कविता

सलामी 

समयको आफ्नै चक्र
आज अर्को नयाँ दिन।
बिहानको मिर्मिरे उज्यालो
पुर्वतिर आगो बल्न लागेको ।
त्यो अद्भुत दृश्य खुलेको पुर्व हेर्न
म ब्युझिन्छु ओछ्यानबाट उठ्छु।
ब्युझिएर मृत घोषित हुनबाट जोगाउछु
आफू एक्लै भएर पनि स्वच्छन्द महशुस गर्छु।।

परेवाको आवाज सुन्छु,
चराचुरुङ्गीको आवाज गुन्जिन्छ्न।
आखिर नरक हुनबाट जोगाउनु न रहेछ,
हो आफुलाई नरक हुनबाट जोगाई रहेछु।
बिहान धुवा धुलो कोलाहल कम छ,
आफू पनि वातावरण जस्तै शान्त छु।
नुहाउछु पुजा गर्छु जीवन माग्छु,
मानौ माग्नु मेरो दैनिकी हो मागिरहन्छु।
भववानसङ्ग उभिएर मेरो इच्छालाई चाङ,
लगाएर मागिरहन्छु।

कुनै दिन तिम्रो ब्युझन बिर्सेछु भने,
मलाई समाजले मृत घोषित गर्नछ।
यहाँ म आफैलाई ढाट्न सक्तिन,
छल्न सक्दिन, ठग्न पनि सक्तिन।
समयको त्यो क्रुरतामा भित्र बाधिएर,
भाग्यको कमारो म कहाँ भाग्न सक्छु।
छ जलि रहेको सन्सार मेरो पनि !!

न्यानो स्पर्शले सायद बिझेछ क्यारे,
सुमधुर सम्बन्धबाट धेरै टाढा पुगेछौ।
मेरो भावना कुल्चेर मुटुमा हिर्काउदै,
छौ आफ्नै बेगमा,दुनियाँमा,सन्सारमा।
म तिमीलाई भेट्न दौडि रहेको थिए,
जस्तो खोला बहन्छ समुद्रलाई भेट्न।
तिम्रो तिरस्कारले निर्मल सपनाहरुको,
मनमा एउटा ज्योति पुञ्ज फेरि ढल्यो।


मेरा शब्द प्रेमिल थिए मनभित्रका थिए,
तिमीलाई लागेछ धारिलो अनि बेस्वाद।
एकान्तमा बसेर सोच्छु गम्छु टोलाउछु,
जान न कोहि भनिदेउ फर्किएर आउ।
दिलमा राज गर्ने निस्ठुरीलाई अनुरोध,
अझै आशा मरेको ज्यान मरेको छैन।
एकपटक फर्की आउ भेट हुँदैन सायद,
ज्यानलाई अन्तिम सलामी दिएर जाउ।

                                      ✍️कृषा के.सी.
                                 कोटेश्वर, काठमाडौ 


Comments

Popular posts from this blog

कथा

लघु उपन्यास

बिचार