भनुभुती भाग 2
अनुभुतीको अन्तिम भाग
एकपटक टुटिसकेको ऐना फेरि जोडिन सक्छ भने सोचाइ राख्नु नै गलत रहेछ। हुन त मान्छे जब सफलताको सिढी चढेको हुन्छ तब असफलता कहाँ महशुस गर्छ र टिन टिन गरि समय आफ्नै गतिमा अगाडि रहेको छ त्यसले मान्छेले चाहेर भनौ वा नचाहेर पनि पछ्याएको छ होइन भने त बूढो हुन कस्लाई रहर थियो र? यो प्रकृतिको नियमलाई कस्ले उलंघन गर्न सक्छ र यहीँ मनले बच्चा बेलामा सोच्थ्यो कहिले ठूलो भइन्छ भनी अहिले त्यसको बिबरित सोच्दा सम्भव कसरी हुन्थ्यो र समय त निरन्तर चल्ने कुरा हो। यो त आफ्नै गतिमा चलिरहन्छ न त यसलाई रोक्न खोजी कहाँ सकिन्छ र रोक्न खोज्नु आफैमा मुर्खता हो। बुद्दिमानी त त्यो हो जो समय सङगै हिड्न सक्छ समयलाई चिन्न सक्छ समयबाट केही लिन सक्छ।
जीवन समयसङग हिड्न सकेमा उपलब्धिमुलक हुन्छ समयसङगै हिड्न नसके हामीलाई जहाँको त्यहीँ छोडेर धेरै अगाडि जान्छ मात्र हाम्रो शरीरलाई जिर्ण र बूढो बनाउन यो बनाउन सक्दैन कि हामीलाई बुद्धिमान बनाउन। जब जिवनबारे सोच्छु जीवन गर्भिलो लाग्छ ओझिलो लाग्छ।केहि पाइन्छ कि पाइदैन थाहा त छैन तर पाइन्छ र पुर्ण बन्छ भन्ने आशाको त्यान्द्रोमा लहरिएर चलिरहेको छ बस निरन्तर ...
म फेरि बिगततिर फर्किएर बिगत चिहाउछु बिना जानकारी एकाएक टाढिएर प्रदेशिएको उ लामो समयपछि sms मार्फत उसले आफू जिउदो भएको आभास दिलायो। मन मरेको थियो उसको पहिलो कदमले उसको एउटै sms ले मन फेरि हराबरा गरायो। जब उसले sms गर्यो तब त्यसले मनमा अनेक प्रस्न प्रतिप्रश्नले मनमा तरङिगत बनायो। मैले एक्कसी टाढिनुका कारण जान्न चाहे उनले गुमाउरो पारामा बाध्यता भएको बताए मनमा जे जे भए पनि एए भने टाढिएको उनी बिस्तारै बिस्तारै सामाजिक संजालमा नजिक बन्न खोजिरहेको थिए।
म बिदेश छु भन्यो मैले जवाफमा जानकारी तिमीले नगराएको भए पनि त्यसबारेमा अनविज्ञ भने छैन बताए। कस्ले के भन्यो? मैले कस्ले भन्नुपर्छ र हावा चलेपछि पात हल्लिन्छ त्यसलाई स्वाभाविक मान्नुपर्छ त्यो भन्दा बढी के भनौ। तिमी एकाएक टाढिनुको कारण बुझ्न केही साथीहरूलाई सोधेको थिए त्यतैबाट जानकारी पाएको थिए। किन मैले यस बारेमा बुझेर गल्ती गरेर मैले प्रतिप्रश्न गरे उनले जवाफमा होइन मात्रमा टारिरहे।
