु समय मिलाएर आउछु नि भन्दै नम्बर दिए अनि घरतिर लागे। कार्डमा दिइएको नम्बर कृष्ण सर भनी सेभ गरे खाना खायौं। केही तयारी गर्दैगर्दा कतिबेला निदाएछु

बिहान उठेर खाना बनाउन लागेको थिए फोनको घण्टी बज्यो हेरे कृष्ण सरको नम्बरबाट आएको थियो। उहाले फोन काटेर ल्याडलाइनबाट पुन फोन गर्नु भयो। म पछि गाउँ गएको थिए तपाईं अनि कृपेष अलग हुनुभयो भन्ने सुनेको थिए। सरुवा मिलाएर काठमाडौ हुनुहुन्छ भन्ने थाहा पाएको थिए तर कहाँ हुनुहुन्छ थाहा थिएन अस्ति भेट्दा खुशी लाग्यो। नम्बर दिएको थिए फोन गर्नु भएन छोरालाई नम्बर लिन पठाएको एकैस्वासमा भन्नू भयो। हो मैले सम्बन्धलाई पुर्ण बिराम लगाए। उनी कता छन के गर्छन थाहा छैन दुई छोरा छोरी बोर्डिङ राखेको छु। दिउँसो स्कुल पढाउछु साझ कलेज। यस्तै चलिरहेको छ मैले थपे।

कुन बोर्डिङ राख्नु भएको छ मैले पनि बानेश्वरमा बोर्डिङ खोलेको छु नानीबाबुलाई त्यतै भर्ना गर्नु न सकेको सहयोग गरौंला बाबू नानीको पढाइ राम्रो भए स्कोलर्सिपमा पढाउला। मैले त्यो बेला गाउँ छोडी भाग्न भन्नू भयो र ज्यान बाचेको थियो म त्यो गुन बिर्सन सक्दिन। हामी साथी हौ म सकेको सहयोग गर्छु छोराछोरीलाई मेरो स्कुलमा भर्ना गरिदिनु भन्नू भयो। यसो सोचे स्कोलर्सिपमा पढ्न पाए भने आर्थिक भार पनि कम पर्छ भनी पहिला स्कुल कस्तो रहेछ अप्रत्यक्ष बुझ्न गए स्कुलले राम्रो इमेज बनाइसकेको रहेछ। अर्कोदिन म स्कुलमा गाई सर्टिफिकेट मार्क्सिट निकाले साथै टार्सफर लिएर गए भर्ना गरिदिए।

बाबु नानीलाई स्कुलबाट स्कुटीमा राखी कोठा पुर्‍याएर म कलेज जान्थे दिन बित्दै गए। छोरालाई पुरै फ्री र छोरीको आधा मात्र फि बुझाउनु पर्दा केही बचत हुन थाल्यो। म बैंकमा पैसा जम्मा गर्न गएकी थिए खातामा साठी हजार पैसा जम्मा रहेछ पुरै पैसा निकालेकी थिए सायद कृपेषले बर्ष दिनको खर्च जोडेर खातामा राखिदिएका रहेछन मैले यो पैसा कस्को नामबाट जम्मा भएको छ सोधे कृपेष अधिकारी को नामबाट मैले ए भने अनि आफुले लगेको पैसा जम्मा गरे अनि फर्किए। छोराछोरीको पढाइमा मैले पनि सहयोग गर्थे। पढाइ पुरानै लयमा फर्काएका थिए छोराछोरीले मेरो दुख बुझेका थिए।

म एक दुई पटक सरको घरमा पुगेकी थिए। म्याम पनि ब्यबस्थापन समितिमा फुल समय स्कुलमै बिताउनु हुदो रछ। कुरा गर्‍यो। सरले कृपेषले पनि बिहे त गरेका छैनन क्यारे हिजो अस्ति फेसबुकमा कुरा गर्थै थिए। मैले ए सर पिलिज मेरो बारेमा नबताउनु भने सरले हस भन्नू भयो। आमा बुबाको खबर के छ के गर्नुहुन्छ भनी सोधे। उहीँ त हो घाँस दाउरा गोबर सोत्तर खेती किसानी घरमा सघाउने कोहि छैन। छोरीको छोरी बसेर केही सघाएकी छन भन्नू भयो मैले ए भने साझ खाना खायौं अनि म घर फर्किए।

दिनहरु बित्दै गए। छोराछोरी अलि ठुला भए बुझ्ने भए। केही सहज भएको थियो। एक दिन +२ समाजशास्त्र बिषयमा सम्बन्ध बिच्छेद भनेको के हो र सम्बन्ध बिच्छेदका घटना नेपाली समाजमा बढ्दै जानुका कारण के हुन टपिक थियो। मलाई त्यो टपिकले दिल छोएको थियो आँखा भरिएको थियो। जुन आफुले भोगिएको हुन्छ त्यो कुरा अक्सर पढ्दा होस वा पढाउदा आफू जस्तै एकल महिलाहरु देख्यो भने पनि आफ्नै कहानीले झस्क्याउछ। मैले त्यो क्यास त राम्रोसँग नै लिए अनि मनमा यो पनि सोचे कि अब नेपालमा बढ्दै गएको सम्बन्ध बिच्छेद पछि समाजमा पुन स्थापित भइ जिउन सिकाउनको लागि एक एन. जि. ओ को स्थापना गरौं जस्तो लाग्यो दर्ता प्रोसेसको बारेमा जान्ने बुझ्नेलाई सोधे बुझे अनि कम्पनी रजिस्ट्रारको कार्यालयमा गइ एक सस्था दर्ता गरे जुन सस्था मार्फत तपाईंले चिन्नु भयो र आज हामी सङगै बसेर कफी पिउदै गफ गरिरहेका छौ।

दिनहरु सामान्य रुपमा बित्दै गए। जिवनका असामान्य परिस्थिति र घटनाहरु पार लगाउदै हिडेको म सानोतिनो कुराले काम अनि मन रोकिदैन्थ्यो। मैले महिलाहरूले पनि सम्बन्ध बिच्छेद पछि एक पुरुष जसरी स्वतन्त्र भएर बिहे गर्न सक्छ त्यसरी नै महिलाहरुले पनि पाउनु पर्छ भन्ने बिचार प्रबाह गर्न ngo मार्फत कोशिश गरिरहेकी थिए। महिलाहरुलाई हेर्ने समाजको दृस्ठिकोण परिवर्तन हुनुपर्छ भन्ने कुरामा मान्छेको मन कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गरे।

