कथा
महशुस
भाग 1
दिन दिनै फेसबुकमा sms हुन्थ्यो जब छुटिने बेला हुन्थ्यो कतिबेला अनलाइन आउने सोधपुछ हुन्थ्यो। आफुलाई फुर्सद हुने समयमा यतिबेला अनलाइन आउछु भन्थे। कहिलेकाही उनैले यतिबेला अनलाइन आउ है भन्ने sms छोडेर अफलाइन भएका हुन्थे । एक अर्काको अनलाइन आउने समयको प्रतीक्षा खुब हुन्थ्यो। यसरी महिनौं बितायौ । अझ भनौ गफ गरि दिनहरू बिताएको पत्तै भएन । यदि हामी मध्ये कोहि तोकिएको समय भन्दा अनलाइन आउन ढिला गर्यो भने फोन गर्ने कहिले मिस्कल गरेर अनलाइन बोलाउने काम हुन्थ्यो । कति रमाइला र यादगार थिए ती दिन आज पनि ती दिन यादगार बनी अमिट छाप बनेर बसीरहेका छन । यादहरु बटुल्नु पनि जिउने आधार रहेछ । यादमा कसैको लागि मेरो मन अनि मस्तिष्क भरिपूर्ण छ।
यसरी चलिरहेको हाम्रो दैनिकी विस्तारै बिस्तारै अनलाइन आउने sms गर्ने क्रम पनि पातलिन थाल्यो। बाक्लिएको कुराकानी पातलिनुलाई मैले स्वभाविक रुपमा लिएकी थिए । जब समयसङग देखिएका एकएक गतिविधिहरुलाई नियाल्दा अस्वभाविक साबित गरिदियो । अनलाइन आउने र sms को आदान प्रदान गर्ने समय बिस्तारै पातलिनुलाई नवुझेकी मलाई बुझ्न बिवस बनायो। किन होला के भयो होला भन्ने खुल्दुली हरपल भैरहन्थ्यो बिशेष जब म अनलाइन आउथे यी आँखाले हतार हतार गरि उनको प्रोफाइल चिहाउथे तर धेरै पहिला देखि अनलाइन नआएको देखाइदिन्थ्यो मनमा निराशा छाउथ्यो।
उनले बिस्तारै बिस्तारै जब उनी म बाट टाढिए लामो समयसम्म फेसबुकमा अनलाइन देखिएनन । sms गर्यो उनले कहिले हेरेनन हुन त अनलाइन नआएपछि कसरी हेरुन र? धेरै समय सम्म sms को रिप्लाई नआएपछि मैले उनी अनलाइन आएकी आएनन भन्ने नै हर्न छाडिदिए। दिन महीना गरि कुरा हुन छाडेको समय लम्वियो। जसरी दिन महिना बर्ष गरि आफ्नो उमेर बढिरहेको छ। मलाई उनी अनलाइन आउछन र रिप्लाई गर्छन भन्ने लाग्न छाड्यो। तर यसरी अनलाइन नआउनुको कारण बुझ्न खोजे तर सफल भएन । यत्तिकैमा दिनहरू एक एक गरि ढल्दै गए। यादहरु र खुल्दुली झन झन बढ्दै गए।
ब्याचलर एउटै कलेजबाट सकेका हामी मास्टर्स जोइन गर्दा आफुलाई पायक पर्ने ठाउको आधारमा उनले अर्कै र मैले भने pk जोइन गरे । कलेज फरक भयो म कलेज र घर गरि समय बिताउथे। उनले अफिस जोइन गरेको सुनाउथे मैले कहाँ र के कहिले सोधिन। सोध्न पनि चाहिन। जे होस ब्याचलरमा चिने पनि मास्टर्समा पुगेर नजिएका हामी मास्टर्स सकिन लाग्दा एकाएक टाढा हुन पुग्यौं । यसलाई कसरी स्वभाबिक रुपमा लिन र खै मन दोधारमै छ।
महिनौ पछि एक मित्रले भनिन ....त्यो त बिदेश पो गएछ है ? मैले होइन होला मलाई त भनेको छैनन भने उनले त्यसको पुष्टि गर्दै भनिन नपत्याए हेर sms हिजो मात्र उसको साथीसँग कुरा भएको थियो उसले भनेको ... पनि आएको छ नि यतै भनेको उस्को र मेरो त कुरा भएको छैन तर उसको साथीसङ्ग कुरा भको थियो भनिन । के बिश्वास गर्नु र के बिश्वास नगर्नु? कुरा सुनिसकेपछी दिउसै अध्यारो भएको जस्तो लाग्यो । आफू उभिएको जमिन पनि भासिएको जस्तो लाग्यो । रिंगटा चल्यो आफैसङ्ग रिस उठ्यो .... के बोलौ के नबोलौ भयो स्वर नै भासिए जस्तो भयो मलाई एकासी डाको छाडेर रुन मन लाग्यो तर साथीसङ्ग त्यस्तो देखाउन मिलेन। आफुलाई सम्हाल्नु कर लाग्यो। अलि स्वम्यमित भए।
