गजल

मलाई यो कुरा भन प्रियतम यो कसरी हुन्छ!
तिमीलाई देखेपछि खुल्दुली यो कसरी हुन्छ।।

साथी खबरै नगरी बिहे गरिछौ बढाई पनि छ!
तर मेरै प्रेमिका तिम्रो श्रीमान यो कसरी हुन्छ।।

जिन्दगीलाई दाउमा लगाई मायामा लगानी गरे!
सोच्दैछु यसको अशुली तिमिबाट कसरी हुन्छ।।

हिजो तिमी मात्र तिमी भनी बाचाकसम दिन्थ्यो!
भमरा रहेछ उस्ले फुलमा नडुले यो कसरी हुन्छ।।

✍️कृषा के.सी
कोटेश्वर,काठमाडौ


Comments

Popular posts from this blog

लघु उपन्यास

कथा