गजल

तिमी भैदिए 

         "तिमी भैदिए"
मेरो जिन्दगीको कथा सुनिदिने तिमी भैदिए
गहमा भरिएका आँसु पुछिदिने तिमी भैदिए।।

आफ्नाले लत्याएर बिरानो सम्झिएको बेला
हौसला दिदै साथमा बसीदिने तिमी भैदिए।।

म बिदेशीएको छु चुहिने घरको छानो टाल्न
संघर्षका ती इतिबृती सुनिदिने तिमी भैदिए।।

ढुक्कले काम गर्नेछु यता भबिष्य कल्पिदै
उता बा~आमालाई पुजीदिने तिमी भैदिए।।

म डडेर उठ्छु लड्दै हिड्न तयार हुन्छु सधैं
गल्ती कहाँ थिए म बुझिदिने तिमी भैदिए।।

✍️कृषा के.सी
कोटेश्वर, काठमाडौ



Comments

Popular posts from this blog

कथा

लघु उपन्यास

बिचार