मैले ए ए सङगै पढेका साथीहरूले प्रगती गरिरहेका छन खुशी लाग्छ आफुले त फिर्ता नहुने कुरामा समय, मानसिक श्रम र बाबुआमाको परिश्रमलाई लगानी गरिएको छ। शिक्षामा आफ्नो मेहनत र बाबुआमाको लगानी खेर नजायोस भन्ने चाहा भन्दा ठूलो चाह पालेको छैन यो मनले भन्ने बताउदै बिषयबस्तु परिवर्तन गरे। मन तरङ्गित नभएको देखाए । धन्न साथीले यो कुरा कलेजको क्लास सकिइसकेपछी सुनाएकि थिएन। pk बाट पुरानो बसपार्क जान मलाई गलेको जस्तो भएको थियो। बसपार्क गइ साथी आफ्नो डेरातिर जाने गाडी चढिन । म पनि कोटेश्वर जाने माइक्रो चढे । मलाई घर पुगेको याद भएन ।
घरमा गएर खान खान मन लागेन असारको चर्को घामले जसरी तन भतभती पोलेको थियो त्यो भन्दा बढी मन भतभत पोलेको थियो। कुरा कसलाई सेयर गर्नु .... बहिनीको डे कलेज थियो कलेज गएकी थिइन म बिहानको मर्निङ क्लास सकेर घर फर्किएकी थिए। सधैझै म नपुग्दै बहिनी कलेज गएकी हुन्थीन त्यो दिन पनि कलेज गइसकेको थिइन। घरमा पुग्नासाथ ममीले फ्रेस भइ खाना खान आउ भनी बोलाउनु भयो । ममीलाई ममी कलेजको क्यान्टिनमा साथीहरूसङ्ग खाजा खाएर आएको भोक लागेको छैन भन्ने बाहाना बनाए । ममीले थोरै भए पनि खाउ भनी भनीरहनु भयो म पेट भरी छ खाली छैन । अझ भोक नै नभएको बताए फेरि ममीले मैले पनि खाएको छैन तिमीलाई कुरेको ड्याडी र बहिनी खाएर गइसके भनेपछि जित गर्न सकिन 2 स्पुन भए पनि खान करै लाग्यो।
खाना खाएर जब रुममा पसे किन किन रुन मन लाग्यो रोए। सोचे रोएपछी मन हल्का हुन्छ मनको पीडा परालिन्छ भनी रोए... धित मरुन्जेल रोए। ममी भने कोठामा बसी टिभी हेर्दै के काममा ब्यस्त हुनुहुन्थ्यो। बेला बेलामा किसी खाजा खान आउ बहिनी पनि कलेजबाट आइसकी ड्याडी पनि अफिसबाट आइसक्नु भयो आउ भन्नू भयो। त्यतिबेला म टाउको दुखेको बाहाना गरि सिरक ओढेर सुतेकी थिए। बहिनी हतार हतार आइन र किसि तलाई के भयो किन सुतेकी उठ त रे अनि टाउको दुखेको छ भने उसले जबर्जस्ति उठ न खै रे अनि उठे के भयो रे टाउको दुख्यो उसले म माथी यसो नजर लगाउदै टाउको पो दुखेको त आँखामा के भयो भनेर दरिलो ब्यङ्य सहित प्रश्न तेर्साइन म केही बोलिन। जाउ खाजा खान मन छैन मात्र भने अनि जबर्जस्ती नगरी गइन र ममी ड्याडीसंगै खाजा खाइन। म नसुने जस्तो गरि सबै सुनीरहेको थिए।
ड्याडी टिभी हेर्दै आफ्नो काममा मस्त हुनुभयो ममी खाना बनाउन तिर लाग्नु भयो बहिनी आफ्नो रुममा पसी पढ्न लागिन। मलाई भने टाउको समेत उठाउन मन लागेन ।
ओछ्यानमा लडिरहे। बिना हलचल। मात्र किन यस्तो म किन यसरी बेकारमा आफैलाई पीडा दिदैछु एकोहोरो माया गरेर...
