कथा
महशुस भाग 1 दिन दिनै फेसबुकमा sms हुन्थ्यो जब छुटिने बेला हुन्थ्यो कतिबेला अनलाइन आउने सोधपुछ हुन्थ्यो। आफुलाई फुर्सद हुने समयमा यतिबेला अनलाइन आउछु भन्थे। कहिलेकाही उनैले यतिबेला अनलाइन आउ है भन्ने sms छोडेर अफलाइन भएका हुन्थे । एक अर्काको अनलाइन आउने समयको प्रतीक्षा खुब हुन्थ्यो। यसरी महिनौं बितायौ । अझ भनौ गफ गरि दिनहरू बिताएको पत्तै भएन । यदि हामी मध्ये कोहि तोकिएको समय भन्दा अनलाइन आउन ढिला गर्यो भने फोन गर्ने कहिले मिस्कल गरेर अनलाइन बोलाउने काम हुन्थ्यो । कति रमाइला र यादगार थिए ती दिन आज पनि ती दिन यादगार बनी अमिट छाप बनेर बसीरहेका छन । यादहरु बटुल्नु पनि जिउने आधार रहेछ । यादमा कसैको लागि मेरो मन अनि मस्तिष्क भरिपूर्ण छ। यसरी चलिरहेको हाम्रो दैनिकी विस्तारै बिस्तारै अनलाइन आउने sms गर्ने क्रम पनि पातलिन थाल्यो। बाक्लिएको कुराकानी पातलिनुलाई मैले स्वभाविक रुपमा लिएकी थिए । जब समयसङग देखिएका एकएक गतिविधिहरुलाई नियाल्दा अस्वभाविक साबित गरिदियो । अनलाइन आउने र sms को आदान प्रदान गर्ने समय बिस्तारै पातलिनुलाई नवुझेकी मलाई बुझ्न बिवस बनायो। किन होला के भयो होला भन्ने खुल्दुली हर