गजल
सहर छोडेछौ भेट्ने आशा मारियो मनलाई मारियो!
दियोलाई फन्को लगाउदै पुलतीको जीवन सकियो!!
भन्नेले गाउको बिकास भयो गाडीको ताती भन्छ्न!
कसरी उत्सब मनाउनु आफ्नो यता आगन सकियो!!
तिमीले पनि ताकेका रहेछौ पछाडिबाट दुश्मनले झै!
दुश्मनसङ्ग पनि दुश्मनी तोडियो जब मिसन सकियो!!
धन कमाउछु महल ठड्याउछु भन्ने सपना देखेको उ!
त्यही सपना साकार पार्दैगर्दा बिचरा जीवन सकियो!!
खाटा बस्ला समयले घाउ निको बनाउला भन्दाभन्दै!
सपनासङगै उसको मुर्दा चितामा जलीजली सकियो!!
घरको आगन जोडी परिवारसङगै रमाउने चाहानाकठै!
मृत्युसम्म देशमा भएनयता परिवार बियोगले सकियो!!
✍️कृषा के.सी
कोटेश्वर,काठमाडौ
Comments
Post a Comment