भन्ने जस्तो लाग्यो हिजो उनले माया गर्छु भन्दा मजाक लागेर गफ दिन खुब आउँछ है। मलाई मायाको चक्करमा पर्न मन छैन भनी जवाफ दिन्थे। आज उनी टाढा हुन किन मन पोलेको चिन्ता लागेको होला बल्ल आज बुझ्दैछु माया भनेर म पनि तिमीहरू माया गर्छु भन्न नजिक थिएनन। अझ कहाँ थिए भन्ने सम्म थाहा थिएन। हिजो सम्म माया के हो भन्ने नबुझेकी म आज बुझे तर बताउन उनी टाढा भैसकेका थिए।
सोचे निद्रा पनि परेन त्यती धेरै कुरा गर्ने मान्छेले एक पटक मलाई भन्नू पर्छ भन्ने आवश्यक सम्झेनन कस्तो मान्छे होला किन होला भन्ने खुलदुली लागिरह्यो मन बेचैन बनिह्र्यो के गर्यौ के नगरौ मनले निर्णय लिन सकेन छट्पटी भइ रह्यो। यत्तिकै छट्पटीमा उज्यालो भयो बिहानको घामको किरणले मलाई न्यानो दिन सकेन। सधैको बिहान जस्तै त्यो बिहान लागेन बिहान उठ्ने नुहाउने चिया नास्ता लिने अनि कजेज जाने काम हुन्थ्यो त्यो दिन जागर लागेन सुतिरहे। बिरामी भएर भर्खरै उठेको जस्तो शरीर कमजोर भएको अनुभव भयो। कलेज जान मन लागेन गइन पनि
घाम दुर क्षितिजबाट उदाएर घरको माथी आइपुगेको थियो। उठे ममीले तिमी किन कलेज नगएको टाउको दुख्न छाडेन हो भनी सोध्नुभयो मैले होइन ममी कम त भयो आज कलेजमा राजनैतिक कार्यक्रम छ क्यास डिस्टर्भ हुन्छ त्यही भएर नगएको भोलि त सनिवार नै भयो अब पर्सि जाने मामु भने। एकछिन पछि बहिनीको कलेज जाने बेला भयो अनि ड्याडीको अफिस जाने बेला भयो बहिनीले तलाई सन्चो भयो ? भनी मैले उम भन्न टाउको हल्याए ड्याडीले कलेज किन नगको भन्नू भयो मैले आज कलेजमा प्रोग्राम छ पुरै क्लास हुदैन त्यही भएर नगएको भने ड्याडीले प्रोग्राममा त जानुपर्छ नि आफू पनि बोल्न सिकिन्छ भन्नू भयो अनि अबको प्रोग्राममा जान्छु ड्याडी भने। ड्याडी अफिस र बहिनी कलेज हिडेपछी म एकछिन प्रेस भएर पढ्छु भनी रुममा पसे । पढ्न मन लागेन मोबाइल हेरे फेसबुक खोले उनलाई अनलाइन छन कि भनेर हेरे तर धेरै पहिला देखि नै उनी अनलाइन आएका थिएनन । यत्तिकैमा अफ गरे। मोबाइल पनि किन बोक्नु जस्तो लाग्यो रिस उठ्यो। मोबाइल भित्तोमा जोडले पछारे टुक्राटुक्रा गरि टुक्रियो फुट्यो जसरी मेरा याद टुक्रीदै थिए।