बिस्तारै बिस्तारै टुटेको त्यो ऐना पुन जोडिन सक्दो रहेछ भन्ने बिश्वास लाग्यो। त्यो मुटेको पनि मनमै हो मनले मनैमा जोडेको मीठो कल्पना गर्दै रमाउन थाल्यो। शिशिरमा झरेको पातको बसन्तमा पालुवा पलाउदा जसरी हरावरा हुन्छ त्यसरी नै मनमा हरावरा हुन थाल्यो मनमै फुल फुल्न थाल्यो। मन एकोहोरो सुखी हुन थाल्यो। मात्र कल्पनामै भए पनि खुशी हुनलाई कुनै ठूलो बहाना हुन नपर्ने रहेछ तिमीले झुट नै बोल्दा पनि खुशी हुदो रहेछ। मन चङ्गा जसरी कुद्न थाल्यो उड्न थाल्यो खुशीले सिमा नै नाघेको जसरी रमायो। एक मनले त भनिरहेको थियो यो तेरो खुशी केही क्षणमै चकनाचुर हुनेछ। खुशीलाई फिका पर्न किन दिउ भन्दै बुरुक्क उफ्रिएर रमायो। माया भन्ने यहि त रहेछ बिना कुनै कारण खुशी भयो। कुद्यो दौडियो बिना कुनै साधन आकाश सम्म पुगेर रमायो।
एकछिन अघिसम्म हजार सवाल तेर्सिएका थिए उनीतिर जब उनको एक sms आयो त्यही Sms ले मेरा सवालहरुलाई नै बिर्साइदियो। उनले बिगतका कुरा अहिलेका सबै कुरा भेटमा बेलिबिस्तार लगाउला भने । मैले सोचेका उनका गल्तीलाई पटक पटक कोट्याइ रहन आवश्यक मानिन। तिमी एक्कासी किन टाढिएका थियौ बारबार सोचेर गाह्रो पार्न चाहिन यसलाई नै तिमीले कमजोरीको बलियो आधार मानेका रहेछौ म तिमीले गल्ती स्वीकार गर्यौं बोल्यौ भनेर मख्य परिरहे तर तिमीले फेरि पनि झुटकै साहारा लिएका छौ भने बुझ्न सकिन। सुनेको थिए सत्य बोल्नेलाई कहिले कहाँ र को सङ्ग के बोले भनेर सोचिरहनु आवस्यक हुदैन भन्ने मैले जहिले सत्य बोले के बोले सम्झिनु परेन। तिमी कम बोल्यौ सोचेर बोल्यौ यसमै सन्का मान्नु पर्ने थियो तर विचारा म यसैलाई माया सम्झिरहे ...
तिमी पनि त्यहाँ छौ जहाँ म छैन नजिक पनि छैनौं। टाढा भन्यौ भने पनि नमिल्ला किनकि यो सामाजिक संजालमा हेर्यो भने त मैले भाइबर चिहाउदा फेसबुक खोल्दा इमो अन गर्दा होस हरियो बत्ती बलेर तिमी यतै त रहेछौ जस्तो लाग्छ वा टुइटर चिहाउदा पनि तिम्रा गतिविधि क्रियाशिल छन। तिमी जताततै सकृय छौ छैनौ त केबल म सङगको भलाकुसारीमा छैनौ। लाग्दैछ तिमी मसङ्ग दुरी बनाउन अनि आफ्नो जिवनको गन्तव्य पछ्याउँनमा तल्लीन छौ यो मनका अधिकाम्स रहरहरुलाई जलाएर। तिमी आफ्नो खुसीमा तल्लीन छौ। यता मेरो मनका सपनाहरूमा डढेलो लगाएर ...
