लेख
कोरोना(Covid-19) ले सिर्जित विश्व परिवेश र यसका अबसरहरु कृषा के.सी कोटेश्वर, काठमाडौ चिनको युवान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेलासम्म बिस्वब्यापी बनेको छ। यसले दुई लाख ३ हजार मानिसको ज्यान लिइसकेको छ भने करिबकरिब २९ लाख मानिसहरू संक्रमीत भएका छन। ६ लाख निको भएको तथ्य पनि आएका छन। WHO ले अनुसार यो पुर्ण रूपमा निको हुने र संक्रमण नदोहोरिने ग्यारेन्टी नभएको रिपोर्ट पनि सार्वजनिक गरेको छ। कोरोनाले विश्वलाई यसरी आक्रान्त पारिरहदा मानव जातिको अस्तित्व बचाउनको लागि पनि फरक ढंगले सोच्नुपर्ने बाध्यता सिर्जना भएको छ। भविष्यमा पनि यस्तै समस्या र यो भन्दा पनि डरलाग्दा संक्रमण नआउलान भन्ने कुराको कुनै सुनिश्चितता छैन। मानवताले प्रकृतिलाई मात्र जित्न सक्दैन त्यसैले परिस्थिति होस वा प्रकृति होस, मावन सधै प्रकृति र परिस्थितिको दास बनिरहेकै हुन्छ। यो तथ्यलाई तपाई हामी सबैले सबृस्थित र गम्भीर ढंगले समिक्षा,विश्लेषण र कार्यान्वयन गर्नुपर्ने अवस्था अझ टड्कारो रूपमा हाम्रो अघि आइपुगेको छ। अब धन सम्पत्ति र विकसित प्रबिधि सबैथोक हो भन्ने तर्कलाई पुनःस्थापित गर्न असजिलो भएको छ। यस्तो भय