अर्को दिन सनिवार बहिनी म घुम्न निस्कियौ बहिनीले के भयो भन्ने बुझ्न खोजिन मैले केहि होइन यार किन सोधपुछ गरेकी म झुट बोल्छु भनेर कुरा मोडे अनि घुम्न आउने त रमाइलोको लागि मुड फ्रेसको लागि आउने हो तिमिले किन यस्तो कुरा गरेकी भने अनि बेलुका घर पुग्दा ममी ड्याडी काम बिशेषले साथीको घरमा जानुभयो खाना बनाउन मन लागेन र उठिन पनि बहिनीले खाना बनाइन खान बोलाइन अलिकति खाना खाए मानौ उसको करको अघि घुडा टेकेर भए पनि खाए। अनि बहिनी आफ्नो रुममा बसेर पढ्न लागिन मलाई पनि फ्रेस र हसिलो नदेखेर सङगै बोलाइन म कुरा टार्न सकिन गए केहिबेर कुरा गर्यौ उनले फेरि पनि के भयो सेयर गर भनिन केही होइन भनी टारिरहे।
घर परिवारका कुरा आफ्नो पढाइको कुरा भयो यतै सुत भन्थिन मैले हुदैन म भोलि बिहान कलेज जानुपर्छ म छिटो उठ्नुपर्छ तिमीलाई डिस्टर्भ हुन्छ भने। ढिलो कोठामा आए सुत्न खोज्छु निद्रा परेन छट्पटी भइरह्यो। बिहान कलेज जान उठ्ने समयमा घडीले अलाम बजायो बन्द गरे फेरि पनि उठ्न मन लागेन। चुपचाप सुतिरहे। फ्रेस छु भनी देखाउन पनि उठे नुहाए पुजा गरे । अनि चिया बनाइ बहिनीलाई दिए किन कलेज नगाकी रे मैले ममी आउन ढिलो हुन्छ कि तिमीलाई खानासाना बनाइदिन नगएको भने उस्ले हास्दै कत्तिन रे ...
ममी ड्याडी आउनु भयो ड्याडी फेस भइ खाना खाई अफिस जानू भयो बहिनी कलेज ममी र म घरमा थियौ । अलि अबेर खाना खयौ गफगाफ गरि दिन बित्यो। खाजा खाइ पढ्न र बुक मिलाउन तिर लागे । अर्कोदिन बिहान कलेज त गए सरले पढाएकोमा ध्यान त गएन त्यै पनि क्लास एटेन भने गरे। ब्रेक टाइममा सधैं क्यान्टिन जाने साथीले जाउ भनिन जान मन छैन भने । उनले तिमी हिजो अस्ति किन न आएको म एक्लै जानुपर्यो क्यान्टिन अनि किन मोबाइल अफ गरेको भनिन हेरन बिरामी भएर न आएको मोबाइल बिग्रेकोले अफ भाछ। नयाँ किन्ने भनेको मोबाइल चलाउन मन छैन भने उनले किन भनिन यत्तिकै भने तिमी आज पनि नआएको भए घरमा आउने थिए भनिन मैले सकभर झुट बोलेर कुरा टारिदिए। अनि क्यान्टिन गयौ खाजा खायौ क्यास लियौ फर्कियौ ।
दैनिकी सामन्य अवस्थामा फर्काउन कोशिश गर्न थाले आफुलाई ब्यस्त गराउन प्राइभेट जब गर्न थाले। ब्यस्त भएपछि याद कम गर्न मद्दत मिल्छ भन्ने सुनेको थिए। मैले जब गर्न लागेको ड्याडी ममीलाई मन परेको थिएन पढाइ बिगृन्छ पहिला पढ अनि जागिर गर भन्नु भयो मैले अटेर गरेपछि फोर्स गर्नु भएन । बिहान कलेज, कलेज पछि अफिस जादा आफू ब्यस्त हुन लागे सामान्य रूपमा चल्न थालेको थिए
एकोहोरो मन पराउनु माया गर्नु भ्रम रहेछ भन्ने मनमनै स्वीकार गर्न थाले ...