मैले स्कुल कलेज लगायत ठाउँमा बिद्यार्थीहरुलाई सिकाए। अदालतबाट सम्बन्ध बिच्छेद गरि निस्किएका महिलाहरूलाई कोठामा लिएर सम्झाए बुझाए। उनिहरुलाई मानसिक तनाब कम होस डिप्रेसनको समस्या नहोस भनी सम्झाए। तपाईंहरुले बाकी जीवन नयाँ तरिकाले र आफुले चाहेको तरिकाले जिउनुहोस भन्ने सुझाब दिने गरे। मैले मेरो सस्थाबाट सम्बन्ध बिच्छेद पछि पुन नयाँ जीवन सुरु गरेका महिलाहरूलाई तपाईंले भोगेको र झेलेका समस्याहरू के के हुन लेख्नुहोस हामी यहि लेखको माध्यमबाट जनचेतना जगाउने काम गरौ भने। उहाँहरुले सक्दो सहकार्य गर्नु भयो।

सुरुमा ६/६ महिनामा एक जर्नल निलाल्यौ। नारी दिवस अहिला हिम्सा विरुद्धको १६ दिने अभियानमा हामी सहभागी बन्यौ। स्कुल कलेज लगायका काम साथै सामाजिक सोच परिवर्तन गराउने कार्यमा सहभागी बन्दै गए। छोराछोरी अब स्कुल लेभलको माथिल्लो क्लासमा पुगेका थिए। त्यही दिनले कोहिलाई तन्नेरी कोहिलाई बूढो बनाउछ त्यो प्रकृतिको नियम हो आफ्नो दिन घट्दो अनि छोराछोरीका जोस जागर उमेर अनि हौसला बढ्दो थियो। घडीले फ्यानको लगाएको थियो क्यालेन्डरका पाना पनि फर्किदै गएका थिए। अझ क्यालेन्डर पनि नयाँ झुन्डिएको थियो। २०७२ सालमा आइपुग्दा बाबू नौ कक्षामा पुगेको थियो नानी सात कक्षामा थिइन। हातहातमा मोबाइल पनि पुगिसकेको थियो । सुचना तथा संचारको क्षेत्रमा नेपालले पनि ठुलै फड्को मारेको थियो। बाबू मोबाइल अनि फेसबुकमा जोडिएको थियो आमा छोरा फेसबुक साथी बनिसकेका थियौ।

वि.स २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ रेक्टरस्केलको भुकम्प गएको थियो काठमाडौं सहित आधा देश हलिएको थियो। छोरा रोहित बाबुसङग पनि फेसबुक साथी बनेको रहेछ । मलाई भनेको थिएन। १३ गते दिउँसो म माइतीमा ममी ड्याडी दाजु भाउजू सङ्ग पालमा बसिसकेका थियौँ छोराले म्यासेन्जरमा फोन आएको देखाउदै ममी फोन तपाईंलाई खोजिरहनुभाछ भन्दै थियो। मैले को हो भने खै भन्दै थियो नाम हेरे गाउले केटा म राखिएको थियो। मैले हेलो को हो तपाई ??

के छ अनि भुकम्पले केही क्षति त गरेन नी हाम्रो तिर त खासै हल्लाएनछ केही असर गरेको रहेनछ त्यताको समाचार त अत्यासलाग्दो छ कोहि केही त भएन नी मैले स्वरले चिनिसकेकी थिए तर को हो तिमी what the hell तिम्रो यत्रो हिम्मत ? जे भए पनि तिमीलाई के मतलब तिमी त मलाई मर भनी छाडेर गएका थियौ अहिले चिन्ता कसरी ? भन्न मन थियो छेवैमा ममी भाउजू हुनुहुन्थ्यो म बोल्न सकिन फोन काटिदिए। ममी कस्को फोन भन्दै हुनुहुन्थ्यो खै नचिनेको मान्छे रछ भनी टारिदिए। फोन फेरि आयो काटिदिए फेरि आयो फेरि पनि काटिदिए।

मैले छोराको त्यो फेसबुकबाट ब्लक गरिदिए। छोरालाई सोधे कसरी एड गरेको त्यो मान्छे के भन्थ्यो तिमीसङग म तिम्रो ड्याडी हु ममीलाई फोन देउन भन्नुभयो मैले दिए मेरा आँखा मा आँसु देखेर छोरा डराउदै भन्यो सरी मामु मेरो कारण रुनुभएको हो भन्दै छेउमा बस्यो होइन छोरा यत्तिकै हो भनी टारिदिए। फेसबुकमा ब्लक गरेपछि केही दिनमा मेरो मोबाइलमा फोन आयो दक्षिण कोरिया भनी नयाँ नम्बर देखाएको थियो। मेरो नम्बरमा कस्को फोन भन्ने लाग्यो मैले पुरानो नम्बर चेन्ज गरेको छैन भन्ने बिर्सिएछु फोन रिदिभ गरे कृपेषको रहेछ आवाज सुनासाथ फोन काटिदिए। नम्बर ब्लक लिस्टमा राखिदिए। उनको फोन नलागे पनि कतिपटक ट्राइ गरेछन त्यो मैले हेर्न सक्थे।

दिन बित्दै गयो भुकम्पको त्रास मानिसमा कम हुँदै गयो। दैनिकी सामान्य अबस्थामा फर्किदै थियो। २०७४ सालको नारी दिवसको दिन मैले एक र्‍यालीलाई सस्थाको तर्फबाट सम्बोधन गरेको थिए। समाजमा महिला हिंसाको अर्को रुप सम्बन्ध बिच्छेद गरिएका महिलाहरुलाई समाजले हेर्ने नजर परिवर्तन नहुनु पनि हो। एक महिला आफुलाई बल्लतल्ल सम्हाल्दै सम्बन्ध बिच्छेद गर्ने निर्णयमा पुग्छिन सम्बन्ध बिच्छेद पछि पुरुषलाई हेर्ने नजर र महिलालाई हेर्ने नजरमा किन भेदभाव लगायतका कुरा राखे स्थानिय लगायत राष्ट्रिय मिडियाले पनि मेरो बिचारलाई प्राथमिकता दिए। साथै युटुभ च्यानलहरूले पनि आफ्नो मुख्री समाचार बनाएर प्रस्तुत गरेछ्न।

दिन बित्दै गयो। मलाई रियल आइडीबाट रिक्येस्ट आएको रहेछ साथमा sms पनि थियो पिलिज यो आइडीमा पनि ब्लक नगर म तिमीसङ्ग कुरा गर्न चाहान्छु। मैले देखे तर रिक्येस्ट एसेप्ट गर्न मन लागेन धेरै दिनसम्म एसेप्ट नभएपछि सरी मेरो बिगतले तिमीलाई मेरो पहिचान बिर्साएको होला माया बिर्साएको होला त्यसमा म क्षमायाचना गर्छु कृपया मेरा कुरा राख्ने मैका देउ भनी sms आएको देखे।