तिमी आफैंले गरेको बाचाहरुबाट जब पछि हट्यौ तब मन छियाछिया भयौ। भन्थ्यौ म काठमाडौमा आउँदा हाम्रो भेट हुनेछ। मेरो बिगतका बाध्यता लगायतको मिसअन्डर्स्टान्डिङ दुर गर्नेछु तर दुर्भाग्य तिमी आएको जानकारी तिमी आफैंले sms मार्फत गराएका थियौ मेरो तिमी कता छौ सोधपुछ बिना मैले खुशीले बुरुक्क उफ्रदै तिमीलाई म्यासेन्जरमा कल गरे धन्य कल रिसिभ गर्ने समयसम्म मिलेछ औपचारिकताको कुरा गर्यौं। तिमि को हौ र म चिन्दिन भनेनौ आफ्नो नयाँ नम्बर उपलब्ध गरायौं औपचारिकतामै सिमित रहन पनि मेरो नम्बर मागी टोपल्यौ मात्र औपचारिकताको लागि धन्य सङगै पढेको साथी सम्झेर बोल्यौ मैले यसैलाई आत्मियताको नाम दिए।
तिमी काठमाडौ आएपछि तिमी आफ्नो घरमा पुगेका रहेछौ तिमी दशैमा घर आएका रहेछौ तिमीले जानकारी पनि पुर्णिामा पछि गर्यौ। यसलाई मैले स्वभाबिक लिए काठमाडौ आए पछी सबैलाई आफ्नो घर प्यारो हुन्छ जन्मदिने बाबुआमा र जन्मभुमि सबैलाई प्यारो हुन्छ त्यसैले मलाई जानकारी गराउने फुर्सद नमिलेको होला। जब जानकारी गरार्यौ मैले खुशीले तिमी अनलाइन आउने समय कुरिरहेको थिए जब अनलाइन आयौं मैले कल गरे घरमा भएको जानकारी पाए तिमी लगायत तिम्रो परिवारको हालचाल सोधे तिमीले आजै काठमाडौ फर्किने भन्यौ शुभयात्रा भन्न फोन गरे धन्यवाद सम्म भन्ने फुर्सद रहेछ भन्यौ बिजि छु पछी कल गर्छु भन्यौ ओके भन्नू सिवाय बिकल्प थिएन मैले ओके भन्दै फोन काटिदिए। मनले त फोन आउला गफगाफ होला अनि लाग्थ्यो भेटघाट होला भन्ने सोच्दै खुशी लाग्यो अनि फोन आउला भन्ने कुराको बेहद प्रतीक्षा भयो मात्र तिम्रो कलको प्रतीक्षा ...
तिमीले मसङ्ग मागेको एकछिन कहिल्यै आएन तर प्रतीक्षाको समय पल पल गरि लम्बिदै गयो। सेकेन्ड, मिनेट,घण्टा हुँदै एक दिन दुई दिन हुँदै हप्ता दिन बित्यो न तिम्रो कल आयो न तिम्रो sms नै तिमी काठमाडौ हिडे भनेका थियौ आइपुगेको सम्म जानकारी गराएनौ मलाई भने तिमिसङ्ग मेरो लागि समय होला भेट होला भन्ने धेरै धेरै आशा थियो मनमा रहर गुन्दै तर बिडम्बना त्यो एकछिन मेरो लागि कहिले आएन अब तिम्रो एकछिन न आए पछि एकहप्ता पछि मैले नै कल गरे कल त रिसिभ भयो तर उहीँ पुरानो रेडिमेट डाइलोक दोहोरियो। म अहिले बिजि छु एकछिनमा कल गर्छु म निशब्द बने ....
