गजल

एउटा सहर छ जहाँ मान्छेको भिडभाड अनि कोलाहल छ,
एउटा गाउँ छ जहाँ सुन्य छ मलामीहरुको पनि हाहाकार छ!!

मलाई लगाएको निशाना त्यो चुकेर घाइते भएको छ दुश्मन,
बिचारा एक्लै रहेछ उपचार गर्न हस्पिटल लैजाने बिचार छ!!

यो लडाइँ नै लडेपनी तिमी जिते पनि हार्छौ हारेर पनि हार्‍छौ,
म मित्रताको लागि फुल बोकेर आएकीछु तिमीसङ्ग तरबार छ!!

आखिर त्यही घाटसम्म पुग्न त भाबीले निधारमा लेखेको रहेछ,
जसले जिन्दगी भर बाहाना गरि नै रह्यो ब्यस्त छु अनी हतार छ!!

✍️ कृषा के सी
कोटेश्वर,काठमाडौ 

Comments

Popular posts from this blog

लघु उपन्यास

कथा