प्रतिउत्तरमा मैले लेखे के कुरा अनि कस्तो कुरा फेरि तिमी को हौ भन्नै नै बिर्सिसके मैले त तिम्रो नाम छोराछोरीको स्कुलमा मात्र लेख्छु मैले जिन्दगीबाट मनबाट तिम्रो नाम कहिले मेटाइदिसके। तिमी मलाई को सम्झेर कुरा गर्न खोजिरहेको छौ ?? तिमी मेरो बिगत बनेर बसेका छौ यो बर्तमान हो अनि समय धेरै अगाडि बढिसक्यो। तिमीलाई माया गर्नु र जिन्दगी बिताउछु भन्ने मेरो गलत निर्णय थियो। मैले बिगतबाट केही सिक्दै केही भोग्दै आज यो दिनसम्म आइपुगे अब न त बिगतमा पुग्न सकिन्छ न त टुक्रिएको सिसा जोड्न नै तिम्रो भलाई यसमै छ ब्यस्थ समय खेरा नफाल। मलाई आफ्नै बाटो आफ्नै सुरमा हिड्न देउ बिथोल्न नखोज परिणाम भयानक हुन सक्छ। मैले फेसबुक बन्द गरे।

छोरा अब slc दिने भैसकेको थियो आउदो चैतमा उसको slc हुँदै थियो। छोरी पनि आठ कक्षामा पुगेकी थिएन। दुबै पढाइमा अब्बल थिए। मेरो दुख बुझेका थिए पढाइ बुझेका थिए।कहिलेकाही मन भुलाउन आफ्ना सस्थामार्फत जोडिएका महिला दिदिबहिनीहरुलाई सल्लाह सुझाब दिन पनि सजिलो माध्यम बनेको थियो फेसबुक। मैले फेसबुक खोले तिमिले रिक्येस्ट एसेप्ट नगर्दा तिमी कतिबेला अनलाइन आउछौ भन्ने ठम्याउन गाह्रो भयो तिम्रा हरेक सवालको जवाफ छ मसङ्ग एकपटक रिक्वेस्ट एसेप्ट गर अनि मोबाइलबाट मेरो नम्बर ब्लक लिस्टबाट हटाउ भन्दै sms आएको रहेछ।

तिम्रो आग्रह स्वीकार गरे तर तिमी म मा हक जताउन नपाउने सर्तमा भनी रिप्लाई गरे। उताबाट प्रतिउत्तर्म सहित ओके लेखेर आयो। तिम्रा सबै प्रश्न एक एक जवाफ दिन्छु केवल एक मौका देउ भनी उत्तर आयो मैले रिप्लाई गरिन गर्न आवश्यक पनि थिएन हिजो मेरा हरेक सवालले बेलैमा उत्तर पाएको भए आज यो दिन देख्नु र भोग्नु पर्दैन्थ्यो। म चुपचाप अनलाइन बसे कसैले सस्थासङग संबंधित प्रस्न सोधेको भए उत्तर दिए सस्थामा आएका मेल चेक गरे। उता उनी म्यासेज टाइप गरिएको देखाएको थियो तर म्यासेज आएन म काम सकेर अफलाइन भए।

छोरा बिहानै उठेर टिउसन गयो। छोरी उठेर पढ्न लागिन म खाना बनाउन छोरीलाई सघाउन लागे। साथै कलेक आफुले पठाउने टपिकमा माइन्ड मेकअप गरे। खाना खाएर छोरी दाजुलाई टिपिन लगेर आफ्नो स्कुल अनि म आफ्नो स्कुल लागे। दिनभरी काममा बिजि भए साझ घरमा आउदा लखतरान भएको शरीर हुन्छ खाना बनाउने खाने छोराछोरीलाई पढाउने आफ्नो तयारी गर्‍यो सुत्यो। सुत्दा निद्रा लागेन। मोबाइल निकाले कृपेषको झन्डै २ पेज लामो म्यासेज आएको रहेछ पढे।

लेखिएको थियो म पहिला काम गर्ने कम्पनीमा गएर आएकि केटीसङ्ग मेरो लभ परेको थियो। मेरो कामको दुई बर्ष चल्दै गर्दा उ आफ्नो भिसा सकिएर नेपाल फर्किइ। मैले उसको मायामा केही देख्न छोडिसकेको थिए। म दुई बर्ष पछि काठमाडौ जादा पनि उ बिहे नगरी मलाई नै कुरेर बसेकी थिए। म काठमाडौ आउनासाथ उसले आमा बुबा दाजुहरुलाई बोलाई अनि गोप्री रुपमा बिहे गर्‍यौ। बिहेको ६/७ दिनमा म घरमा गएको थिए। उसलाई घरमा तिमी छौ छोराछोरी छन भन्ने थाहा थिएन। म घरमा गएर काठमाडौ फर्किने बाहाना खोजे कोरियन भाषा पढ्ने बाहाना गरेर म घरबाट निस्किए। तिमीले बिहे गरेको थाहा पायौ भने कुरा बिगृन्छ भनेर उसलाई दशै तिहारमा बाहाना गरिगरी माइत पठाए तिमी आउदा उस्का सामान कतै छुटेका छन कि भनी प्याक गरि पलङ्म मुनि लुकाए। तिमी आयो जग्गा बेच्न मदत गर्‍यौ अनि स्कुल लाग्यौ भन्दै फर्कियौ। तिमीलाई गाडी चढाएर फर्किएपछी गयौं भन्ने ढुक्क भयो मैले उषालाई काठमाडौ बोलाए। उसले मेरो चलाखी बिझेकी थिएन। कुरा बिस्तारै एक कान दुइकान गरि फैलियो तिमी आयौ जेल पनि गयौ।

अब हामी जेल पुग्यौं मलाई जिन्दगीभर साथ दिन्छु भनेकी उषा झुटको खेती गर्ने तिमीले मलाई फसायो भन्दै दाजुहरु बोलाइन। उनी जेल निस्किने बित्तिकै पेटमा रहेको सन्तान एभोर्सन गर्छु। तिमीसङ्ग बस्न सक्दिन भन्दै छुटिइन। म बिछिप्त बने न तिमी भयो न छोराछोरी नै घरमा थिए घरमा बाबू आमा एक्लै हुनुहुन्थ्यो। जुन दिन हाम्रो सम्बन्ध बिच्छेद भयो त्यही दिन मैले १० लाख उनको खातामा राखेर बिदा गरे। उनी अहिले कता छिन के गर्दै छिन थाहा छैन कतै सुन्छु बिहे गरेर नयाँ जीवनमा रमाइरहेकी छन रे। मेरो बिगत यहि हो जुन तिमीलाई थाहा थिएन। मैले बैशमा होस गुमाए सक्छौ भने मलाई माफ गर। कृपेष

