लघु उपन्यास
महिला सङघर्षको कथा
रिपोटर बहिनी (कृषा) नमस्कार। म तिमीलाई राम्रोसँग चिन्छु तर तिमी मलाई चिन्दिनौ होला। चिन्छौ पनि कसरी र म म एक सामान्य महिला हु। म तिम्रो महिलाको बिबिध पाटोमा चिरफार गर्दै लेखिएका लेख रचना समाचार टिप्पणी तथा बिचारहरुको म फ्यान हु। तिमीले महिलाको हित र उत्थान गर्ने समाचार लेख्नु भएको थियो। जसलाई मैले पटक पटक पढेकी छु। महिलाको अबस्था हैसियत अनि जिम्मेवारी लगायतका विषयमा लेखिएका लेखहरु लमदार लाग्छ्न मलाई। महिलाको अवस्था सुधारमा तिम्रो त्यो कलिलो दिमागले वृहत कदम उठाएको छ त्यसलाई मेरो सलाम। समाजमा महिलाको स्थान निर्धारण साथै परिवर्तनलाई आत्मसात गराउने तिम्रा बिचारलाई सलाम।
म सामान्य र एक शिक्षित महिला हु। मसङग स्तरीय बिचार त छैनन तर अरुको भन्दा फरक र पृथक कहानी छन। अझै पनि हाम्रो समाज पितृसत्तात्मक छ। महिला शिक्षा र सहभागिता साथै महिलाको निर्णयलाई स्वीकार गदिदैन। पुरुषले जे गर्दा पनि ठिक महिलाले गरे बेठिक भन्ने परिपाटीकोको बिचमा मेरो भोगाइ प्रस्तुत गरेको छु। जो म जस्तै अबस्था भोग्दै हुनुहुन्छ उहाहरुको लागि प्रेरणा हुनेछ भन्ने सोचेर लेखी पठाएकी छु मेरो भोगाइलाई पनि स्थान दिनु होला। भन्दै मेल आएको रहेछ सरसर्ती मेल चेक गरे। लेख पढे।

नोटिस र म अर्थात सबिता हामी दुइ छिमेकी गाउका तर एउटै विद्यालायका बिद्यार्थी थियौ। नोटिस म भन्दा 3 क्लास माथि थिए। नोटिस पनि क्लासको प्रथम विद्यार्थी थिए। म पनि क्लासको प्रथम नै हुन्थे। नोटिस छोरा भएकोले घरायसी काममा समय खर्चिनु पर्दैन्थ्यो। म भने घरको जेठी छोरी भएकोले काममा सघाउनु पर्थ्यो।
म स्कुल जानू भन्दा पहिला बिहानको गोबर सोत्तर अनि एक भारी घाँस काट्नै पर्थ्यो। साना साना भाइ र बहिनी थिए उनलाई पनि ध्यान दिनुपर्थ्यो। भाइ बहिनी जुम्ल्याहा थिए साना थिए उनीहरु घरमै खेल्थे खान्थे रुन्थे रमाउथे। घरमा 2 भैंसी 2 गोरु 8/10 बाख्रा थिए आमा बुवालाई काममा नसघाई मलाई त धरै थिएन।
घरको काम स्कुल दुबैलाई मैले राम्रैसङग सन्तुलन मिलाएकी थिए। म बाह्मण परिवारमा जन्मिएकोले होला पढाउनु पर्छ भन्ने ज्ञान आमा बुबामा थियो। मेरो घरदेखी स्कुल टाढा भएकोले एक्लै जान गाह्रो हुने भएकोले १० बर्षमा एक कक्षामा भर्ना गरिदिनु भएको थिए। कति बिद्यार्थी मेरै उमेरका थिए कति म भन्दा सानो उमेरका थिए। जब म बिधालय गएर पढ्न थाले म कहिले दोस्रो भइन। मेरो पढाइमा लगाब थियो।
घरको काममा बुबा आमालाई सघाउने मेरो दैनिकी नै थियो। गोबर सोत्तर गर्ने एक भारी घाँस काट्ने घरमा ल्याउने हतार हतार खाना खाने लुगा लगाउने अनि ९:३० बजे स्कुलको लागि हिड्नु पर्थ्यो किनकि स्कुल आधा घण्टाको दुरीमा थियो। पढ्ने तयारी गर्ने समय बेलुकीमा मात्र हुन्थ्यो। बेलुकीमा गाउमा बत्ती पुगेको थिएन टुकी बालेर पढ्थे जे होस बत्तीले मेरो पढाइमा असर गरेको थिएन। पढाइ राम्रो नै थियो।
जब म १८ बर्षकी भए। कक्षा ८ मा पढ्न थाले। घरमा मेरो बिहेको कुरा चल्न थाल्यो। त्यतिबेला सम्म भाइ बहिनी पनि कक्षा दुईमा पढ्ने भइसकेका थिए। बाउ आमालाई सघाउने त होइन यस्तो नगर भन्ने चाहिँ बुझ्ने भैसकेका थिए। बिहेको कुरा मेरो सानिमा मार्फत आएको थियो। यत्तिकैमा मेरो बार्षिक परिक्षा सकियो। परिक्षाको परिणाम पनि आयो। म प्रथम भए। साथै जिल्ला स्तरीय परिक्षामा पनि म जिल्लाकै तृतीय श्रेणी ल्याएर पास भए। म कक्षा नौ मा भर्ना मात्र के भएकी मात्र थिए मेरो बिहेको मिती तय भयो। त्यो पनि मेरै स्कुलमा पढ्ने सिनियर साथी नोटिस सङ्ग । बच्चा देखि देखादेख हुन्थ्यो तर बोलचाल हुदैन्थ्यो उनै साथी नोटिस मेरो जीवनमा जीवनसाथी बनेर आए।
नोटिस म भन्दा भन्दा 3 बर्ष अगाडि थिए। उनी एस. एल. सी. पछि उच्च शिक्षाको लागि राजधानी झरेका थिए। राजधानीमा डेरामा बसेर +२ गरिरहेका थिए। बिहे गरेर केही दिन गाउमै बसेपछि नोटिस आफ्नो पढाइको निरन्तरता दिन काठमाडौं फर्किए। म भने बुहारी बनी घरमा सासू सरुरालाई सघाउदै पढाइलाई पनि निरंतरता दिन लागे। छोरी हुँदा जस्तो नियमित स्कुल जान नपाए पनि पढाइ भने छोडिन।
चैत महिना आयो अर्थात स्कुलको फाइनल एक्जाम हुने महिना आयो। सबैले जस्तै मैले पनि परिक्षा दिए। एक्जाम पछिको समय म घर गृहस्ती चलाउन तिर लागे। मैले घरको काममा नसघाए तेरो माइतीमा काम गर्थिस त यहाँ किन नगरेको तैले काम नगरे तेरो बाउले आएर काम गरिदिन्छ भनी सासुले कराउथिन। म आँसु बगाउदै भए पनि घरको काम गर्ने गर्थे। साझ सासुलाई तेल लगाउन कोठामा जान्थे।
कहिले केही बोल्दिनथिन कहिलेकाही भने तेल लगाउनमा पनि आउदैन भनी कराउथिन। के लगाएकी राम्रोसँग लगा त्यही हो सिकेको भनी कराउथिन। उनी केही बोल्यो कि तलाइ यहि सिकाएका हुन तेरो बाउ आमले भन्दै जगल्ट्याउथिन। उनी तेल लगाई कोठामा फर्किएपछी कसैले नसुन्ने गरि कसैले नदेख्ने गरि रुन्थे। कहिलेकाही माइती जान्थे। सासुका कुरा आमालाई सुनाउथे। आमाले त्यस्तै हो सहनुपर्छ मैले पनि त्यस्तै भोगेको हो केही नबोल काम गर मुख नफर्काउनु भनी सिकाई पठाउथिन।
यत्तिकैमा मेरो कक्षा नौ को रिजल्ट आयो। म प्रथम भए। म खुशी भए तर सासू भने खुशी नभएको देखे। सासू फेल होस अनि स्कुल छोडोस भन्ने चाहान्थिन। उता छोरालाई पनि बाबुलाई चिठी लेख्न लगाएर अब बुहारीलाई पढाउनु पर्दैन। घरको काम सिन्को भाच्दिन भन्दै चिट्ठी लेख्न लगाइन। अब स्कुल छोडेर हामीलाई सघाउछे भन्दै चिठी लेख्न लगाएर पठाइन। छोराले बिहान बेलुका काम गर्छे । दिउसो स्कुल जान दिनु आमा भनी प्रतिउत्तर पठाए पछि उल्टो मलाई तैले छोरालाई के के सुनाइस मेरो कुरा मान्न छाड्यो भनी कपाल उखेली दिइन त अलछिना भनेर कराइन ।
यस्तो गरिरहदा ससुराले नकुट त्यो पनि अर्काकी छोरी हो । तेरो छोरीलाई कसैले यस्तो गर्यो भने के हुन्छ भन्दै तानेर लगे। तपाईं पनि यसैको सपोर्ट गर्ने नजाती त मै हो भन्दै भनभन गर्दी गइन। ससुराले त्यसो भनी रहदा दुखाइको पीडा कम महशुस गरे शब्द शब्द केलाउन लागे । आफ्नो मर्म बुझेकोमा झनै आँसु बगाए। कुटे पनि गाली गरे पनि घरको काम नगरी सुखै थिएन।
एकछिन कोठामा गएर रोए। कराए तर कस्लाई सुनाउने कोहि थिएन। अनि भान्सा तिर लागे खाना बनाए। सासू ससुरालाई बोलाए खान दिए। खाएका भाडा माझे। आफू भने भोकै कोठामा फर्किए खानै मन लागेन। साझ सासुको खुट्टामा तेल लगाउन पुगे । सासू रिसले चुर थिइन केहि नबोली तेल लगाइदिए र कोठामा फर्किए। दिनभरीका कुराहरु सझिए रातभर छट्पटी भैरह्यो तर अह निद्रा पिटिक्कै परेन बिहान मिर्मिरेमा उठेर पानी लिन पधेरा पुगे। नुहाए पानी चढाए। हिजोको जस्तो दिन कहिले नआयोस मनमनै भगवानसङ्ग पुकारा गरे। गाग्री भरेर घर फर्किए। पानी तताए बस्तुको लागि गोबर फ्याले पानी दिए लिपपोत गर।
नयाँ शैक्षिकसस्त्र सुरु भयो ससुरा गएर मलाई कक्षा १० मा भर्ना गरिदिए। भर्ना अबधि पूरा भएपछी स्कुल लाग्यो। म स्कुल जान लागे। स्कुल जानू भन्दा पहिला घरको काम सकेर गए। बिहान उठेर पधेरोमा गए पानी लिएर आए। बस्तुलाई दिन पानी तताउने गोबर सोत्तर गर्ने बस्तुलाई पानी दिने लिपपोत गर्ने काम त मेरो बुहारी भएकाले गर्न्नै पर्ने काम नै भइ हाल्यो। त्यसपछि कि खाना बनाउन लाग्ने कि घाँस काट्न जाने भन्ने अप्सन हुन्थे। सासुको हुकुम अनुसार त्यो काम तय गर्दै स्कुल जान्थे। बिहानमा पढ्ने कुनै समय हुदैनथ्यो। धन्न स्कुल जान चाहिँ पाउथे।
कहिले काहीं घाँस काट्न गएर घाँस लिएर घरमा आउँदा सासुले आफुले मात्र खाना बनाएर खाई भाडा जुठ्यानमा हुन्थे। मलाई खाना हुदैन्थ्यो। ती भाडा पनि माझेर भोकै स्कुल जान्थे। दिनभर स्कुल भोकै पेट पढेर साझ घरमा फर्कियो किताब साइड लगाएर कता के काम छ हेर्नू र गर्नु पर्थ्यो खाना बनाउने काम गरे पनि सासुले कहिले के धेरै भयो कहिले के कम भयो भन्दै गाली मात्र गर्थिन।
खाना खानु भाडा माझ्नु सासुको खुट्टा तेल लगाउनु मेरै दैनिक काम नै भैसकेको थियो। काम सकेर कोठामा जान्थे। पढ्ने समय भनेको बेलुका मात्र थियो। बत्ती नभएको कुरा त पहिला पनि भने बत्तेमा मट्टीतेल राखेर पढ्नु पर्थ्यो। कहिलेकाही सासुले मट्टीतेल सम्म दिदैनथिन, कराउथिन तेरो पोइले पैसा पठाउदैन। मैले किनेर तलाई दिन सक्दिन भनी सुनाउथिन ।कति दिन त जुनको उज्यालोमा बसेर पनि पढे। कहिलेकाही माइती जादा आमाले दिएको पैसाले मट्टीतेल किनेर कोठामा लुकाएर राख्थे जस्ले पढ्न मदत गर्थो।
कहिलेकाही सासुले स्कुल नजायोस भनेर बिरामी भएको बाहाना गर्थिन उनलाई हेरेर घरमै बस्थे। कहिलेकाही छरछिमेकमा बिहे भोज पुजा आजा पर्यो भने सासू काममा सघाउन पठाउथिन मलाई। पात टिप्न टपरी गास्न जानै पर्थ्यो छोरी हुँदा जस्तो नियमित स्कुल जान पाइन। त्यै पनि नियमित गएको जस्तै गरि पढाई गर्थे। रातमा पढ्थे म क्लासको प्रथम विद्यार्थी भएकोले पनि सरहरु क्लास छुटेकोमा कराउनु हुदैन्थ्यो। त्यसमाथि म बिबाहित थिए बुहारीले गर्नुपर्ने जिम्मेवारी पनि सरले बुझ्नु भएको थियो। म सकभर क्लास नियमित गर्न खोज्थे तर कहिलेकाही छुटिहाल्थ्यो। सरले मेरो उदाहरण दिदै अरुलाई पढ्न भन्नुहुन्थ्यो। मलाई थोरै भए पनि खुशी लाग्थ्यो। घरको काम बुहारीको काम र पढाईमा पनि अब्बल भनी स्याबासी दिनुहुन्थ्यो। कोहिले त बुझ्दो रहेछ मेरो बाध्यता जस्तो लाग्थ्यो।