तिमीले पटक पटक यहि भन्दा पनि मोबाइलमा कसैको फोन आउदा पनि तिम्रो हो कि भनी हेरीरहे ब्यस्त मान्छेको फोन आउदा रिसिभ गरिन भने पछि कल गर्छु भन्ने आवाज सुन्नु पर्छ कि भनेर मोबाइल साथैमा लिए एकछिन मोबाइलबाट टाढा रहन मन लागेन तर त्यो एकछिन कहिले आएन तिम्रो नेपाल बसाइको क्रममा त्यो पल आउँछ भन्ने आशा थियो तर त्यो समय त्यो पल त्यो क्षण कहिल्यै आएन। तिमीलाई भेटौ भन्ने सोचले मनमा धिपिधिली बलेको दियो बिस्तारै बिस्तारै निभ्न थाल्यौ मैले बिश्वासरुपी तेल थपेर बाल्ने कोशिश गरिन। तिमीलाई थाहा यो थाहा थियौ कि मलाई प्रतीक्षामा बस्नलाई गाह्रो हुन्छ भन्ने तिमी जानेर पनि अन्जान गरि बदलिएछौ त्यसैले त त्यो एकछिन कहिले आएन।
एकमनले यो सम्झिन्छु कुनै बेलामा हामी कलेज पढ्दाका दिन कुनै संचारमाध्यमममा आबद्ध रहि रिपोर्टिङ गर्दाको समय भन्दा पहिले उपस्थित हुनुपर्छ भन्ने शैदान्तिक शिक्षा र रिपोटिङ गर्दा जानकारी मै भएको कुरामा पनि समय घर्किसकेपछी हतार हतार दौडिने बानी गएनछ जस्तो पनि सोचे अनि रिपोर्टिङ गर्न ढिलो भयो भनी कल गर्दा तिमी 5 मिनेट कुर्दै गर म 10 मिनेटमा त्यहाँ आइपुग्छु भनी मजाक गर्थ्यौ र लास्ट समयमा भागदौड गर्नुपर्थ्यो सोचे कतै तिमीले त्यही पो गर्दैछौ कि भनी तर त्यो मेरो फगत कल्पना भैदियो अनि आशा जगाइराख्ने धैर्यता कायम राख्न सघाउने कुरा मात्र भैदियो। कलेजका दिनमा जस्तो ढिलो भए पनि उपस्थित हुने तिमी आएनौ तिमी सान्चै आएनौ तिमी आउनलाई त्यो कलेजका दिन नभएर होकि खै तिमी आएनौ। पलपल प्रतीक्षामै बित्यो तर न तिमी आयौ न तिम्रो कल नै आयो।
कल्पनाका महल ढले गर्ल्याम गुर्लुम आफुले टेकेको जमिन भासिए जस्तो भयो मैले मात्र तिमीलाई चाहेको रहेछु।तिमीले होइन रहेछ। तिमी भने तिम्रो मन अर्कोतिर मोडेको रहेछ। तिम्रो लागि मेरो लागि 1 मिनेट समय रहेनछ। मलाई तिमीसङ्ग धेरै समय चाहिएको थिएन त्यो तिम्रो ब्याबहारले तिमी आफू खुशी छौ ?? मलाई यत्ती बुझ्नु थियो तिमीले आफ्नो कुरा भन्नको लागि 1 मिनेटको समय फोनमै दिएर आफ्नो कुरा बताएको भए यो मनमा छट्पटी हुदैनथ्यो होला हुन त यो मनमा आगो डडेलो नै लागेपनी तिमीलाई के नै फरक पर्दो रहेछ र ?? किनकी तिमी खुशी छौ आफ्नो बाटोमा आफ्नै यात्रामा आफ्नै निर्णयमा ..