भनी sms आएको रहेछ। हिजो उ साथ छदा यो सोचेको भए मैले गर्दा तीन जनाको जिन्दगी डामाडोल हुन्छ त्यो बुझेको भए? अनि यति बर्ष पछि यो सब मलाई किन सुनाएको? समय धेरै अगाडि बढिसक्यो। हिजो उ साथमा हुँदा त्यसलाई कसरी छल गरु भन्दै माकुरोले जस्तै जाल नबुनेको भए? मेरो सोझोपनको फाइदा नउठाएको भए? हिजो म परिवारको बिरोधमा खडा भएर तिमीसङ्ग जिन्दगी बिताउने निर्णय लिएको थिए तिमी त्यसमा अनवीज्ञ पनि थिएनौं। धन्य मेरो ममी ड्याडी दाजु भाउजुले मेरो निर्णयमा खोट लगाउनु भएन घाउमा मलम बनेर निको गराउन साथ दिनु भयो हौसला पनि। हिजो छोराछोरी सानो हुँदा यो बिरानो सहरमा कसरी दिन बिताए हुला त्यो तिमीले कल्पना समेत गर्न सक्दैनौं। मलाई तिम्रो कुरा सुनेर कुनै उद्देश्य हासिल हुदैन बरु समयको नास मात्र हो त्यसैले मलाई sms गरि मेरो समयको बर्बाद नगर।

मैले sms नगर भने पनि बेला बेलामा sms आइरहन्थे। हाम्रो पहिले जस्तै गरि कुरा हुन लाग्यो तर ती कुरा जहिले एउटै कुरामा पुगेर रोकिन्थे। सन्चो बिसन्चोमा मात्र कुरा हुन्थ्यो। छोराछोरीको पढाइको कुरा सोधे तिमीलाई चासो किन? हिजो तिमीले पढाउनु पर्छ भन्ने महशुस त कता कता जिम्मेवारीबाट पन्छियौ आज किन यस्तै यस्तै कुरामा रोकिन्थ्यो। सवाल तर चितबुझ्दो जवाफ थिएन।

समयले पीडा दिदो पनि रहेछ लिदो पनि रहेछ। महशुस हुदैछ। टुक्रिएको मन बिस्तारै जोडिदै गयो। उनले मलाई पुन माया गरेको देखाउन थाले मैले त्यसको कडा प्रतिबाद गर्थे। तिमीलाई थाहा छ होला नी एउटा ऐना अनि विश्वास उस्तै हुन। ती पुर्ण छदासम्म पुर्ण रुप देखिन्छन्। जब बिश्वास अनि ऐना टुट्छन नी तब एउटै ऐनाले हजार रुप देखाउछ अनि जब त्यही बिश्वास टुट्छ अनि त्यही बिश्वास गरिएको मान्छेको नकाब खुल्दै जान्छ अनि त्यहीँ बिश्वास गरिएको मान्छेको हजार रुप देखिन्छ्न।

मैले त्यो भोला भाला मानेको चेहराबाट तिम्रो अनेक रुप देखेको छु अनि त्यही रुपले दिएको पीडा भोगेको छु लाग्छ पलपल त्यसको अनुभव गरेकी छु महशुस गरेकी छु मैले उनका हरेक सवालको जवाफ कडा गरि फर्काउथे। मैले सकभर पत्थर बनी दुख्ने गरि जवाफ फर्काउथे। उनी नम्र रुपमा प्रस्तुत हुन्थे मलाई तिम्रा चिल्ला कुराले फरक पर्दैन मैले जे भोगेकी छु त्यो मेरो हकिकत हो त्यो तिमीलाई राम्रोसँग थाहा छ त्यसमा केही हिस्सा तिम्रो पनि छ। म त्यो समय भन्दा धेरै अगाडि आइसकेको अब त्यो कुरा गरि बिगतमा फर्काउन नखोज म यो कुरालाई यहि पुर्ण बिराम लगान चाहान्छु। म चाहेर पनि त्यो दिन त्यो पल बिर्सन सक्दिन जुन दिन मेरो दिमागमा कालो दिन बनेर बसेको छ कहिले नमेटिने गरि।


अझ नरम बन्दै उनी कुरा लम्ब्याउने कोशिश गरिरहेका थिए। म मेरो गल्तीको सजाय भोगिरहेको छु तिमी अनि छोराछोरी म बाट टाढा छौ म त्यो पलपलमा भोगिरहेको छु। जवाफमा म बिगत अनि तिम्रो व्यबहार दुबैबाट अनभिज्ञ छैन र तिमी पनि छैनौ। तिमीलाई थाहा थियो मेरो ममी ड्याडी गाउमा बिहे नगर दुख हुन्छ भन्दै बिरोध गर्दा पनि मैले मानिन मेरो खुसीको लागी उहाहरुले जवरजस्ती गर्न सक्नु भएन। मैले कहिल्यै नगरेको काम भनी कुनै काम गर्न सक्दिन भनीन सके पनि नसके पनि जाने पनि नजाने पनि बर्षौ काम गरे तिमीले नै मेरो सोझोपनको फाइदा उठायौ त म के गरु अब तिमी सच्चिएर आउछु भन्दैमा कसरी बिश्वास गरु।

तिम्रा कसममा मलाई रत्तिभर बिश्वास छैन। तिमीप्रतिको बिश्वास झाङ्गिदै जादा रुख बनेको थियो त्यसैको आडमा हिजो बिहे गरियो। आज तिमीप्रतिको बिश्वास बूढो भइ लडेको रुख जस्तै भएको छ। रिप्लाईमा म फेरि मलजल गर्छु फेरि हराबरा बनाउछु भन्ने म्यासेज आयो मैले रिप्लाई गरे हो तिमीले त्यो रुख पुन गाडेर ठाडो बनाउन सकौला तर त्यो सक्यौ भन्दैमा पुन हराबरा कहाँ हुन्छ र बिचमै रिप्लाई आयो पुन रुख रोपेरै भए पनि हराबरा बनाउछु मैले रिप्लाई गरे हो तिमी त्यसै गर अब तिमी त्यसैको लायक छौ उनी च्याटमा म्यासेज सेन्ड गरिसकेपछि मैले त्यही तिमी त्यसकै लायक छौ भनी प्रतिबाद गरेपछि पुन बिरुवा रोपेर हराभरा बनाउछु भन्ने च्याट दुबैतिरबाट हट्ने गरि डिलिट गरे सायद लेखिसकेपछी वा मेरो जवाफले उनलाई पछुतो लागेछ क्यारे!