यत्तिकैमा दिनहरु बित्दै गए सेन्ट अफ आयो एक्जाम दियौ। त्यतिबेला पढाइको कोर्स सकिएको थियो। एक्जाम दियौ कोहि दिन बिदा भयो। स्कुल सकिएकोले स्कुल बिदा भएको थियो। कोहि टिउसन पढ्न जान्थे। म पनि 2 बिषय इङ्लिस र म्याथको टुइसन पढे। करिब दुइ महिना जति ससुराले फि तिर्न भने केही भन्नू भएन। तिरिदिनु भयो। अरु पढाइ सकिएकोले सासू पनि केही खुशी थिइन। घरको काम गर्ने भइ भनेर। मैले पनि काम गर्थे।
यत्तिकैमा एस. एल. सी नजिकै आयो। प्रवेश पत्र लिने दिन आयो। एक्जाम सदरमुकामको बिधालयमा परेको थियो। ससुरा गएर कोठा भाडामा ल्याइदिनु थियो। एउटा स्टोभ पनि किनीदिनु भएको रहेछ। एस.एल.सी दिन सम्मलाई पुग्ने रासान पानी भने घरबाटै बोकेर लगेर गए। ससुराले खर्च भन्दै दुई हजार दिनु भएको थियो हजार रुपैयाँ त कोठाभाडा नै थियो। जान आउन। २५०/२५० बस भाडा नै थियो। बाँकी पाँच सयले सबै ब्यबस्था मिलाउनु पर्ने थियो।
आमाले पनि सदरमुकाम जादा लुकाएर पाँच सय दिनु भएको थियो। त्यसैले खर्च पुर्याए। एक्जाम सकिएपछि साथीहरू सदरमुकाममा आएको बेला एकदुइ दिन घुमेर फर्किने भनीरहेका थिए ।आफुलाई एक्जाम सकिएपछी फर्किहाल्न भनिएको थियो।
लिखित परिक्षा सकिएको दोस्रो दिन लिसिनिङ र स्पिकिङ सकियो। बिज्ञानको प्राक्टिकल एक्जाम पनि सकियो। हतार हतार कोठामा पुगे । बुक सामान सबै मिलाएर प्याक गरे। कोठाभाडा तिरे अनि घर जाने गाडी चढे र साझमा घरमा पुगे।
एक्जामको थकान गाडीमा उभिएर जादा भएको पीडा बिर्सिएर खाना पकाउन लागे। खाना खान दिए भाडा माझे सधैको साझ जस्तै सासुको खुट्टामा तेल लगाइ अनि कोठामा फर्केर सुते। थकानले होला कि एक्जाममा ढिलो सम्म पढेर हो खै शरीर पनि गलेको थियोे त्यसैले मस्त निदाए । बिहान भाले बासे पछि निद्रा खुल्यो।
दिन यसै उसै बित्न थाल्यो। आफू जन्मिएको ठाउँमा जान मन लाग्यो। भाइ बहिनीको माया लाग्यो। आमा बुबाको याद आयो। सासुलाइ माइती जान्छु भनेर सोधे। सासुले काम गरेर नबसेर किन जानू पर्यो माइत भनी कराउनु भयो ससुराले जान दे न त एक दुई दिनमा आइहाल्छे नि भन्नू भयो। सासू केही बोल्नु भएन तयार भएर माइती गए। आमा बुबा भाइ बैनीलाई भेटे खुशी लाग्यो। आमासँग धेरै कुरा गरे। रोए वेदना पोखे आमाले ज्वाइको हालचाल सोध्नु भयो बेला बेलामा चिट्ठी पठाउछन ठिकै छ भन्छन मैले सुनाए। ससुराले दिएको समय सकियो।अब घर फर्कनु पर्यो। आमाले सासुको हातमा दिन भन्दै कुराउनी सेल बनाइदिनु भयो । म मन नलागी नलागी भए पनि घरतिर लागे।
घर र माइतीको दुरी तीन घण्टाको थियोे। म साझसम्म घर पुग्ने गरि दिउँसो चार बजे तिर माइतीबाट निस्किए । घरमा पुग्दा झमक्क साझ परिसकेको थियो। खाना खाएर सुत्ने बेला भएको थियो। सासू ससुरालाई ढोगे अनि लगेको पाहुर पनि दिए। सासुले खाना बाकी छ जा गएर खा भनिन गएर खाए अनि काम सकाए सुत्न गए। चैतमा एक्जाम सकिएपछिका गर्मिला दिन थिए एक एक दिन गरि दिन बितिरहेका थिए। एकदिन पढ्न भनी राजधानी छिरेका श्रीमान पनि घर आए। त्यतिबेला उनले +२ को एक्जाम सकेर रिजल्ट कुरिरहेका थिए।
मैले उनलाई घर व्यबहारका सबै कुरा सुनाउन चाहान्थे। घरमा आमा सधै किचकिच गर्नुहुन्छ। गरेको कामको जस नै दिनुहुन्न न म प्रतिको ब्यबहार राम्रो छ भनी मन खोलेर रोए। आमा भनेको आमा हो उहाँको कुरा काट्नु हुदैन। भनेको मान्नु मुख नफर्काउनु भनी सम्झाए। मेरो अब एस.एल.सी. को रिजल्ट पनि आउने बेला पनि भयो अब कहाँ पढ्ने के गर्ने भनी उनीसँग सोधे। अब त्यहाँ +२ छैन कि त सदरमुकाम जानू पर्यो कि त म सङगै जानू पर्यो भने। मलाई पढ्न पाइन्छ कि भन्ने खुशी पनि लाग्यो तर उनले आमा बुबालाई काममा सघाउने कोहि छैन तिमी घरमा काम गर । भनेपछि मेरो सपना गर्ल्याम गुर्लुम लड्यो तर म पढ्छु नै भनेर जिद्दी गर्न पनि सकिन किनकी उनीसँग धेरै कुराकानी गर्ने घुलमिल भएको नै थिइन।
उनी जेठमा घरमा आएका थिए गाउमा कामको सुरुवात हुने दिन थिए। बाजो खेतमा बाजो मार्ने छेउ काल्ना खन्ने काम मिलेर गर्यौ ।असार लाग्यो पानी पर्यो । कुलो चल्यो रोपाइ गर्न भ्याइनभ्याई भयो। रोपाइ सकियो मेरो एस.एल.सी. को रिजल्ट आउने दिन पनि नजिक नजिक आयो । उनी पनि घरमै थिए। आज असार ३१ रेडियो नेपालले रिजल्ट आएको बतायो तर पास भएकाको संख्या पनि बतायो तर कसरी हेन पाउनु रिजल्ट हेर्न स्कुलमा मार्कसिट आउनु पर्ने भयो । अहिले जस्तो साइबर अनि हातहातमा मोबाइल थिएन।
साउनमा बारीमा कोदो रोप्न सुरु भयो दुइ/ चार खेताला उनी म मिलेर रोपि सकियो। उनी मेरो मार्कसिट न आउदै काठमाडौं फर्किए उनले रिजल्ट हेरेको भए पनि के नै हुने थियो र मैले पढ्न नपाउने निश्चित नै थियो। उनी फर्केको दश दिन अर्थात रिजल्ट आएको २५ दिनमा स्कुलमा मार्कसिट आए।
म हतार हतार स्कुल गए। सरले मलाई देख्नासाथ बधाई सबिता तिमी हाम्रो स्कुलको नाम राख्यो। यो स्कुलको प्रथम मात्र होइन जिल्लाकै 5 औ भएको खबर छ खुशी लाग्यो। तिमीलाई बधाई तथा उच्च शिक्षाको लागि शुभकामना भन्नू भयो बधाई दिदा त मन सम्हालियो तर उच्च शिक्षाको लागि बधाई दिदा भने आँखा रसायो। मैले भने सर मेरो पढाइमा पुर्ण बिराम लाग्यो अब पढ्न सदरमुकाम कि राजधानी पुग्नुपर्छ म बुहारी त्यो सम्भब छैन भने। सरले नोटिससङ्गै जाउ अनि पढ यस्तो राम्रो पढाइ बिचमै नछोड भन्नू भयो। मन अमिलो भयो हस सर भनेर घरमा फर्किए।
घरमा पुगेर नोटिसलाई चिट्ठीलेखे। म प्रथम श्रेणीमा पास भए म जिल्लाको पाँचौ पनि भएछु सरले पनि मलाई यस्तो राम्रो पढाइ नबिगार पनि भन्नू भाछ म पनि पढ्न चाहान्छु म पनि तपाईं संगै बसेर उच्च शिक्षा लिन चाहान्छु के तपाईंको मन्जुरी छ भनेर चिठी पठाए। साथै मनभरी पढ्न पाउने आशा पनि राखे। चिठीको जवाफ पनि आउनेछ लेखी हुलाक गएर पोस्ट गरे।
त्यसको पन्ध्र दिन पछि नोटिसले जवाफ त पठाए।
तिमीलाई पढाउन त मन थियो तर बुढाबुढी बाउआमाको स्याहार कस्ले गर्छ बिरामी हुँदा हेरचाह कस्ले गर्छ तिमी बुझ्ने मान्छे जिद्दी नगर आमाबुबालाई ख्याल गर तिमी शिक्षित मान्छे मैले यति भन्दा बुझ्छौ भनी उत्तर आएपछि मैले बिरोध गर्न सकिन। सासू त पहिला देखि नै पढाइको बिरोधि ससुराले पढाउनुहुथ्यो होला नजिकमा छैन। अब मनलाई बाधेर घरमा बस्नुको विकल्प रहेन।
बल्ल बल्ल मनलाई बुझाए। साउनको २५ मा मार्कसिट लगेकी म असोज तिर स्कुल गएर क्यारेक्टर निकाले। मन अमिलो भएको थियो सायद असर अनुहारमा पनि देखिएको थियो होला क्यारेक्टर निकाले सरले मेरो सरले मेरो बाध्यतालाई बुझ्नु भएछ क्यारे केही भन्नू भएन।
घरायसी काम दाउराघास उकाली ओराली गर्दै दिन बित्दै गए। नोटिसको निशानीले पेट ठुलो हुँदै गयो। काम गर्न समस्या हुन थाल्यो तल्लो पेट पनि दुख्न थाल्यो। २०५४ साल फागुनमा १८ मा छोराले जन्म लियो। बिस्तारै छोराको स्याहार सुसारमा बिजि भए । मैले २१ बर्षमा छोरा जन्माए सुत्केरी चोखिएपछि माइतीबाट बुबा लिन आउनु भएको थियो। बुबाले सासू ससुरासङ्ग मलाई माइती लैजाने अनुमती माग्नु भयो ।
तपाईंको छोरीलाई सुत्केरी खुवाउन लैजानुहुन्छ भने लैजानु भनिछन सासुले अनि ससुराले पनि बुबाले हिडेर जान सक्दिन। म भोलि बोकेर लैजाने मान्छे पठाउछु भन्दै बिदा माग्नु भयो। मैले त बिस्तारै हिडेर जान सक्छु जान्छु भनेको बुबा हुदैन म भोलि मान्छे पठाउछु भन्दै जानू भयो। मन त बुबसङगै माइतीमा पुगेर रमाइ रहेको थियो। आमासँग दुख सुख साटिरहेको थियो तर मन न हो के के सोचिरहन्छ।
फेरि यता भोकले छोरा दिपेस रोयो। म झसङ्ग भए दुध खुवाए अनि भोलि कति बेला होला भन्ने मात्र सोचिरहे। यो छोरीको जातलाई माइती अनि माइतीको हर चिज प्यारो भन्छन। मलाई आमा बुबा भाइ बैनीको सार्है माया लाग्यो। राती छोरा ब्युझियो रोयो भने हर्यो नभए मस्त सुथ्यो म पनि सुते। बिहान भयो।
बिहान ८ बजेतिर मलाई बोकेर लाने २ जना मान्छे पठाउनु भएछ बुबाले। सामान बेलुका देखि नै ठिक पारेकी थिए। छोरालाई पनि तयार गरे हिड्ने बेला भयो ससुराले हामीलाई पनि नातीको माया लाग्छ धेरै माइतीमा नबस्नु छिटै आउनु भन्नू भयो। सासुले पनि छिटो आ है भन्नू भयो । बिदा भए दाइको बुइ चढेर हिडे। केही ओरालो झरेपछी दाइलाई थकाइ लागेछ क्यारे अर्को दाइलाई एकछिन बोक्न भने। मलाई अरुको ढाडमा बोकिन मन लागेको थिएन। भै गो दाइ म हिड्छु भने।
दाइले हुदैन हामीलाई तपाईंको बुबाले कराउनुहुन्छ भने अहिले कहाँ देखिन्छ र म बिस्तारै हिड्छु घर नजिकै गएपछि बोक्नु भने उनले हस भने। छोरा सामान दाइहरुले बोकेका थिए म बिस्तारै हिडे अनि बस्तै हिडे जब घरको नजिकै पुग्यो उनले मलाई बोके। घरमा पुग्यौ। खाना आमाले तयार गर्नु भएको रहेछ। खाना खायौं। दाइहरु पनि खाना खाएर आवश्यक पैसा लगेर आफ्नो घर गए।