मलाई तिमीसङ्ग गुनासो छैन गुनासो समयसङ्ग छ किन टाढिएको महिनौं पछि फेरि भेटायौ र एक पटक टुटेको बिश्वास पुन जोडियो म आफै अचम्मित छु। एकाएक टाढिएको तिमी आफै किन नजिकियौ किनकी तिमी बिदेशीए पछि मैले तिम्रो फेसबुकमा चिहाउन छाडिदिएको थिए अझ भनौ ब्लक नै गरेकी थिए म बिस्तारै बिर्सिएर अगाडि बढ्न लागेको थिए बिर्सी नै नसकेको भए पनि बिस्तारै कोशिशमा थिए त किन इमो मार्फत जोडिन पुग्यो। इमोमा पनि मैले तिमीलाई sms गर्न सक्दिन थिए किनकी तिम्रो नम्बर कति हो थाहा थिएन। अहिले मेरो लागि एक मिनेटको समय थिएन भने इमो मार्फत जोडियौ किन? मेरो नम्बर याद थियो त जाने बेला एक कल फोन गरेनौ किन पनि सवाल गरेकै हो यति भन्दा पनि तिमी बोल्दै गए पुरानो कुराहरू बिर्सिएर अगाडी बढियो। त्यही बेला मेरा सवाल को जवाफ दिदै गयौ। पुन मन तिमीतिरै मोडियो। मिठा शव्दहरुले मन नै मोडियो तिमीतिर।
बिदेशीएको करिब 3 बर्षमा तिमी नेपाल फिर्यौ। नेपाल आएको जानकारी किन गर्यायौ। जबकी तिमी पुरै तयारीका साथ कुरा नगर्ने र नभेट्ने योजनाको साथ आएका रहेछौ। मलाई जानकारी नदिएको भए मैले तिमी कहाँ छौ भन्ने नै थाहा पाउदिन्थिए। मन तिम्रो प्रतीक्षामा भौतारिदैन्थ्यो मन शान्त तलाउ जस्तै हुन्थ्यो तिमीले आएको जानकारीले फोन गरे तिमीले एकछिन पछी कल गर्छौ भनेर गरेनौ शान्त समुद्रमा ढुङ्गा हाने जस्तो मन तरङिगत भयो तर न तिमीसङ्ग कुनै कुरा भयो न कुनै भेट भैदियो त केबल उत्सुकता मात्र खुल्दुली मात्र र मनमा बेचैनी मात्र भयो। जति पहिला तिमी टाढिदा भएको थियो त्यस्तो त भएन सायद उमेर अनि सोचाइमा परिवर्तन आएर होला तर पीडा नै नभएको त कहाँ हो र हेर त तिमी कसरी चेन्जिन सकेको सायद म त्यसै गर्न सकेको भए!
तिमीले मलाई जानकारी गराएर मेरो मृत रहरहरु र सपनाहरूलाई बिउझायौ तर तिमीमा आएको एकाएक गायब हुने परिवर्तनले जिवित सपनाहरूलाई मृत बनाउन समयसङ्ग र तिम्रो व्यबहार आफैले पुन मृत रुप धारण गरेछन कती छिटो छिटो म यसलाई शब्दमा बयान गर्न सक्दिन। मेरा सपनाको हत्यारा तिमी हौ कि तिम्रो व्यबहार हो कि आफ्नै मनले धेरै पो सोचेको हो कि मैले यो आजसम्म पनि बुझ्न सकेको छैन। तर एकोहोरो माया गराइलाई पुर्ण बिराम लगाउने समय आएको भने निश्चितै थियो। जसरी तिमी बदलिएका थियौ त्यसरी नै म पनि परिवर्तन हुनु आवश्यक थियो। बिस्तारै बिस्तारै म पनि त्यही बाटो हिड्न उद्दत भए म पनि। तिमीले सजिलै बाटो मोड्यौ मलाई केही गाह्रो अबश्य भयो।
मैले मायाले दिएको चिनो हरायौ कि राख्याछौ साथैमा
मैले दिएको माया बाढ्यौकि अन्तै सङगाल्याछौ मनैमा
बिर्सिएको छैन मनले तिमीलाई बिर्सिए गएपनि तिमीले
माया पाउन सकिन मैले मिल्या छ पिडा किस्ताबन्दीमा