उनी तिमी तिललाई पहाड नबनाउ भन्थे। जवाफमा बिहे गर्नु छोराछोरी जन्माउनु अनि स्वार्थ पुरा भएपछि छाडिदिनु तिम्रो लागि सामान्य होला तर म किमार्थ मान्न सक्दिन उनी आफुलाई युद्धमा हारेको सिपाही जस्तो भयो जिन्दगी पनि न जित्न सकियो केवल चोटहरु मात्र बाकी रहे भन्थे म जिन्दगीको युद्ध हारेको छु निरीह छु लाचार छु बिवस छु बाध्य छु। मैले तिमीले आफ्नो बुद्धि बिबेक प्रयोग गरेकै हो मलाई घरको नोकर बनाउने अनि तिमी यौवनको प्यास मेटाउने मोज मस्ती गर्ने। समय सधै आफुलाई मात्र साथ दिन्छ भन्नू मुर्खता हो।

मैले त जिन्दगीलाई एक कदम अगाडि बढाइसके अब पिछे मुड्नुको फाइदा पनि छैन औचित्य पनि छैन। म सम्बन्धलाई सोचेर अनि सम्झेर पुर्ण बिराम लगाएको हो मैले तिमीलाई पुन साथ दिन सक्दिन। तिमी तिम्रो तरिकाले बाचेका थियौ छौ अब पनि त्यसरी नै बाच मलाई कुनै आपत्ति पनि छैन। के गर्ने तिम्रो कुरा हो तिमीले मेरो सल्लाह माग्ने कुनै जरुरी नै छैन माग्छौ भने तिम्रो खुसी जे मा छ त्यही गर। मैले त्यही बताइ रहे पनि उनी मलाई माया गर्थे केयर गरेको देखाउथे। उनीप्रति पुन माया पलाउन थाल्यो भाचिएको, कुडिएको मन पनि कताकता उनीतिरै फर्किएको महशुस हुन्थ्यो तर पनि म देखाउदिनथे छिटो बिश्वास गराइको हतारमा बिहे गर्ने निर्णयले मलाई फुर्सदमा भनौ वा बेला घर्किएपछी भए पनि बुद्धि फिरेको थियो।

दशै आयो अब छोराछोरीले आमा बुबा भएको ठाउँ जाने भनेर जित गर्न छाडेका थिए ममीले किन घर छोडेर किन आएको रहेछ भन्ने बुझ्दै थिए। यसबाट बाबुलाई स्कुलबाट ५ दिनको लागि मात्र दशै बिदा दिइएको थियो। घरमा आयो टीका लगायो मामाघर गयो बस्यो अनि होस्टेल फर्कियो। छोरी र म मात्र कोठामा थियौ। छोरी स्कुल जाने फर्किने म स्कुल कलेज पठाउने सस्थाको जर्नलमा लेख रचनाहरु प्रकाशित गर्ने लगायतका काममा ब्यस्त हुँदै दिन बित्दै थिए। कहिलेकाही फोन गर्ने धैरै जसो भाइबर म्यासेन्जरमा कुरा हुन्थ्यो। मात्र कुरा कुरा मात्र हुन्थ्यो निर्णयमा कहिले पुग्दैन्थ्यो।

उनी मंसिरमा म फर्किदैछु। हामी भेटौ हामी बिचको दुरी घटाउ भन्थे फोन गर्थे sms गर्थे मलाई तिम्रो याइयात कुरामा न त दिलस्वी छ न भरोसा न त बिश्वास नै मैले तस्तै जवाफ फर्काउथे। उनी नरम बनी कुरा गर्थे तिम्रो भरोसा टुटेकोले हो अब म बलियो सम्बन्ध जोडेर भुमिका निभाउछु साथ निभाउछु वाचा पूरा गर्छु यस्तै भन्थे कास यसाइ हो म भन्थे। दिन बित्दै गए। मलाई लिन आउछौ भन्दै फोन गरे। हिजो त आएको पनि थाहा पाउछे कि भन्दै सर्प्राइजको नाम दिन्थ्यौ फेरि आज किन लिन आउनु आज रिसिभ गर्ने कोहि भएनन एक्लो भयौ। कि अरु पनि छन मेरो जिन्दगीमा अरु पनि छ्न धेरै छ्न भन्ने देखाउन मेरो इज्जतको धज्जिया उडाउन बोलाको?? उनी उत्तर दिएनन।

मलाई उनी आउने कुरामा न खुशी थियो न त दुख नै अलिकति माया लागे धेरै कुरा शंकास्पद लाग्थे। उनले आउने समय बताउदा पनि म एअरपोर्ट पुग्न मेरो स्वाभिमानले दिएन। म जान आवश्यक छ जस्तो लागेन।
अर्कोदिन बिहान नेपालको नम्बरबाट फोन आयो तिमी त आइनौ म भेट्न आउछु भन कहाँ आउ जवाफमा मैले तिमीलाई भेट्न सक्दिन मलाई माफ गर फर्काए फोन काटिदिए। उनले बारम्बार फोन गरे म तिमीलाई एक पटक मात्र भए पनि भेट्न चाहन्छु त्यसपछि बरु नभेट म फोर्स गर्दिन पिलिज एक पटक भनिरहेका थिए। उनको बोलिमा पस्चाताप मिश्रीत स्वर थियो। तिमी कहाँ छौं। मेरो स्कुल छ तिमीलाई म मात्र बीस मिनेट भेट्न सक्छु भन कता आउ। म गौशाला छु मिल्छ भने पशुपति आउ म पनि त्यही आउछु। म स्कुटी स्टार्ट गरेर पशुपति पुग्दा बाटोमा उभिएको देखे।

कति राम्री र आकर्षक देखिएकी मैले यहि भन्न बोलाएको ? तिमी स्कुटर साइड लगाउ चिया कफी खाउ भने म खाना खाएर स्कुलको लागि निस्किएको टाइम छैन। उनले जिद्दी गर्दै २० मिनेट भनेको होइन हिड स्कुटी पार्क गर चिया कफी खाएर जाउ तिमीले खाना खाएको भए पनि मैले खाएको छैन भने मैले स्कुटर मोडेर छेवैमा रहेको कफि सपमा छिर्‍यौ। कफी अडर गरे उनी हात समाउदै म गल्ती सुधारछु वस एक मौका देउ भन्दै रुन थाले। म भेट्न आएको छु यो भन्दा ठूलो मौका के होला र कफी आइपुग्यो उनले मतिर सार्दै लिन भने। र आफू पनि लिए। बिगत बिर्सिएर एक नयाँ सुरुवात गरौ। म तिमीलाई पछुतो हुने बन्न दिन्न भने मैले म सोच्छु जवाफ दिउला। मलाई बाचा कसममा खासै भरोसा लाग्दैन भन्दै हिड्न लागे।

साइड बाग खोल्दै तिमीलाई मोबाइल छोराछोरीलाई घडी ल्याइदिएको छु लैजानु भन्दै हातमा थमाम म सङ्ग मोबाइल पनि छ अनि केटासँग घडी पनि मलाई आवस्यक छैन भन्दै निस्किए पछी पछि आइ स्कुटरमा राखेर अगाडि बढे। म स्कुल पुगे। एक पटक टुटिसकेको दिलले कसरी पुन बिश्वास गर्न सक्छ कसरी भर पर्न सक्छ फेरि पनि त्यसै गर्‍यो भने को होला मनमा द्वन्द्व चलिरहेकै थियो। म स्कुलको क्लास लिदै थिए। म्यासेज आयो। क्लास सकिएपछि हेरे आज कलेजको क्लास लिन सक्दिन भनी कलेजलाई खबर गर तिम्रो स्कुल बिदा हुँदा म कोटेश्वर आउछु भन्दै sms आएको रहेछ हेरे तर रिप्लाई गरिन।

