गजल
यी आँखाले हेर! लाखौ सपनाहरु सजाएको छ,
यो मन रहरहरु बोकी त्यतै त्यतै कल्पिएको छ!!
तिमीलाई पाउन सक्दिन त्यो चाल पाउँदा पनि,
चाहाना यो फेरि पनि तिमी तिरै ढल्किएको छ!!
तिमी आफ्नै पुर्ण त्यो दुनियाँमा रमाइरहेको छौ,
मेरो सपनाको महल हेर टुक्रा टुक्रा टुक्रिएको छ!!
मायाको विमान यसरी डुब्यो बयान कसरी गरु,
पिडा हेर आखाबाट थोपा थोपा छल्किएको छ!!
माया भन्ने तिम्रो शब्दकोशमै नभएको शव्द रहेछ,
मलाई तिम्रो अभाव पल पलमा खड्किएको छ!!

✍️कृषा के.सी
कोटेश्वर, काठमाडौ
कोटेश्वर, काठमाडौ
Comments
Post a Comment