आमाले छोरालाई तेल लगाइदिनु भयो मलाई पनि तेल लगाएर मालिस गरिदिनु भयो। स्कुल गएका भाइ बैनी पनि आए उनीहरु खाजा खाए लेखपढ गर्न लागे। मलाई भने केही गर्नु परेन आमाले सबै गर्नु भयो। यत्तिकैमा एक महिना सकिन लाग्यो त्यो बिचमा ससुरा एकपटक नाति भेट्न भन्दै आउनु भएको थियोे । बुबाले अझै १५/२० दिन बस्छे छोरी भन्नू भयो। कामको सिजन सुरु भाछैन। अलि पछि आउछे भन्नुभयो । ससुरा हुन्छ भन्दै फर्किनु भयो। माइती आएको एक महिना २० दिन पछि एकजना दाइलाई सामान बोक्न बोलाउनु भयो।
कोशेली सामान दाइलाई बोकाएर छोरो लिएर बिस्तारै घरमा गए। सासू कति धेरै बसेकी माइत माइत गए पछि त घर नै बिर्सिन्छेस है भन्दै कराइन। पुर्याउन गएका दाइ खाना खाएर फर्किनु भयो। मैले पनि खाना खाए सासू ससुराले पनि खानु भयो भाडा माझे बिस्तारै पहिले जस्तै काममा फर्किए।
जेठ लागेको थियो खेतमा बाजो चिर्ने छेउकुना खन्ने बेला भयो। छेउकुना खने। बिस्तारै असार लाग्यो धान रोपाइ सकियो कोदो रोपियो झार उखेलियो अब गाउमा दशैले छपक्कै छाउन लाग्यो। पढ्न गएका कमाउन सहर गएका गाउँ फर्किन थाले मलाई पनि अब नोटिस फर्किन्छ्न भन्ने कुराको खुशी लाग्यो छोरा पनि 7 महिनाको भैसक्यो अझै बाबाले छोरा र छोराले बाबा देखेका छैनन। देख्दा उनी खुशी होलान कि नहोलान भन्ने लाग्यो उनी घटस्थापना सुरु हुनाकै दिन घरमा आए खुशी भए।
छोरा त म जस्तो रछ भन्दै खुशी भए। म उनी आएकोले खुशी भए। हेर्दाहेर्दै दशै सकियो। यसपालीको दशैमा उनको बसाइ लामो भयो तिहारसम्म बसे। उनका आफ्नै दि बहिनी नभएकोले काकाको छोरी एलिनाको हातको टीका लगाए। त्यस्को २/४ दिनपछि कलेज लाग्छ भन्दै उनी फर्किए।
गाउमा धान काट्न र भित्र्याउन चटारो थियो त्यतै भुलियो। समय एकदिन एकदिन गरि घर्कियो। हिउद लाग्यो फेरि बर्खा लाग्यो फेरि दसै आयो यसपटक उनी फुलपातीको दिनमा घरमा आए। नयाँ ठाउँमा जागीर सुरु गरेको बिदा दिएन छिटो जानू छ भन्थे। टीका लगायौ सधैको दशैमा झै माइतीमा पनि टीका लगाउन गयौ। त्यस दिन त्यही बस्यौ अर्कोदिन फर्कियौ।उनी घरमा पुगेर कर्मथलो फर्किने तयारी गर्न लागे। मनमा नरमाइलो लाग्यो। उनी दशैको तेस्रो दिन काठमाडौं फर्किए।एक दुइदिन सुन्य लाग्यो तर के गर्नु मनलाई सम्हाले।
कहिलेकाही चिट्ठी पठाउथे तर त्यो निकै कम गरेका थिए। अर्को बर्ष पनि दशैमा घरमा आए बसाइ निकै छोटो थियो उनले खासै केहि कुरा सेयर गर्दैन्थिए। अब ब्याचलर सकिन लाग्यो भनेको जस्तो जागिर छैन टेन्सन भाछ। बुबा आमा पनि बुढाबुढी हुनुभयो छोरा पनि हिजो भन्दा आज ठूलो भयो अब स्कुल पठाउनु पर्छ। आवश्यकता दिन प्रतिदिन थपिएको छन। कमाउने कसरी थाहा छैन। काठमाडौको बसाइ पनि दिक्क लाग्न लाग्यो भन्थे तर म हतार नगर्नु सरकारी जागीरतिर कोशिश गर्नु भन्थे तर उनी केही बोल्दैन थिए।
उनी काठमाडौ फर्किए ब्याचलर सकियो उनीले अघिकृतमा काठमाडौबाट फर्म भरेका रहेछन तर घरमा भनेका थिएनन् । २०५९ सालमा काठमाडौबाट नाम निकालेर काममा खटिएपछी घरमा बाबू आमालाई चिठी पठाए। उनी बिस्तारै मास्टर्स जोइन गरे जागिर अनि पढाइ संगै लगे। जागीर अनि पढाइ सङ्गै लैजान ब्यालेन्स मिलाएर लैजान गाह्रो भएको छ। पढाई पूरा गरेपछि म घरमा आउछु भने त्यतिबेला गाउँ गाउमा बिद्रोही र सरकार बिच युद्ध चलिरहेको थियो।
गाउबाट मानिसहरू सदरमुकाम तथा राजधानी लगायत अन्य ठाउँमा पलायन भएका थिए नसक्ने बुढा खाडा मात्र गाउमा थिए। यस्तो बेलामा नोटिसलाई घरमा आउ भन्न सकिने अवस्था थिएन। उनी घरमा नआएको पनि ३/४ बर्ष भएको थियो। छोरा स्कुल जाने भएको थियो। उ अक्षर चिन्न सक्ने भएको थियो।
२०६१ सालको बैशाखमा उनी घरमा आए छोरा २ क्लासमा भर्ना भएको थियो। उनी घरमा आए छोरा बाबू आमाको लागि ठिकै थिए तर मलाई गर्ने व्यबहार बिल्कुल फरक थियो। उनी घरमा आएको दिनको साझ त मेरो लागि ठिक छैनस। मेरो साथीहरूको श्रीमती स्टार्फ नर्स छन कोहि नासु छन खान जानेका छन लाउन जानेको छन त केही नजानेकी पाखे। तसङ्ग म जिन्दगी बिताउन सक्दिन भनी एकोहोरो गाली गरिरहे। मैले मेरो कुरा राख्न खोजे उनी सुन्नै चाहेनन खाटबाट सिरक तानेर भुइमा गुन्द्रीमा सुते। म बोल्नै सकिन। मात्र रोहिरहे त्यो रात म निदाउन सकिन। बिहान भयो नित्य कर्म गर्नु नै पर्यो दिन उज्यालो त भयो तर मन कहिले उज्यालो भएन दिन रात एकै जस्तो भयो।
बेलुका खाना खाएर सुत्ने बेला भयो। फेरि पनि उनले त्यस्तै नानाथरी कुरा गर्थै गाली गर्न थाले। त जे सुकै गर मेरो जिन्दगी सहरबासी केटी छ। छोरो मेरो हो म हेर्छु खर्च गर्छु पढाउछु। मलाई तेरो मतलब छैन भन्दै कराए। म अहिले आएर कहाँ जाउ म पनि तपाईंको साथीको श्रीमती जस्तै नर्स हुन्थे होला ना सु हुन्थे होला। अझ तपाईं जस्तै अधिकृत नै हुन्थे होला हिजो तपाईंले नै मेरो पढाइलाई पुर्ण बिराम लगाउनु भयो। मेरो पढाइ पनि नराम्रो कहाँ थियो र तर दुर्भाग्य मैले पढ्न पाइन।
तपाईंको घर व्यबहार बाबू आमाको जिम्मेवारी तथा छोराको लालन पालनमा समय खर्चिए उमेर खर्चिए। घरब्यबहार सम्हाले तपाईंले पढ्न पाउनु भयो। अहिले तपाईंले यस्तो भन्दा म के गरौ भने म धेरै रोए। कुरा गर्ने बेलासम्म मौन रहे एकछिन पछि त मेरो श्रीमती हुन लायक छैनस। तेरो र मेरो स्तर मिल्दैन। न लाउन जानेकी न खान जानेकी भन्दै गाली गरे मैले बोलेर सम्झाउन खोजे म बोल्नु भन्दा पहिला नै उनले लात्ती लगाए। मेरो शरीरमा लठ्ठी लगाए।
मैले केही प्रतिकार गर्नै सकिन। 6 बर्से छोरा सुतेको थियो। उठेर बाबा ममालाई नकुट्नु भनेपछि लठ्ठी भुइँमा फ्याले। मलाई कहिले हातसम्म नलगाएका हुनी लठ्ठी भाचिने बेलासम्म कुटे उनको खुट्टा नदुख्ने बेलासम्म कुटे धित नमरुन्जेल कुटे। म आँखा बाट अविरल आँसु बगाइ रहे। उनी सिरक तानेर भुइँमा सुते। म भने कुटाइको पीडा अनि उनले त जेसुकै गर मेरो कुनै मतलब छैन भनेको सम्झिए म सुत्नै सकिन।
बिहान उठ्दा शरीरमा निल डाम निल डाम थियो सासुले के भयो भनिन मैले केही भाछैन भने। सानो छोरा कुदै आयो र आमालाई भन्यो आमा बाबाले ममीलाई लठ्ठीले लात्तीले कुट्नु भयो। भन्यो आमाले मलाई हेर्दै के गर्छ मुर्दारले भन्दै कराइन।अलिकति भए पनि माया गर्दिरहिछन भन्ने खुशी लाग्यो। आँखा बाट आँसु झर्यो । त्यही बेलामा नोटिस आइपुगे आमाले यसरी किन कुट्छ्स बुहारी यति बर्षमा आइस के भयो किन कुट्छ्स भनिन तर जवाफ फर्काएनन। घरको काम गरे खान मन लागेन खाना खाइन छोरो स्कुल पठाए घरको काम गरे।
साझ भयो उनी हिजो अस्ति भन्दा झनै आगो जस्ता भएका थिए। अनि फेरि कुटपिट मै तम्सीए मेरा कुरा लगाउछेस अनि गोहिका आँसु बगाउछेस। मलाई गाली खुवाउछेस भन्दै २/४ लात लगाए मैले केही भनिन। उनले म भोलि जान्छु म अर्कोपटक आउदा त मेरो घर छोडेर गएस भन्दै फेरि झम्टीए म केही बोलिन जति रोए पनि आँसु सकिदो रहेनछ उनी घरमा आएको दिन देखि चार दिन सम्म लगातार यातना दिइरहे।
एक मन त सोचे अब मरौ क्यारे अर्को मनले सोचे छोरा यति सानो छ बाबुले सानीमा ल्याउदा कस्तो होला यसलाई कस्तो व्यबहार गर्लान म मरेर मेरो समस्या त सकिएला छोराका झनै दुखका दिन आउछन भन्ने लाग्यो। रातभरि मनमा यस्तै यस्तै भै नै रह्यो। के गरौ के नगरौं निर्क्यौल गर्न सकिन। बिहानै उठे त्यही बेला उनी पनि उठिसकेका थिए। हात मुख धोए चिया पिए अनि बाबू आमासँग जान्छु भनेर बिदा भए। छोरा दिपेशसङग म छिटै आउछु ल भन्दै घरबाट निस्किए।
उनले आँखा तरेरै भए पनि एक नजर म तिर लगाए उनले सोचिरहेका थिए होलान अब घरमा आउदा त्यसको अनुहार देख्न नपरोस भनिरहेको थिए होलान। मैले केही नबोली बिदाइको हात हल्याई आँखा बाट आँसु झर्यो। हतपत पुछे। छोरा खेल्दै थियो बोलाईन कोठामा गए ।धित मरुन्जेल रोए। घरको काम गर्न पनि मन लागेन। काम गरे पनि के नै हुदो रहेछ र जस्तो लाग्यो। एकछिनमा खाना बनाए खान दिए छोरा स्कुल गयो। जेठको धुपले ज्यान पोलेको थियो त्यो भन्दा बढी मन पोलेको थियो। त्यो दिन यसै उसै रात पर्यो अर्को दिन बाबू स्कुल पुर्याएर माइत गए आमा बुबालाई सबै सुनाए।
आमा बुबाले यतै आएर बस भन्नु भयो तर मैले अब म सहर गएर पढ्छु जागिर खान्छु भने पहिला हुदैन भन्नू भयो पछि बुबाले पाँच जहार पैसा हातमा थमाउनु भयो। आँखा भरी आँसु पारेर केही बोल्नु भएन। आमाले आफुले लगाउने तिलहरी निकालेर दिनु भयो मैले चाहिदैन भने सहरमा सबचिज किनेर खाने हो कस्ले दिन्छ र भन्दै दिनुभयो। मैले लिन नमान्दा पनि हातमा थमाउनु भयो। म साझमा गरमा फर्किए यसपटक भने माइतीबाट केही कोशेली नलिएरै फर्किए। छोरा स्कुलबाट आएर खेल्दै रछ मलाई देखेपछि ममी भन्दै पछि लाग्यो।