मैले कलेजमा आजको क्लास लिन नसक्ने भन्दै खबर गरे उनलाई भने हुन्छ हुदैन केही भनिन। स्कुल सकिएको पाँच मिनेट नहुदै फोन आयो म कोटेश्वर चोकमा छु। यतै आउ भने म स्कुटी लिएर गर फोन गरे उनी चोकभन्दा भित्र फास्टफुड्मा छु भने म पुगे। चिकेन मम अडर गरे। म घरमा गएर आउछु अनि हामी पुन बिहे गरौं म फेरि तिम्रो बा आमाको हात माग्न जानुपर्छ भने पनि जान्छु म के भन्छौ त त्यहाँ गएर मेरो गल्ती भयो भनी माफ माग्छु। गल्ती नदोहोर्‍याउने प्रतीज्ञा गर्छु। तिम्रो काम माफिको लायक छैन उहाँहरु तिम्रो अनुहारतिर पनि हेर्नुहुन्न बुझ्यौ। जसरी तिमीले माफ गर्‍यौ त्यसैगरी उहाँहरुले पनि माफ गर्नुहुनेछ। तिमी गलत बुझ्दैछौ मैले तिमीलाई माफ गरेको हैन मौका दिएको यहीँ त हो नि माफी। जसरी तिम्रो हिजो म सङ्ग बिहे गर्न मन्जुरी दिनुभएको थियो त्यसरी नै मान्नुहुनेछ। म कोठामा फर्किन्छु तिमी जाउ भने म भोलि घरमा जान्छु उता बेचबिखन गर्छु बा आमालाई यतै ल्याउछु। अरु कुरा फोनमा गरौंला भन्दै म शुभयात्राको कामना गरि घर फर्किए।

कोठामा पुग्दा छोरी खाजा खाई पढ्दै थिइन्। म खाना बनाए। हातमा झोलाको पोको थियो। खोलेर हेरिन। ममी यो घडी मलाई हो भन्दै खुशी भइन मैले हो छोरी भन्दै थमाइदिए। साथमा चकलेट थिए निकालेर खाइन यो घडी दादालाई होला है मामु म भोलि स्कुलमा पुर्‍याइदिन्छु भनिन मैले हुन्छ भने। पढ्न लेख्न सिकाए आफुले तयारी गरे सुत्न लाग्दा फोन आयो छोराछोरीलाई घडी दियौ मन पर्‍यो रे मैले छोरीलाई मन पर्‍यो रे छोरा slc नजिकिएकाले होस्टल छ भोलि छोरीले पुर्‍याउछिन भने तिमीले मोबाइल हेर्‍यौ जवाफमा छैन भने किन मन नपरेर हो मैले होइन भने छदैछ भोलि हेर्छु अहिले सुते भने।
ल घरमा राम्रोसङ्ग जाउ बुढाबुढी बाबुआमा तिम्रो बाटो हेरिरहनु भएको छ। मैले घर छोड्दा उहाँहरुका आँखा भरिएका थिए। तिमीले अर्को श्रीमती लगेर पनि घरमा छोडेनौ उहाँहरुलाई हात सघाउने कोहि भएनन न तिमी न तिम्रो श्रीमती उनी मौन बने सायद गल्ती नगरेको भए आज तिमी अनि छोराछोरी बा आमाको साथमा हुन्थ्यौ भन्ने सोचे क्यारे। मैले मौनतालाई चिर्दै राम्रोसँग जाउ पुगेर फोन गर अहिलेलाई गुड नाइट भन्दै फोन काटिदिए।

बिहान उठ्यो खाना बनायो खायो केही तयारी गर्‍यो समय मिले छोरीलाई स्कुल पुर्‍यायो। नमिले छोरी एक्लै म एक्लै आफ्नो आफ्नो काममा लाग्थ्यौ। म दिनभर स्कुलमा बिजि भए बिद्यार्थीहरुको टर्म एक्जाम सुरु हुने बेला भएको थियो। दिनभरी पढाई स्कुल बिदा हुँदा बित्तिकै फोन आयो म घरमा हिडे भनेर मैले राम्रो सङग जानू भन्दै फोन काटे। कलेज गए क्लास लिए घर फर्किए। आफ्नो बिषयका सबै क्लासका प्रस्नपत्र तयार गरे सुते। दिनहरु कोल्टे फेर्दै गए। उनी घरबाट बेला बेलामा फोन गर्थे। मैले जग्गा जमिन बेच्दैछु। अब हामी काठमाडौमा घर बनाएर बस्ने। जुन इच्छा मेरो कलेज पढ्दा देखि देखेको सपना हो भन्थे।

केही दिन न उनले फोन गरे न मैले नै। एकदिन फोन आयो मैले यहाँको जग्गा जमिन बेछे म मेरो ममी बाबालाई लिएर भोलि काठमाडौ आउदैछु भने कतै खुशी लाग्यो एक मनले जे गरेपनि मलाई किन सुनाउनु जस्तो पनि लाग्यो। मैले औपचारिकता निभाउदै शुभयात्रा भने उनले धन्यवाद भन्दै फोन काटिदिए। उनी पर्सिपल्ट बिहान काठमाडौ आए। उनले कलङ्कीमा प्ल्याट लिएर बसेका छौ जग्गा हेर्दैछु किन्ने र घर बनाउन सुरु गर्छु भन्थे।
म प्रतिक्रिया बिहिन सुनिरहन्थे। चैत लाग्यो बाबुको slc चलिरहेको थियो छोरीको एक्जाम सकिएको थियो।

एकदिन फोन गरे अनि भने छोराछोरीको एक्जाम कहिले सकिन्छ? म छोराछोरी भेट्न आउछु भने। मैले तिमीलाई भेट्न त के तिम्रो साया पनि नपरोस् मेरा छोराछोरी माथी भन्न मन थियो तर म अब मात्र चार वटा सब्जेक्ट बाकी छ भने म एक्जाम सकिएपछि आउछु भने म ओके भनी फोन काटिदिए। छोराको एक्जाम सकिएर घर आयो। दाजुबहिनीलाई नै तिम्रो ड्याडीले भेट्न खोजेका छन भेट्छौ त भनी सोधे। उनीहरु प्रश्नात्मक नजरले हेरे कसरी नि ममी बन्यो छोराले उनी घर आएका छन काठमाडौं मै बसेका छन भने उनीहरू केही बोलेनन।