समयले दिएका चोटहरुमा समयले खाटा बसाउछ भन्थे तिमीले बाटो मोडेपछी आफुलाई मोडिन केही सहज भएकै हो। किनकि प्राप्त नहुने कुरामा ढिपी गरेर पनि के नै हुने रहेछ र बरु समयसङग आफुलाई रुपान्तरण गर्नु नै त रहेछ जसरी तिमी रुपान्तरण भएका छौ मलाई पनि तिमी जसरी नै रुपान्तरित हुनुछ त्यसैगरी। मलाई तिमीसङग जोडिएको बिगत बिर्सनुछ तर सकेको छैन। बिर्सु पनि कसरी तिमीसङग बिगतमा म खुशी थिए आफ्नो भबिष्य पनि उज्ज्वल देखेकी थिए अब कसरी बिर्सु भन त अनायासै बाटो मोडियला यो मनको कल्पना बाहिरको थियो। मैले प्रेम स्टोरी मुभिमा कोहि कसैलाई पीडा भयो भने त चिन्तित हुने मान्छे सोच मेरो के हाल छ। सोच्थे मैले जे देख्न सम्म नपरोस भनी तर मलाई भोग्न परिरहेको छ।
तिम्रो नेपाल बसाइ कति छ मलाई थाहा थिएन फोन गर्दा ब्यस्त छु र एकछिनमा कल गर्छु भन्थ्यौ कल अहिले आएन फेरि हिम्मत गरेर तिमीलाई कल गर्न सकिन। मैले तिम्रो बारेमा वास्ता गर्न सकिन तिमी कहिले फर्किन्छौ मैले हेरिन बुझिन तिमी फर्किसकेछौ तिमी फर्किएको 4/5 दिनपछि शुभयात्रा भनी लेख्दै फोटो ट्याग गरिएको देखे र जानकारी पाए। अनि बुझे तिमीसङ्ग समय मेरो लागि 2 मिनेट पनि रहेनछ। त्यसपछि आफुले आफैलाई धिक्करे कस्तो ब्यक्तिलाई माया गरिएछ जसलाई मेरो लागि 2 मिनेट फोनमा बोल्ने र 2 मिनेट भेट्ने सयय रहेनछ आफै अचम्मित परे। आफ्नै मन देखेर दिक्दार लाग्यो। सान्चै नरमाइलो लाग्यो। साच्चै माया गरेकोमा पछुतो लाग्यो ।
नेपालीमा एउटा उखान छ नि
"खेती बिग्रियाे कुनाकानी
मान्छे बिग्रियाे जानी जानी"
यसमा तिम्रो दोस छैन दोस मेरो हो। मैले तिमीलाई एकोहोरो माया गरेको हो। तिमीले होइन त्यसैले त भन्दैछु दोस तिम्रो होइन मेरो हो। तिमीले जे गर्यौ ठिकै गर्यौ भन्न त म कहाँ सक्छु र तर निस्दोष पनि कहाँ हौ र तिमी। तिमी कोहि होइनौं यो ज्ञात हुदाहुदै पनि यो मनले तिम्रो फोनको प्रतीक्षा गरिरर्हो। जो सङग मेरो लागि समय रहेनछ म प्रतिको सकारात्मक सोचाइ रहेनछ त्यही ब्यती सम्झेर मन यति दुखी भैदियो अहिले पछुतो हुन्छ आफ्नै बिचार देखेर। मैले तिम्रो रोजाइमा म पर्न सक्दिन भन्ने चाल पाउँदा भनौ जानीजानी तिमीलाई माया गरे सायद त्यसैको उपज होला तिमीले मेरो लागि 2 मिनेट समय नदिएको ...।
"मानिसहरू भन्छन पृथ्वी गोलो छ एक दिन भेट अवस्य हुन्छ"
म त भन्छु मान्छे चाहेमा मात्र त्यो भेट सम्भव होला तर मनले नै चाहेको छैन भने दुई घर टाढाको दुरीमा भएको मान्छे पनि भेट्न सकिँदैन। त्यस्तै चाहाना नभएर त होला तिमी 2 मिनेटको दुरीमा रहेको तिमीसङग भेट हुन सकेन। हातहातमा मोबाइल हुदा पनि 2 मिनेटको समय निस्किएन त्यस्ता ब्यतिसङ्ग कुनै पल भेट भएर त्यसको सार्थकता र औचित्य के होला र ?? सबैचिज गुमाइसकेपछी भेटिनुमा के अर्थ होला र खै
मलाई तिमीसङ्ग मात्र केहि कुरा बुझ्नु छ तिमी पहिले जस्तै बन्नु थियो त टाढिएको तिमी किन मोडियौ। मिडिएका थियौ त फेरि एक्कसी किन टाढियौ यहि प्रश्नको वरिपरि केन्द्रित छ प्रश्नको घुमिरहेको छ मेरो दिमाग