साझ खाना खायौ मैले सासू ससुरालाई अब म यो घरमा बस्दिन म छोरा लगेर सहर जान्छु जस्को लागि म आएको थिए उसैले मलाई घर छोडेर जान भन्यो अब म यहाँ बसेर काम छैन मलाई माफ गर्नुहोला म आजबाट स्वतन्त्र छु छोरा मेरो पनि हो म छोरा लिएर जान्छु। अरु भन्दा केही नबोलेका ससुरा नाति हाम्रो जिउने आधार हो हामी राख्छौ तिमी जाने भए जाउ बस्छौ भने तिमीलाई आधा अंश दिन्छौ भन्दै थिए। मैले कहिले केहि भनी मुख फर्काएकी थिइन तर भने बुबा मैले जस्को लागि यो घर आएकी थिए जब जान्छु सेतो पछौरा अढेर जाउला भन्ने सोचेको थिए तर त्यो अबस्था रहेन।
छोरा सानो छ ममी खोज्छ मसङगै राख्छु सके पढाउछु अब मलाई तपाईंहरुले नरोक्नु भने कोठामा गए कहाँ जाने के गर्ने भन्ने थाहा थिएन। तै पनि कोठामा गएर केही सामान प्याक गरे। सासू बिहानै उठेर बिहेका गहना त नलैजा है मलाई दिएर जा भनिन मैले भने त्यसो त मैले दाइजो लिएको सामान खोजेकी छैन आमा मलाई के कति खर्च लाग्छ भनी सहयोग गर्नु त कता कता गहना नलिएर जा भन्न कसरी सक्नु भएको भने सासू नबोली फर्किइन।
राम्रोसँग उज्यालो भयो छोरालाई घुम्न सहर गाने भनेर मनाएको थिए खुशी थियो आमा बुबा हामी त सहर हिडेको भन्दै बाटो लाग्यो। म पनि आमा बुबा मैले जान अन्जानमा चित्त दुखाएको भए मलाई माफ गर्नुहोला भन्दै बाटो लागे। घरको तगालो काट्ने बेलासम्म फर्किदै हेर्दै गरे। कोहिले मलाई रोकोस भन्ने चाहे घर छोडेर किन हिडेको भन्दै बरु दुई थप्पड हानेर घरमा लगोस भन्ने सोचे तर त्यो मेरो कल्पना मात्र थियो।
डेड घण्टा हिडेर काठमाडौ जाने बस लाग्ने ठाउँमा पुगे टिकट काटे काठमाडौ जाने बस एघार बजे मात्र छुट्ने रहेछ करिब तीन घण्टा त्यही यता उता गरेर बिताए। कोहि मलाई फर्काउन आयोस भन्ने सोचे तर त्यो को आउनु नोटिस जे गर तर घर खाली गर भन्दै हिडेको मान्छे के मतलब भयो र सासुको नजरमा म कहिले जाती बन्न सकेकी थिइन को आउनु मलाई फर्काउन। ३ घण्टा बित्यो बसले हर्न बजायो स्टार्ट भयो अनि लाग्यो बिस्तारै काठमाडौको यात्रामा। बस पाल्पाको तानसेन आएर खाजा खान रोकियो।
छोरो भोकाए होला खाजा किनेर खुवाइ आफुलाई पो थाहा छ त खर्च कति छ भन्ने आफू त भोकलाई थोरै भए पनि नियन्त्रण गर्न सकिन्थ्यो। फेरि बिस्तारै बस अगाडी मोडियो राती भयो बस खानाखान बर्दघाट पुगेर रोकियो। छोरालाई चाउचाउ किनेर खान दिए उ गाडी चढ्न पाएकोमा दङ्ग थियो। गाडीमा गाउकै अन्कल पर्नेको छोरा हुनुहुदो रहेछ।
मैले म काठमाडौ पहिलो पटक जाँदै छु कहाँ जाने के गर्ने थाहा छैन मलाई सहयोग गर्नु न दाइ भने दाइले मेरो बाध्यतालाई बुझ्नु भएछ क्यारे बहिनी तिमीलाई कोठा खोजिदिने काम सम्म गर्न सक्छु हामी बस्ने भन्दा पल्लो घरमा एक जना दाजु भाउजू बस्नुहुन्थ्यो दाइ भाउजुको झगडा पछि भाइजु झुन्डिएर मरिछ्न त्यो पछि त्यहाँ रुम खाली छ त्यो रुम तत्कालको लागि बस्न सक्छौ पछि खोजेर अन्तै सर भन्नू भयो अलि सस्तो पनि दिन्छन कि म कुरा गरिदिन्छु भन्नुभयो मैले केही भए पनि साहास बटुले।
अर्कोदिन बिहान सात बजे बसले काठमाडौ आइपुग्यो भन्दा झसङ्ग भए। जे भए पनि दाइले कोठा बुझिदिन्छु भनेकोले दाइकै पछि लागे दाइले आफ्नो रुममा लैजानु भयो। चिया बिस्कुट खान दिनुभयो अनि दाइले रुम भएको घरमा लगिदिनु भयो। रुम खाली नै रहेछ हुन्छ भन्नू भयो महिनाको ५०० कोठा भाडा तिर्ने गरि ओके गरेर आयौ। दाजुको रुममा फर्कियौ। दाजुले खान खान दिनु भयो दाइ नजिकमा स्कुल होलान छोरा स्कुलमा भर्ना गरिदिन सहयोग गर्नु भने अहिले म अफिस जान्छु भोलि भेटौला भन्नू भयो।
कोठा त पाइयो खाने केही छैन सुत्ने केही छैन जता हेर्यो उतै खाली छ अहिले त खायो साझ के खानु भन्ने टेन्सन लाग्यो। दाजुले अहिले स्टोभ हुनेलाई घरभेटीले कोठा दिदैनन भन्नू भएको थियो एकछिन कोठामा आराम गरे अनि के कता पाइन्छ भन्दै हेर्दै बाहिर निस्किए बुझे अनि बाबाले दिएको पैसाले पसलमा गएर ग्यास चुलो सिलिन्डर सेट किन। एक कुक्कर किने कराई किने चामल पाच के जी किने तरकारी एक मुठा साग किने पैसा पुरै सकियो।
अब के गर्ने भन्ने टेन्सन भयो। बेलुका बल्ल बल्ल हराउदै खोज्दै रुममा पुगे। ग्यास नदेखेकी म जोड्ने कसरी थाहा थिएन एक एक गरि सामान किन्दै बोक्दै रुममा पुर्याए जोड्ने कसरी थाहा थिएन। हेरेर बसेकी थिए पसले दाइलाई सोधेकी त थिए तर पुरै याद भएन। छोरा भोकले कराउन थाल्यो बिस्कुट दिए भुल्यो। साझ डिउटी सकेर दाइ त्यही बाटो आउनु भयो। ग्यास जोड्न सिकाउनु भयो। दाइ पैसा सकियो भोलि अलिकति गहना छन त्यही बेचेर खर्चको जोहो गर्नु पर्यो दाजु सुन पसलमा बेच भन्नू भयो। दाइ रुममा जान्छु भन्दै जानू भयो।
अर्को दिन बिहान रुमबाट निस्किए पसल के कहाँ छन स्कुल कता छन हेरे स्कुल भित्र पसेर बुझ्न सकिन किनकी मसङ्ग पैसा थिएन गहना थियोे तर बेचेको थिइन। सिरक डस्ना किन्नु थियो पसल कता छन हेरे दिउँसो पसलमा गहना बेचे 30 हजार आयो। सिरक डस्ना थाल डाडु पनिउ लगायत किने रुममा गए खाना खाए सात-आठ हजार त आज पनि सकियो।
छोरालाई स्कुल भर्ना गर्नुपर्ने थियो। स्कुल बुझ्न थाले यता त घरैपिच्छे बोर्डिङ स्कुल हुदो रैछन। 2/4 वटा बुझे तर निर्णयमा पुग्न सकिन।
अर्को दिन दाजु आउनु भयो आज मैले बिदा लिएको छु भान्जाको लागि स्कुल बुझेर भर्ना गरिदिउ भन्नू भयो म खुशी भए। अनि खाना खाएर स्कुल बुझ्न गयौं। दाइले चिनेको ठाउँमा फि थोरै मिलाइदिनु भयो। गाउमा सरकारी मिडियमबाट पढेको हुनाले बाबुलाई 2 मा होइन १ क्लासमा भर्ना गर्न भनियो मैले हुन्छ भनी सहमति जनाए। छोरो भोलीबाट स्कुल जाने भयो। उसलाई ड्रेस सिलाए पैसा सकिन लाग्यो अब आफू पनि केही गर्न पाए हुन्थ्यो भन्ने सोचे अब आफुले पनि सानोतिनो जागिर गर्न पाए तर कहाँ के गर्नु थाहा भएन एकमात्र आधार भनेका रमेश दाइ मात्र हुनुहुन्थ्यो उहाँलाई पनि के भन्नू जस्तो लाग्थ्यो।
एकदिन दिपेशलाई स्कुल पुर्याएर फर्किदै थिए स्कुल पुर्याएर एकजना तामाङ दिदी बोल्न आउनु भयो। के गर्नुहुन्छ भनी सोध्नु भयो। केही गर्दिन काम छैन भने उसो भए काम गर्ने हो त भन्नू भयो किन नगर्नु काम गर्छु नि पाए त भने दिदिले गार्मेन्टमा सिलाएर बाकी बसेको धागो टिप्ने सफा गर्ने हो भन्नू भयो मैले हुन्छ भने काम जति गर्न सकिन्छ। त्यो अनुसार पैसा आउँछ भन्नू भयो। आउ आज मसङ्गै जाउ भन्नू भयो अनि सङगै गयौ। काम त सजिलो थियो जति काम गर्यो त्यति पैसा आउने खाजा खाने सुबिधा पनि मन काम पाएकोमा खुशी लाग्यो 4 बजे छोराको स्कुल बिदा हुँदा लिन जान्थे। त्यो दिदी मेरो लागि भगवान बनेर आइन म काममा लागे।
अर्को दिनबाट छोरा पुर्याएर त्यतैबाट काममा जान्थे। त्यसैगरी २/३ महिना काम गरे मासिक ६००० आउथ्यो छोराको फि तिर्न घर भाडा तिर्न खाना खान समस्या भएन। मनमा आफुले पनि पढौ जस्तो लाग्यो। कलेज बुझे त्यही सालको भदौ अन्त्यमा नजिकैको सरकारी कलेजको रात्रीकालीन सिप्टमा भर्ना भए। दिउँसो काम गर्ने छोरा घरमा ल्याउने हम्वर्क गराउने गर्थे। बाबुको स्कुल नजिकै इभिनिङ अर्थात बाबुलाई हेरिदिने ख्याल गर्ने होस्टल खोजेर त्यही राखिदिए। म कलेज जान लागे।
बाबू जन्मिएको ६ बर्ष पूरा भएपछि म +२ भर्ना भए बाबुलाई फर्किदा लिएर घरमा गए । हम्वर्क गराउने खुवाउने सुताउने र आफुले राती अबेरसम्म पढे। बिहान छिटो उठेर पढे। बाबू उठेपछि एकछिन पढाइ अनि स्कुल पुर्याई काममा जान्थे अनि कलेज जान्थे। फर्कुदा छोरा लिएर फर्किन्थे। केहि दिनपछि काठमाडौमा दशै लाग्यो स्कुल कलेज बिदा भए सबै आफ्नो आफ्नो घर फर्किए काठमाडौ सुन्य भयो। चहलपहल कम भयो। आफ्नो त घर भए पनि माया गर्ने कोहि थिएन। आमा छोरा कोठामै बसेर दशै बित्यो।
काम पनि दशैको लागि बिदा भएको थियो। आमाछोरा बस्यो दशै खल्लो खल्लो भयो। काम पुर्णिामा पछि सुरु हुने भन्दै बिदा भएको थियो। दसै सकियो पुन चहलपहल सुरु भयो छोराको पुर्णिामा पछि स्कुल लाग्यो। मेरो भने सरकारी कलेज भएकोले छ्टपछी लाग्ने भनी बिदा भएको थियो। पुर्णिामा पछि काममा गए छोरा लिएर आए खाने बस्ने गरि दिन बित्दै गए। मेरो कलेज लाग्यो छोरा बोडस गरे पहिला जस्तै। बिस्तारै दिन बित्दै गए। छोराको एक्जाम आयो छोरालाई सिकाए पढाइ छोराको एक्जाम सकियो। म काममा जादा कहिलेकाही छोरा लगेर जान्थे। कलेज जादा बोडर्स ।
छोराको रिजल्ट आयो प्रथम भएछ खुशी लाग्यो। राम्रोसँग पढ छोरा तैले मेरो दुख बुझिस भनी खुशीका आँसु झरे। अब नयाँ शैक्षिकसत्र सुरु भयो। छोरा दुइमा गयो। त्यतिकैमा मेरो पनि एक्जाम आउन लाग्यो मैले एक्जाम दिए केही दिन बिदा भयो यहि बिदाको समयमा अलि राम्रो जागिर खोज्न लागे। जडिबुटी प्रसोधन केन्द्रमा चिया बनाउने काम पाए तलब ८,००० थियो। मैले गार्मेन्टको काम छोडिदिए। १० बजे देखि ५ बजे सम्म काम गर्नुपर्थ्यो।
मेरो अर्को शैक्षिकसत्र सुरु भयो। म कलेज जान लागे। छोराको पढाइ आफ्नो पढाइ मिलाउदै अफिस गर्ने समय मिलाए। अर्को बर्ष पनि दशै आयो पढाइ बन्द अफिस बन्द भयो। सुन्य भयो छोरा र म समय बिताउन कतै घुम्न गयौ। दिन बित्यो दशै पनि सकियो चहलपहल पढ्यो।अफिस सुरु भयो छोराको स्कुल लाग्यो तर मेरो कलेज लागेको थिएन।
