गद्य कविता

गद्यकविता
"युवक"
बाटोमा हिड्दै थिए एकजना युवा हातमा केही कागजात बोकेर हिडिरहेको थियो। एक्कासि आएर मसङ्ग ठोकियो उसले समाएका कागजातहरु भुइभरी छरिए। बिस्तारै बसेर टिप्यो अनि आक्रोशित हुँदै 2/4 थान गाली दियो अनि हतार हतार लम्कियो। यति सानो कुरामा यति धेरै आक्रोश कसरी आउन सक्छ मान्छेमा सोच्न बिवस बनायो।
कतै त्यो एक्जाम हलबाट बाहिरिदै थियो एक्जाम बिग्रीएकोमा आक्रोश थियो कि?
त्यो कतै रोजगारको लागि कागजात पुर्‍याएर त्यसमा सेलेक्ट नभएको आक्रोश थियो कि?
काम गर्दा गर्दै बोसले आफ्नो मान्छे राख्न उसलाई निकालेको पो थियो कि?
पैसा नपाएरै पो कामबाट निकालिएको थियो र आक्रोश थियो कि?
घरमा बिरामी आमाको औसधिको लागि समयमै पैसा पठाउने चटारो पो थियो कि?
कतै घरभेटीले समयमा भाडा दिएन भन्ने बाहानामा निकाल्न खोजेको थियो कि ?
रुम खोज्न भौतारिनु पर्ने हतारो थियो कि?
पढेर पनि जागीर नपाएर बिदेश जान मेन पावर धाउदाको आक्रोश थियो कि?
नेताहरूले ठुला ठुला आश्वासन दिने तर बेरोजगार बस्नुपर्ने कुरामा आक्रोशित थियो कि?
सम्पुर्ण राज्यसत्तासंगै कुरा आदर्शका गर्ने तर काम भने बिलकुल फरक गर्ने हुँदा सरकार सङग पो आक्रोशित थियो कि?
जे जोस उसले मेरो मनमा तरंग पैदा गरेर मबाट टाढा भयो ।।
✍️कृषा के. सी
कोटेश्वर,काठमाडौ

Comments

Popular posts from this blog

लघु उपन्यास

कथा