तिमी अरु सकैको लागि तड्पिएका छौ
यता म पलपल तिम्रो लागि तड्पिएकी छु
मलाइ यो कुरा नि थाहा छ कि तिम्रो लागि
जस्तै मेरो लागि अरु कोहि तड्पिरहेको छ होला
समयले दिएका चोटहरुमा समयले खाटा बसाउछ भन्थे तिमीले बाटो मोडेपछी आफुलाई मोडिन केही सहज भएकै हो।सायद यहीँ होला जिन्दगीको चक्र जिन्दगीमा आफुले चाहेको भन्दा लेखेको मात्र पाइन्छ भन्नेमा बिश्वास राख्छु म सायद मेरो भाग्यमा नसमेटिएको पात्र बनेर आएका थियोे क्यारे तिमी जसलाई चाहनु आफ्नै भुल रहेछ।
जब मनले तिम्रो फिर्तिसवारीको कुरा चाल पायो मनमा कालो बादल मढारियो। आशा सपना चकनाचुर भयो फेरि आफुलाई सम्हाले यो त मेरो पागलपनको कुरा भयो एकोहोरो पनको कुरा भयो। उस्को मनको कुरा बुझ्न नसकी एकोहोरो झुकाव मेरो गलत थियो कि?? मैले तिमी फर्किसकेको जानकारी पाइसकेको थिए। तिमी कता छौ भनी सोध्नु आवश्यक थिएन किनकि त्यसो गर्नु भनेको आफुले आफैलाई समस्याको दलदलमा घकेट्नु थियो सोधिन किनकि तिमीले दिएको एकछिन आएको थिएन। यस्तैमा सोधौ कि नसोधौ अन्योलमा फसिरहेको मन थियो यत्तिकैमा तिमिलाई अनलाइन देखायो बोलौ जस्तो लाग्यो म मात्र बोल्नु पर्ने छ र ह्या बोल्दिन भनेर अफलाईन भए एकछिन अनलाइन आउन मन लागेन त्यो दिन अनलाइन आइन । अर्कोदिन अनलाइन आउँदा "सरी कृषा तिमीलाई टाइम दिन सकिन" sms आएको रहेछ हेरे रिप्लाई गर्न शब्द दिमागमा आएन टाइप गर्न हातका औंला कापे sms हेरे रिप्लाई गर्न आवश्यक छ जस्तो मनले सोचीन रिप्लाई गरिन।
कोहि मीठो बोल्दैमा त्यसले मलाई माया गरेको सोच्नु नै गलत हो जसरी मैले तिम्रो कुरालाई माया सम्झिएर धोका पाए। मिठो बोल्नु गफगाफ गर्नु मात्र उसको लागि समय बिताउने माध्यम बन्न सक्छ जस्तो तिम्रो फुर्सदिलो समयको उपयोगको माध्यम बनेकी रहेछु म कहिलेकाही पछुतो लाग्छ किन यसरी जालमा फसे म भनेर फेरि सोच्छु तिम्रो यहि कदमले त मलाई मान्छे चिन्न सक्ने बनायो धन्य समय।
अब लाग्छ आज मेरो जन्मदिन जिन्दगीको एक अध्यायलाई बिट मारेर एक एक मीठो पललाई किनारा लगाएर बिगतमा आफु रमाएको पललाई नै पछाडि छोडेर पुन अगाडी बढ्नु आफुले आफैलाई बुद्दिमानी महशुस गरे। दुख यस अर्थमा कि यात्रा सङ्गै तिमी मोडियौ यस अर्थमा होइनकी म हिजो जे गरेकी थिए त्यसमा पनि रमाएकी थिए आज जे गर्दैछु त्यसमा पनि रमाएको छु तिमी र तिम्रो यादलाई दिलको एक कुनामा सजाउदै भाबी यात्रा भनौ वा जिवनको लागि मात्र याद काफी छ। जीवन आफ्नै लय अनि गतिमा अगाडी बढाउनु छ।