महिनौ लाग्यो एक भ्रमबाट बाहिर आउन । म भ्रममा रहेछु भन्ने महशुस गरे । धेरै समयको अन्तरालपछि भाइबरमा sms आयो को रहेछ भन्ने हेर्न सेभ गरे। नाम अनि फोटो पनि देखिएन। मैले त्यो sms ignore गरे रिप्लाई गरिन। यत्तिकैमा फेरि sms आएन फेरि महिनौं पछि imo मा sms आयो। sms हेरे हेर्दा त उहीँ पुरानो मान्छे पो रहेछ। sms हेरे तर रिप्लाई गर्न आवश्यक लागेन । पुरानो यादहरु बिर्सिन बाहाना खोजी खोजी सामान्य रूपमा आउदै थिए तर sms ले यादलाई ताजा बनायो । बिर्सेर बाटो मोडेर हिडेको मान्छेले sms गर्न आवश्यक किन सम्झियो भन्ने प्रस्नले दिमागमा हलचल ल्याउन थाल्यो। त्यही पनि मैले त्यसलाई बिर्सिदै गए । दिनहरु कोल्टिदै जाने गरेसङगै मास्टर्स सेकेन्ड इयर्को एक्जाम हुने दिन आयो अनि एक्जाम पनि सकियो। त्यसपछि काम अनि थेसिसको लागि अध्ययन अनुसन्धानमा समय खर्चिनुपर्ने बाध्यता म मा थियो मैले त्यसैलाई प्राथमिकतामा राखे ।
मैले उनले गरेका हरेक sms को ignore गरेपछि लामो समयसम्म sms गरेनन । समयको अन्तरालपछि पुन sms आयो । यसपटक भने रिप्लाई गर्नुपर्छ जस्तो लाग्यो र पुरानै शैलीमा रिप्लाई गरे। मानौ हिजो कुरा भएको थियो र आज पनि कुरा हुदैछ जस्तो गरि गफ गरे मैले कता हो कति धेरैमा अनलाइन भनी प्रस्न गरिन उनलाई उनले के गर्दैछौ बसिबसाई आराम छौ ?? उम । खाना भयो ?? भयो। एक्जाम कस्तो भयो ?? राम्रो
उनका हरेक प्रस्नमा बङ्ग्याएर उत्तर दिन मन थियो तर त्यसो गर्न पनि सकिन कता हो भन्दा म जहाँको त्यही छु तिमीले जस्तो देश छाड्न सकिन भन्न मन थियो। आराम छौ उत्तरमा मन भतभत पोलेको छ अशान्त छ पश्चातापमा छ भन्न मन थियो। एक्जाम कस्तो भयो उत्तरमा आक्रान्त मन खाली दिमागमा के कुरा सुझ्छ र राम्रो हुनु भन्न मन थियो। तर स्वभाबिक उत्तर दिए गल्ति मेरै थियो एकोहोरो माया गर्नु ।
उनका लामा लामा प्रश्नमा सकभर उत्तर नदिने र छोटो उत्तर दिएर पन्छिन खोजिरहे अनि बिचैमा अफलाइन भए। धेरै दिन अनलाइन आउन मन लागेन करिब एक महिना सामाजिक संजालबाट टाढा बसे। आफ्नो मनको शान्तिको लागि आफ्नै गल्तीको पस्चातापको लागि ।
जब अनलाइन आए किन यस्तो किन अनलाइन नआएको म बोल्छ भनेर हो भनेर sms आएको रहेछ। उत्तरमा हो जस्ले आफू टाढा हुँदा एक sms गरेर भनेर भेटेर कुरा गरेर जानुपर्छ भन्ने आवश्यक छ भन्ने सम्झेन त्यस्ता ब्यक्तिसङ्ग फेरि sms गरेर नजिकीनु आफ्नै गल्ती हो। खाटा बसेको घाउ कोट्याएर नुन चुक लगाउनु हो भन्न मन थियो तर होइन भनी टारिदिए।
अर्को दिन म अफलाइन हुँदा तिमीसङ्ग कुरा गर्नुछ सक्छौ भने भोलि ....यो समयमा अनलाइन आउन भनेर sms आएको रहेछ । मन मस्तिष्क नियन्त्रणमा राख्दा राख्दै पनि नियन्त्रण बाहिर गयो। अनि sms गरे । अहिले के कुरा गर्नु पर्यो जबकि दिन दिनै कुरा हुने मान्छे बर्ष दिन हराएर sms गर्ने र कसरी भन्न सक्नुभा कुरा छ भन्न रिप्लाई दिए अनि अफलाइन भए अनलाइन आउ भनेको समय अनलाइन आइन 5/7 दिन नै अनलाइन आइन ।