दशै गयो अनि तिहार पनि गयो। अनि छट पनि गयो। कलेज लाग्यो कलेज गए पुसमा कक्षा ११ को रिजल्ट आयो म प्रथम डिभिजनमा पास भएछु खुशी लाग्यो। यत्तिकैमा १२ को फर्म खुल्यो फर्म भरे त्यो रिजल्टले मलाई पढ्न झनै हौसला मिल्यो म रातदिन मेहनत गरेर पढे रोजिरोटीको लागि काम गरे। छोराको फि को लागि आफ्नो कलेज फिको लागि काम गरे।
छोराको एक्जाम आयो बाबुलाई राम्रोसँग पढाए। एक्जाम सकियो। मसङगै अफिस लगेर गए रिजल्ट राम्रो भयो बाबुको मेरो दुख बुझेको जस्तो लाग्यो स्याबास छोरा भने अङ्गालेर रुन मन लाग्यो रोए। त्यो खुशीको आँसु थियो। कहाँ हो कहाँ आएर बसेकी छु दुख गरेकी छु यहि छोराको उज्यालो भबिश्यको लागि भन्दै सोच्दा सोच्दै निदाएछु। अब बाबू 3 कक्षामा पुग्यो।
मैले एड्मिसन गर्दा हरेक बर्ष प्रथम भयो भने क्यास टपाइदिने भन्नू भएको थियो। म बाबुलाई घरमा पढाउछु बाबुलाई ४ कक्षामा भर्ना गरिदिन अनुरोध गरेपछि सरले हुदैन भन्नू भएन।अब बाबू ४ कक्षामा पढ्ने भयो। बाबू ठुलो पनि हुँदै थियो नयाँ ड्रेस सिलाइदिए झोला बोक्यो र स्कुल गयो। बैशाख लाग्यो यता मेरो पनि एक्जाम नजिकै आएको थियो सकेसम्म दिमाग लगाए एक्जाम दिए। एक्जाम सकिएपछि म बेलुकीको समय फुर्सदिलो भए। छोरालाई पढाउन थाले। उसलाई क्लास टपाएकोले पढाइ गाह्रो भएको थियो। साथी कता गए मेरो क्लासमा छैनन भन्दै गुनासो गर्थ्यो। मैले सम्झाउथे हेर न तिम्रा त झन नयाँ साथी भएका छ्न।
तिमी लक्की छौ छोरा भनेर सम्झाए। छोरा फुरुङ्ग भयो खुशी भयो। अब क्लास टेस्ट आउने बेला भयो। पढाए छोरोले एक्जाम दियो उ पास मात्र भएको रिजल्ट आयो। म खुशी भए। बाबू मलाई साथीले जिते मामु भन्दै रोयो। छोरा राम्रोसँग पढ तिमी प्रथम हुन्छौ भने उ रमायो। मैले क्लास टपाइदिएकोमा पछुतो लाग्यो। जे होस पास त भएको छ एक बर्ष लस भएको छैन भनी खुशी भए।

बाबू स्कुल जान थाल्यो म कलेजको फाइनल एक्जाम सकिएको थियो। म अफिस जाने छोरा पढाउने काम मात्र भयो भदौको अन्तिम साता रिजल्ट आयो। म प्रथम श्रेणीमा पास भए छोरालाई पनि भने बुझे पनि नबुझे पनि बधाई मामु भन्यो। उसले मैले बधाई दिएको सिकेको थियो। उसको कोमल मस्तिष्कमा पास हुँदा बधाई दिनु पर्छ भन्ने लागेको थियो।अनि उसलाई स्कुलमा बधाई दिन्थे। उसले मलाई त्यस्तै गरि बधाई दियो मेरो खुशीको आँसु झर्यो।
असोज लाग्यो छिमेकी दाइ गाउँ जान लाग्नु भयो मैले सधैको दशैमा जस्तै मैले आमा बुवालाई चिठी पठाए मैले +२ राम्रो नम्बर लिएर पास गरेको पनि लेखी पठाए यो पनि भने कि आमा बुबा तपाईंको छोरी तपाईंको शिर उच्च राख्ने गरि फर्किन्छु। भनी लेखी पठाए दाइ घरमा फर्किनु भयो मलाई जान मन लागेन। आमा बुबा भाइ बैनी सम्झिदा घरमा जान मन लाग्यो तर म घरबाट निस्केको पल आँखा वरिपरि नाच्न थाल्यो तब केही नगरी गाउँ नफर्किने मनले निश्चय गर्थे। सोच्थे म पनि पढेर सरकारी जागीर खाएर त्यहिका मान्छेको सेवा गर्न पाउ जस्तो लाग्थ्यो।
दशै सकियो दसै मनाउन गाउँ जानू भएको दाइ फर्किनुभयो। घरको खबर सोधे आमाबुबालाई कस्तो छ सोधे भाइ बैनी पनि slc दिने भए कस्तो छ पढाइ भनी सोधे। मैले गाउतिरको हाल खबर सोधे। नोटिसको पनि खबर सोधे दाइले बिहे गरेर श्रीमती लिएर एकपटक गाउँ गएको थिए रे भन्नुभयो।
मैले कता कि केटी रछे के गर्दिरैछ भनी सोधे दाईले सबै त थाहा भएन केटी यतैकी हो रे स्टाप नर्स पढ्छे रे भन्नू भयो। मैले मनमनै सोचे सहरकी केटीसङ्ग चक्कर चलेको रैछ र म पाखे लाउन नजान्ने खान नजान्ने अनपढ गबार भएकि रैछु जस्तो लाग्यो मलाई दुख दिए पनि तिमीलाई कहिले दुख नहोस मनले पुकारे भाइले चिठी लेखेको रहेछ आमाले रोटी, गुन्द्रुक पठाउनु भएको रहेछ लिएर कोठामा गए। छोराको स्कुल लाग्यो स्कुल पुर्याए म अफिस गए। दशै सकिएपछि फेरि तिहार लाग्यो अनि छट सकियो।
२०६४ सालमा ब्याचलर पनि त्यही कलेज जोइन गरे। म सकभर नियमित कलेज जान्थे काम छोराको हेरचाह आमा छोरा दुबैको पढाई मिलाएर अगाडि बढाए। दिन बित्दै गयो छोराको फाइनल एक्जाम आयो राम्रोसँग पढाए। एक्जाम सकियो रिजल्ट आयो छोरा सेकेन्ड भएछ खुशी लाग्यो। टपाएर माथी पुर्याएको छोराले राम्रो नम्बरमा पास गर्नु हरेक अभिभावकको लागि खुशीको कुरा हो।
म पनि खुशी भए छोरा अर्कोसाल तिमी फस्ट हुनुपर्छ है भन्दै स्याबासी दिए छोरा मख्ख पर्यो छोरा हेर्दाहेर्दै ५ कक्षामा पढ्ने भैसकेछ। स्कुल लाग्यो छोरा स्कुल जान लाग्यो। म पनि काम अनि पढाई साथै अगाडि बढाउदै गए। ६५ साल भदौ महिनामा bbs प्रथम बर्षको एक्जाम भयो एक्जाम राम्रै भयो अब एक दुई महिना खाली हुने भयो मैले लोकसेवाका केही बुक किनेर तयारी पनि गर्दै रहे फुर्सदको समयमा बुक हेर्थे।छोरालाई पढाउथे।
काम गर्दा अफिसमा कहिलेकाही बोसले कराउथे म सरी भन्थे झुक्थे किनकि त्यही जागिर पनि खुस्क्यो भने आमाछोराको फि कोठाभाडा खाने सबै बन्द हुन्थ्यो। म काम राम्रोसँग गर्थे । अफिसको कुरा अफिसबाट निस्किएपछी बिर्सिन्थे घरमा जाने छोरा स्कुलबाट ल्याउने खाना बनाउने खाने हम्वर्क गराउने आफुले पनि पढ्थे।
एकदिन छोरा बाबा खै भन्दै जिद्दी गरिरहेकको थियो बाबा कमाउन जानू भएको छ। एकदिन धेरै धन लिएर आउनुहुन्छ अनि हामी हाम्रै घर किनेर बस्ने हो भनी सम्झाए उसले बुझे जस्तै गर्यो। एकदिन एकदम जिद्दी गर्यो एक चड्क्न दिए उ रोयो सङगसङगै मेरा पनि आँसु झर्यो।
पहिला भन्दा बुझ्ने भएको थियो। ममी बाबा खै भनेर जिद्दी गर्थ्यो घरमा जाउ भन्दै दुख दिन्थ्यो तर अहिले बाबा भनी जिद्दी गर्दैन। बाबा जाने भन्दै जिद्दी गर्दा मेरा आँसु झरेका थिए ममी मैले बाबा भनेर सोधेकोले हजुर रुनु भएको हो सरी ममी म अब यो कुरा गर्दिन भन्यो छोरा बुझ्ने भएछ जस्तो लाग्यो होइन छोरा भनी सम्झाए। अङगालेर रोए। अब कहिले जिद्दी गर्दिन मामु भन्दै प्रमिस गर्यो छोरा बुझ्ने भएछ मलाई खुशी लाग्यो।
दशै आयो दाइ रुम सरेर टाढा जानू भएकोले सधैको दशैमा जस्तो सामान पठाउन सकिन। त्यतिबेला नोकिएको एक मोबाइल किनेकी थिए। मलाई पढाउनु भएको हरि सरको घरमा ल्याण्डलाईन राख्नु भएको थियो भन्दै दाइले नम्बर दिनु भएको थियो। दशैमा मन खल्लो भएको थियो। फोन गर्ने निधो गरे फोन गरे सरले नै फोन रिसिभ गर्नु भयो सन्चो बिसन्चो सोधे। हालखबर सोधे आमासँग बोल्न मन लागेको छ भन्दै बोलाइदिन अनुरोध गरे।
एकछिनमा बोलाइदिन्छु भन्नु भयो मैले हुन्छ भने। करिब आधा घण्टा पछि फोन गरे आमा आएर बस्नु भएको रहेछ कुरा गरे। आमाले आउन भन्नुभयो मैले आउछु नि आमा नआए कता जानू भने भक्कानो छोडेर रुन मन थियो। तर नियन्त्रण गरे आमा मलाई तपाईंले मेरो याद आउँदा मिस्कल दिन भन्नू म फोन गर्छु भने।
आमाले हुन्छ भन्नू भयो। दाइ कोठा सरेर जानू भएकोले भेट भएन केही पठाउन सकिन भने आमाले हुन्छ केहि छैन भन्नू भयो। भाइ बहिनीले एस.एल.सी. मा राम्रो नम्बर लिएर पास गरेको कुरा सुनाउनु भयो। मैले यतै पठाइदिनु 3 जनाले यतै पढ्छौ भने। अहिले त्यही स्कुलमा +२ खुलेको छ यहि पढ्छ्न हामीलाई सघाउछ्न भन्नू भयो मैले हुन्छ भने हामी फोन सम्बादबाट छुट्यौ।
मनभरी घरको याद आयो। दसैं आको छ आफू कहाँ छु कहाँ छु एक्लो छु जस्तो लाग्यो। बाबू गाउँमा भए टीका लगाउथ्यो होला घर मामा घर गर्थ्यो होला त्यसको इच्छा चाहाना मार्नु परेकोमा मनमा नरमाइलो लाग्यो। अफिस बिदा कलेजको जाँच सकिएपछि बिदा बाबुको स्कुल बिदा यस्तो बेला आफुलाई ब्यस्त राख्न लोकसेवाको तयारी गर्न लागे।
मलाई सरकारी जागिरमा नाम निकालेपछि नोटिसले कुटपिट गर्दै घर निकालेको याद आयो। के साच्चै जागीरले घमण्ड बढाउछ भन्ने महशुस गर्नु थियो। समय मिलाएर पढ्दै थिए पुर्णिामा पछी अफिस लाग्यो बाबुको स्कुल पनि बेलुका म छोरालाई पढाउदै लोकसेवाका सहयोगी बुक हेर्थे। छट सकिए पछी कलेज लाग्यो काम कलेज छोराको पढाइ सबैलाई मिलाएर अगाडि बढाए।
छोराको एक्जाम भयो रिजल्ट आयो बाबुको बढाई पुरानै लयमा फर्किएको थियो प्रथम भयो पुन शैक्षिकसत्र सुरु भयो उ ६ कक्षामा पुग्यो। बैशाखमा मेरो पनि प्रथम बर्षको रिजल्ट आयो म पनि प्रथम डिभिजनमा पास भए। त्यतिकैमा दोस्रो बर्षको पनि फर्म खुल्यो भरे। मनमा हौसला बढेको थियो।
एक्जाम आयो एक्जाम दिए। फेरि ब्यस्तता कम भयो। मैले त्यही लोकसेवाको सहयोगीलाई साथी बनाए। दशै आयो। घरमा फोन गरे बेला बेलामा फोन भैरहन्थ्यो। कहिलेकाही भाइ बैनी पनि बोल्थे बुबा पनि बोल्नुहुन्थ्यो। बुबालाई मैले पढ्न लागेको र ब्याचलर प्रथम बर्षको रिजल्ट आयो राम्रो भयो दोस्रो वर्षको एक्जाम पनि राम्रो भएको सुनाउदा स्याबास छोरी अब लोकसेवाको तयारी गर भन्नुभएको थियोे। मैले हुन्छ भने।
एकपटक घरमा आउ छोरी देख्न मन लागेको छ भन्नू भयो बुबा रुनु भयो । मलाई सार्है नरमाइलो लाग्यो बुबालाई रोएको मैले कहिले देखेकी थिएन। बुबा नरुनु म आउछु भने। फोन राखे।आफू पनि रोए। बाबू खेल्दै थियो ममी किन रुनु भएको मलाई कहिले रुनुहुदैन भन्ने अनि आफै रुने भन्दै आँसु पुछ्न आइपुग्यो। मैले रोएको होइन छोरा आँखामा धुलो परेर हो भनेर टारिदिए।