हिजो तिमीसङग जुन जुन माध्यमबाट कुरा हुन्थ्यो अब ती माध्यम बन्द गर्दैछु किनकि अनलाइन हुँदा कुरा हुदैन भने मात्र साथी बनीरहनु आवश्यक छ जस्तो लाग्दैन। यो होइन कि अब तिमीलाई मैले तिमीले जस्तै गरि बिर्सिए। जिन्दगीका केही कुरा यस्ता हुन्छ्न ती कुरा चाहेर होस वा नचाहेर बिर्सनु त पर्छ नै त्यसमाथि तिमी र तिम्रो मायाले बुझी नसक्नुको भुमरीमा थियोे।
मेरो जीवन डुबाएर गयौ तिमीले हेर! किनारमा लगाउन जानेकी छु
यी आँखाभरी आँसु दिएर गयौ कसरी लुकाउने शाहस बटुलेकी छु
मसङग पनि आट,शाहस छ तिमीले कहिले कमजोर ठन्दै नठान
दिन्छौ भने पनि पिडा देउ बरु दुखमा पनि हासेर बाच्न जानेकी छु
म यसरी सम्झन्छु तिम्रो माया तिमीले दिएको शिक्षा जे होस जीवन सिकाइ रहेछ भन्ने बुझेकी छु। केही मिठा पलको साथ मिठा अनुभव केही तिता पलको तितो अनुभव। प्रेम प्राप्ति मात्र त होइन भन्छन तर माया गरेर छुट्नु पर्यो भने पीडा पक्कै हुन्छ जिवनमा जे लेखेको छ त्यो मात्र पाइन्छ भन्छन लाग्छ हो पनि कहिलेकाही एक अर्काको खुशीको लागि सम्झौता गर्न विवश बस र लाचार हुनुलाई पनि जीवन नै मान्नुपर्छ। त्यागको लागि गरिएको सम्झौता जिन्दगीमा याद बनी रहन्छ नबिर्सिने गरी यो पनि जिवनको भोगाइ सङ्गको नयाँ सिकाइ हो तिमी मेरो लागि जिवनमा माया प्रेमको बारेमा सिकाउने गुरु बनेर बस्यौ। मेरो जिवनको पहिलो प्यार तिमी याद पनि तिमी तर साथमा छैनौ तिमी। सुनेको थिए सबैको पहिलो प्यार सबैको गलत मान्छेसङ्ग हुन्छ रे सायद मेरो पनि त्यस्तै भयो।
उसलाई जिवनको उत्तरार्धमा भए पनि भेटेर चिया गफमा बसी सोध्नुछ। के तिमी म बाट टाढिएर मेरो मन कुडाएर खुशी छौ त ?? आखिर टाढिनुका पछाडीका खास कारणहरु के थिए तिमीले भनेका कुराहरू झुटा थिए त?? त्यसको लेखाजोखा गरौंला। अब जिन्दगी त्यो धारमा उभिएको छ न जहाँबाट पछाडी फर्कन सकिदैन जेनतेन भए पनि पाइला अगाडि बढाउनु पर्नेछ। तिम्रो अभाव खड्किए पनि अभावबिचमै खुशी खोज्छु म लाग्छ तिमी अभाव महसुस गरेकै थिएनौ र छैनौ पनि
मैले तिम्रो अनुमति बिना यो ब्लग तयार गरेकी छु यसमा तिम्रो सहमति वा बिरोध जे हुन्छ तिम्रो तर्फबाट प्रस्ट्याउनु स्वीकार भने तिम्रो हरेक टिप्पणी स्वीकार छ। अब तिम्रो कुनै कुराले मलाई खासै असर गर्दैन किनकि जिन्दगीले जिन्दगीको रुप धारण गर्ने दिशामा उन्मुख छ। तिमी पुर्ब लाग्यौ म पश्चिम छु लाग्छ जिन्दगीभर यसरी नै बित्नेछ । मेरो लागि नदिइएको समयबाट बचाएको समयको कतै लगानी होस उच्चतम उपलब्धि हासिल होस जुन उदेश्यले टाढिएका छौ त्यो प्राप्त जिवनको उचाइ र बुझाइमा गहिराई प्राप्त होस अहिलेको एकल जीवन अनि वैवाहिक जीवन सफल होस शुभकामना। तिमीलाई शव्दमा मात्र होइन हृदयदेखि शुभकामना जय होस !!
तिमीलाई माया गर्ने र गरिरहने एक प्रेमी

Comments
Post a Comment