अब त्यो कुरा बिर्सिदेउ त्यसैसङ्ग संबंधित कुरा गर्नुछ भनी sms छोडिएको रहेछ बेवास्ता गरे। आफुलाई काममा र थेसिसको रिसर्चमा ब्यस्त बनाए। एकदिन म रिसर्चसङ्ग संबंधित लेख रचना नेटमा खोजिरहेको थिए sms आयो रिप्लाई गरिन कल आयो रिसिभ गरिन फेरि कल आयो रिसिभ गरे । हेलो मेरो sms हेरिनौ किन रिप्लाई गरिनौ त मैले रिप्लाई गर्न बाकी बिषयबस्तु केही छन र ?? बोल्नुपर्ने आवश्यकता कतै छ र अब किन बोल्नुपर्छ मैले मलाई बुझाउनु न ?? एकै स्वासमा भने उनले आफुलाई गल्ती गरेको जस्तै गरि मेरो एक गल्तीको सजाय नदेउन। मैले गल्ती अन्जानमा भएका हुन भने हरेक गल्ती माफी छन म बाट जानी जानी र योजना बनाएर भएका गल्तीलाई म कदापि माफी गर्न सक्दिन बताए ।
मैले यति भनिरहदा तिमिलाई भन्छु भनी भेट्न बोलाउछु भन्ने सोचे तर बोलाउन पनि सकिन फोनमा कुरा गर्न सकिन sms मा के भन्नू भने भयो भन्न सकिन त्यसको लागि सरी...
मैले थपे सबै प्रर्सनल म्याटर सेयर सबैसँग सेयर गर्नु पनि त हुदैन के भयो त तपाईंले जे देख्नु भयो त्यही गर्नु भयो बिचैमा कुरा काटेर उनले सबै रे तिमी नै मेरो लागि सबै हो सबै तिमी होइन बुझ्यो!!! अहो हो रहेछ त्यही भएर आज यो दिन फेस गर्नु परेको छ कुरा बल्ल बुझ्दैछु जवाफ दिए। तिमी फर्किएर बिगतमा पुग्दैछौ स्वीकार गरेत गल्ती थियो भनेर मैले जवाफमा फर्काए दुर्घटनामा जीवन गुमायो अनि सरी भन्यो के यो माफीको लायक हुन्छ ??
तिमी मेरो लागि खास थियौ र छौ तिमीले मेरो बाद्य्यतालाई जसरी बुझ्छौ तिमिलाई छाडिदिए मैले जवाफमा यसलाई पो बाध्यता भनिदो रहेछ फोन काटिदिए।
अफलाइन भए अफलाइन पछि धेरै कुरा लेखेर sms आएको रहेछ हेरे सबै झुट र बाहाना जस्तो लाग्यो। आफुले मास्टर गर्न नपाएको गुनासो थियो। मलाई राम्रो अङ्कमा पास गरेकोमा बधाई र थेसिस राम्रो होस भन्ने कुरा समेटिएका थिए। धेरै कुरा थिए । एक मनले सोचे रिप्लाई नै नगरौ फेरि सोचे किन भ्रममा राख्नु किलियर बोलेर समस्या सुल्झाउ सोचे र हेरिसकेपछी रिप्लाई गरौ लाग्यो मैले अब बाहाना र झुट बोलेर काम छैन र मैले स्पष्टीकरण मागेको होइन तपाईं आफ्नो दुनियाँमा र म मेरो दुनियाँमा रमाएका छौ सङगै पढ्दैमा र दैनिक कुरा गर्दैमा मायामा थियौ भन्ने सोच्नु भुल थियो । यो बुझ्न समय लाग्यो समय बदलियो समयले कुरा बुझायो अब यो बिषयमा बहस नगरौं। मिल्छ sms नै नगरौ। जिवनको उत्तरार्धमा जिवनको मुल्यांकन गरौंला। कलेज लाइफ च्याटका गफका कुरा गरौला अब sms नगरौ। जिवनलाई गतिशील बाटोमा हिडाउनु, सहि बाटोमा हिडाउनु शुभकामना।
