गजल

मैले दिएको माया भन्दा बढी माया दिएछ कसैले,
बाकी भएको माया पनि तिमी तिरै सारेछ कसैले!!

जुनले जस्तो शितलता कहाँ दिन्छ खै त्यो घामले,
मेरो याद नआउने दबाइ तिमीलाई दिएछ कसैले!!

बनाएकीछु आज अचानो आफुले आफ्नै मुटुलाई,
रेट अझै रेट भन्दै खुकुरी हातमा थमाएछ कसैले!!

मायामा मेरो वषौको लगानीलाई किनारा लगाएर,
मायामा रुपी सागरको गहिराइमा डुबाएछ कसैले!!

भर्खर सारेको मायाको त्यो बिरुवालाई निमोठेर,
तिम्रो लागि मायाको ताज महल सजाएछ कसैले,,

आफ्नो लास बोकेर हिडिरहेकी छु मलामी बनेर,
जानी जानी चिता बिनानै दागबत्ती दिएछ कसैले!!

✍️कृषा के.सी
कोटेश्वर,काठमाडौ 

Comments

Popular posts from this blog

लघु उपन्यास

कथा