कविता
आफुलाई बदल्नु छ
घामलाई उदाउनु नै छ रोशनी छरेर
पुन डुब्नु पनि छ लाली छरेर
मलाई प्रिय् लाग्ने तिमी थियौ,छौ
तर तिम्रो प्रिय् बन्न सकिन
तिम्रो आँसु पुछ्न हात तयार थिए
तिम्रो आँसु अरुकै सहानुभूति बटुल्न झर्दै रहेछ।
तिम्रो यादहरु सङ्ग्रह गरेर बाच्ने आधार बनाएकीछु
म भने तिम्रो एक बोलि सुन्न तड्पिएको छु
तिमीलाई मेरो बोली सम्म सुन्न मन लागेन
खै यो कस्तो माया कस्तो परिभाषा
मेरो नजराना बदलिएको थिएन तर पनि
खै तिम्रो मन कस्तो हो मैले बुझ्न सकिन।
लार्थ्यो हाम्रो खुशी एक अर्कामा निहित थियो
बिडम्बना नै भन्नुपर्यो आज तिम्रो रोजाइ
मेरो रोजाईको बिचमा तालमेल हुन सकेन।
तिम्रो मेरो रोजाइ एक हुन समय परिस्थिति
मिलेन कि समयले तिमीलाई समय भन्दा पहिला नै अगाडि लखेटिदियो कि खै म यो भन्न सकिन म भन्नै सकिन।
तिमीले गगनचुम्बी सहरमा बसेर सर्बोच्च शिखरको
भ्रमण गर्ने सपना बुन्छौ म रहरहरुको चाङ फिजाएर
सपनाको मृत सागर जस्तो गहिरो स्थानमा छु
उच्च शिखर चुम्ने रहरमै सिमित छु त्यसैले त
हाम्रो सपनाको आकार मिलेन स्तर मिलेन।
तिम्रो रहरहरु अल्जिजियाको तापमान जस्तै उच्च
अनि सन्सारको उच्च छन बिस्तारित पनि म रुसको भर्खियान्कसमा छु जस्तो तापमान छ उस्तै सपना पनि चिसिएका,कक्रिएका छन फरक भौगोलिक अवस्थाका
फरक सपना रहर उहीँ भए पनि बाध्यता फरक फरक छन
त्यसैले त फरक छन सपनाको आकार अनि लक्ष्य उद्देश्य।
यहि कक्रिएको शरीरबाट विश्व चिहाउनु छ
सपनाको गगनचुम्बी सहरको जग बनाउनु छ
सपनाहरु सुपेरियर तालको पानी जस्तै ताजा बनाउनुछ
सगरमाथा जस्तै बिशाल लक्ष्य निर्धारण गर्नु छ
मलाई तिमीलाई बिर्सिएर आफुलाई नयाँ जीवन को दौडमा समाबेश गराउनु छ।
मलाई तिमीभन्दा गति बढाउनु आवश्यक छ
त्यसैले त यो दौडको लागि गतिको गेयर बदल्दै छु।
तिम्रो बराबरी गर्न होइन आफ्नो मृत चाहाना ब्युझाउन।
अब त्यो मृत भुमीबाट आफुलाई बाहिर निकाल्नुछ।
रहस्यमय तरिकाले बर्मुडामा हराउने हरेक जहाजको
अध्ययन गर्नु छ। इजिप्टका पिरामिड कस्ले बनायो
अध्ययन गर्नु छ। अब मैले आफ्नो गति बदल्नु छ।
आफुलाई बदल्दै विश्व चिहाउनु छ।
अब मलाई तिम्रो आँखाबाट होइन आफ्नै आखाले
सन्सार चिहानु छ बस आफ्नै आँखाबाट

Comments
Post a Comment