लेखेर sms छाडिदिए र अफलाईन भए त्यसपछि उनले न मलाई sms गरेका छन न मैले उनलाई। यत्तिकैमा हामी चिनजानबाट अन्जान बनी सम्बन्धमा पुर्ण बिराम लागे जस्तै भएको छ । यदाकदा अनलाइन देखे पनि sms गर्ने काम न उताबाट हुन्छ न यताबाट नै। जसरी उनी टाढिएका थिए त्यसरी नै टाढा टाढा गहिरहेको छ सम्बन्ध पनि। एक अर्कासङ्ग बोलेर हालचाल सेयर गर्ने वातावरण नभए पनि फेसबुकमा अफलोड गरिएका तस्वीरमा लाईक बटन दबाब भने मन कन्जुस्याइँ गर्दिन।
यदि मनमा माया दोहोरो हुदोहो भने त म बिदेश जादैछु भनी बताउनु पर्नेहो । मेरो जस्तै मन पोल्नु पर्ने हो । हामी फेसबुक भाइबर इमो टुइटर लगायतका माध्यममा साथी छौ तर खास मनको साथी ब्यबहारमा साथी बन्न सकेका छैनौ अब खास बन्ने र बनाउने चाहा पनि पालेको छैन यो मनले। तर जिवनको उत्तरार्धमा भेट होस जिवनमा आफुले गरेका कुराहरूको स्मरण होस भन्ने चाहाना पालेको छ मनले।
जब मैले माया के हो भन्ने महशुस गर्न लाग्नु र उनी बिदेशीनु एकैपटक जस्तो भएको थियो। कसैको माया के हो बुझ्न पनि कोहि टाढा हुनुपर्ने यो कति सोझो म र मेरो मन... कठै म !!
हिजो गरेका आफैका गतिविधि नियालेर आफैलाई सम्झिन्छु किन एकोहोरो मायाको लागि समय बर्बाद गरे होला किन चिन्ता गरे होला जस्तो पनि लाग्छ कतिबेला त .. वास्तविक माया भए त छट्पटी उनलाई पनि हुनुपर्ने हो तर कहि सजिलै बिर्सिनेहरु पनि छन यो दुनियाँमा !! एकोहोरो माया गरेको sms गर्छ्न माया गरेको नाटक गर्छ्न जब मन उसैतिर आकर्षित र समर्पित हुन थाल्छ तब अनायास टाढिएर मन दुखाएर जान्छ्न यसरी चलेको छ मेरो जिन्दगी! के केही हो त मायाको वास्तविक परिभाषा??
कहिले मन जलाउनु र वास्तविकता बुझ्दै आफ्नो यथार्थताका साथ चल्नु न रहेछ पुरानो एक उखान छ देखेको पाइदैन लेखेको पाइन्छ भन्थे आफुलाई पनि यो कुरामा सत प्रतिसत बिश्वास लाग्छ। माया नबुझ्दा ठिकै थियो जब महशुस गरे तब उनी म बाट धेरै टाढा पुगेका थिए !!!
माया भनेको महशुस हो भन्दै सिकाउदै आइएको र मैले पनि यसैलाई माया हो भनी स्वीकार गरेको थिए तर जब मलाई मायाको महसुस भयो तब माया गर्ने मान्छे मबाट कोशौ टाढा पुगिसकेको थियोे। समयका परिबन्धहरुमा बेरिदै गर्दा सयससङगै कोल्टे फेरिरहदा खेरी मैले दोहोरो मायाको आभास गर्न पाइन भनौ हिजो उनको त्यो एकोहोरो थियो माया आज दिहोरो भयो त्यसको महशुस बिना टाढिनुपर्ने यो कस्तो महशुस हो मायाको...!!! कठै यो कस्तो माया मेरो ?
जिवनका धेरै अध्यायहरु मध्ये एक अध्यायको मुस्किलले पार लगाईयो। अझै धेरै तिता मिठा महशुसहरु र अध्यायहरु बाकि नै छन जस्तो लाग्छ ...!!!
✍️कृषा के.सी
कोटेश्वर, काठमाडौ
उत्कृष्ट छ!!
ReplyDeleteजीवन नामक पुस्तकमा प्रेम एक यस्तो अध्याय हो जो परिवेशमा अन्त्य भए पनि मनको यथार्थ भित्र आजीवन जीवीत रहन्छ। त्यसैले प्रेम महशुष हो, कहिले उर्जा त कहिले आत्मग्लानि हो, कहिले हॉंसो त कहिले रोदन अन्ततः प्रेम अनुभव र परिवर्तन पनि। यो अनुभवले हजुरको जीवनमा परिवर्तन आओस शुभकामना।