अर्को दिन बिहान फोन आयो म छोराछोरी भेट्न कोटेश्वर चोकमा आउदैछु चोकमा लिएर आउ भन्दै फोन गरे मैले करिब दश बजे चोकमा पुर्‍याइदिए। उनी आमा बुबाले पनि भेट्न खोज्नु भएको छ बसेछन भने दुई चार दिन उतै बस्छन। नमाने साझ ल्याइदिन्छु भन्दै लगेर गए। मलाई कोठामा फर्किन मन लागेन सिधै स्कुटी मोडेर माइती पुगे। घरमा ममी ड्याडी दाजु भाउजू घरमा हुनुहुन्थ्यो। खाना खायौं छोराछोरी नलिएर किन आएकी कहाँ छन छोरा छोरी भन्दै ममीले सोध्नु भयो। उनको ड्याडी नेपाल आएका छन उताको घर बेचेर आमा बुबालाई यतै ल्याएर राखेका छन म छोराछोरी भेट्छु भनेर फोन गरेका थिए अनि लगेर गए।

दाजुले मेरो कुरामा चाख दिएर सुन्नु भएको थियोे। दाजुले तलाई याद छ तेरो यो अवस्थाको जिम्मेवार को हो भन्ने अहिले फुरुक्क परेर नबस है भन्नू भयो। अहिले राम्रो कुरा गर्छन तर घर नबाएर नयाँ जिवनको सुरुवात गरौ भन्छन के गर्ने म दोधारमा छु भनी सुनाए। जीवन तेरो हो तैले सोच बिगत त्यस्तो छ पूरा बिश्वास गर्न सकिँदैन। याद राख भन्ने सुझाउनु भयो। ममीले दाजु भाउजुको ब्यबस्था बनेको छ। बहिनी अनि ज्वाइँ दुबै सरकारी जागिरे छन उनीहरूले पनि राम्रै जीवन बिताएका छन हामीलाई तेरो मात्र चिन्ता छ। तलाइ जे ठिक लाग्छ त्यसै गर भन्नू भयो। निर्णय गर्दा सोचेर गर ताकी पछुतो नहोस बाबै भन्नुभयो उहाको कुराले आँखा भरिएको थियो।

साझ छोराछोरी आएनन उनीहरु उतै बसे एक्जाम सकिएकाले हतारो केही थिएन। म पनि साझ घरमा नै बसे। अर्को दिन म कोठामा फर्किए। छोराछोरी कोठामा नभएकोले एक्लो अनुभव भएको थियो। २/४ दिन आमा बुबासङ्ग बसेर फर्किए। मैले के रहेछ खबर सोधे ड्याडीले घर बनाउन लाग्नु भएको रहेछ हिजो ढलान थियो। ड्याडी सामान किन्न कुद्नु परेको थियो हामीलाई पुर्‍याउन आउन पाउनु भएन त्यसैके हामी आज आयौ भनी स्पष्टीकरण दिइरहेको थियो मानौ उता बस्दा छोराछोरीले गल्ती गरिरहेका छन भनी मैले कराइरहेकी छु जसरी। दिन बित्दै गयो उनले कहिलेकाही फोन गर्थे।

एकदिन घर बनाएर सकियो। अब म तिम्रो हात तिम्रो ममी बाबासङग मागेर नयाँ घरमा नयाँ बेहुली बनाई भित्र्याउन चाहान्छु। मलाई तिम्रो परिवारले स्वीकार नगरे पनि माफ माग्छु तिम्रो हात मागेरै छोड्छु भन्थे। मैले त तिम्रो हिम्मतलाई सलाम भन्दै फोन काटिदिए। एकदिन साच्चिकै मेरो घरमा पुगेर र मेरो परिवारलाई मनाइछाडे। मलाई नयाँ बेहुली बनाई कलङ्की स्थित उनको घरमा म भित्रिएकि थिए। म पुरानो मान्छेसङग पुन नयाँ जीवनको सुरुवात गरेकी थिए म खुशी थिए।

जिन्दगीमा कहिले घाम बने त कहिले छाया बनेर त कहिले आगो बनेर त कहिले पानी बनेर कहिले दुखको उल्झनमा अल्झिदै त कहिले थोरै मात्र भएपनि सुखको सुखानुभुती गर्दै काहीँ कतै केही मीठो अनुभव केही तितो यथार्थतालाई स्वीकार गर्दै जिन्दगी घिर्सिरहेको छ एक मीठो लयमा अनि गतिमा। यादहरुले अनुभवहरुले प्रत्यक्ष अप्रत्यक्ष ज्ञान दिएका छन मैले कहिले यो सोचिन तिमी फर्किएर मेरो जिन्दगीमा आउनु पर्छ समयले हामीलाई एक मौका दियो म त्यसलाई नकार्न सकिन।

आज उनको समिपमा छु साथमा छु पासमा छु हरेक ठाउँमा साथमा छु। म सुनाउछु आज मेरा कुरा अनि अतितका कुरा मेरो जिन्दगीका खुशीले आत्माहत्या त्यही दिन गरेको थियो जुन दिन तिमीले नयाँ जिन्दगीको सुरुवात गरेका थियौ। म आफुलाई स्वतन्त्र भएर उड्न मन पर्छ भने म तिम्रो खुसीमा आजाद छलाङ मार्दै उडिरहेको त्यो स्वतन्त्र मन पराउने पन्छीको पखेटा काटेर थुन्नु पाम सम्झे त्यसैले त तिम्रो खुशीको लागि खुशी खुशी सम्बन्ध बिच्छेदको मुद्दाको लागि निवेदन दिए ताकी तिमीलाई छलाङ मार्दै उड्न सजिलो होस। जे भए पनि तिमी मेरो पहिलो माया थियौ र अन्तिम पनि हुनेछौ।

तिमी पुन मै तिर फर्किएका छौ म पुन भविष्य सजाउन तल्लिन छु अँध्यारो छिचोल्दै छु। एक्लोपनलाई सधैं सधैंको लागि टाढा भगाउने कोशिशमा छु। यादको खाल्डोमा उठ्नै नसकिने गरि जाकिएकी म तिम्रो मायाले खाल्डो पुरेर बाहिर निस्किने कोशिशमा छु। अब जिन्दगीमा गल्तीहरु सच्याउने मेरो अप्ठ्यारोमा उनले हात दिने र उनको अप्ठ्यारोमा मैले साथ दिने सहमति बनाएका छौ। एक पटक पुन हाम्रो मिलन भएको छ। मनका गल्ती मनले नै सच्याउने प्रतिबद्धता सहित पुन एक भएका छौ। म यस्तै अन्तरङ्ग कुराहरू उनीसङ्ग साटिरहेकी थिए। जिन्दगीका सुख अनि दुखहरु केही सुखका पल केही दुखका पल साट्दै अब कहिले नछुट्ने बाचा गर्दै उनैको अङगालोमा बाधिरहेको थिए। मैले प्रेम दिएर तिमीले बदलामा दिएका हौ पागलपनको ट्याग। मैले तिमीलाई गरेको उपहास अनि दिएका हरेक चोटहरुको लागि क्षमायाचना गर्छु भनी मेरो शरीरमा शिर झुकाएका थिए। 