फेरि उहीँ दैनिकी अफिस कलेज छोराको पढाइलेखाई मा ध्यान दिन थाले। मेरो कलेज पनि लाग्यो। अब छोरा स्कुलबाट घरमा आइ होम्वर्क गर्ने भएको थियो बोडर्स राख्नु पर्दैन्थियो। म अफिस बाट आएर कलेज जान्थे अनि घरमा आउथे।
कहिलेकाही होमवर्क गर्दा गर्दै निदाएको हुथ्यो आएर खाना बनाएर खाएर सुथ्यौ बिहानको पुरै समय म उसलाई पढाउथे। अनि खाना खाएर बाबू स्कुल म अफिसको लागि निस्किन्थ्यौ। यस्तैमा मेरो दोस्रो बर्षको रिजल्ट पनि आयो। राम्रो भयो। तेस्रो बर्षको फर्म खुल्यो फर्म भरे एक्जाम भयो।
अब पुरै खाली भयो तेस्रो बर्षको ५० माक्सको प्रयोगात्मक एक्जाम पनि सकियो। प्रतीक्षा रिजल्टको मात्र थियो। दशै तिहाइ पनि सकियो। काममा गयो फर्कियो यस्तैमा दिन गैरह्यो। नयाँ साल पनि आयो छोरा 6 कक्षामा पुग्यो। असारको अन्तिम साता मेरो रिजल्ट आयो म प्रथम डिभिजनमै पास भएछु खुशीको सिमा नै रहेन।
अब मैले मास्टर्स पढ्नु भन्दा पनि जागीरको लागि तयारी गर्नु थियो। सरकारी जागीर मेरो पहिलो प्राथमिकतामा परेको थियो। भदौमा आएको रिजल्टको ट्रन्सक्युब निकाल्न टि यु पुगे पन्ध्र दिनमा ट्रान्सक्युब तयार भयो र हात लाग्यो।दशै भन्दा पहिला कलेजबाट क्यारेक्टर निकाले।
दशै तिहार पछि प्राइभेट इस्टीचुटबाट अधिकृत तयारीको लागि क्यास लिए अधिकृतको फर्म खुल्यो भरे सकेजतिको ध्यान लगाएर पढे तर नाम निस्किएन। स्कुल कलेजको परिक्षामा कहिले दोस्रो नभएकी म लोकसेवामा पास हुन सकिन। मन दुख्यो तर हिम्मत हारिन। अर्कोसाल झनै मिहिनेत गरेर एक्जाम दिन्छु र नाम लिकाल्छु यो अठोट गरे।
मास्टर्स गरिन यतै मात्र लागिरहे। अर्को बर्ष फर्म खुल्यो मैले गृह जिल्ला पाल्पाबाट फर्म भरे एक्जाम दिए। यस वर्ष मेरो मिहिनेत खेरा गएन। छोरा ९ कक्षामा थियो। मेरो लोकसेवाको अघिकृत पदमा पाल्पाबाट नाम निस्किएको थियो २०६८ बैशाखमा नाम निस्किएको थियो जेठमा अन्तरबार्ता भयो। अन्तरबार्तामा म पास भए।
यसबिचमा मैले बिगत ५ बर्ष देखि काम गरेको जडिबुटी प्रसोधन केन्द्रको कार्यलय सहयोगी पदमा राजीनामा दिए। मेरो पाल्पाबाट अधिकृतमा नाम निस्किएको सुनाए। हाकीम खुशी हुँदै भन्नू भयो तपाईं जस्तो बौद्धिक ब्यक्तिले कामलाई सानो नभनी काममा लगाबका साथ काम गर्नु भयो कामलाई सम्मान गर्ने तपाईंको बानीलाई मेरो सलाम साथै तपाइको अब अधिकृत बन्नु भएको छ।
तपाइले त्यो जिम्मेवारीलाई पनि सहज रुपमा पूरा गर्नुहुनेछ भन्दै शुभकामना दिनु भयो। मैले हिजो मलाई काठमाडौमा टिकिरहन यो जागिर महत्त्वपूर्ण थियो। हिजो त्यही जागिरले गर्दा नै आज म यो स्थानमा आउन महत्त्वपूर्ण भुमिका खेलेको कुरा बताए अनि अफिसलाइ बिदाइ गर्दै म कोठामा फर्किए। मलाई काठमाडौ छिर्दाको त्यही कोठा त्यही हरेक चिजको माया लागेको थियो।
मैले छोरालाई भने छोरा अब म सरकारी जागिरमा नाम निकाले। हिजो तेरो बाबाले त्यही जागिरमा नाम निकालेर मलाई कुट्दै घर निकालेका थिए आज म त्यो ठाउँ मा पुगेकी छु तर मलाई घमण्ड छैन। छोरा तिमीलाई पढ्नको लागि होस्टल राखिदिन्छु राम्रोसँग पढ।
म बेला बेलामा आउछु परिक्षा हुने बेला अनि रिजल्ट हुँदै दुबै टाइम आउछु भनी फकाए छोरा आँखा भरी आँसु पार्दै ममी नाम निकाल्नु भएकोमा खुशी लाग्यो म एक्लै होस्टल बस्ने भन्दा नमज्जा लाग्यो। भन्दै रोयो। मैले दिनको एकचोटि होस्टलको ल्याण्डलाईनमा फोन गर्छु के गर्दैछौ पलपलको जानकारी लिन्छु भने छोरा केही बोलेन आँसु झारिरह्यो। मैले धेरै सम्झाए उ मौन बस्यो अर्को दिन बाबुसङ्गै स्कुल पुगे होस्टल राखिदिए।
आफुले खाइ नखाई आमाले लिएको तिलहरी मेरो बिहेको झुम्का बेचेर किनेका सामान हेरे एक पटक डाको छोडेर रुन मन लाग्यो रोए। मलाई सुरुमा गार्मेन्टको काममा लगाइदिने आस्था दिदिको घरमा पुगे मैले सरकारी जागिरमा नाम निकाले दि म अब जानू पर्ने भयो तपाईंले लगाएको त्यो गुन मैले तिर्न सकिन कोठाका केही सामान लादिन हजुर नै राख्नु ग्यास खाट किचन र्याक लगायत छ्न तपाई नै लिनु। मलाई केही दिनु पर्दैन। पिलिज हुँदैन नभन्नु है भनेपछि दिदी हुन्छ भनीन।
एकछिन कुरा गरेर फर्किए दि म भोलि जाने हो भोलि म जानू भन्दा पहिला यो सामान लैजानु है भने दिदिले हुन्छ भनिन म छोरालाई मलाई चाहिने सामान किन्न न्युरोड तिर लागे। सामान किने घरमा फर्किए। छोरा झोक्राएर बसेको थियो। मैले तिमीलाई मन पर्ने कलरको सर्ट पाइन्ट लिएको छु हेर त भन्दै फकाउन खोजे। ममी मलाई लुगा चाहिदैन। हजुर म सङगै बस्नु यहाँ मेरो तपाईं भन्दा को छ र भन्दै डाको छोडेर रोयो म पनि सङगसङगै रोए।
सम्झाए म छिटोभन्दा छिटो आउने कोशिश गर्छु। तिमी राम्रोसँग पढ्नु। तिमी मेरो लागि साहारा हौ बाबू भने छोरा मान्छे रुनु हुदैन भने बुद्धिमान मान्छे रुनु हुदैन भने रात गयो बिहान भयो छोरा स्कुल जान मानेन मनाएर पठाए। उसले रुदै बिदाइको हात हल्यायो। म पनि रुदै बिदा गरे सामान राती नै प्याक गरेकी थिए। दिदी आएर सामान गाडीमा लोड गर्नुभयो।म हतार हतार बाबुको स्कुल पुगे। होस्टेलको दाइसङ्ग कुरा गरे बाबुलाई देख्न मन लाग्यो।
क्यासमा बोलाइदिन भने सरले बोलाइदिनु भयो मलिन अनुहार लिएर कुद्दै आयो र मलाई अङ्गालेर रोयो। मैले छोरा रुनु हुदैन भनी सम्झाए उ रोहिरहह्यो। मैले सम्झाए। अनि हात फुकाएर रोयो। बाबू तिमी रोयो भने म कसरी जान सक्छु भन त म जान्छु तिमी एकपटक हासेर बाइ मामु भन त भने मलिन हुँदै बाई मामु भन्यो साथै ममी म यहाँ एक्लैछु दिनदिनै फोन गर्नु है भन्दै क्यास गयो।
म स्कुलबाट बाहिरिए रुम पुगेर झोला लिए अनि ट्याक्सी लिएर गोङ्गबु नयाँ बसपार्क पुगे टिकट काटे। 3 बजे पाल्पाको बस छुट्ने भयो। म यताउता गरेर समय बिताए। तीन बजे बस छुट्यो।म मेरो जागीरको लागि जाँदै थिए यता मुटुको टुक्रा छोरालाई एक्लै छोडेर। मन कता कता पोलिरहेको थियो
बस खाना खाने ठाउँमा रोकियो खाना खान मन लागेन । पहिलो पटक काठमाडौ जादा पैसा नभएर भोकै गएकी म अहिले खान समस्या छैन तर खानै मन लागेन। जन्मेदेखी एक दिन म बिना नसुतेको छोरा कसरी सुत्यो होला के खायो होला मन भतभती पोलिरह्ह्यो।
अर्को बिहान बस पाल्पाको बसपार्कमा रोकियो। त्यहाँ त पुगियो कहाँ बस्ने के गर्ने भन्ने कुराको पनि ब्यबस्था मिलाउनु पर्ने थियो। खाना खान होटलमा पुगे। फ्रेस भए अनि खाना खाए एक रुम लिए। सामान राखेर बाहिर निस्किए। पहिला एस. एल. सी. दिन आउदा बसेको घरतिर पुगे। कोठा खाली छ भन्दै सोधे। यो घरमा छैन। पल्लो घरमा हिजो मात्र खाली भाछ भन्नू भयो।
त्यो घरमा गए कोठाभाडामा लिए। कोठाभाडा १००० रहेछ मैले १००० दिएर कोठा बुक गरे म भोली आउछु भन्दै निस्किए। अनि बजारतिर गए सामान किनेर होटेलमै राखे। अर्को बिहानै सामान आफुले काठमाडौबाट जादा लगेको झोला आफ्नो कोठामा पुर्याए।
कोठामा सामान पुर्याए पछि आफ्नो अफिस मालपोत कार्यालय कता छ भनी हेर्न निस्किए हेर अनि कोठामा फर्किए। भोलि देखि कार्यालय पुग्नु थियो। कोठामा आउदा 4 बजेको थियो छोरालाई फोन गर्न मन लायो भर्खरै स्कुल बिदा भएको छ । 30 मिनेट पछि होस्टेल पुगेपछि गर्छु भने त्यै पनि स्कुलमा गरि हेर्छु भनी फोन गरे।
कस्तो छ छ दिपेस आज भोलि भनी सोधे मनिल अनुहार छ हास खेल गर्दैन झोक्राएर बस्छ एक दुई दिन भयो भन्नू भयो। मलाई दिपेस सङ्ग बोल्ल हतार भयो। करिब 20 मि पछी फोन गरे। दिपेसलाई दिनु न म उसको ममी बोलेको भने। अनि बोलाइदिनु भयो ममी तपाईंले हिजो किन फोन नगर्नु भएको दिनकै फोन गर्छु भन्नू भएको होइन भन्दै सुक्क सुक्क गर्यो।
मैले सरी बाबू अब गर्छु तिमी पहिला जस्तै एक्टिभ हुनुपर्छ है भने उसले हस मामु भन्यो। म अर्कोदिन ९:३० मा कार्यालय पुगे। म त्यहाँ जादा मलाई स्वागत गर्नको लाइन रहेछ म अचम्म परे। अनि मलाई फुल माला लगाइयो। अनि मलाई मेरो कोठामा लगियो म सबैलाई धन्यवाद दिदै अगाडि बढे। मलाई जिवनकै ठूलो उपलब्धि जस्तो लाग्यो साझ रुममा पुगेर बाबुलाई फोन गरि खुशी साटे।
दिन यसै उसै बित्न थाले भदौ सकियो असोज लाग्यो असोजको तेस्रो साता दशै थियो। म दशै गाउमा मनाउने सोचेर बाबुलाई लिन काठमाडौ गए। छोरा खुशी भयो अब मामाघरमा टीका लगाउन गयौ। माइती छोडेको ७ बर्ष पछि माइतीमा आमा बुबाको हातको टीका लगाइ।
आफू अधिकृत हुदाको खुशी साटे बुबाले आमाले स्याबास छोरी तिमिले मेरो इज्जत राख्यौ भन्नू भयो मनमा खुशी लाग्यो बहिनीको +२ को एक्जाम सकिए पछि रुपन्देहीमा बिहे भएको थियो। दशैमा टीका लगाउन बहिनी र ज्वाइँ आउनु भयो। परिवार जम्मा हुदा खुशी लाग्यो।
करिब 10 दिनको बसाइ पछि बाबू र म फर्कियौ म बाबुलाई काठमाडौंमा पुर्याएर पाल्पा फर्किए। दिन यसैउसै बित्दै गए। बाबुको एक्जाम आयो म एक्जाममा त जान सकिन तर रिजल्ट लिन भने पुगे बाबू मलाई देखेर छक्क पर्यो। बाबू प्रथम नै भएछ। खुसीले आँखा बाट आँसु झर्यो।
म छोराको खुशीमा खुशी साटेर अर्को दिन पाल्पा फर्किए। बाबुलाई मोबाइल किनिदिए स्कुल जादा अफ गर्ने अलि कुनैबेला फोन गर्ने सर्तमा उस्ले ममी पुग्नु भयो भन्दै फोन गर्यो। म अफिस पुगे। दिन बित्दै गए दशै लाग्यो बाबुको slc नजिक आएकोले स्कुलले दशैमा बिदा दिएन।
