कविता

स्मृतिमा बालापन
रमाइलो त मेरो पनि बालापन थियोे
जसलाई सबैले रमाइलो भनी परिभाषित गर्छ्न
त्यसैगरी म पनि बालापन रमाइलो मान्छु।
म गाउले परिवेशमा जन्मिएको
हुर्किएको पढेको बढेको त्यसैले होला
यो परिवेश औधी मन पर्छ।।
अझ मलाई गाउँ असाध्यै मन पर्छ
धुलो माटोमा लडिबुडी गर्‍यो।
खायो खेल्यो हल्लियो हिड्यो
सान्चिकै आहा!! मेरो बालापन
न कुनै कुराको चिन्ता भोक लाग्दा
मागेको चिज नपाउदा वा आफुलाई मन
लागेको काम गर्न बन्देज लगाउदा तीन
गाउँ सम्म सुनिने गरि रुदा पनि
खुब आनन्द आउथ्यो
त्यो म कुन शब्दले वर्णन गरौ
शब्दकोष नै खोजे पनि
त्यसको लागि कम पर्छन।।


टिनटिन घडी भित्रको काटा
आफ्नै गतिमा दगुर्छ भन्ने भ्रम रहेछ
त्यो बिस्तारै बोध हुदैछ जसरी
समय सेकेन्ड मिनेट घण्टा
दिन महिना बर्ष हुँदै गति बढाउछ
त्यसरी नै म पनि दिनप्रतिदिन
आफुलाई उचाइ उमेर जिम्मेवारले बाधेको
कतै थिचेको वा जेलिएको महसुस गरे।
रोएर पाइने चिज समझदारी मार्फत हासिल गर्नेपर्ने
बलवान् समयसङग आफुलाई पछाडी तिर लगाउदै गरे।

अब मलाई छोरी मान्छेले यो गर्नुपर्छ
त्यो गर्नुपर्छ भन्ने सिकाउन लागियो।
छोरी भएकोले गर्नुपर्ने काम र कर्तव्यबोध
गरिदै लगियो चुपचाप सहनु र स्वीकार गर्नुको
बिकल्प थिएन।जे भन्यो त्यही गर्नु वाध्यता
अझ त्यसै भित्रको विवषता थियो।
कतै समाजले कतै परिवारले सिकाउदै
मेरो क्रियाकलाप नियन्त्रण गर्दै लगियो।
त्यसलाई नकारात्मक भन्न खोजेको होइन।
म हामी यही समाजका उपज हौ।
त्यसको बिरोधि कसरी बन्न सक्छु म।

Comments

Popular posts from this blog

लघु उपन्यास

कथा