ममी ए ममी उठ्नु पर्दैन आज त स्कुल जाने बेला भयो उठ्नु पर्दैन खाना बनाउन ढिलो भयो भन्ने छोरीको आवाजले मलाई बुझायो। म मीठो सपनाको सपनामा हराइरहेकि थिए रमाइरहेको थिए म बुझिए अनि घडी हेरे घडीले आठ बजाउन लागेको रहेछ म हतार हतार उठे फ्रेस भए। खाना बनाए खाना खायौ। छोरीलाई स्कुटरमा राखेर स्कुल पुर्‍याए म मेरो स्कुलमा पुगे। बेलुकी म कलेजको क्लास सकाए अनि घरमा फर्किए। छोरा slc दिएर दिन भए कोठामा थियो। बेलुका जादा खाना तयार गरेको थियोे। कामले थकाइ लागेको थियो खाना खायौ अनि सुत्यौ। सुते निद्रा परेको थिएन।

सपनाका कहानी वा घटनाक्रम एक एक गरि मेरो मानसपटलमा नाचिरहेका थिए। भुकम्प पछि मेरो फेसबुकमा त के छोराको फेसबुकमा पनि ब्लक गरेकी थिए। नम्बर पुरानो भए पनि खासै फोन आउदैन्थ्यो। आए नयाँ नम्बर रिसिभ गर्दिनथे। उनले मलाई फेसबुक मार्फत साथी बनाएर आफ्नो श्रीमतीको जानकारी गराएका थिए जुन पहिले उषाले बताएको कहानीसङ्ग हुबहु मिल्थ्यो। उनले नियमित जसो फोन गरिरहे। आउने दिन एरर्पोट बोलाए म रिशिभ गर्न नगएपछी अर्को दिन पशुपति भेट्न बोलाए। मलाई मोबाइल छोराछोरीलाई घडी ल्याइदिएको कुरा अनि बिहान अनि बेलुका भेट भएको कहानी घरमा गइ सम्पत्ति बेचेर बाबा आमालाई काठमाडौ राखेको कुरा आफ्नो कलेज पढ्दा देखीको काठमाडौमा घर बनाउने सपना पूरा हुँदा रमाएको कुरा एकपटक टुटेको सम्बन्ध बचाउन मेरो परिवारमा हात माग्न गएर उनको नयाँ घरमा भित्र्याएको कुरा अनि गल्ती नदोहोर्‍याउने बाचा गर्दै अङगालोमा कसेका हरेक दृश्य आँखा वरिपरि आइरहेका थिए।

कोल्टे फेर्छु निद्रा परेन सोचे बिहानीपख देखेको सपना पूरा हुन्छ भन्छन कास त्यो पूरा भैदिए। मेरो मन पग्लिए जसरी उनको मन पनि पग्लिए कस्तो हुन्थ्यो होला यहि दृश्य आँखामा घुमिरह्यो निद्रा मेरो आँखाबाट टाढा भयो। बाध्यताको भुमरीमा हेलिदा दुखका आँसु ले आँखा भरिन्थे तर सपना मा नै सहि म धेरै बर्ष पछि मीठो मुस्काएकी थिए। आँखा बाट पहिलो पटक हर्षको आँसु झरेका थिए त्यो सपना थियो। त्यो मात्र आँखा चिम्लिएको बेला देखिएको थियो। खुला आँखा त सपना सजाउन भन्दा पनि आवश्यकताको गर्जो कसरी टरौ भन्नेतर्फ केन्द्रित छ।

बर्षौ पहिले देखि नै यी आँखाले रङिगन सपना वा दृश्य सजाउन बिर्सिएको थियो। रंगहीन सपना मात्र आँखा वरिपरि आइरहन्थ्यो। सपनामा नै सहि सपना मेरो रंगिन बनेको थियो म सपनाको ती दृश्य सम्झेर पुन मुस्कुराए। मैले बर्षौ पछि पनि मुस्कुराए कास मैले बिर्सिएको रहेनछु।

आजभोलि खै त्यो पनि के भनौ र भन्छु पनि खै यो समय, परिस्थिति अनि म, मेरा हरेक कदम लाग्छ एक आर्काको बिरोधि बनी खडा भएका छन । कतिबेला लाग्छ कहिले मलाई जिन्दगीका सपनाले खेलायो कहिले आफ्नै रहरहरुले जिन्दगीसङग खेले। अह अहिले भने थाहा छैन जिन्दगीका सपनाले मलाई खेलाएको छ कि मैले जिन्दगीलाई मेरा स्वार्थ पूरा गर्न प्रयोग गर्दैछु मलाई त्यो थाहा छैन न यो थाहा छ कि जितका लागि खेल्दै छु वा हारका लागि। जिन्दगीको यो लुकाछिपी जस्तो लाग्ने खेल म निरंतर खेलिरहेकि छु। जसमा कुन दिन दिन पुर्ण बिराम लाग्छ त्यो अझै टुंगो लागेको छैन। बस म निरन्तर यात्रामा छु। जस्को गन्तव्य कतै रुमलिएको छ। तै पनि हिम्मत हारेको छैन गन्तव्य पछ्याउन अनि सपना सजाउन । म जिन्दगीको युद्ध पुन एक पटक हार्न लागेकी छु। एक गाँस खान र एकसरो लगाउनकै लागि यो भागदौड, यी र यस्तै तमाम सपना पूरा गर्न दौडिदा दौडिदै यहाँ त्यहाँ भैदारिदा भौतारिदै कहाँ पुगेर कति बेला समयसङग घुडा टेक्छ जिन्दगीले कहिले उठ्न नसकिने गरी....

Comments

  1. निकै सुन्दर रचना निकै दुख र पिडादायि कष्टहरु सङ्घर्ष ननिदाएका ति आँखाहरु र एउटा आफ्नो सानो सपना पुरा गर्नको लागि सदा लागि परेका हरेक मान्छे
    हरु आज यहि छन्, त्यस्तै एउटा चोट सङ्घर्ष र हरेक समयको चुनौति सङ्गै अप्ठेरो खुड्किलाहरु पार गरि आफ्नो सपना पुरा गर्ने र गराउने जुन यो साहस गर्दै हुनु हुन्छ ,एउटा पाएको सब दुख पिड चोट र ति समय लाइ एउटा उत्खनन गरि उतार्नु भएछ ,र मैले पढ्न पाए, नियाल्न पाए, निकै आभारि र आफुला सौभाग्य मानि ठाने ����

    ReplyDelete

Post a Comment

Popular posts from this blog

कथा