slc पनि आयो बाबुलाई राम्रोसँग पढ्न सम्झाउथे। slc पछि बाबू होस्टेलबाट म भएको ठाउमा आयो। म सङग बस्यो अनि मामा घर जान्छु भनी जिद्दी गर्यो म शुक्रबार अफिस बिदा भएपछि गाडी चढेर माइती गए छोरा उतै बस्यो। म आइतबार बिहान हिडे अफिस पुग्ने गरि १५/२० दिन मामाघरमा बसेपछि म भएको ठाउँमा आयो।
यता उता घुम्यो। आमा बुबालाई भेट्न जान्छु भन्यो मैले नजाउ भने जिद गरेपछि फलफूल हर्लिस खानेकुरा किनेर दिनु भन्दै पठाए। उ गयो जाउ छोरा तर नबस फर्किहाल है भनेको थिए त्यो दिन बसेछ। अर्कोदिन आयो।
मैले के रहेछ खबर सासू ससुरालाई कस्तो छ सोधे ठिकै छ भन्यो अनि उसले बाबाले काठमाडौको केटी बिहे गरेर उतै बस्नु भाछ रे अहिले अस्टे्रलिया स्टार्फ नर्स पढ्न पठाउनु भाछ रे ऋण लागेको छ खेत बेचेर पैसा दिनु भन्दै आमा बुबालाई गाली गर्नुहुन्छ रे रातदिन रक्सी खाने घरमा फोन गर्ने पैसा माग्ने नदिए काट्ने मार्ने गर्छु भन्नुहुन्छ रे भन्यो।
मैले सुनी मात्र रहे केही भनिन। मेरो लागि त तेरो बाबा त्यही दिन मरेको हो जुन दिन मलाई कुटेर त मेरो घर छोडेर जा भनेको थियो मलाई जे सुकै गर भनेर हिडेको थियो भने तर मनमनै मैले उसलाई भन्न सकिन। मैले ए हो र मात्र भने।
बाबू कम्पुटर सिक्छु भन्दै थियो मैले पाल्पा मै भर्ना गरिदिए। छोरा कम्पुटर क्यास गर्दै थियो। म अफिस जान्थे। आउथे दिन सामान्री चलेको थियो छोरा रिजल्ट पछि साइन्स पढ्ने भनिरहेको थियो रिजल्ट आयो। उकृष्ट अङ्क लिएर पास भयो। मलाई खुशी लाग्यो। उ काठमाडौ फर्कियो म पनि कलेज बुझ्न र भर्ना गरिदिन गए कलेज बुझेर भर्ना गरिदिए होस्टल खोजेर राखिदिएर म फर्किए। म कोठा अफिस गर्दै दिन बिताउन थाले।
वि स २०७१ साल माघ १५ म टेबलमा सिक्नेचरको लागि फाइल आइपुग्यो। मैले पल्ट्याएर हेरे। जसमा नाम थियो अनन्तराज अधिकारी र जमुना अधिकारी उहाहरु त मेरो सासू ससुरा हो भन्ने दिमागमा आइहाल्यो। अनि उहाँहरुले हरिशरण कार्कीलाई जग्गा बेच्न लाग्नु भएको भन्ने खुलाइएको थियो।
सबै प्रक्रिया पूरा गरेर एक सिक्नेचर मात्र बाकी थियो त्यो फाइल ल्याउने दाइलाई यो फाइल कस्को हो उहाँहरुलाई भित्र पठाइदिन भने। दाइले बाहिर गएर उहाँहरुलाई भित्र पठाउनु भयो। भित्र आएर किन म्याम साप भन्नू भयो। तपाईंले जग्गा बेच्न लाग्नु भएको रहेछ किन हो रहरले हो कि बाध्यताले भनी सोधे उहाँहरु सबैले किन्ने बेच्ने सबैले मलाई हेर्नू भयो।
चिन्नु भयो ए .... तिमी पो... भन्दै हरिशरण (किन्ने) ब्यक्तिलाई लाई एकछिन बाहिर पठाउदै छोराले आफुले कमाएको पैसा रक्सी खाएर सक्यो। स्वास्नी पढ्न भन्दै अस्ट्रेलिया पठाएको थियो अहिले उसले फोन पनि उठाउदिन रे ऋण खोजेर पठाएको पैसा तिर्न घरखेत बेच्न भन्छ नबेचे मार्छु र काट्छु भन्छ बेच्नै पर्यो नि नानी रुदै भन्नू भयो।
कहाँ हुनुहुन्छ त उहाँ अहिले सोधे सङगै आएको थियो। अहिले बाहिर छ भन्नू भयो। त्यसो भए तपाईंले उहालाई सिक्नेचरको लागि फाइल दिएको छु। लिएर आइजा भन्नू म उहाँसङग कुरा गर्छु तर तपाईंले मेरो बारेमा नबताउनु भन्दै पठाइदिए।
एकछिनमा के हो पारा एक फाइलमा सिक्नेचर गर्न यति टाइम लाग्छ भन्दै कराउदै एक ब्यक्ति मेरो टेबुल ठोक्न आइपुगे। मैले यो तपाईंको घर होइन। कानुन सम्बत भए प्रक्रिया अनुसार पास हुन्छ भने उनी अझ कड्कीदै म पनि तिम्रै लेबलको मान्छे हु तर फरक जिल्लामा कार्यरत छु बुझ्यौ भन्दै चस्मा निकालेर टेबलमा राख्दै मतिए एक नजर फ्याक्दै बोल्दा बोल्दै रोकिए। उनी एक्कसी ए त पो ???
भन्दै थिए मैले तपाईंलाई याद दिलाउ म यहाँको हाकिम हो तपाईं सेवाग्राही। अघि सम्म मलाई हाकिम हु भन्दै सिकाउदै हुनुहुन्थ्यो अहिले कसरी हाकिमको अगाडि प्रस्तुत हुनुपर्छ त्यो मैले सिकाउन पर्दैन होला भनेपछि उनी केही सम्हालिए। मैले यो कागजमा आज सिक्नेचर गर्न सक्दिन भोलि आउनु भनी पठाइदिए। उनी केही नबोली बाहिरिए। म अफिस समय सकिएपछी कोठामा पुगे।
मैले छोरालाई फोन गरे अनि भने हेरन छोरा आज अफिसमा नोटिस जग्गा बेच्नको लागि आइपुगेका थिए। मैले सिक्नेचर नगरी रोकिदिए। भोलि पुन आउछन होला। छोरा म के गरौ भने। तिमी त्यसको छोरा हौ सबै सम्पत्ति बेच्न दिउ कि न दिउ त्यो मात्र लागि रहेको छ भने छोराले। ममी तपाईंको हिजो स्टगलको बेलामा त केही चाहिएन।
अब हजुर कमाउने हुनु भएको छ के चाहियो र उहाँलाई जे गर्न मन छ त्यो गर्न दिनु भन्यो। छोराले दिएको सल्लाह ठिकै लाग्यो। म अर्कोदिन अफिस पुगे म पुग्दा सासू ससुरा नोटिस अनि हरिशरण दाइलाई देखे। म गए फाइल ठिकै थियो साइन गरे अनि फाइल ल्याउने दाइलाई काम भयो यो लैजानु भनी पठाइदिए।
मलाई त्यही फाइल लैजाने दाइले उहाहरुले तपाईंलाई भेट्न चाहानु हुन्छ रे भनी खबर ल्याउनु भयो। मैले म बिजि छु भनी दिनु भनी पठाए संयोगले त्यो दिन शुक्रबार थियो कार्यालय हाप बिदा भयो। बाहिर जादा सासू ससुरा कुरिरहनु भएको रहेछ।
बुहारी छोराले सबै जग्गा बेचेर हामीलाई सहर कोठामा लान्छु भन्छ। हामीलाई जान मन छैन भन्नू भयो मैले बिचैमा जान मन नभए किन बेच्नु भएको त मलाई कुट्न पिट्न तम्सीले तपाईं छोरालाई केही गर्न सक्नु भएन। म तपाईंले मलाई त मर्नको लागि छोडिदिनु भएको थियो।
अहिले म के गर्न सक्छु भन्दै अगाडी बढ्न थाले ससुरा हात जोर्दै हामीलाई तिम्रो नजिकै कोठा खोजेर राखिदेउ हामी खानाको जोहो आफै गर्छौ भन्दै रुनुभयो मन थाम्नै सकिन जस्तो भए पनि मेरा बुबा आमा जस्तै त हो उहाहरु भन्ने सम्झिए। सोधे मलाई नोटिसले कराउछन होला भने त्यो हामी सम्हल्छौ भन्नुभयो। अनि त्यो दिन होटलमा बस्ने खाने बन्दोबस्त गरे।
म कोठामा पुगे बाबुलाई फोन गरि सुनाए अरु कस्लाई सुनाउनु। बाबुले राम्रो गर्नु भयो। मैले पहिला घरमा जादा नै आमा बुबालाई त्यतै ल्याउ भन्न लागेको थिए हजुर रिसाउनु हुन्छ भनी भनिन। उहाहरुलाई बाबाले निकै दुख दिनु भएको सुनाउनु भएको थियो। भन्दै सुनायो।
छोरा बुझ्ने भएको रहेछ मत किन राखेको भन्दै कराउछ होला भन्दै डराइ डराइ फोन गरेकी थिए। अर्को दिन मेरै लागि फ्याट खोजे अनि त्यही लायए राखे। ससुरा सासू हात जोडेर धन्यवाद छोरी भन्नू भयो आँखा रसाए।
मेरो नम्बर पाएका रहेछ्न कस्ले दियो त थाहा भएन दिए होलान कुनै सेवाग्राहीले फोन आयो। रिसिभ गरे। उनले मीठो स्वरमा मलाइ चिन्यो भने मैले चिन्न सकिन भने। कसरी चिन्छौ पहिला चिठीको भरमा कुरा हुन्थो। आवाज सुन्ने दिन कहाँ थिए र मलाई शंका त लागेको थियो तर भनिन।
को हो तपाई मलाई भुमिका नबाधी भन्नू के कति कामले फोन गर्नु भएको उनी कति धेरै सवाल हो फेरि म भन्दै त छु त भन्दै थिए। शिधै भन्नू घुमाएको कुरा मन पर्दैन भनीदिए। म उनैको मुखबाट नाम सुन्न चाहान्थे। म नोटिस हो अब त चिन्यौ। मैले भने को नोटिस म चिन्दिन। के कामले फोन गर्नु भएको भन्नू होइन भने मलाई फोन नगर्नु भने उनी बोलेनन मैले फोन काटिदिए।
मेरो कुरामा ध्यान दिएकी सासुले भन्नुभयो को हो र झर्किएर कुरा गरेकी भन्नुभयो मैले खै को हो मैले चिनिन भने। फेरि आमा भन्नुभयो चिनीनौ कि चिन्न चाहिनौ भन्नू भयो। मलाई बोल्न मन छैन आमा म एकछिन फ्रेस भएर आउछु भन्दै बाहिर निस्किए।
यत्रो बर्ष नआएको याद कसरी आयो। किन फोन गरे भन्ने कुरा मात्र सम्झिए। दिनभरी घरमा नै गहिन बाहिर पाल्पा बजार बिनाकाम नै घुमीरहे। साझ घरमा पुग्दा आमा खाना बनाएर कुरिरहनु भएको रहेछ खाना खायौ। म सुत्न गए सुतेर निदाउन मात्र के लागेको थिए फोन आयो निद्राबाट ब्युझिए ।
फोनको रिङ बन्द भैसकेको थियो। फेरि फोन आयो रिसिभ गरे किन राती राती फोन गरेर डिस्टर्भ गर्नु भएको मैले फोन त बिहानमा पनि गरेकै हो नि तिमीले नै फोन काट्यौ। मैले कुरा के हो किन गर्नु भएको मैले सोधे उताबाट जवाफ आयो आफ्नो श्रीमतीलाई फोन गर्न कुरा गर्न पनि टाइम चाहिन्छ त जतिबेला फोन गरे पनि भयो नि भन्दै सुरु गरे मैले पनि केही सुने। मलाई माफ गर मैले तिमीलाई कुट्नु हुदैन्थ्यो। घर छोडेर जा भन्नू हुदैनथियो त्यसको लागि सरी रे मलाई बिगतको कुरा कोट्याउदा रिस उठेर आयो आँखा देखिन।
म यता बाट बोल्न सुरु गरे। मैले तपाई सम्बोधन घटाउदै भने हिजो तिमीले "जे सुकै गर तर मेरो घर खाली गर" खाली गर भनेको शब्द मेरो कानमा अझै गुन्जिरहेको छ त अनपढ त गवार त लाउन नजानेकी खान नजानेकीसङ्ग कसरी मेरो जिन्दगीमा सुहाउछेस भनेको अझै ताजै छ। तिमीले कति छिटै भुल्यौ है त्यो अचम्म लाग्यो।
मैले तिम्रो गल्ती हिजोको थियो अनि आज माफी मागेको भए माफ गर्न सक्थे। आज १०/१२ बर्ष पछि आएर बल्ल थाहा भयो त्यो गल्ती थियो भन्ने?? हिजो सहरीया सहेलीको साथमा हुँदा मेरो याद आको थियो र आज उ टाढिए पछि र बिदेशीदा लागेको ऋण तिर्न नसकेपछि मेरो अभाव महशुस भयो है?? हिजो बेशाहारा हुँदा लात लगाएर जे सुकै गर तर मेरो घर खाली गर भन्ने मान्छेले कसरी तिम्रो काखको शिरानी बनाई मर्न मन छ भन्छौ ??
