आत्महत्या रोकथामको लागि हाम्रो प्रयास
कृषा के.सी
कोटेश्वर, काठमाडौ
आफैंले आफ्नो हत्या गर्नु आत्महत्या हो। बिश्वमा सबैभन्दा बढी मृत्यु सडक दुर्घटनाको कारणले हुन्छ अनि आत्महत्याको कारणले मृत्यु हुनेलाई दोस्रो स्थानमा रहेको छ। सडक दुर्घटना पछि अकाल मृत्यु आत्महत्याको कारणले हुन्छ।नेपालमा पनि आत्महत्या गर्नेहरूको संख्या बर्सेनि बढेको छ।
गत बर्ष मात्रै 5785 जनाले आत्महत्या गरेका छन ।
आधिकारिक तथ्यांकले पनि नेपालमा दैनिक 16 जनाले आत्महत्या गर्छ्न भन्ने रिपोर्टहरु सार्बजनिक गरेका छन। 15-45 बर्ष उमेर समुहका मानिसहरूले बढी आत्महत्या गर्ने गरेको पनि एक तथ्यांकले देखाएको छ। सामान्यतया यो उमेरलाई जिम्मेवारी बोध गर्ने उमेरको रूपमा लिइन्छ जब जिम्मेवारीले मान्छेलाई झकझक्याउन थाल्छ मान्छेलाई स्टेस पर्न जान्छ आफुले समस्या समाधान गर्न नसक्ने बुझ्छ तब आफैले आफ्नो हत्या गर्न उद्द्त हुन्छ भनिन्छ। एउटा ब्यक्ति कसरी आफ्नो हत्या गर्न उद्द्त हुन्छ। साथै बिबिध तत्वहरुले पनि महत्त्वपूर्ण रोल खेलेका हुन्छ्न।
biological, social, physical तत्वको समिश्रणको कारणले मान्छेले आत्महत्या गर्छ। जब मान्छेले helpless, worthless, hopeless सोचाइ राख्न थाल्यो भने पनि र नकारात्मक सोचाइ राख्न लाग्यो भने पनि र अन्य विविध कारणहरुले गर्दा पनि मान्छेले आत्महत्या गर्न तयार हुन्छ वा आत्महत्या गर्छ।
विश्वले 10 सेक्टेम्बरलाई आत्महत्या रोकथाम दिवस world suicide prevention day. मनाउने गरेको छ।
मान्छेले आत्महत्या गर्नुपुर्ब कुनै न कुनै लक्ष्यण देखाएको हुन सक्छ।त्यसलाई बेलैमा पहिचान गर्न सकियो भने आत्महत्या गर्नेको संख्यामा कमी आउन सक्छ।
जिम्मेवार लिन नखोज्ने
जिम्मेवारी अरुलाई दिने
Suicide गर्दैछु भनी नोट लेख्ने
त्यस्ता लक्ष्यण पहिचान गरी उसलाई उचित सल्लाह र परामर्श दिएमा पनि आत्महत्या गर्नेहरूको संख्यामा कम हुन सक्छ।
यसरी अकालमै कसैले ज्यान नगुमायोस भन्नको लागि कोहि कसैले निरासाको कुरा/समस्याहरुरू सेयर गर्छ भने त्यसको समाधानको लागि आफुले सक्दो सहयोग प्रदान गरौ।
रोकथामका उपायहरु
साथीहरूसङ्ग आफ्नो कुरा सेयर गर्ने बानी बसालौ साथीसङ्ग कुरा सेयर गर्दा पनि केही हदसम्म आत्महत्या रोकथाम हुन सक्छ।
समस्या के हो त्यसको समाधान केहो पत्ता लगाउने कस्लाई सुनाउदा समाधान हुन्छ त्यो विकल्प खोज्ने गर्नुपर्छ।
आफ्नो समस्यासङ्ग प्रोफेसनल वा बिज्ञको हेल्प
लिने परामर्श वा उपचार गर्ने लिने,
पारिवारिले पनि उसको सकारात्मक उर्जा बढ्ने खालका उत्प्रेरणा बढाउने खालका गतिविधि बढाउन सघाउने ब्यस्त हुने काममा लगाउने ताकी उसले नकारात्मक कुरा सोच्न ध्यान नजाओस ।
आबेगमा आत्महत्या प्रयास गर्नु बिफल भएर उपचार पछि बाच्न सफल ब्यक्तिहरुलाई समाजले बहिष्कार नगरी सामाजिक सपोर्ट गर्ने कार्य गरेमा पनि केही हदसम्म आत्महत्या गर्नेको संख्या कम हुन सक्छ।
मनोबल कमजोर भएको मरौ जस्तो बिचर राख्नेलाइ परिवारले उचित समय दिने इन्करेज गरेमा मात्र पनि बर्सेनि बढिरहेको यो तथ्यांकलाई कम गर्न र मान्छेहरुले अकालमा ज्यान गुमाउन कम गर्न सक्छ्न ।
आज सेक्टेम्बर 10 अर्थात विश्व आत्महत्या रोकथाम दिवस
आत्महत्या रोकथामको लागि आफुले जानेका ज्ञान गुनका कुरा सिकाएर रचनात्मक लेख रचनाको माध्यमबाट जनचेतना जगाएर समस्या भए समाधानका कुरा सेयर गरेर आफ्नो ठाउँबाट आफुले सक्ने सहयोग प्रदान गरौ आत्महत्या गर्ने संख्या घटाउन मद्दत गरौ ।
आत्महत्याको घटना संसारभर एउटा बिकराल अनि भयावह अवस्थामा छ कुन बेला को र कस्तो अवस्थाको मानिसले आत्महत्याको बाटो रोज्छन अध्यन भएर पनि सारमा सफलता मिल्न नसकेको अवस्था छ।जीवन र जिम्मेवारी प्रतीको बितृष्णाले आत्महत्या प्रती आकर्षित गरेको यतार्थलाई आत्मसात गर्दै सामाजिक चेतना सहित बिध्यालयको माध्यामिक तह देखीकै पाठयक्रममा आत्महत्याका कारक तत्व र जीवनको महत्त्व सम्बन्धि ज्ञान शीर्षकमा अध्यापन गराइन जरुरु छ जिवनको महत्व प्राकृतिक मृत्यु बिपरित जांदा मानिस र प्रकृति बिचको तालमेल र मानव धर्ममा पुग्ने असर अनि मानव सभ्यताको चुनौती बिषयक ज्ञान लिंन दिन जरुरी देखिन्छ
ReplyDeleteAnuptimilisna
😐️😐️🤔🤔😥😥😑
ReplyDelete