तिमीलाई सरकारी जागिरको मात लाग्यो तिमीलाई सहरीया महिलाले साथ दिइन। त्यसैको घमण्डले मलाई हात उठायौ मैले तिम्रो बारेमा केही बुझेकी थिएन कठै म सोझी थिए। म लाचार भएर गाली खाए कुटाइ खाए। म निर्जीव बस्तु सरह कुटाई खाइनै रहे। तिमीले मलाई जहाँ जा भनेर छोडेको अवस्थाबाट संघर्ष गरे।
एकछाक मकै एकछाक भोकै गरि अहिले यो अवस्थामा आइपुगे। हुन त यो सब तिमीलाई किन भनीरहेकी छु थाहा छैन त्यै पनि भनिरहेकी छु। हिजो तिमीलाई सहरिया केटीले साथ दिदा मेरो याद आएन ऋण धन गरि अस्टे्रलिया पठायौ त्यो बेलासम्म मेरो याद आएन जब उनीले सम्पर्क गर्न छाडिन तिमी ऋणमा डुब्यौ र घरखेत बिक्रि गर्यो तब मेरो याद आयो है कति अचम्म छौ तिमी।
तिमीले छोड्दाको जस्तो विक्षिप्त अवस्था अर्धपागल अबस्थामा भएको भए तिमी यो कुरा भन्न सक्थ्यौ ?? तिमीले मलाई माया गरेको होइन मेरो परिस्थितिलाई माया गरेको हो त्यसैले मलाई माया गरेको नाटक नगर। तिमीले नै आमा बुबालाई पठाएका रहेछौ मैले बिस्तारै बुझ्दैछु। उहाहरु बस्नुहुन्छ भने म केही भन्दिन।
तिमी नजिक हुन खोजिरहेको छौ भने तिमी कल्पनामा छौ वा भ्रममा छौ म तिमीलाई तिम्रो हर्कतको बारेमा माफ गर्न सक्दिन। आजबाट मलाई फोन गरि बिगत बल्झाउन नखोज। म धेरै प्रयासका बाबजुद यो अबस्थामा आइपुगेको छु भनी फोन काटिदिए।
अर्कोदिन छोरालाई फोन गरे छोरालाई सबै बताए छोरा मैले के सहि गरे त भनी प्रश्न गरे छोराले भन्यो ममी तपाईंलाई जे खुशी लाग्छ त्यही गर्नु म यो गर्नु यो नगर्नु भन्न सक्दिन किनकी बिगत तपाईंले भोग्नु भएको पीडा मैले देखेको छु । थोरै भए पनि महशुस गरेको छु। तपाइले आफ्नो निर्णय गर्नु ममी भन्यो। त्यस्तो दुखको क्षणको सामना गर्ने तपाईं त्यो निर्णय पनि आफुले सोचेर लिनु भन्यो।
मलाई लाग्यो महिले जे गरे ठिक गरे जस्तो लाग्यो। अर्को दिन पनि ठिक त्यही समयमा फोन आयो। मलाई फोन उठाउ कि नउठाउ मन दोधारमा भयो। मैले त्यही भन्दा लाज नमानी फोन गरेको छ भने किन नउठाउ भनी सोची फोन उठाए। मैले हेलो किन फोन गरेको राती राती निद्रा डिसटर्भ गर्ने गरि भनी कराए। मैले तिमीलाई फोन गर्नको लागि टाइम लिनु पर्ने त होइन होला। तिमीले माने पनि नमाने पनि म तिम्रो श्रीमान नै हो। तिमीले त्यो अधिकार पहिला नै गुमायो मलाई तनाव र दवावमा राख्न नखोज।
मैले भनी सके त तिमी मेरो माफीको लायक छैनौ दुर्घटना भए र मैले ज्यान गुमाउनुपरेको भए सरी भनेर मेरो ज्यान फर्किन्थ्यो त ?? तिमी यस्ता कुरा गरेर मेरो समय बर्बाद नगर आजदेखी फोन नगर भन्दै फोन काटिदिए। सिम निकालेर फ्यालिदिए। मैले उसको किस्सा साइड लगाइदिए मैले मेरो जिन्दगीको निर्णय लिए। मलाई तिम्रो आवश्यकता छैन भनिदिए।
मैले नयाँ सिम लिए उनको आमा बुबा मसङगै बस्नु भयो। छोराले धेरै दुख दिएको थियो। तिमीले छोरासङ्ग जानू भन्छौ भने बरु हामीलाई मारिदेउ तर हामीलाई नपठाउ भन्दै हात जोर्नु भयो। मैले म जिउदो रहुन्जेल तपाईंहरुको सेवा गर्छु भने। आमा बुबा म सङगै हुनुहुन्छ। आमा बुबालाई चार धाम घुमाउने गाडिको टिकट काटेर पठाए उहाहरु एक महिनाको लागि जानू भयो खाने बस्ने बन्दोबस्त गरेर पठाए। उहाँहरु चार धाम घुमेर साथीहरूसङ्ग आइपुग्नु भयो।
यति बेला छोरा बङगालादेश सरकारी छात्रवृत्तिमा डक्टर पढ्न पुगेको छ। मेरो जीवन को सबैभन्दा खुशी को दिन हो। जस्ले मलाई अनपढ गवार भन्थ्यो उसैले दुख गरि पढाएर छोरा डक्टर पढ्ने भएको छ। मेरो छोरालाई डक्टर बनाउने सपना पूरा भएको छ।
ससुरा बुबाको ७० बर्षको उमेरमा निधन भयो। नोटिस आए। किरियापुत्री भवन पाल्पामा किरिया गरे। अनि फर्किए। आमा छोरासङ्ग जान मान्नु भएन। मसङग बस्ने भन्नू भयो। एक बर्षको काम सकियो। सासू आमाले मलाई तिमीले छोराले भन्दा राम्रो गर्यो। पुन्य कमाउन मठमन्दिर धाउनु पर्दैन। बुढाबुढी बाउ आमाको सेवा गरे हुन्छ भन्थे मेरो आशिर्वाद लागोस तिमीलाई भन्दै आशीर्वाद दिनु भयो। रुनु भयो। मेरा अरु छोरा छोरी भैदिएको भए छोराले दुख दिदा छोडेको बुहारीकोमा आउनु पर्दैन्थियो भन्दै रुनु भयो। आमा यस्तो कुरा नगर्नु म पनि कुनै बेला तपाईंको बुहारी थिए अहिले मलाई छोरी भन्नुहुन्छ भने त्यसो नभन्नु भने आमा चुप हुनुभयो।
आमाले जहिले म मरे भने पनि त्यसलाई नबोलाउ भन्नुहुन्थ्यो। तपाई मर्ने कुरा नगर्नु भन्थे। तर जन्मे पछि मृत्यु ढिलोचाडो निश्चित छ। बिस्तारै आमालाई रोगले गलाउन लाग्यो हस्पिटल अनि कोठा गराए। एक दिन आमालाई सार्हो पार्यो। नोटिसको पुरानो नम्बर सम्झिए फोन गरे बेलुका आइपुगे। आमाले त्यसै साझ सन्सारबाट बिदा लिनु भयो। बुबा मरेको करिब पाँच बर्ष पछि आमाले पनि सधैको लागि बिदा लिनु भयो। म एक्लो अनुभव गरे। धेरै बेर रोए। नोटिस काज किरिया सकेर फर्किए। म कोठामा गए।
दिन बित्दै गए। छोरा सरकारी छात्रवृत्तिमा बङगाला देश गएर डक्टर पढेर आयो। अनि पाल्पा म भएको ठाउमा आयो। उसले बङ्गालादेशमा सङगै पढ्ने काठमाडौं को नेवार केटीसङ्ग प्रेममा रहेको सुनायो। ममी तपाईंले सानो जात भनेर त कराउनु हुदैन भन्यो। बाबू यो जात उ जात भन्ने कुरा म मान्दिन। तर हामी बस्ने बाँस सम्म नभएका मान्छे सहरमा जन्मे हुर्केकी केटी तिमीसङग बिहे गर्छिन त भने बाबू अलि निराश भयो।
मैले सम्झाए तिमीहरु पेशाले डक्टर हौ। तिमीहरूको मन मिल्छ भने म केही भन्दिन। मेरो पूरा सहमति छ काठमाडौमा घर जग्गा त होइन एक फ्याट खोजेर पनि गुजारा गर्न सक्छौ भने। छोराले त्यसै गर्नुपर्ला भने। अहिले म अब म डक्टर बनेर सेवा गर्छु ममी भन्यो मलाई खुशी लाग्यो। सरकारी छात्रवृत्तिमा पढेकोले २ बर्ष सरकारी हस्पिटलमा निसुल्क काम गर्नु पर्ने थियो। काम गर्छु भन्यो। म सरकारी डक्टरमा नाम निकाले पछि मात्र बिहे गर्छु ममी भन्यो मैले हुन्छ भने। उसले हाम्रो बारेमा सबै भनेको छु उनले हुन्छ भनेकी छन २/३ बर्ष पछि बिहे गर्ने ममी भन्दै काठमाडौ फर्कियो।
समय बित्न के बेर आफ्नै गतिमा अघि बढी नै रह्यो। छोरा काठमाडौं छ। म पाल्पा आफ्नो कार्य क्षेत्रमा छु। छोराले आफ्नो पढाइ पूरा गर्यो अर्थात छात्रवृत्ति कोटाको भुमिका पूरा गर्यो। उ अहिले लाइसेन्स प्राप्त डक्टर बनेर काम गरिरहेको छ। हुनेवाला बुहारी पनि डक्टर पेसा मै छिन। छोराले २०७४ साल फागुन १८ आफ्नो जन्मदिन पारेर बिहेको साइत निकालियो। काठमाडौबाट बिहे गर्यो । म गए २/४ दिन बसे अनि फर्किए। आफ्नो अफिसतिर ब्यस्त भए आफुले पढेको भैरब मा.बि स्कुल जस्ले मलाई कखरा सिकायो।त्यही स्कुललाई मैले केही सहयोग गरे।
छोरा बुहारी काठमाडौको सरकारी हस्पिटलमा कार्यरत छन। अहिले नाति भएको छ। उनीहरुको आफ्नै सन्सार छ। रमाएका छन बेला बेलामा बुहारीले फोन गर्छिन। आउछिन मलाई भेट्न म पनि खुशी छु। मैले म जस्तै श्रीमानले छोडेका अब के गरौ भन्ने भएका दिदी बहिनीहरुको सोचाइमा परिवर्तन गर्न सक्नुहोला भन्ने मेरो बिचार हो। श्रीमानले साथ छोड्दैमा आफुलाई कमजोर नठानुहोस। सङ्घर्ष गर्नुहोस। सफलता मिल्नेछ। त्यसैको लागि यो चिठी तिमीलाई लेखिरहेकी छु ताकी कसैलाई मार्गदर्शन गरोस।
तिम्रो सबिता दिदी
यसरी लामो मेल आएको रहेछ पढे कतै आँसु झर्यो कतै खुशी लाग्यो। जिन्दगीका उतारचढावहरु यस्तै हो जस्तो लाग्यो पनि लाग्यो। उहाको यहि भोगाई उहाजस्तै अवस्थाका महिलाहरू प्रेरणा बन्न सक्छ भन्ने ठानी र जस्ताको तस्तै छापिदिएको छु।

लेखक कृषा के.सी.
कोटेश्वर,३२ काठमाडौ
धन्यवाद
धन्यवाद
वाउ !ह्र्दय स्पर्सी र मार्मिक छ
ReplyDeleteधेरै धेरै धन्यवाद हजुर 🙏🙏🙏
Deleteमैले तपाइको यो स्टोरी निकै राम्रो सङ पढे यहा भित्रको कथावस्तु, कथा मात्रै नभर वास्बिकता थियो अनि यहा लेखियका सबै कुरा नियालेर पढे कति ठाउमा त एउटि महिलाले सहन सक्ने अन्याय देखेर आँसु पनि आयो त कतै उनिले दुखपछी पाएको सुख ले आन्नद पनि आयो समग्रमा यो घट्ना निकै नै वास्तविक बनेको छ, तपाइको लेखन कलालाइ सम्मान गर्दछु, आउने दिनमा अझै हजुरको उनन्ती होस ।
ReplyDeleteतपाईंले आफ्नो ब्यस्त समयको बाबजुद मेरो यो लेखाइलाई महत्त्व दिई पढ्नु भएकोमा धेरै धेरै धन्यवाद साथै तपाईंले टिप्पणीलाई पनि आभार ब्यक्त गर्दछु। काहीँ न काहीँ कसै न कसैको वास्तविकतालाई मेरा शन्द मार्फत व्यक्त गर्ने कोशिश गरेको हो। उहाँको त्यो भोगाइलाई साच्चिकै न्याय गर्न सके कि सकिन त्यो त म भन्न सक्दिन जे होस मैले सके सम्म को न्याय गर्न खोजेको छु। म स्तरीय लेखे त भन्न सक्दिन किनकि म नयाँ लेख्न सुरु गरेको मान्छे हो। नयाँ त्यसमाथि पनि अनुभव कम छ त्यसैले राम्रो भयो भन्न सक्दिन । मेरो लेखले तपाईं जस्तो बौद्धिक पाठक ले पढ्नु भएकोमा एकदम खुशी लाग्यो। गल्ती कमी कमजोरहरु तपाईंहरुले औलाइदिनु भयो भने सुधार्ने मौका मिल्छ। जे होस टिप्पणी गर्नु भएको धेरै धेरै धन्यवाद हजुर आशा छ आगामी लेखहरुमा पनि तपाईंको टिप्पणी सकारात्मक/ नकारात्मक जे जस्तो भए पनि टिप्पणी आउनेछ भन्ने आशा ब्यक्त गर्दै पुन धन्यवाद हजुर 🙏🙏
ReplyDelete